Date
मङ्ल, मंसिर १, २०८३
Tue, November 17, 2026
Home Blog Page 560

पकहाँ मैनपुरमा सुरक्षा निकाय र स्थानीय तह बिच अन्तरक्रिया

0

वीरगंज । पर्साकाे पकहाँ मैनपुर गाउँपालिकामा समुदाय-प्रहरी साझेदारी अन्तर्गत आइतबार सुरक्षा निकाय र स्थानिय तह बिचकाे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।

गाउँ कार्यपालिका कार्यालय पकहाँ मैनपुरकाे प्राङ्गणमा भएकाे कार्यक्रममा वाेल्दै पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले विपद व्यवस्थापनकाे लागि पूर्व तयारीमा रहनु पर्ने वताए । जिल्ला स्तरिय विपद् व्यस्थापन समितिका अध्यक्ष समेत रहेका अधिकारी रेग्मीले अहिले हवाहुरीकाे समय सुरु भइसकेकाेले आगलागी लगायतकाे विपदबाट बाच्न स्थानिय विपद् व्यवस्थापन समितिकाे बैठक बसेर आवश्यक तयारी थाल्न सुझाव दिए ।

कार्यक्रममा उठेकाे सवाल र प्रश्नकाे जवाफ दिदै उनले वडा स्तरिय सुरक्षा समन्वय समिति गठन गरेर प्रहरीसंगकाे समन्वयमा समस्या समाधान गर्नु पर्ने वताए ।

उनले भने “चाेरी, तस्करी लगायतकाे समस्या समाधानकाे लागि तपाईहरुले सहयाेग गरिदिनुस् । स साना चाेरीकाे समस्याहरु प्रहरीले समाधान गरिदिन्छ । तस्कर काे हुन् ? घरायसी प्रयाेगकाे लागि कस कसले सामान ल्याएका हुन्, त्यसकाे जानकारी तपाईहरुले स्थानिय स्तरकाे सुरक्षा समन्वय समितिबाट जानकारी गराइदिनु पर्याे ।” 

अन्य समस्याकाे हकमा पनि प्रहरीले के गर्दिदा हुन्छ, त्यस बारे पनि समिति मार्फत प्रहरीलाई जानकारी गराउन उनले आग्रह गरे । प्रहरी, प्रशासन तपाईहरुकाे साथमा रहेकाे उनकाे भनाई थियाे । 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक कोमल साहले नियम सम्बत बिना भन्सार कुनै पनि सामान ल्याउन नपाईने वताउँदै आफुहरु यहि समाजको भएकोले ब्यवहारिक हिसाबले छुट दिएको वताए । तर यसको मतलब चेक नै गर्न नपाउने गलत कुरा भएको वताए ।

उनले भने “आफुहरुको नियत अनावश्यक हैरानी र दु:ख दिने हाेइन । यस प्रती आफुहरु सजक छाैं ।” उनले सानो तिनो चोटपटकको घाइते मानिसको आईसियुमा भर्ना हुने बारे आफुहरु अनुसन्धान गर्ने वताए ।

उनले पनि वडाध्यक्षकाे अध्यक्षतामा गठन गर्नु पर्ने वडा स्तरीय सुरक्षा समन्वय समिती गठन गरेर त्यहाँको समस्या त्यही समाधान गर्न वातावरण बनाउनु पर्ने वताए । जुन समितिकाे सचिव स्थानिय प्रहरी रहने व्यस्था रहेकाे उनले जानकारी गराए । पकहाँ मैनपुर गाउँपालिका भित्र अवैध रुपमा संचालनमा रहेकाे रक्सी भठ्ठीहरु तत्काल भत्काउन ईप्रका पोखरिका प्रहरी निरीक्षक माेहन बिक्रम केसीलाई कार्यक्रम मै उनले निर्देशन समेत दिए ।

सशस्त्र प्रहरी उपरिक्षक सुमन थपलियाले घरेलु प्रयोजनको लागि ल्याउने सामानहरु नरोक्ने निर्देशन दिइएकाे वताए । यसका साथै मल खाद पनि ल्याउन दिन निर्देश दिइएकाेले कसैले पइसा मांगे आफुलाई खबर गर्न आग्रह गरे ।

आफुहरुको काम तस्करी र अपराध नियन्त्रण गर्न भएको वताउँदै घरायसी प्रयाेजनकाे लागि रोकटोक नभएको वताए । 

गाउँपालिका अध्यक्ष सुरेश मेहताकाे अध्यक्षतामा भएकाे कार्यक्रममा उपाध्यक्ष सरफुन नेसा, प्रमुख प्रशासकिय अधिकृत राज कुशावाहा, वडाध्यक्षहरु विनाेद मेहता, बलिराम चाैरसिया लागयतकाे उपस्थिती रहेकाे थियाे भने कार्यक्रमकाे सहजिकरण अनिल साहले गरेका थिए । 

