Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

वीरगंज कारागार यातनागृह बन्याे : पूर्वमन्त्री यादव

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधि सभा सदस्य प्रदीप यादवले नौ दशक पूरानो वीरगंज कारागार जीर्ण बनेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सहभागी हुँदै नेपाल सरकारका पूर्व वन तथा वातावरण मन्त्रीसमेत रहेका यादवले कारागारमा क्षमता भन्दा बढी कैदी भएको हुँदा यथाशीघ्र पुन निर्माण गर्न माग गरेका हुन् । साथै उनले कारागार यातना गृह बनेको इंगित गर्दै भने, ‘कारागार यातना गृह बनेको छ, कारागार सुधार्ने ठाउँ हो की बिगार्ने ठाउँ हो ?’

कम क्षमता हुँदा कैदीलाई कोचाकोच गरेर राख्नुपर्ने बाध्यता रहेको बताउँदै उनले शौचालय जान पनि पालो कुनुपर्ने र त्यही पनि व्यवस्थीत नभएको बताए । उनले भने, ‘९० वर्ष पुरानो कारागार जीर्ण भइसकेको छ । त्याहाँ सुरक्षाकर्मी बस्ने ठाउँ पनि सुरक्षित छैन । कुनै पनि बेला दुर्घटना हुन सक्छ । शौचालय पनि अपर्याप्त छ । पालो कुर्दाकुदै नपाएर कैदीहरु पान्टमै दिशापिसाव गर्न बाध्य छन् ।’

जीर्ण बनेको कारागारको स्थलगत अवलोकन गरेर पुर्ननिर्माणको काम गर्न सांसद यादवले माग गरे ।

यसअघि गत ९ फागुनमा यादवले कारागारको स्थलगत अवलोकन गरेका थिए । जीर्ण बनेका भौतिक संरचना निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाए बमोजिम यादवले प्रतिनिधि सभाको बैठक मार्फत आवाज उठाएका हुन् ।

अनुगमनका क्रममा उनले सुरक्षा र मानव अधिकारका दृष्टिकोणले पनि कारागार पुर्न निर्माण गर्नु पर्ने आवश्यक्ता औँल्याएका थिए । सांसद यादवकाअनुसार जीर्ण बनेका संरचनाका कारण त्याहाँ रहेका कैदीसँगै सुरक्षाकर्मी र कर्मचारी पनि जोखिममा छन् । पूरानो संरचना मर्मतसम्भारमा सरकारले ध्यान नदिँदा जीर्ण बनीरहेको बताउँदै उनले क्षमता भन्दा दोब्बर कैदीबन्दी रहँदा झनै जोखिम बढेको बताएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...