Date
मङ्ल, मंसिर १, २०८३
Tue, November 17, 2026
Home Blog Page 554

शिवम् लेयर्स फर्म बन्द नै गर्नु पर्ने स्थानियकाे अडान

0

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ गादीमा सञ्चालित शिवम् लेयर्स फर्म प्रालि बन्द गर्नुपर्ने भन्दै स्थानियले विरोध गरेका छन् । उद्योगलाई पूर्ण रुपमा बन्द गर्नुपर्ने माग राख्दै उनीहरुले बुधबार शिवम् लेयर्सको मुलगेट अगाडी धर्ना दिनुको साथै प्रदर्शन समेत गरेका हुन् । 

उद्याेगले पालना गर्नु पर्ने वातावरण प्रदूषण सम्बन्धी मापदण्ड पालना गर्न अनुरोध गर्दा समेत उद्योगले अटेर गरेपछि गाउँपालिकाले चैत ९ गते १५ दिन भित्र उद्याेग बन्द गर्न निर्देशन दिएकाे थियाे । म्याद सक्न एक दिन वाकी रहँदा उद्योगले ८० प्रतिशत मापदण्ड पुरा भएको तथा झिङगा दुर्गन्ध लगायत नियन्त्रणमा आईसकेको गाउँपालिकालाई जानकारी गराउँदै उद्याेगकाे अनुगमन गरिदिन आग्रह गरेकाे थियाे ।

उद्याेगकाे आग्रह अनुसार बुधबार गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रकाे प्रतिनिधि लिएर अनुगमन गर्न पुगेकाे थियाे । अनुगमन कै क्रममा जम्मा भएका स्थानियहरुले उद्याेगकाे दुर्गन्धका कारण जनजिवन प्रभावित भएकाे भन्दै बन्द गर्न अडान राखेका थिए ।

उद्योग प्रशासनका कर्मचारी तथा संचालक शिवजी कलवारले उद्योगका कारण केही नभएकाे वताउँदै प्रमाण दिन भनेपछि आक्राेशित स्थानियहरुले संचालक कलवार तथा उद्योगका कर्मचारीहरुलाई धक्का मुक्का गर्दै उद्याेगकाे गेटमा ताेडफाेड समेत गर्न थालेका थिए । त्यसपछि केही बेर तनाव समेत भएकाे थियाे । 

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत समेत सहभागिता रहेकाे अनुगमन टोलीले पनि उद्योगले दावी गरे बमोजिमको अवस्था नभेटिएको बताएकाे छ । 

अनुगमनकाे क्रममा उद्याेगले दाबी गरे अनुसार वातावरण प्रदूषण सम्बन्धी मापदण्ड पालना गरेकाे नभेटिएकाे गाउँपालिका अध्यक्ष दिनेश चाैधरीले वताए । उनले उद्याेग बन्द गर्न दिइएकाे निर्देशन उद्याेग संचालकले पालना नगरेपछि अब कानुनी सल्लाहकारबाट सल्लाह गरेर अगाडी बढने वताए ।

स्थानियबासीकाे स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने खालकाे उद्याेग गाउँपालिकाले संचालन गर्न नदिने उनले वताए । उद्याेगले पालना गर्नु पर्ने वातावरण प्रदूषण सम्बन्धी मापदण्ड पालना गर्न लामाे समयदेखि उद्याेगलाई पटक पटक मौखिक तथा लिखित ताकेता गर्दा पनि अटेरी गर्दै आएको उनले वताए । 

शिवम् लेयर्स उद्याेग बन्द गर्ने अवस्था नै रहेकाे गाउँपालिकाकी उपाध्यक्ष ममता महताेले वताइन । उनले उद्याेग संचालन गर्न समयमा पुर्याउनु पर्ने कानुनी परक्रियाहरु समेत उद्याेगले नपुर्याएका कारण बन्द नै गर्नु पर्ने वताइन ।