चाेरीकाे घटनामा बृद्धि भयाे : स्थानिय 

पर्साकाे ग्रामिण भेगमा चाेरीकाे घटनामा बृद्धि हुँदै गएकाे स्थानियहरुले वताएका छन् । पकहा मैनपुर गाउँपालिकामा आयाेजित सुरक्षा निकाय र स्थानिय तह बिचकाे अन्तरक्रिया कार्यक्रममा वाेल्दै स्थानियहरुले यस्ताे गुनासाे गरेका हुन् ।

स्थानिय सिन्धु मेहताले पकहाँ मैनपुरमा चोरीको घटनामा वृद्धि भएको वताए । उनले सशस्त्र प्रहरीको क्याम्प नजिक कै विद्यालयबाट चापा कल चोरी भएकाे वताए ।

 अर्का स्थानिय चन्देश चाैहाले ग्रामीण भेगमा समेत मोटरसाइकलकाे चोरीको घटनामा वृद्धि भएको वताए । यसका साथै सिमा क्षेत्रमा अवैध रुपमा रक्सी भट्टीहरू संचालन हुँदा पनि धेरै समस्याहरु हुने गरेकाे वताए ।

पकहाँ मैनपुर गाउँपालिकाकाे वडा नं. ३ का वडाध्यक्ष संजय प्रसाद चाैहानले पनि चोरीको घटनामा वृद्धि भएको वताए । उनले वडा कार्यालयबाट सोलर लाईट जडान भएकाे ४ दिन मै त्यसको ब्याट्री चोरी भएको गुनासो गरे ।

वडा नं. ४ का वडाध्यक्ष ढेडी प्रसाद यादवले मल, खाद हामी कहाँ नपाउने भारतबाट ल्याउँदा प्रहरीले राेक्ने गरेकाे वताए । उनले भारतबाट मल ल्याउँदा राेक्नु नपर्ने माग गरे । साथै ईन्डियाबाट आफन्तजन आउँदा प्रहिरेले राेक्ने गरेकाे ईन्डियन गाडीलाई आउन दिनु पर्ने वताए ।

गाउँ कार्यपालिका सदस्य रमावती देवीले गाउँका पसलहरुमा गाँजाकाे पुरिया बनाएर बिक्री भइरहँदा पनि प्रहरीले केही गर्न नसकेकाे वताइन । उनले त्यस कारण गाउँघरमा बालबालिकाहरुले लागु औषध सेवन गर्ने गरेकाे गुनासाे गरिन । 

वीरगंजमा प्रेस लेखिएको गाडीमा लागूऔषध बरामद, एक जना पक्राउ

0

वीरगंज । पर्सा प्रहरीले प्रेस लेखिएको गाडीबाट लागूऔषधसहित एकजनालाई नियन्त्रणमा लिएको छ । 

वीरगंज १६ स्थित रजतजयन्ति चोकबाट प्रहरीले टी मिडिया प्रा.लि. द्वारा सञ्चालित निगरानी अनलाइन डटमको प्रेस लेखिएको गाडीबाट प्रतिबन्धित लागूऔषधसहित एकजनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका-४ निवासी गोपाल स्याङ्गतान रहेको पर्सा प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) निर्मल बुढाथोकीले जानकारी दिए ।

डिएसपी बुढाथोकीकाअनुसार स्याङ्गतानले चलाइरहेको बा ७ च ४६४२ नम्बर भएको सेन्ट्रो कारबाट २४० थान नाईट्रोभेट ट्याब्लेट, १०० एमएलको १९८ बोत्तल ओनेरेक्स र नेपाली ६५ हजार रुपैयाँ नगदसहित उनलाई नियन्त्रणमा लिइएको छ । सिमावर्ती भारतीय शहर रक्सौलबाट नेपाल आएको गाडीमाथि शङ्का लागेर प्रहरीले रोकी रितपूर्वक चेकजाँच गर्दा लागूऔषध र नगद भेटिएको उनले बताए । स्याङ्गतानको साथबाट निगरानी अनलाइनद्वारा जारी गरिएको प्रेस कार्डबाट पनि भेटिएको छ ।

लागूऔषध र नगदसहित स्याङ्गतानलाई नियन्त्रणमा लिएर उनिमाथि लागूऔषध सम्बन्धि मुद्दा चलाई अदालतबाट म्याद थप गर्ने प्रक्रिया अगाडि बढाइएको बुढाथोकीले बताए ।

निगरानी अनलाइन डटकम हेटौंडा मूख्य कार्यकाल भएको टी मिडिया नेटवर्क प्रा.लि. द्वारा सञ्चालित छ । मिडियाका अध्यक्ष आदर्श सिंह थोकरले स्याङ्गतान आफ्नो सञ्चार संस्थामा कार्यरत नरहेको जानकारी दिए । स्याङ्गतानले नक्कली प्रेस कार्ड बनाएर दुरुपयोग गरेको थोकरले स्पष्ट पार्दै भने, ‘हाम्रो मिडिया हाउससँग कुनै गाडी छैन । गोपाल स्याङ्गतान भन्ने व्यक्तिसँग आफ्नो चिनजान भएपनि उनि निगरानी अनलाइनमा कार्यरत छैनन् । नक्कली कार्ड बनाएर दुरुपयोग गरेका छन् । म यस विषयमा बुझ्दै छु ।’

थोकरकाअनुसार निगरानी अनलाइनमा कार्यरत कर्मचारीहरुसँग नेपाल सरकारद्वारा जारी गरिएको प्रेस कार्ड मात्र छ ।

लोसपा पर्साका सचिवसहित दर्जनौँले गरे जनमतमा प्रवेश

0

वीरगंज । जनमत पार्टी पर्साको पार्टी प्रवेश कार्यक्रम शनिवार सम्पन भएको छ । वीरगंजस्थित क्लासिक बान्क्वेटमा भएकाे कार्यक्रममा लोसपाका पर्साका जिल्ला सचिव राजनारायण मिश्रासहित दर्जनौँ नेताहरुले पार्टी त्याग्दै जनमतमा प्रवेश गरेका हुन् । 

मिश्रासहित लोसपा महिला संगठनकी जिल्ला अध्यक्ष अञ्जना गुप्ता, वीरगंज महानगर सचिव सञ्जय पटेल, युवा नेता मनोज साह, मोहम्मद शेख अरशद, मोबाइल एसोसिएशन पर्साका अध्यक्ष महादेव शर्मा, युवा अभियन्ता आशिष श्रीवास्तव, सत्युग साह, रेखा सरार्फ, विणा श्रीवास्तव लगायत १२० जानाले जनमत पार्टी प्रवेश गरेको पार्टीका जिल्ला संयोजक ओमप्रकाश सर्राफले जानकरी दिए ।

जिल्ला संयाेजक सर्राफकाे अध्यक्षतामा भएकाे पार्टी प्रवेश कार्यक्रममा जिल्ला इन्चार्ज माधव सिंह, नेता सुजित चाैरसिया, नजमा खातुन, नरेश पटेल, दिपेन्द्र यादव लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यसैबिच जनमत पार्टीले प्रेस जनमत संघ पनि गठन गरेको छ । स्थानीय सञ्चारकर्मी मुन्ना ठाकुरको अध्यक्षतामा ९ सदसिय संघ गठन भएको सर्राफले जानकारी दिए ।

भोजपुरी प्रतिष्ठानका अध्यक्ष द्विवेदीकाे निधन

0

वीरगंज । भोजपुरी प्रतिष्ठान वीरगंजका अध्यक्ष उमाशंकर द्विवेदीकाे शनिबार दिउसाे निधन भएकाे छ । वीरगंज महानगरपालिकाकाे वडा नं. २४ बहुअरी निवासी ६२ बर्षिय द्विवेदीकाे आज दिउसाे ३:२५ बजे निधन भएकाे हाे ।

नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्य समेत रहेका द्विवेदीकाे उपचारकाे क्रममा मेडिसिटी वयाेधा अस्पताल वीरगंजमा निधन भएकाे परिवारिक स्राेतले जनाएकाे छ ।

उनी भाषा, साहित्य र संस्कृतमा गहिरो अध्ययन राख्ने व्यक्ति थिए ।

पत्रकार महासंघकाे सदस्यता शुद्धीकरण अभियानलाई थप प्रभावकारी बनाइने

0
वीरगंज । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आठौँ बैठक नवलपरासीको रामग्राम र ‘राष्ट्रिय मिडिया सम्मेलन’ रुपन्देहीको लुम्बिनीमा सम्पन्न भएको छ । २०७९ चैत १६ र १७ गते सम्पन्न केन्द्रीय समिति बैठक र राष्ट्रिय मिडिया सम्मेलनले सदस्यता शुद्धीकरण अभियानलाई थप प्रभावकारी बनाउने प्रस्तावलाई सर्वसहमतिबाट पारित गर्दै ८ बुंदे घाेषणा पत्र जारी गरेकाे छ ।
 
नेपाल पत्रकार महासंघलाई क्रियाशील पत्रकारको साझा संगठनका रुपमा विकास गर्न सदस्यता शुद्धीकरण अभियानलाई थप प्रभावकारी बनाउन सम्मेलनले प्रण गरेकाे जारी घाेषणा पत्रकाे पहिलाे नम्बरमा उल्लेख छ । सदस्यता शुद्धीकरणका लागि तयार मापदण्डलाई प्राप्त सुझावलाई समेटेर अन्तिमरुप दिने र प्रस्तावित तालिका अनुसार नै काम गर्ने प्रतिवद्धता समेत सम्मेलनले जनाएकाे पत्रकार महासंघका महासचिव राेशन पुरीले वताए ।
 
