Date
आइत, भदौ १४, २०८३
Sun, August 30, 2026

ब्याजदर घटाउन व्यवसायीको माग

spot_img
spot_img

काठमाडौँ । नेपाल व्यवसायी राष्ट्रिय महासङ्घले बैँक तथा वित्तीय संस्थाले लिँदै आएको चर्को ब्याजदर घटाउन अर्थमन्त्रीसमक्ष माग गरेका छन् ।

महासङ्घको टोलीले आज अर्थमन्त्री डा प्रकाशशरण महतलाई भेटेर कोरोनाले थलिएका उद्योगी व्यवसायी बैँक तथा वित्तीय संस्थाले चर्को ब्याजको कारणले व्यवसायबाट पलायन हुनुपर्ने अवस्था सिर्जना भएको भन्दै ब्याजदर घटाउन माग गरेका हुन् ।

भेटमा महासङ्घका अध्यक्ष कुमार कार्कीले सातआठ प्रतिशतमा लिएको कर्जा ब्याजदर हाल १५/१६ प्रतिशतसम्म पुगेको र व्यवसायी थप मर्कामा परेको भन्दै ब्याजदर घटाउन माग गर्नुभयो । “मुलुकमा व्यवसायको वातावरण निर्माण गर्न ब्याजदर एक अङ्कमा कायम गर्नुपर्छ भन्ने माग महासङ्घको हो”, उहाँले भन्नुभयो ।

महासङ्घले करका दर, भन्सार दरबन्दी घटाउनुपर्ने, विदेश पलायन हुँदै गएका युवालाई सीपमुलक तालिम प्रदान गरी स्वदेशमै रोजगारीको व्यवस्था गर्नुपर्ने, युवा जनशक्तिलाई कृषिजन्य उत्पादनसँग जोड्नुपर्ने, उद्योगी र किसानबाट उत्पादित सामान सहजै बजारसम्म लैजाने वातावरण निर्माण गर्न अर्थमन्त्रीसमक्ष आग्रह गरेको छ ।

यस्तै, राजधानीलगायत देशभरका प्रमुख व्यापारिक केन्द्रको पार्किङ र फुटपाथ व्यवस्थित, भन्सार नाकामा हुने समस्याको समाधान, वैज्ञानिक घरभाडा लागू तथा महिला तथा युवा उद्यमीलाई सहुलित कर्जा कम्तीमा रु २५ लाख कर्जा उपलब्ध गराउन माग गरेको छ ।

महासङ्घले देशको अर्थतन्त्रलाई अगाडि बढाउनका लागि रुग्ण रहेको स्वदेशी उद्योगलाई चाँडो सञ्चालन गर्नुपर्ने, निजी क्षेत्रको व्यवसायीको समस्या समाधान गर्न सबै क्षेत्रका उद्योगी व्यवसायी समावेश गरी एक उच्चस्तरिय समिति गठन गर्नुपर्ने, आयकर र मूल्य अभिवृद्धि कर घटाउनुपर्ने, बैँक तथा वित्तीय संस्थाले घरजग्गा लिलाम गर्दा ३५ दिने सूचना दिएर लिलाम गर्दै आएकोमा लिलाम अवधि कम्तीमा ६ महिना बनाउन माग गरेको छ ।

भेटमा अर्थमन्त्री डा महतले उद्योगी व्यवसायीले राखेका माग समाधानका लागि आफूले पहल थालेको बताउनुभयो । “यसअघि पनि विभिन्न उद्योगी व्यवसायीसँग भेट भएको छ, यहाँहरुले राखेको मागप्रति सरकार गम्भीर छ”, उहाँले भन्नुभयो ।

अर्थमन्त्री डा महतले देशको अर्थतन्त्र जोगाउन निजी क्षेत्र र सरकार सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको थियो । विसं २०७४ मा स्थापना भएको महासङ्घमा देशभरका २५ सङ्घका झण्डै एक लाख उद्योगी व्यवसायी सदस्य रहेको अध्यक्ष कार्कीले बताउनुभयो । रासस

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विपद् कोषमा १ लाख २० हजार सहयोग गरेको भन्दै फर्जी स्टेटमेन्ट बनाउने पक्राउ

वीरगंज । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली बैंक स्टेटमेन्ट तयार गरी सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक व्यक्ति रामेछापमा पक्राउ...

शिक्षकलाई डिजिटल साक्षरता र अनलाइन सुरक्षा तालिम

वीरगंज । पर्साकाे पटेर्वा सुगाैली गाउँपालिकामा शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि दुईदिने डिजिटल साक्षरता तथा अनलाइन सुरक्षा तालिम सुरु भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

भोटेकोसी बाढीपीडितका लागि वीरगंज महानगरले १ करोड ११ लाख सहयोग गर्ने

वीरगंज । भोटेकोसी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि वीरगंज महानगरपालिकाले १ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । कार्यवाहक नगर...