Date
शुक्र, असार १२, २०८३
Fri, June 26, 2026

काठमाडौं वल्ड स्कुलकाे शैक्षिक कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । काठमाडौं वल्ड स्कुलकाे आयाेजनामा शुक्रबार वीरगंजमा शैक्षिक कार्यक्रम सम्पन्न भएकाे छ ।

वीरगंजको आदर्शनगरस्थित होटल लड्स दियालोमा भएकाे कार्यक्रमलाई सम्बाेधन गर्दै मधेश विश्वविद्यालयका उपकुलपति एवंं वीरगंज पब्लिक कलेजका निर्देशक डा. दिपक शाक्यले पढ़ाई र सिकाईको लागि कक्षाकोठा भित्रको सिकाइ मात्र पर्याप्त नहुने वताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका डा. शाक्यले अन्य व्यक्तित्व विकास, क्षमता विकास र प्रयोगात्मक अभ्यासलाई समेत अघि बढाउनुपर्ने जोड दिए ।

कार्यक्रममा काठमाडाैं वल्ड स्कुलका प्रमुख इन्जिनियर डा. मिथिलेश कुमार झा तथा प्रिन्सिपल केशर बहादुर खुलालले छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाउन सफल यस स्कुलले आधुनिक, वैज्ञानिक र प्रविधियुक्त शिक्षण पद्धति अपनाइ छात्र/ छात्रालाई उच्चकोटिको शिक्षा दिन विशेष कक्षाहरु संचालन गरेको बताए ।

कार्यक्रममा प्राविधिक तथा जीवनपयोगी शिक्षाका विषयमा खुल्ला संवाद सँगै किन काठमाडौ वल्ड स्कुल बालबालिकालाई पढाउने भन्ने बारे आफनो तर्क दिएका थिए ।

सो कार्यक्रममा नेपाली काँग्रेसकी नेतृ रम्भा मिश्रा, युवा नेता ओमप्रकाश सर्राफ लगायतकाे सहभागीता रहेको थियो भने कार्यक्रमकाे संचालन पत्रकार माधुरी महताेले गरेकी थिइन ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कालिकामाई गाउँ कार्यपालिका सदस्य चनरजोतियाको निधन

वीरगंज । पर्साको कालिकामाई गाउँ कार्यपालिका सदस्य चनरजोतिया दुसादिनको असामयिक निधन भएको छ । कालिकामाई गाउँपालिकाले जारी गरेको शोक विज्ञप्तिअनुसार कार्यपालिका सदस्य दुसादिनको बुधबार राति...

प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवन महाधिवेशनबाट प्रदेशसभा खारेज गर्ने निर्णय फिर्ता लिन आम जनता पार्टी (आजपा)ले माग गरेको छ । आजपा...

वीरगंजमा हैजा पूर्वतयारी सुदृढीकरण कार्यशाला सुरु, महामारी नियन्त्रणमा समन्वय र तयारीमा जोड

वीरगंज । नारायणी अस्पतालको आयोजना तथा अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघ (आईएफआरसी) र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा “हैजा पूर्वतयारी सुदृढीकरण : सिकाइ तथा अनुभव...