पत्रकारितामा लामो समयदेखि क्रियाशील नभएका र अन्य पेशामा लागेकाहरुलाई सदस्यता परित्यागका लागि सम्मेलनले आग्रह समेत गरेकाे छ । त्यसरी सदस्यता त्याग गरेको लिखित जानकारी गराउने सदस्यलाई सम्मानसहित विदाइ गर्ने र जनप्रतिनिधि, सरकारको पूर्णकालीन कर्मचारीको सदस्यता स्वतः समाप्त हुनेगरी काम थाल्न तीनवटै समितिलाई सम्मेलनले निर्देशन समेत दिएकाे महासचिव पुरीले जानकारी दिए ।
 
सम्मेलनले विधानको दफा ५ को उपदफा (८) अनुसार आउँदो महाधिवेशन भन्दा ६ महिना अगाडिसम्म कायम सदस्यले मात्रै महासंघको आउँदो चुनावमा मतदानमा भाग लिन पाउने व्यवस्थालाई थप प्रभावकारी ढंगले कार्यान्वयन गर्ने प्रतिवद्धता समेत व्यक्त गरेकाे छ ।
 
साथै नेपालको संविधान २०७२ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूत गरेपनि त्यसपछि गठन भएका तीनवटै तहका सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकलाई पूर्णतः कार्यान्वयनमा ल्याउन बनाउनु पर्ने सञ्चार सम्बद्ध कानूनहरु नबनेकोप्रति नेपाल पत्रकार महासंघको यो सम्मेलन गम्भीर चासो र चिन्ता समेत व्यक्त गरेकाे छ ।
 
नागरिक अधिकार, प्रेस स्वतन्त्रता, सूचनाको हक सुनिश्चितासहितको प्रेसमैत्री कानून निर्माणका लागि यो सम्मेलन पुनः माग गरेकाे छ । साथै, संविधानअनुसार बन्नुपर्ने सञ्चार सम्बद्ध निकायको गठन तथा पूर्णताका लागि पनि सरकारको ध्यानाकर्षण गराएकाे छ ।
 
राजनीतिक दललाई पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको संविधान प्रदत्त अधिकारलाई कार्यान्वयन गर्न आग्रह गरेकाे छ ।
 
श्रमजीवी पत्रकार ऐन लगायतका विद्यमान कानून अनुसारका न्यूनतम पारिश्रमिक, सेवा सुविधालगायत प्राप्तिबाट श्रमजीवी पत्रकारहरु बञ्चित भइरहेकाे जनाउँदै सम्मेलन ऐनको पूर्ण कार्यान्वयन, समय सापेक्ष न्यूनतम पारिश्रमिकको वृद्धि र तोकिएका सेवा सुविधाहरू पूर्ण कार्यान्वयनका लागि सरकार र सम्बन्धित सञ्चार गृहलाई आग्रह गरेकाे छ । साथै दबाब, आन्दोलन र कानूनी उपचारलगायतका ट्रेड युनियन अभ्यासलाई थप प्रभावकारी बनाउने प्रण गरेकाे छ ।
 
सञ्चारमाध्यमको दिगो र भरपर्दो ढंगले सञ्चालन गर्नका लागि समानुपातिक विज्ञापन प्रणालीलाई तत्काल लागू गर्न माग गर्दै यो सम्मेलनले स्थानीय सरकार मातहतको निकायको विज्ञापन स्थानीय सञ्चारमाध्यमलाई र प्रदेश सरकार मातहतको विज्ञापनलाई प्रदेश अन्तरगतका सञ्चार माध्यममा दिनेगरी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण समेत गराएकाे छ ।
 
पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै जिम्मेवार र मर्यादित पत्रकारिता गर्न सबै सञ्चारकर्मीलाई पुनः आह्वान गर्दै यो सम्मेलन पेशागत दक्षता अभिवृद्धि गर्न तालिम तथा वृत्ति विकासका लागि सञ्चालन गर्दै आएका कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाउने घोषणा गरेकाे छ ।

मधेस प्रदेशमा वित्तीय सुशासनका लागि पिएफएम परियोजना

0

जनकपुरधाम । प्रादेशिक र स्थानीय तहमा सहभागितामूलक सार्वजनिक वित्तीय व्यवस्थापनमा सहयोग गर्ने बृहत् लक्ष्यसहित नेपालमा सुरु भएको सार्वजनिक वित्तीय व्यवस्थापन परियोजना (पिएफएम) मधेस प्रदेशमा लागू भएको छ ।

आज जनकपुरधाममा आयोजित एक समारोहका बीच मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनको उपस्थितिमा प्रदेशका आठ जिल्लाका एक सय ३६ स्थानीय तहमा लागू हुने गरी पाँच वर्षीय परियोजना सुरु भएको जानकारी दिइएको हो ।

