Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

लोसपा पर्साका सचिवसहित दर्जनौँले गरे जनमतमा प्रवेश

spot_img
spot_img

वीरगंज । जनमत पार्टी पर्साको पार्टी प्रवेश कार्यक्रम शनिवार सम्पन भएको छ । वीरगंजस्थित क्लासिक बान्क्वेटमा भएकाे कार्यक्रममा लोसपाका पर्साका जिल्ला सचिव राजनारायण मिश्रासहित दर्जनौँ नेताहरुले पार्टी त्याग्दै जनमतमा प्रवेश गरेका हुन् । 

मिश्रासहित लोसपा महिला संगठनकी जिल्ला अध्यक्ष अञ्जना गुप्ता, वीरगंज महानगर सचिव सञ्जय पटेल, युवा नेता मनोज साह, मोहम्मद शेख अरशद, मोबाइल एसोसिएशन पर्साका अध्यक्ष महादेव शर्मा, युवा अभियन्ता आशिष श्रीवास्तव, सत्युग साह, रेखा सरार्फ, विणा श्रीवास्तव लगायत १२० जानाले जनमत पार्टी प्रवेश गरेको पार्टीका जिल्ला संयोजक ओमप्रकाश सर्राफले जानकरी दिए ।

जिल्ला संयाेजक सर्राफकाे अध्यक्षतामा भएकाे पार्टी प्रवेश कार्यक्रममा जिल्ला इन्चार्ज माधव सिंह, नेता सुजित चाैरसिया, नजमा खातुन, नरेश पटेल, दिपेन्द्र यादव लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यसैबिच जनमत पार्टीले प्रेस जनमत संघ पनि गठन गरेको छ । स्थानीय सञ्चारकर्मी मुन्ना ठाकुरको अध्यक्षतामा ९ सदसिय संघ गठन भएको सर्राफले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीका तीन विद्यालयले समावेशी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

पर्सा आउँदै एमाले महासचिव पोखरेल, क्षेत्र नं. ३ को शुभकामना कार्यक्रममा सम्बोधन गर्ने

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेल पर्सा आउने भएका छन् । विजया दशमीको अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ को आयोजनामा...

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि...