Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

नराम्रो सपनाजस्तो थियो सलमानको च्याप्टर : ऐश्वर्या

spot_img
spot_img

सलमान खान र ऐश्वर्या कुनै समय सम्बन्धमा थिए । उनीहरूको ब्रेकअपको कहानी पनि कसैबाट लुकेको छैन । सन् २००२ मा ब्रेकअपको समयमा ऐश्वर्याले सलमानमाथि निकै गम्भीर आरोप लगाएकी थिइन् ।

ऐश्वर्याका अनुसार सलमानले उनलाई शारीरिक र मानसिक दुवै खालको टर्चर दिन्थे । उनले अबको समयमा सलमानसँग कहिल्यै काम नगर्ने बताएकी पनि थिइन् । यद्यपि, सलमानले सधैँ यो कुरा खारेज गरे ।

९० को दशकको अन्त्यमा सलमान खान र ऐश्वर्या राय एक–अर्कासँग नजिकिए । फिल्म हम दिल दे चुके सनमको सेटमा यी दुईबिच निकटता बढ्यो । फिल्ममा उनीहरूको केमेस्ट्रीलाई निकै रुचाइएको थियो ।

यद्यपि, यो सम्बन्ध धेरै दिनसम्म टिक्न सकेन र यी दुई सन् २००१ मा अलग्गिए । यद्यपि, उनीहरूको ब्रेकअप सामान्य थिएन । ब्रेकअपका बेला सलमान र ऐश्वर्याबीच निकै झगडा भएको खबर आएको थियो ।

टाइम्स नाउको रिपोर्ट अनुसार सलमानसँग ब्रेकअपपछि ऐश्वर्याले खुलासा गरेकी थिइन् । 

उनले भनेकी थिइन्, ‘मेरो परिवार र मेरो आफ्नै स्वाभिमानलाई मध्यनजर गर्दै यो अति नै धेरै भयो… म अबको दिनमा कहिल्यै मिस्टर सलमान खानसँग काम गर्ने छैन । सलमानको च्याप्टर मेरो जीवनको खराब सपनाजस्तो थियो र म भगवानप्रति आभारी छु कि यो सबै समाप्त भयो ।’

रक्सीको लत र शारीरिक हिंसाका कारण तनावमा थिइन् ऐश्वर्या

ऐश्वर्याले भनेकी थिइन्, ‘सलमानको हरेक खराब बानीलाई मैले माफ गर्ने गर्थेँ । सलमानको रक्सीको लत, शारीरिक हिंसा र बेइज्जतीबाट म आजित भइसकेको थिएँ । तर पनि म उनीसँग थिए । त्यसको साटो मैले दुःख र पीडाबाहेक केही पाइनँ ।’

‘यो मामिलामा मेरो मौनतालाई गलत तरिकाले लिइयो । मेरो क्यारेक्टरमा औँला उठाइयो । यहाँसम्म कि मेरो सह–कलाकारसँगको सम्बन्ध पनि बिगार्ने कोसिस गरियो ।’

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...