दुई करोड अमेरिकी डलर अर्थात करिब रु दुई अर्ब ६२ करोड बजेट खर्च गरिने यस परियोजनाअन्तर्गत सञ्चालन हुने क्रियाकलापले लुम्बिनी र मधेस प्रदेशमा तीनै तहका सरकारको सार्वजनिक वित्तीय व्यवस्थापनलाई सुदृढ बनाउँदै सार्वजनिक वित्त र सेवा प्रवाहको पारदर्शिता, समानता र वैधता बढाउन महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको युएसएआइडी नेपालकी प्रमुख सेपिडे केभान्शाडले बताउनुभयो । “महिला तथा सीमान्तकृत वर्गका आवश्यकतालाई प्राथमिकतामा राखी जनतालाई प्रभावकारी सेवा प्रवाह गर्ने गरी बजेट निर्माण तथा क्रियाकलाप सञ्चालन हुनुपर्दछ”, केभान्शाडले भन्नुभयो, “पालिकाहरूले आफ्ना बजेटमा महिलाका आवश्यकता, सीपमूलक तालिम, शिक्षा र स्वास्थ्यका कार्यक्रमको कार्यान्वयनमा आयोजनाले सघाउ पु¥याउने छ ।”

कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत थम्पसनले नेपालमा लोकतन्त्र, सङ्घीयता र वित्तीय सङ्घीयता कार्यान्वयनका लागि अमेरिकी सरकारले सधैँ सहयोग र सहकार्य गर्दै आएको भन्दै यो परियोजना पनि त्यसैको निरन्तरता भएको बताउनुभयो । उहाँले नेता नागरिकप्रति उत्तरदायी भए मात्रै लोकतन्त्र फस्टाउने भएकाले सङ्घीयताको संस्थागत विकासका लागि सरकार र जनता मिलेर काम गर्नुपर्ने बताउनुभयो । “लोकतन्त्र तब फस्टाउँछ जब नेताहरू नागरिकप्रति उत्तरदायी हुन्छन् र नागरिकले पनि आफ्ना नेताहरूको ध्येय र सीमा बुझ्दछन् । पारदर्शिता र समुदायको पैसा सङ्कलन, लगानी र खर्च कसरी हुन्छ भन्ने बुझाइ लोकतान्त्रिक समाजको दुरुस्त सञ्चालनमा महत्त्वपूर्ण हुन्छ ।

त्यसैले नेपालमा लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित शासन र वित्तीय सुशासनका पक्षमा सहयोग एवं सहकार्य गर्न तयार रहेको राजदूत थम्पसनको भनाइ थियो । कार्यक्रममा मुख्यमन्त्री यादवले मधेस प्रदेशलाई समृद्ध बनाउने सरकारको लक्ष्यमा अमेरिकी सरकारले पनि सार्वजनिक वित्त व्यवस्थापन कार्यक्रममार्फत सहयोग गर्न लागेकोमा आभार व्यक्त गर्नुभयो । उहाँले प्रदेश सरकार सुशासनका लागि प्रयत्नरत रहेको र यस आयोजनाबाट आर्थिक अनुशासन, पारदर्शिता प्रवर्द्धन तथा प्रदेशलाई समृद्ध बनाउन थप ऊर्जा प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी सामाजिक विकासमन्त्री सुरिताकुमारी साहले सङ्घीयता कार्यान्वयनका लागि वित्तीय सङ्घीयता अपरिहार्य रहेको भन्दै सार्वजनिक वित्तीय व्यवस्थापनसम्बन्धी परियोजनाले त्यसमा ठोस सघाउ पु¥याउने धारणा राख्नुभयो । कार्यक्रममा परियोजना, त्यसका प्राथमिकताका विषयमा युएसएआइडी पिएफएम परियोजनाका उपल शिस्क र लक्ष्मी लिम्बू, परियोजना कार्यान्वयनको लागि आवश्यक प्रबन्ध र प्रदेश सरकारको पहलकदमीका विषयमा प्रदेश अर्थ मन्त्रालयका सचिव प्रेमप्रसाद भट्टराईले आफ्नो प्रस्तुती राख्नुभएको थियो । रासस

भरत तालमा पर्यटकको घुँइचो

0
सर्लाहीको बागमती नगरपालिकामा रहेकाे भरत ताल । फाइल तस्बिर

सर्लाही । सर्लाहीको बागमती नगरपालिका ४ र १२ मा निर्माणाधीन बागमती माछा पोखरी(भरत ताल) मा आन्तरीक पर्यटकको घुँइचो लागेको छ ।

सङ्घीय भूउपयोग नीतिअनुसार खेर गएको बागतमी नदीको उकास जमिनलाई आन्तरिक आयसग जोडेर २०७५ सालबाट निर्माण सुरु भएको सो तालमा आन्तरिक पर्यटकको घुँइचो लाग्न थालेको तालका व्यवस्थापक सन्तोष गदालले बताउनुभयो । हालसम्म डिपिआरको करिब २५ प्रतिशत काम सकिएको छ । ताल पूरा बन्दा रु दुई अर्ब लाग्नेछ । ताल बनाउन रु ७५ करोड खर्च भइसकेको छ ।

