Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

उपेन्द्र यादवलाई जिताउन टाेल टाेलमा गठबन्धनको कमिटी गठन

spot_img
spot_img

बारा । बारा २ मा सत्तागठबन्धनका उम्मेदवार उपेन्द्र यादवलाई जिताउने अभियान अन्तर्गत करैयामाई गाउँपालिका वडा नंबर ८ बेलाहीमा साेमबार टाेल स्तरीय प्रचार प्रसार तथा बुथ कमिटी गठन गरिएकाे छ ।

जसपाका करैयामाई गाउँपालिका अध्यक्ष शम्भु प्रसाद यादवको प्रमुख आथित्यामा सम्पन्न भेलाले कांग्रेसका काेशलेश चाैधरीकाे संयाेजकत्वमा प्रसार प्रसार समिति तथा बुथ कमिटि गठन गरेको जसपाका युवा नेता सुरेन्द्र साहले बताए ।

भेलामा जसपा नेपालका नेता सोनालाल साह, दीपक पासवान, जोगेन्द्र पंडित, रामविशवास साह, पिंकी कुमाारी लगायतको उपस्थिती रहेको थियो । भेलालाई सम्बोधन गर्दै नेताहरुले उपनिर्वाचनमा गठबन्धनका साझा उमेदवार उपेन्द्र यादवलाई भारी बहुमतका साथ जिताउन एकजुट भएर लाग्ने बताए ।

सोमबार नै करैयामाई गाउँपालिका वडा नंबर ८ नरहीमा पनि कांग्रेस नेता सुकदेव पंडितकाे संयाेजकत्वमा बुथ कमिटी गठन गरिएको छ । बुथ कमिटीको उपसंयोजकमा नेकपा एकिकृत समाजवादी पार्टीका नेता कामेश्वर यादव रहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित पाँच जनाविरुद्ध गैरकानुनी लाभ वा हानी गरेको भन्दै...

यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपद्का समयमा सरकारलाई थकित भयो भनेर विश्राम लिने छुट नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले सङ्कटको...

आफ्ना तीन भाइको प्रतीक्षामा रामकुमार

सप्तरी । रामकुमार यादव आफ्ना तीन भाइ एकैपटक घर आउन सक्ने व्यग्र प्रतीक्षामा छन् । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनका यादव परिवारका जेठा छोरा रामकुमारले...