Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

जंगलबाट पोखरिया बस्तीमा पसेकाे चितुवा नियन्त्रणमा

spot_img
spot_img

वीरगंज । पर्साको पोखरिया नगरपालिकामा जंगलबाट बस्ती पसेको चितुवा नियन्त्रणमा आएकाे छ । चितवन राष्ट्रिय निकुञ्जबाट पाेखरिया पुगेकाे डाटगन टोलीले चितुवा नियन्त्रणमा लिएकाे हाे । 

पोखरिया नगरपालिका–५ सतवरिया टोलमा जंगलबाट बस्ती पसेको चितुवा बिहानैदेखि गोठघरमा बसेको थियाे ।

बिहान बस्ती पसेको चितुवालाई नियन्त्रणमा लिन नेपाल प्रहरी, वनकर्मी टोली र पर्सा राष्टिय निकुञ्जबाट पनि टोली बिहानैबाट खटिएपनि चितुवालाई नियन्त्रणमा लिन सकेकाे थिएन ।

साे चितुवाले एक प्रहरी जवानसहित तीन जनालाई नङग्राले आक्रमण गरि घाइते समेत बनाएकाे थियाे ।

वस्तीमै प्रवेश गरेको चितुवाको आक्रणबाट पोखरिया नगरपालिका वडा नं. ४ बस्ने ३० बर्षिय दिलमहम्द मियाँ, ३९ बर्षिय जोगिन्द्र साह तेली र इलाका प्रहरी कार्यालय पोखरियामा कार्यरत प्रहरी जवान सुचिन्द्र प्रसाद यादव घाइते भएका छन् । घाइते तेली र प्रहरी जवानको हातकेला र औलामा समान्य चोट लागेको भने मियाँको छाती, हात तथा टाउकोमा गम्भीर चोट लागेको छ । 

चितुवा नियन्त्रणमा लिन डिभिजन वन कार्यालयले पर्सा राष्ट्रिय निकुञ्जसित सहयोग मागेकाे थियाे । निकुञ्जमा डाटगन (बेहोस) गर्ने टोली नभएकाले चितवन राष्ट्रिय निकुञ्ज डाटगन टोलीलाई खबर गरिएको थियाे । चितवनबाट डाटगन टोली आएपछि बेहोस गरेर नियन्त्रणमा लिएकाे हाे ।

बिहानैदेखि सो स्थानमा ईलाका प्रहरी कार्यालय पोखरीया, वन कर्मचारीहरु स्थानियहरुकाे सुरुक्षाका लागि तैनाथ थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...