मानव निर्मित तालमा निर्माणकै चरणमा ३१ साना र एउटा ठूलो डुङ्गा सञ्चालनमा रहेको बागमती नगरपालिका १२ का वडाध्यक्ष ओमबहादुर श्रेष्ठले जानकारी दिनुभयो । एक सय एक बिघामा पानी र २० बिघामा रोड, नेपालको चित्र, बगैँचाका साथै रिसोर्ट गरी एक सय २१ बिघामा फैलिएको ताल निर्माणकै क्रममा आन्तरिक पर्यटकले अवलोकन गर्ने क्रम बढेको छ ।

नगरको विकासको गौरवको रुपमा निर्माण सुरु भएको तालबाट निस्केको पदार्थ ताल वरिपरि सडक, बगैँचा बनाउन र नगरभित्रका सार्वजनिक तथा सामाजिक काममा खर्च गरिएको –४ का वडाध्यक्ष कृष्णकुमार लामाले बताउनुभयो । नगरपालिकाको आन्तरिक आयस्रोत र स्थानीयलाई रोजगारी सिर्जना गर्ने योजनाले ताल निर्माणको काम भएको हो ।

“तालमा पानी भरेलगत्तै दैनिक पाँच सय आन्तरिक पर्यटक आउने अपेक्षा गरिएको भए पनि निर्माणाधीन अवस्थामै पनि आकर्षण धेरै बढ्यो । सोचेभन्दा धेरै पर्यटक आउन थाल्नुभयो”, वडाध्यक्ष लामा भन्नुहुन्छ ।

“सुरूमा सर्लाही र रौतहटको जनसङ्ख्या हेरेर वार्षिक १६ लाख पर्यटक लक्षित गर्दा पनि आयोजना सफल हुन्छ भन्ने थियो । भारतको बिहारबाट निकै पर्यटक आउन थाले”, नगरपालिकाका प्रमुख भरतकुमार थापाले भन्नुभयो ।

एक हजार चार सय मिटर लम्बाइको तालको हालसम्म सात सय मिटरमा पानी जम्मा भएको छ । बाँकी पानी जमाउने योजना छ । तालमा अहिले करिब १८ लाख घनमिटर पानी छ ।

सोली आकारमा बनाइएको तालको बीच भाग ७० फिट गहिरो छ । वरपर बाटोसहित एक सय २१ बिघामा ताल हुने नगर उपप्रमुख लिलाकुमारी मोक्तानले बताउनुभयो । ताल वरपर मिनी क्यासिनोसहितको होटल, बगैँचा, पिकनिक र छायाङ्कन स्थल तथा सुमेरी पर्वत बनाउने योजना रहेको उहाँको भनाइ छ ।

तालको वरपर धार्मिक तथा पर्यटकीयस्थल विकास गर्ने लक्ष्य रहेको प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोख्रेलले बताउनुभयो । पर्यटकलाई दुई दिन अड्याउने गरी ताल वरपर पूर्वाधार बनाइने छ । नजिकै जङ्गल सफारीसहितको चिडियाखानाको डिपिआर, महादेव र पार्वतीको मूर्तिसहित धाम निर्माणको योजना छ ।

“पशुपतिबाट बगेर आएको पानी भएकाले बागमती नदीलाई महत्वका रूपमा हिन्दूले लिन्छन् । पशुपति पुग्न नसक्ने यहीँ आउँदा पशुपति पुगेको महसुस हुने गरी पूर्वाधार विकास गर्दैछौँ”, नगर प्रमुख थापाले बताउनुभयो ।

तालले संस्कृति जगेर्ना, पर्यटन प्रवद्र्धन र सिँचाइमा सघाउ पुग्नेछ । “पानीमा हुने डल्फिलनसहितका जीव यहाँ राख्ने सोचमा छौँ”, नगर प्रमुख थापाले बताउनुभयो । पार्किङस्थल, पिकनिकका सामग्री र डिजेसहित संगीतको व्यवस्था गरिनेछ । “आफैँ सामान ल्याउन पनि पाइनेछ”, नगर प्रमुख थापाले बताउनुभयो ।

भारतबाट ४२ किलोमिटर र पूर्वपश्चिम राजमार्गबाट दुई किलोमिटरभित्र यो ठाउँ प्रयोगविहीन थियो । नगरपालिकाभित्र वन, खेतीयोग्य जमिन, नागरिक( सम्पन्न, विपन्न र सुकुम्बासी) र नगरपालिकाभित्र प्रयोगविहीन जमिन कहाँ कति छ भन्ने अध्ययन सुरू गरेर सङ्घीय भूउपभोग नीतिअनुसार नदी उकास जमिनलाई माछा पोखरीको रुपमा निर्माण सुरु गरिएको जनाइएको छ । तालको बीचमा पहिलै गहिरो रहेको थियो ।