उद्याेग नसचिएका कारण बन्द नै हुनु पर्ने वडाध्यक्ष विजय गैरेले वताए । उनले भने “हामी समस्यामा छाैं, उद्याेगकाे दुर्गन्ध र झिंगाका कारण हाम्राे जनजिवन प्रभावित छ‍ । विगत ३ बर्षदेखि हामीले सच्याउन भन्दै आएका छाैं, तर उद्याेग संचालनले अटेरी गर्दै आएकाे छ । जनताकाे स्वास्थ्यसंग खेल्वाड गर्न पाइदैन त्यही भएर बन्दै नै हुनु पर्छ ।”

अनुगमन समितिले दिएकाे प्रतिवेदन अनुसार निर्णय लिने प्रमुख प्रशासकिय अधिकृत सन्देश यादवले वताए । अझै पनि प्रचलित कानुन अनुसार उद्याेगले पालना गर्नु पर्ने मापदण्ड उद्याेगले पालना नगरेका पाइएकाे उनले वताए । 

उद्याेगकाे दुर्गन्ध र झिंगाबाट जनजिवन नै प्रभावित

उद्योगले कुखुराको दिशा र मरेका कुखुराको उचित व्यवस्थापन नगर्दा त्यस क्षेत्रका स्थानीयहरु झिँगाको प्रकोपबाट बढि प्रभावित छन् । विहानदेखि रातिसम्म झिँगाले स्थानीयलाई प्रभावित पारि रहेका हुन्छन् नै, त्यसमाथि विभिन्न प्रकारको रोगको महामारी फैलने जाेखिम बढेकाे छ ।

उद्योगले फैलाएको दुर्गन्ध र झिँगाबाट वरिपरिकाे बस्ती प्रभावित छ । दैनिकी जीवनको सबै प्रकारको कार्यमा झिँगाले प्रभावित पारेको छ । खाना पकाउँदा खानामा झिँगा पर्ने, खाना खाँदा झिँगा पर्ने, बालबालिकाहरु केही खाना खाँदा झिँगा अल्झिएको खाना खाने, नाक मुख जीउ भरि नै झिँगै झिँगा भन्कि रहने जस्ता समस्याले उद्योग वरिपरि क्षेत्र रहेका बस्तीका १० हजार भन्दा बढि सर्वसाधारण प्रभावित बनेको स्थानीयहरुको भनाई छ ।

उद्याेगले फैलाएकाे दुर्गन्ध र झिंगाका कारण आफन्तहरु घरमा आउँदा पनि खाना नखाने, बसन नमान्ने, कसैले छाेरा छाेरीकाे विवाह पनि उद्याेग वरपरकाे बस्तीमा गर्न नचाहने लगायतकाे समस्याहरु समेत सृजना भएकाे स्थानियहरुकाे दु:खेसाे छ । 

उद्याेगले ३ महिनामा एकपटक सुल सफाइ गर्दै आएकाेमा अब हप्तामा दुई पटक सफाई हुँदै आएकाे जनाएकाे छ । तर पनि उद्याेगबाट फैलेकाे दुर्गन्ध र झिंगा नियन्त्रण नभएकाे स्थानियहरुकाे भनाई छ ।

उद्याेगबाट सृजना भएकाे ८० प्रतिशत समस्यामा समाधान भएकाे उद्याेगका संचालक शिवजी प्रसाद कलवारले दाबी गरे । उद्याेग वाणिज्य संघकाे काेषाध्यक्ष समेत रहेका उनले अहिले बसन्त रितुकाे माैसम रहेका कारण पनि झिंगा फैलेकाे वताउँदै वाकी समस्या १५ दिनमा समाधान गरिने वताए ।  

वीरगंज कारागार यातनागृह बन्याे : पूर्वमन्त्री यादव

0

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधि सभा सदस्य प्रदीप यादवले नौ दशक पूरानो वीरगंज कारागार जीर्ण बनेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सहभागी हुँदै नेपाल सरकारका पूर्व वन तथा वातावरण मन्त्रीसमेत रहेका यादवले कारागारमा क्षमता भन्दा बढी कैदी भएको हुँदा यथाशीघ्र पुन निर्माण गर्न माग गरेका हुन् । साथै उनले कारागार यातना गृह बनेको इंगित गर्दै भने, ‘कारागार यातना गृह बनेको छ, कारागार सुधार्ने ठाउँ हो की बिगार्ने ठाउँ हो ?’

