Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

चिकित्सक श्रीमति संघकाे कार्यक्रममा २५ जनाद्वारा रक्तदान, प्रमुख पाण्डे सम्मानित

spot_img
spot_img

वीरगंज । नेपाल चिकित्सक श्रीमति संघ पर्साको आयोजनामा मंगलबार वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वीरगंजकाे छपकैयास्थित रक्त सञ्चार केन्द्रको परिसरमा आयोजित रक्तदान कार्यक्रममा १ जना महिला सहित २५ जनाले रगतदान गरेका छन् ।

रक्दान गर्नेहरुमा रोशनी साह, साबीर अन्सारी, बाबुनन्द प्रसाद, दिपक सर्राफ, रामकृष्ण पराजुली, डा. सरोज रोशन दास, संताेष साह, दिपेन्द्र महताे, उज्जवल झा, उमेश राम, जितेन्द्र कुमार साह, तबरेज अन्सारी लगायत रहेका छन् ।

चिकित्सक श्रीमति संघ पर्साकी अध्यक्ष निता झाको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी पर्साकी उपसभापति मधु राणाको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा रेडक्रस सोसाइटी पर्साका राजन श्रीवास्तव लगायतकाे उपस्थिती रहेकाे थियाे ।

रक्तदान कार्यक्रम मै चिकित्सक श्रीमति संघ पर्साले रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेलाई सम्मानित समेत गरेको थियो । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

गाउँगाउँमा सामूहिक नवरात्र व्रत गर्नेको संख्या बढ्दै

वीरगंज । पर्सा र बाराका गाउँगाउँमा सामूहिक रूपमा नवरात्र व्रत तथा पूजा गर्ने भक्तजनको संख्या बढ्दै गएको छ । पछिल्ला केही वर्षयता गाउँमा सामूहिक...

गहवामाई चुनरी यात्रा भव्य रुपमा सम्पन्न

वीरगञ्ज । विश्व हिन्दू परिषद् नेपालको आयोजनामा यस वर्ष पनि वीरगंजमा गहवामाई चुनरी यात्रा भव्य रूपमा सम्पन्न भएको छ । बडादशैंको पहिलो दिन घटस्थापनाको...

नारायणी वाङ्गमय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठानको नयाँ अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानको वार्षिक साधारण सभाले सचिवको जिम्मेवारीमा रहेका गौतमलाई अध्यक्षमा चयन...