यहाँ २०२८ सालमा बागमती बग्थ्यो । पछि बगर बन्यो । दायाँबायाँको जग्गा २०६२÷०६३ ताका अतिक्रमण भयो । त्यहाँका सुकुम्बासी र भूमिहीनको पहिचान गरेर सात हजार तीन सय घरधुरी सुकुम्बासी र भूमिहीनको व्यवस्थापन गरियो । उनीहरूलाई प्रतिव्यक्ति तीनदेखि पाँच कट्ठासम्म जग्गा वितरण गरियो ।

जग्गा भएकालाई फिर्ता पठाएर करिब अढाइ सय बिघा जमिन नगरपालिकाको स्वामित्वमा राखियो । त्यही जमिनको सदुपयोग गर्नेक्रममा ताल बन्यो । तालमा गत वर्षादेखि पानी जम्न थालेको हो । रासस

पर्सामा लागूऔषध गाँजासहित ५ जना पक्राउ

0

वीरगंज । पर्साका विभिन्न स्थानबाट प्रहरीले लागू औषध गाँजा सहित ५ जनालाई पक्राउ गरेको छ ।

जगरनाथपुर गाँउपालिका-२ जानकीटोला चोकबाट प्रहरीले शुक्रबार साँझ ३ केजी गाँजा सहित तीन जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा छिपहरमाइ गाँउपालिका-४ का २२ वर्षिय चन्दन कुमार साह, २० वर्षिय अरबाज आलम र २४ वर्षिय सुनिल कुमार गुप्ता रहेका छन् ।

जानकीटोलाबाट भीखमपुर जाँदै गरेको ना. १४ प ७२२४ नम्बरको मोटरसाइकलमा सवार उनिहरुलाई रोकेर चेकजाँच गर्दा तीन केजी गाँजा बरामद भएको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए ।

यस्तै पर्साकै वीरगंज महानगरपालिका वडा नम्बर ३१ मिलनचोकबाट पनि ५ केजी गाँजासहित दुई जना पक्राउ परेका छन् ।

जितपुरबाट बड्निहार जाँदै गरेको प्रदेश–२–०३–००१ ह २२७ नम्बरको अटो मिलनचोकमा प्रहरीले रोकेर चेकजाँच गरेको थियो ।त्यसक्रममा अटोमा सवार रहेका चितवनको राप्ती नगरपालिकाका ११ का २९ वर्षिय बद्धिराज घलान र पर्साको पर्सागढी नगरपालिका ३ का ४२ वर्षिय पासाङ लामाको साथबाट गरि ५ केजी गाँजा बरामद भएकाे प्रवक्ता गिरिले जानकारी दिए ।

गाँजा सहित पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए ।

काठमाडौं वल्ड स्कुलकाे शैक्षिक कार्यक्रम सम्पन्न

0

वीरगंज । काठमाडौं वल्ड स्कुलकाे आयाेजनामा शुक्रबार वीरगंजमा शैक्षिक कार्यक्रम सम्पन्न भएकाे छ ।

वीरगंजको आदर्शनगरस्थित होटल लड्स दियालोमा भएकाे कार्यक्रमलाई सम्बाेधन गर्दै मधेश विश्वविद्यालयका उपकुलपति एवंं वीरगंज पब्लिक कलेजका निर्देशक डा. दिपक शाक्यले पढ़ाई र सिकाईको लागि कक्षाकोठा भित्रको सिकाइ मात्र पर्याप्त नहुने वताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका डा. शाक्यले अन्य व्यक्तित्व विकास, क्षमता विकास र प्रयोगात्मक अभ्यासलाई समेत अघि बढाउनुपर्ने जोड दिए ।

कार्यक्रममा काठमाडाैं वल्ड स्कुलका प्रमुख इन्जिनियर डा. मिथिलेश कुमार झा तथा प्रिन्सिपल केशर बहादुर खुलालले छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाउन सफल यस स्कुलले आधुनिक, वैज्ञानिक र प्रविधियुक्त शिक्षण पद्धति अपनाइ छात्र/ छात्रालाई उच्चकोटिको शिक्षा दिन विशेष कक्षाहरु संचालन गरेको बताए ।

कार्यक्रममा प्राविधिक तथा जीवनपयोगी शिक्षाका विषयमा खुल्ला संवाद सँगै किन काठमाडौ वल्ड स्कुल बालबालिकालाई पढाउने भन्ने बारे आफनो तर्क दिएका थिए ।

सो कार्यक्रममा नेपाली काँग्रेसकी नेतृ रम्भा मिश्रा, युवा नेता ओमप्रकाश सर्राफ लगायतकाे सहभागीता रहेको थियो भने कार्यक्रमकाे संचालन पत्रकार माधुरी महताेले गरेकी थिइन ।

