Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

देशको अर्थतन्त्र सुधार्न निजी क्षेत्र पनि लाग्नुपर्छ : उद्योगमन्त्री रिजाल

spot_img
spot_img

काठमाडौं । संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले देशको आर्थिक अवस्थालाई सदृढ बनाउन सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् ।

सोमबार नेपाल चेम्बर अफ कमर्सको साधारण सभामा बोल्दै मन्त्री रिजालले देशको आर्थिक अवस्था राम्रो नभएकाले यसलाई राम्रो बनाउने काम उद्योग, व्यवसायीहरुको पनि रहेको बताए ।

उनले मुलुकलाई समृद्धितिर लैजाने काम सबै मिलेर गर्ने बताए । उनले अर्थतन्त्र सुदृढ बनाउन आवश्यक नीति नियमहरू बनाएर अघि बढ्न सरकार तयार रहेको पनि बताए ।

मन्त्री रिजालले भने, ‘यो मुलुकको आर्थिक गतिविधि त्यति साह्रो राम्रो, गतिलो अवस्थामा छैन । यो गतिलो बनाउने काम उद्योग, व्यवसायी साथीहरुको पनि हो । तपाईंहरूको भूमिका महत्वपूर्ण छ, यो मुलुकलाई समृद्धितिर लैजाने काम तपाईं हामी सबै मिलेर गर्नुपर्छ ।’  साभार : अनलाइनखबर

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...