Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

वीरगंजमा प्रेस लेखिएको गाडीमा लागूऔषध बरामद, एक जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले प्रेस लेखिएको गाडीबाट लागूऔषधसहित एकजनालाई नियन्त्रणमा लिएको छ । 

वीरगंज १६ स्थित रजतजयन्ति चोकबाट प्रहरीले टी मिडिया प्रा.लि. द्वारा सञ्चालित निगरानी अनलाइन डटमको प्रेस लेखिएको गाडीबाट प्रतिबन्धित लागूऔषधसहित एकजनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका-४ निवासी गोपाल स्याङ्गतान रहेको पर्सा प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) निर्मल बुढाथोकीले जानकारी दिए ।

डिएसपी बुढाथोकीकाअनुसार स्याङ्गतानले चलाइरहेको बा ७ च ४६४२ नम्बर भएको सेन्ट्रो कारबाट २४० थान नाईट्रोभेट ट्याब्लेट, १०० एमएलको १९८ बोत्तल ओनेरेक्स र नेपाली ६५ हजार रुपैयाँ नगदसहित उनलाई नियन्त्रणमा लिइएको छ । सिमावर्ती भारतीय शहर रक्सौलबाट नेपाल आएको गाडीमाथि शङ्का लागेर प्रहरीले रोकी रितपूर्वक चेकजाँच गर्दा लागूऔषध र नगद भेटिएको उनले बताए । स्याङ्गतानको साथबाट निगरानी अनलाइनद्वारा जारी गरिएको प्रेस कार्डबाट पनि भेटिएको छ ।

लागूऔषध र नगदसहित स्याङ्गतानलाई नियन्त्रणमा लिएर उनिमाथि लागूऔषध सम्बन्धि मुद्दा चलाई अदालतबाट म्याद थप गर्ने प्रक्रिया अगाडि बढाइएको बुढाथोकीले बताए ।

निगरानी अनलाइन डटकम हेटौंडा मूख्य कार्यकाल भएको टी मिडिया नेटवर्क प्रा.लि. द्वारा सञ्चालित छ । मिडियाका अध्यक्ष आदर्श सिंह थोकरले स्याङ्गतान आफ्नो सञ्चार संस्थामा कार्यरत नरहेको जानकारी दिए । स्याङ्गतानले नक्कली प्रेस कार्ड बनाएर दुरुपयोग गरेको थोकरले स्पष्ट पार्दै भने, ‘हाम्रो मिडिया हाउससँग कुनै गाडी छैन । गोपाल स्याङ्गतान भन्ने व्यक्तिसँग आफ्नो चिनजान भएपनि उनि निगरानी अनलाइनमा कार्यरत छैनन् । नक्कली कार्ड बनाएर दुरुपयोग गरेका छन् । म यस विषयमा बुझ्दै छु ।’

थोकरकाअनुसार निगरानी अनलाइनमा कार्यरत कर्मचारीहरुसँग नेपाल सरकारद्वारा जारी गरिएको प्रेस कार्ड मात्र छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...