Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

बिल विजक भन्दा बढीकाे सामान लाेड रहेकाे ट्रक प्रहरी नियन्त्रणमा

spot_img
spot_img

वीरगंज । बिल विजक भन्दा बढी विभिन्न किसिमका खुद्रा, हार्डवेयर तथा लत्ताकपडाहरू बोकेको ट्रकहरू प्रहरीले नियन्त्रणमा लिएकाे छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले ना.८ ख १६१३ र ना.४ ख ३८३१ नम्बरको ट्रक नियन्त्रणमा लिएकाे हाे ।

बिल विजक भन्दा बढी विभिन्न किसिमका खुद्रा, हार्डवेयर तथा लत्ताकपडाहरू बोकेको ट्रकहरू वीरगंजबाट नेपालगञ्जतर्फ लैजादै गरेको छ भन्ने सूचना प्राप्त भई खटिएको प्रहरी टोलीले ट्रकहरु नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

 मंगलबार वीरगंज महानगरपालिका वडा नं.०८ घण्टाघर स्थित सडकखण्डबाट ट्रकलाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।

उक्त मालवाहक ट्रकभित्र लोड रहेका  खुद्रा, हार्डवेयर तथा लत्ताकपडाहरू एक करोड एघार लाख उनान्सय हजार उन्नचालीस बराबरको रहेकाे उनले वताए । मालबस्तुहरू थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रवक्ता गिरीले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...