Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

पर्सामा लागूऔषध गाँजासहित ५ जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्साका विभिन्न स्थानबाट प्रहरीले लागू औषध गाँजा सहित ५ जनालाई पक्राउ गरेको छ ।

जगरनाथपुर गाँउपालिका-२ जानकीटोला चोकबाट प्रहरीले शुक्रबार साँझ ३ केजी गाँजा सहित तीन जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा छिपहरमाइ गाँउपालिका-४ का २२ वर्षिय चन्दन कुमार साह, २० वर्षिय अरबाज आलम र २४ वर्षिय सुनिल कुमार गुप्ता रहेका छन् ।

जानकीटोलाबाट भीखमपुर जाँदै गरेको ना. १४ प ७२२४ नम्बरको मोटरसाइकलमा सवार उनिहरुलाई रोकेर चेकजाँच गर्दा तीन केजी गाँजा बरामद भएको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए ।

यस्तै पर्साकै वीरगंज महानगरपालिका वडा नम्बर ३१ मिलनचोकबाट पनि ५ केजी गाँजासहित दुई जना पक्राउ परेका छन् ।

जितपुरबाट बड्निहार जाँदै गरेको प्रदेश–२–०३–००१ ह २२७ नम्बरको अटो मिलनचोकमा प्रहरीले रोकेर चेकजाँच गरेको थियो ।त्यसक्रममा अटोमा सवार रहेका चितवनको राप्ती नगरपालिकाका ११ का २९ वर्षिय बद्धिराज घलान र पर्साको पर्सागढी नगरपालिका ३ का ४२ वर्षिय पासाङ लामाको साथबाट गरि ५ केजी गाँजा बरामद भएकाे प्रवक्ता गिरिले जानकारी दिए ।

गाँजा सहित पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...