Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

जंगलबाट पोखरिया बस्तीमा पसेकाे चितुवा नियन्त्रणमा

spot_img
spot_img

वीरगंज । पर्साको पोखरिया नगरपालिकामा जंगलबाट बस्ती पसेको चितुवा नियन्त्रणमा आएकाे छ । चितवन राष्ट्रिय निकुञ्जबाट पाेखरिया पुगेकाे डाटगन टोलीले चितुवा नियन्त्रणमा लिएकाे हाे । 

पोखरिया नगरपालिका–५ सतवरिया टोलमा जंगलबाट बस्ती पसेको चितुवा बिहानैदेखि गोठघरमा बसेको थियाे ।

बिहान बस्ती पसेको चितुवालाई नियन्त्रणमा लिन नेपाल प्रहरी, वनकर्मी टोली र पर्सा राष्टिय निकुञ्जबाट पनि टोली बिहानैबाट खटिएपनि चितुवालाई नियन्त्रणमा लिन सकेकाे थिएन ।

साे चितुवाले एक प्रहरी जवानसहित तीन जनालाई नङग्राले आक्रमण गरि घाइते समेत बनाएकाे थियाे ।

वस्तीमै प्रवेश गरेको चितुवाको आक्रणबाट पोखरिया नगरपालिका वडा नं. ४ बस्ने ३० बर्षिय दिलमहम्द मियाँ, ३९ बर्षिय जोगिन्द्र साह तेली र इलाका प्रहरी कार्यालय पोखरियामा कार्यरत प्रहरी जवान सुचिन्द्र प्रसाद यादव घाइते भएका छन् । घाइते तेली र प्रहरी जवानको हातकेला र औलामा समान्य चोट लागेको भने मियाँको छाती, हात तथा टाउकोमा गम्भीर चोट लागेको छ । 

चितुवा नियन्त्रणमा लिन डिभिजन वन कार्यालयले पर्सा राष्ट्रिय निकुञ्जसित सहयोग मागेकाे थियाे । निकुञ्जमा डाटगन (बेहोस) गर्ने टोली नभएकाले चितवन राष्ट्रिय निकुञ्ज डाटगन टोलीलाई खबर गरिएको थियाे । चितवनबाट डाटगन टोली आएपछि बेहोस गरेर नियन्त्रणमा लिएकाे हाे ।

बिहानैदेखि सो स्थानमा ईलाका प्रहरी कार्यालय पोखरीया, वन कर्मचारीहरु स्थानियहरुकाे सुरुक्षाका लागि तैनाथ थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने आरोपमा तीन पक्राउ

वीरगञ्ज । खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गरेको आरोपमा प्रहरीले काठमाडौंमा तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको सीतामढी घर भई हाल काठमाडौंको रातोपुलमा...

सिमरामा ४ महिलासहित ५८ जनाले गरे रक्तदान

वीरगञ्ज । बाराको सिमरास्थित सूर्य निवासमा आयोजित रक्तदान कार्यक्रममा ४ महिलासहित ५८ जनाले स्वेच्छिक रक्तदान गरेका छन्। नेपाल बहुराष्ट्रिय कम्पनी मजदुर युनियन, आधिकारिक युनियन सूर्य...

“सिर्सिया खोला प्रदूषण गर्ने उद्योगलाई एक साताको अल्टिमेटम”

वीरगंज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगबाट सिर्सिया खोलामा भइरहेको प्रदूषण नियन्त्रण गर्न एक साताको समयसीमा दिएकी छन्। मन्त्रालयमा उद्योगीहरूसँग...