कम क्षमता हुँदा कैदीलाई कोचाकोच गरेर राख्नुपर्ने बाध्यता रहेको बताउँदै उनले शौचालय जान पनि पालो कुनुपर्ने र त्यही पनि व्यवस्थीत नभएको बताए । उनले भने, ‘९० वर्ष पुरानो कारागार जीर्ण भइसकेको छ । त्याहाँ सुरक्षाकर्मी बस्ने ठाउँ पनि सुरक्षित छैन । कुनै पनि बेला दुर्घटना हुन सक्छ । शौचालय पनि अपर्याप्त छ । पालो कुर्दाकुदै नपाएर कैदीहरु पान्टमै दिशापिसाव गर्न बाध्य छन् ।’

जीर्ण बनेको कारागारको स्थलगत अवलोकन गरेर पुर्ननिर्माणको काम गर्न सांसद यादवले माग गरे ।

यसअघि गत ९ फागुनमा यादवले कारागारको स्थलगत अवलोकन गरेका थिए । जीर्ण बनेका भौतिक संरचना निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाए बमोजिम यादवले प्रतिनिधि सभाको बैठक मार्फत आवाज उठाएका हुन् ।

अनुगमनका क्रममा उनले सुरक्षा र मानव अधिकारका दृष्टिकोणले पनि कारागार पुर्न निर्माण गर्नु पर्ने आवश्यक्ता औँल्याएका थिए । सांसद यादवकाअनुसार जीर्ण बनेका संरचनाका कारण त्याहाँ रहेका कैदीसँगै सुरक्षाकर्मी र कर्मचारी पनि जोखिममा छन् । पूरानो संरचना मर्मतसम्भारमा सरकारले ध्यान नदिँदा जीर्ण बनीरहेको बताउँदै उनले क्षमता भन्दा दोब्बर कैदीबन्दी रहँदा झनै जोखिम बढेको बताएका थिए ।

उपेन्द्र यादवलाई बाहिरिया भन्नु कुतर्क : जितेन्द्र सोनल

0

वीरगंज । लोसपाका नेता जितेन्द्र सोनलले बारा-२ को विकास, मधेशको एजेण्डालाई स्थापित गर्न र राजनीतिक स्थायित्व दिन उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई जनताले जिताएर संसद्मा पठाउनु पर्ने बताएका छन् ।

बारा-२ को उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवारसमेत रहेका यादवलाई जिताउन लोसपाका तर्फबाट केन्द्रिय प्रतिनिधीका रुपमा खटाइएका पूर्वमन्त्रीसमेत रहेका सोनलले राष्ट्रिय राजनीतिमा पहिचान बनाउन सफल जसपा अध्यक्ष यादवले जिते बारा-२ को विकास र समृद्धि निश्चित रहेको बताए । यससँगै मधेशको एजेण्डा स्थापित हुने र मुलुकको राजनीतिले स्थायित्व पनि पाउने सोनलको तर्क छ ।

बुधबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै सोनलले भने, ‘यदि बारा-२ मा विकास र समृद्धि चाहने हो भने त्यसका लागि श्रोतसाधन चाहिन्छ, श्रोत र साधन सरकारसँग छ, सरकारमा पाँच दलीय गठबन्धन छ, त्यसका कारण पनि गठबन्धनका साझा उम्मेदवार उपेन्द्र जीलाई जिताउनु नै पर्छ ।’

बारा-२ मा यादवलाई जिताउन आफनो पार्टीबाट सर्कुरल नै जारी भइसकेको भन्दै सोनलले बारा-२ को उपनिर्वाचनको परिणाम गठबन्धनका साझा उम्मेदवार यादवको पक्षमै आउने दाबी पनि गरे ।

