Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

हरवाचरवाको तत्काल पुनःस्थापना गर्न अधिकारकर्मीहरूको आग्रह

spot_img
spot_img

लहान । नागरिक समाजका अगुवा तथा मानवअधिकारकर्मी श्याम श्रेष्ठले मुक्त हरवाचरवाहरुकाे तत्काल न्यायिक पुनःस्थापनाका लागि सरकारसँग आग्रह गर्नुभएको छ ।

हरवाचरवाहरुको पाँचदिने अधिकार यात्रामा ऐक्यबद्धता जनाउन आज सिरहा सदरमुकाम आउनुभएका श्रेष्ठले गत साउन २ गते मुक्त घोषणा गरिएका हरूवाचरुवाहरूको पुनःस्थापनाको कार्यक्रम अहिलेसम्म पनि सुरु नभएको भन्दै सरकारले आफ्नो प्रतिबद्धता पूरा गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारले मुक्त घोषणा गर्दा हरूवाचरुवाहरूको ऋण मिनाह तथा पुनःस्थापनाको प्याकेजसहित काम गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयन नहुनु दुःखद भएको बताउनुभयो ।

“मुक्त घोषणा गर्दा हरूवाचरुवाहरूको ऋण मिनाह तथा पुनःस्थापनाको प्याकेजसहित काम गर्ने प्रतिवद्धता जनाइएको थियो तर त्यो कागजमै सीमित रह्यो । त्यसलाई व्यवहारमा लागू गरिएन”, श्रेष्ठले भन्नुभयो, “अधिकारका लागि मधेसका हरवाचरवाहरूले सरकारलाई आफ्नो प्रतिबद्धता पूरा गर्न ध्यानाकर्षणका लागि पाँचदिने अधिकार यात्रा सुरु गरेका छन् । यसमा हामी नागरिक समाज र अधिकारकर्मीको पूर्ण ऐक्यबद्धता छ ।”

मुक्त कमैया, कम्लरी, मुक्त हलिया र हरूवाचरुवासम्बन्धी वस्तुस्थिति अध्ययन गर्न गठित समितिका संयोजकसमेत रहनुभएका श्रेष्ठले राजनीतिक दल तथा सरकारले गरिबी निवारण, भूमिहीन सुकुम्बासी समस्या समाधान गर्दा हरेक दृष्टिले कमजोर हरवाचरवालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

त्यसैगरी, संविधानसभा सदस्य तथा अधिकारकर्मी हरिराम श्रीपाइलीले संविधानले वर्जित गरेको सामाजिक, आर्थिक उत्पीडन तथा बँधुवा श्रमको अवशेष अहिले पनि कायमै रहेकाले त्यसको अन्त्यका लागि सरकारले ठोस योजनासहित काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले सङ्घीयता र गणतन्त्र आउँदा पनि नागरिकले दासताको जीवन जिउन बाध्य हुनु दुर्भाग्यपूर्ण भएकाले तीनै तहका सरकारले सङ्घीयताको मर्मअनुसार हरूवाचरुवाको मुक्तिका लागि अध्ययन समितिले दिएको सुझाव कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

मुक्त घोषणा भएको नौ महिना बितिसक्दा पनि पुनःस्थापनाका काम सुरु नभएको भन्दै सरकार र सरोकारवालाको ध्यानाकर्षणका लागि यही चैत २५ गतेदेखि यहाँका हरूवाचरुवाले प्रदेश राजधानी जनकपुर लक्षित अधिकार यात्रा सुरु गरेका छन् । सप्तरीको राजविराज तथा पर्साको वीरगञ्जबाट एकसाथ सुरु भएको अधिकार यात्रा २८ गते जनकपुर पुग्ने कार्यक्रम रहेको राष्ट्रिय हरूवाचरुवा अधिकार मञ्चले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...