सरसफाई प्रभावकारी बनाउन वीरगंज महानगरले ल्यायाे ‘सफा नेपाल एप’

0

वीरगञ्ज । वीरगंज महानगरपालिकाले शहरको सरसफाइ र स्वच्छता अभियानलाई अझ प्रभावकारी बनाउन सफा नेपाल नामक एप निर्माण गरि शुक्रबारदेखि शुभारम्भ गरेको छ ।

शुक्रबार साँझ आदर्शनगरमा एक समारोह आयोजना गरेर महानगरपालिकाले सफा नेपाल नामक एपको शुभारम्भ गरेको हो । समारोहमा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह र उपप्रमुख इम्तियाज आलमले संयुक्त रुपमा ल्यापटमा कि बोर्डको बटम थिचेर उक्त एपको औपचारिक रुपमा शुभारम्भ गरेका हुन् । 

द एशिया फाउण्डेशन र क्लीन नेपालको प्राविधिक सहयोगमा वीरगंज महानगरपालिकाले उक्त एप निर्माण गरेको हो ।

वीरगंज शहरलाई सफा, स्वच्छ र सुन्दर बनाउन महानगरले जारी राखेको सरसफाइ एंव स्वच्छता अभियानमा वीरगंज सम्पूण नगरवासीलाइ जोड्ने उदेश्यले उक्त एप निर्माण गरि शुक्रबार देखि सन्चालनमा ल्याइएको प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेलले बताए ।

उक्त एपमा जोडिने प्रयोगकर्तले कहि कतैं कसैले घर वा पसलको फोहोर सडक, पेटी, नाला वा खाली जग्गामा फालेको भेटिए फोटो खिचेर त्यस बारे एपमा पठाउन सक्ने र त्यसको नोटिफिकेशन आए लगत्तै महानगरको टोली तत्कालै कारबाहीका लागि सम्बन्धित ठाँउमा पुग्नेछ ।

त्यसरी पुग्ने महानगरको टोलीले पहिलोपटकमा १ हजार, दोश्रो पटकमा ५ हजार रुपैयाँ र त्यसपछि दोहोरिएमा जरीवानाको रकम बढाउँदै कारबाही गर्ने नीति महानगरले लिएको छ ।

फोहोर गर्ने व्याक्ति वा संस्थाका बारे एप मार्फत सुचना दिने व्याक्तिको परिचय भने महानगरले गोप्य राख्ने र सुचना दिने व्याक्तिलाई असुल हुने जरीवाना रकमको केहि प्रतिशत रकम पुरस्कारका रुपमा प्रदान गर्ने पनि प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताए बताए । 

शहरको सरसफाई र स्वच्छताका लागि महानगरले केहि महिना यता देखि जारी राखेको सरसफाई अभियानलाई अझ प्रभावकारी बनाउन र उक्त अभियानमा हरेक नगरवासीलाई जोडनकै लागि यो एप शुभारम्भ गरिएको  उनले बताए ।   

एप लन्च समारोहलाई सम्बोधन गर्दै महानगर प्रमुख राजेशमान सिंहले वीरगंज शहरको सरसफाई र स्वच्छता आफ्नो मुख्य प्राथमिकतामा रहेको  भन्दै शुक्रबार साँझ देखि शुभारम्भ गरिएको एपमा हरेक नगरवासी जोडिने हो भने सरसफाई र स्वच्छताको सवालमा एक वर्षभित्रै वीरगंज शहरको मुहार फेरिने बताए ।

उनले केहि महिना यता महानगरले शहरका मेनरोडमा थालेको सरसफाइ अभियान अब भित्री टोल र गल्लीहरुमा पनि सन्चालन गरिने बताए ।

महानगरका सबै वडाका वडाध्यक्षहरुलाई पनि जनतका समस्या र आवश्यकता प्रति सचेत गराउदै मेयर सिंहले भने ,‘ वीरगंजलाई बनाउने दायित्व हामीसबैको हो, त्यसका कारण तपाईहरु अझ थप मेहनत गर्नुस्, जनतालाई ध्यानमा राख्नुस् ।

आफुले नेतृत्व सम्हालेको १० महिनामै वीरगंजवासीले परिवर्तनको अनुभूती गर्न थालिसकेको भन्दै उनले भने,‘ म अरु जस्तो ५ वर्ष कुर्ने अवस्थामा छैन, ३ वर्ष मै हरेक दृष्टिकोणबाट वीरगंजकाे मुहार फेर्नुछ भनेर लागेकोछु, यसमा सबैको साथ र सहयोग आवश्यक छ ।     

वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त समारोहमा वीरगंजका उपमेयर इम्तियाज आलम, वडाअध्यक्ष, कार्यपालिका सदस्य लगायतको सहभागिता थियो ।