बारा-२ का लागि उपेन्द्र यादव बाहिरिया उम्मेदवार हुन् भन्ने विपक्षीको आरोपको खण्डन गर्दै सोनलले भने, ‘उपेन्द्र यादव यहि देशका नागरिक हुन्, मधेशी नै हुन् त्यसका कारण बाहिरियाको नारा चलाउनेहरुले कुतर्क गरिरहेका छन् र यो कुरा बाराका जनताले राम्ररी बुझिसकेका छन् ।’

मुलुक विगत ५/६ वर्ष देखि गठबन्धनको राजनीतिमा चलिरहेको बताउँदै सोनलले मुलुकमा स्थायी सरकारका लागि पनि गठबनधनको राजनीतिक आवश्यक भएको बताए ।

कृषि औजार कारखाना संचालनको लागि उद्याेगमन्त्रीद्वारा छलफल

0

वीरगंज । वीरगंजमा रहेकाे कृषि औजार कारखाना संचालनको निमित्त उद्याेग, वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले मंगलबार राष्ट्रिय अविस्कार केन्द्रका माहाबिर पुनसंग छलफल गरेका छन् ।

छलफलमा कृषि औजार कारखाना चलाउन उद्योग मन्त्रालयको सहयोग संगै, अर्थ, कृषिको पनि सहयोग र सहकार्य हुनु पर्ने उद्योग सचीव डा. तोय नरयण ज्ञवालीले प्रकाशले प्रकाश पारेका थिए ।

त्यसपछि वाेल्दै उद्याेगमन्त्री रिजालले कारखाना संचालन कृषि मन्त्रालय अन्तर्गत रहेकोले त्यो मन्त्रालयसंगकाे सहकार्य गर्ने वताए । उनले साथै अर्थ मन्त्रालयले बजेट बिनयोजको पाटो रहेकोले अर्थ मन्त्रालयसंग पनि सहकार्य गर्ने र कारखाना संचालनकाे लागि पहल गर्ने वताए ।

मन्त्रालयमा भएकाे छलफलमा एक पटकको मात्र बजेटले कारखानालाई मुर्त रुप दिन नसकिने तर पनि बिस्तारै बिस्तारै कारखानाको जिर्णो उद्दार गर्ने बारे सहभागिहरु प्रकश पारेकाे उद्याेगमन्त्रीका स्वकिय सचिव राकेश यादवले वताए ।

कृषि औजार कारखानालाई चलायामान बनाउन के कस्ता कदमहरु चाल्न सकिन्छ भन्ने बारे व्यापक छलफल भएकाे थियाे मन्त्रालयको जिग्यासामा अविस्कार केन्द्रका पुनले अहिलेको मेशिनहरु बलियो र काम लाग्ने भए पनि विश्व बजार संग प्रतिस्पर्धा गर्न नयाँ नयाँ मेशिनहरु पनि थप्नु पर्ने जानकारी गराएका थिए ।

प्रिस्कुलकाे आयाेजनामा व्यावहारिक शिक्षण सम्बन्धी तालिम सुरु

0

वीरगंज । लिटिल बड्डी इन्टरनेशनल प्रिस्कुलको आयोजनामा ३ दिने व्यावहारिक शिक्षण सम्बन्धी तालिम सुरु भएको छ । पूर्व प्राथमिक र प्राथमिक तहको पठनपाठन पुस्तक भन्दा पनि सामग्रीमा आधारित हुनुपर्छ भन्ने अभिप्रायका साथ तालिमको आयोजना गरिएको लिटिल बड्ठी इन्टरनेशनल प्रिस्कुल वीरगंजका प्रबन्ध निर्देशक बिजय कुमार बलले बताए ।

उनका अनुसार मङ्गलवारदेखि सुरु भएको सामग्रीमा आधारित शिक्षण तालिम बिहिवार सम्पन्न हुनेछ । तालिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्याब्सन पर्साका प्रवक्ता अशोक संग्रौलाले शिक्षकहरुको क्षमता अभिवृद्धिका लागि यस्ता तालिमहरु जरुरी रहेको बताए ।

पूर्व प्राथमिक तहका बालबालिकालाई पनि कापी कलम लिएर घोकाएर पढाउने प्रवृतिले शिक्षाको विकास नहुने हुँदा संग्रौलाले सिकाईमुलक शिक्षामा जोड दिनुपर्ने आवश्यक्ता औँल्याए । लिटिल बड्डी इन्टरनेशनल प्रिस्कुल, माउण्ट मकालु मावि, साउथ जोन मावि, मिनिल्याण्ड मावि, डल्फिन एकेडेमी लगायतका विद्यालयका ३० जना शिक्षकहरु तालिममा सहभागी छन् ।

उनीहरुलाई व्यावहारिक एवम् सामग्रीमा आधारित शिक्षणका सम्बन्धमा झापाकी पूजा संग्रौला मरासिनीले प्रशिक्षण दिइरहेकी छिन् ।

लिटिल बड्डी वीरगंजका संस्थापक प्रबन्ध निर्देशक बिजय कुमार बलको अध्यक्षतामा भएको तालिमको उद्घाटन सत्रमा प्याब्सन पर्साका सचिव राहुल श्रीवास्तव, प्याब्सन वीरगंज महानगरका कोषाध्यक्ष सुरज बाबु पटेल लगायतको उपस्थिती रहेको थियो ।

ब्याजदर घटाउन व्यवसायीको माग

0

काठमाडौँ । नेपाल व्यवसायी राष्ट्रिय महासङ्घले बैँक तथा वित्तीय संस्थाले लिँदै आएको चर्को ब्याजदर घटाउन अर्थमन्त्रीसमक्ष माग गरेका छन् ।

महासङ्घको टोलीले आज अर्थमन्त्री डा प्रकाशशरण महतलाई भेटेर कोरोनाले थलिएका उद्योगी व्यवसायी बैँक तथा वित्तीय संस्थाले चर्को ब्याजको कारणले व्यवसायबाट पलायन हुनुपर्ने अवस्था सिर्जना भएको भन्दै ब्याजदर घटाउन माग गरेका हुन् ।

भेटमा महासङ्घका अध्यक्ष कुमार कार्कीले सातआठ प्रतिशतमा लिएको कर्जा ब्याजदर हाल १५/१६ प्रतिशतसम्म पुगेको र व्यवसायी थप मर्कामा परेको भन्दै ब्याजदर घटाउन माग गर्नुभयो । “मुलुकमा व्यवसायको वातावरण निर्माण गर्न ब्याजदर एक अङ्कमा कायम गर्नुपर्छ भन्ने माग महासङ्घको हो”, उहाँले भन्नुभयो ।

महासङ्घले करका दर, भन्सार दरबन्दी घटाउनुपर्ने, विदेश पलायन हुँदै गएका युवालाई सीपमुलक तालिम प्रदान गरी स्वदेशमै रोजगारीको व्यवस्था गर्नुपर्ने, युवा जनशक्तिलाई कृषिजन्य उत्पादनसँग जोड्नुपर्ने, उद्योगी र किसानबाट उत्पादित सामान सहजै बजारसम्म लैजाने वातावरण निर्माण गर्न अर्थमन्त्रीसमक्ष आग्रह गरेको छ ।

यस्तै, राजधानीलगायत देशभरका प्रमुख व्यापारिक केन्द्रको पार्किङ र फुटपाथ व्यवस्थित, भन्सार नाकामा हुने समस्याको समाधान, वैज्ञानिक घरभाडा लागू तथा महिला तथा युवा उद्यमीलाई सहुलित कर्जा कम्तीमा रु २५ लाख कर्जा उपलब्ध गराउन माग गरेको छ ।

महासङ्घले देशको अर्थतन्त्रलाई अगाडि बढाउनका लागि रुग्ण रहेको स्वदेशी उद्योगलाई चाँडो सञ्चालन गर्नुपर्ने, निजी क्षेत्रको व्यवसायीको समस्या समाधान गर्न सबै क्षेत्रका उद्योगी व्यवसायी समावेश गरी एक उच्चस्तरिय समिति गठन गर्नुपर्ने, आयकर र मूल्य अभिवृद्धि कर घटाउनुपर्ने, बैँक तथा वित्तीय संस्थाले घरजग्गा लिलाम गर्दा ३५ दिने सूचना दिएर लिलाम गर्दै आएकोमा लिलाम अवधि कम्तीमा ६ महिना बनाउन माग गरेको छ ।

भेटमा अर्थमन्त्री डा महतले उद्योगी व्यवसायीले राखेका माग समाधानका लागि आफूले पहल थालेको बताउनुभयो । “यसअघि पनि विभिन्न उद्योगी व्यवसायीसँग भेट भएको छ, यहाँहरुले राखेको मागप्रति सरकार गम्भीर छ”, उहाँले भन्नुभयो ।

अर्थमन्त्री डा महतले देशको अर्थतन्त्र जोगाउन निजी क्षेत्र र सरकार सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको थियो । विसं २०७४ मा स्थापना भएको महासङ्घमा देशभरका २५ सङ्घका झण्डै एक लाख उद्योगी व्यवसायी सदस्य रहेको अध्यक्ष कार्कीले बताउनुभयो । रासस

हरवाचरवाको तत्काल पुनःस्थापना गर्न अधिकारकर्मीहरूको आग्रह

0
फाइल तस्बिर

लहान । नागरिक समाजका अगुवा तथा मानवअधिकारकर्मी श्याम श्रेष्ठले मुक्त हरवाचरवाहरुकाे तत्काल न्यायिक पुनःस्थापनाका लागि सरकारसँग आग्रह गर्नुभएको छ ।

हरवाचरवाहरुको पाँचदिने अधिकार यात्रामा ऐक्यबद्धता जनाउन आज सिरहा सदरमुकाम आउनुभएका श्रेष्ठले गत साउन २ गते मुक्त घोषणा गरिएका हरूवाचरुवाहरूको पुनःस्थापनाको कार्यक्रम अहिलेसम्म पनि सुरु नभएको भन्दै सरकारले आफ्नो प्रतिबद्धता पूरा गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारले मुक्त घोषणा गर्दा हरूवाचरुवाहरूको ऋण मिनाह तथा पुनःस्थापनाको प्याकेजसहित काम गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयन नहुनु दुःखद भएको बताउनुभयो ।

“मुक्त घोषणा गर्दा हरूवाचरुवाहरूको ऋण मिनाह तथा पुनःस्थापनाको प्याकेजसहित काम गर्ने प्रतिवद्धता जनाइएको थियो तर त्यो कागजमै सीमित रह्यो । त्यसलाई व्यवहारमा लागू गरिएन”, श्रेष्ठले भन्नुभयो, “अधिकारका लागि मधेसका हरवाचरवाहरूले सरकारलाई आफ्नो प्रतिबद्धता पूरा गर्न ध्यानाकर्षणका लागि पाँचदिने अधिकार यात्रा सुरु गरेका छन् । यसमा हामी नागरिक समाज र अधिकारकर्मीको पूर्ण ऐक्यबद्धता छ ।”

मुक्त कमैया, कम्लरी, मुक्त हलिया र हरूवाचरुवासम्बन्धी वस्तुस्थिति अध्ययन गर्न गठित समितिका संयोजकसमेत रहनुभएका श्रेष्ठले राजनीतिक दल तथा सरकारले गरिबी निवारण, भूमिहीन सुकुम्बासी समस्या समाधान गर्दा हरेक दृष्टिले कमजोर हरवाचरवालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

त्यसैगरी, संविधानसभा सदस्य तथा अधिकारकर्मी हरिराम श्रीपाइलीले संविधानले वर्जित गरेको सामाजिक, आर्थिक उत्पीडन तथा बँधुवा श्रमको अवशेष अहिले पनि कायमै रहेकाले त्यसको अन्त्यका लागि सरकारले ठोस योजनासहित काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले सङ्घीयता र गणतन्त्र आउँदा पनि नागरिकले दासताको जीवन जिउन बाध्य हुनु दुर्भाग्यपूर्ण भएकाले तीनै तहका सरकारले सङ्घीयताको मर्मअनुसार हरूवाचरुवाको मुक्तिका लागि अध्ययन समितिले दिएको सुझाव कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

मुक्त घोषणा भएको नौ महिना बितिसक्दा पनि पुनःस्थापनाका काम सुरु नभएको भन्दै सरकार र सरोकारवालाको ध्यानाकर्षणका लागि यही चैत २५ गतेदेखि यहाँका हरूवाचरुवाले प्रदेश राजधानी जनकपुर लक्षित अधिकार यात्रा सुरु गरेका छन् । सप्तरीको राजविराज तथा पर्साको वीरगञ्जबाट एकसाथ सुरु भएको अधिकार यात्रा २८ गते जनकपुर पुग्ने कार्यक्रम रहेको राष्ट्रिय हरूवाचरुवा अधिकार मञ्चले जनाएको छ ।

वीरगंजमा ३ दिने रात्रि बजार लाग्दै, चौबिसै घण्टा नाका खुल्ने

0

वीरगंज । वीरगंज महानगरपालिकाको आयोजना गर्न लागेको रात्रि बजारको तयारी अन्तिम चरणमा पुगेको छ । नयाँ वर्षको अवसर पारेर यही चैत ३० गते देखि बैशाख २ गतेसम्म आयोजना गर्न लागिएको रात्रि बजारको आवश्यक सजावटदेखि स्टल बुकिङको काम अन्तिम चरणमा पुगेको सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

महानगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा मेयर राजेशमान सिंहले रात्रि बजारले वीरगंजकाे अर्थतन्त्र चलायमान बनाउने विश्वास व्यक्त गरे । रात्रि बजार अवधिभर नेपाल भारत मुख्य सीमा चौबिसै घण्टा खुल्ने व्यवस्था मिलाइएको भन्दै उनले यसले सीमापारका पर्यटकको आगमन बढ्ने र बजार चलायमान हुने पनि बताए ।

यहाँका उद्योगी, व्यवसायीसँगको सहकार्यमा उनीहरुकै व्यवस्थापनमा हुन लागेको रात्रि बजारको महानगरपालिकाले ७५ प्रतिशत आर्थिक लगानी गर्ने पनि उनले बताए । ‘यहाँका निजी क्षेत्रको २५ प्रतिशत र महानगरको ७५ प्रतिशत लगानीमा बजार लगाउन लागेका हौँ,’ उनले भने, ‘यसले यहाँका व्यवसायी तथा आम नगरवासिले रात्रि बजारबाट लाभ लिन सक्ने विश्वास लिएका छौँ ।’

 रात्रि बजार नाफा कमाउन नभई यहाँको आर्थीक अवस्था चलायमान बनाउन आयोजना गर्न लागिएकाले तीन दिनको स्टलको शुल्क १ हजार रुपैयाँ मात्रै लिइएको बजार व्यवस्थापन समितिका संयोजक जयप्रकाश खेतानले बताए ।

आदर्शनगर चोकदेखि कैलास चोक हुँदै पुरानो बसपार्क, चिल्ड्रेनपार्कसम्म लाग्ने रात्रीबजारमा १०० भन्दा बढी थरिथरिका स्टलहरु रहने उनले जानकारी दिए । शिक्षा, स्वास्थ्य सम्बन्धि जानकारी मुलक स्टलका साथै विभिन्न खानाका परिकार, लत्ताकपडा, जुत्ताचप्पल तथा अन्य विविध किसिमका स्टलहरु रहने छन् । रात्रि बजारमा झाँकी तथा विभिन्न सांस्कृतिक प्रस्तुती समेत रहेन उनले बताए ।

 रात्रि बजार सुरक्षित रुपमा लगाउन स्थानीय प्रशासनसँगको सहकार्यमा आवश्यक व्यवस्था मिलाइएको भन्दै ढुक्क भएर रात्रि बजारको लाभ उठाउन पनि मेयर सिंहले सबैलाई आग्रह गरे ।

पत्रकार सम्मेलनमा महानगरका उपमेयर इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल,
आमसन्चार प्रबर्धन समितिका संयोजक ध्रुब अधिकारी, मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरे, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, रात्रि बजार व्यवस्थापन समितिका जयप्रकास खेतान, नुतन सरावगी, संजय अग्रवाल लगायतको सहभागिता रहेको थियो भने पत्रकार सम्मेलनको सहजिकरण महानगर प्रमुखका प्रेस सल्लाहकार महेस दासले गरेका थिए ।

उपेन्द्र यादवलाई जिताउन टाेल टाेलमा गठबन्धनको कमिटी गठन

0

बारा । बारा २ मा सत्तागठबन्धनका उम्मेदवार उपेन्द्र यादवलाई जिताउने अभियान अन्तर्गत करैयामाई गाउँपालिका वडा नंबर ८ बेलाहीमा साेमबार टाेल स्तरीय प्रचार प्रसार तथा बुथ कमिटी गठन गरिएकाे छ ।

जसपाका करैयामाई गाउँपालिका अध्यक्ष शम्भु प्रसाद यादवको प्रमुख आथित्यामा सम्पन्न भेलाले कांग्रेसका काेशलेश चाैधरीकाे संयाेजकत्वमा प्रसार प्रसार समिति तथा बुथ कमिटि गठन गरेको जसपाका युवा नेता सुरेन्द्र साहले बताए ।

भेलामा जसपा नेपालका नेता सोनालाल साह, दीपक पासवान, जोगेन्द्र पंडित, रामविशवास साह, पिंकी कुमाारी लगायतको उपस्थिती रहेको थियो । भेलालाई सम्बोधन गर्दै नेताहरुले उपनिर्वाचनमा गठबन्धनका साझा उमेदवार उपेन्द्र यादवलाई भारी बहुमतका साथ जिताउन एकजुट भएर लाग्ने बताए ।

सोमबार नै करैयामाई गाउँपालिका वडा नंबर ८ नरहीमा पनि कांग्रेस नेता सुकदेव पंडितकाे संयाेजकत्वमा बुथ कमिटी गठन गरिएको छ । बुथ कमिटीको उपसंयोजकमा नेकपा एकिकृत समाजवादी पार्टीका नेता कामेश्वर यादव रहेका छन् ।

देशको अर्थतन्त्र सुधार्न निजी क्षेत्र पनि लाग्नुपर्छ : उद्योगमन्त्री रिजाल

0

काठमाडौं । संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले देशको आर्थिक अवस्थालाई सदृढ बनाउन सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् ।

सोमबार नेपाल चेम्बर अफ कमर्सको साधारण सभामा बोल्दै मन्त्री रिजालले देशको आर्थिक अवस्था राम्रो नभएकाले यसलाई राम्रो बनाउने काम उद्योग, व्यवसायीहरुको पनि रहेको बताए ।

उनले मुलुकलाई समृद्धितिर लैजाने काम सबै मिलेर गर्ने बताए । उनले अर्थतन्त्र सुदृढ बनाउन आवश्यक नीति नियमहरू बनाएर अघि बढ्न सरकार तयार रहेको पनि बताए ।

मन्त्री रिजालले भने, ‘यो मुलुकको आर्थिक गतिविधि त्यति साह्रो राम्रो, गतिलो अवस्थामा छैन । यो गतिलो बनाउने काम उद्योग, व्यवसायी साथीहरुको पनि हो । तपाईंहरूको भूमिका महत्वपूर्ण छ, यो मुलुकलाई समृद्धितिर लैजाने काम तपाईं हामी सबै मिलेर गर्नुपर्छ ।’  साभार : अनलाइनखबर