Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

उपेन्द्र यादवलाई जिताउन टाेल टाेलमा गठबन्धनको कमिटी गठन

spot_img
spot_img

बारा । बारा २ मा सत्तागठबन्धनका उम्मेदवार उपेन्द्र यादवलाई जिताउने अभियान अन्तर्गत करैयामाई गाउँपालिका वडा नंबर ८ बेलाहीमा साेमबार टाेल स्तरीय प्रचार प्रसार तथा बुथ कमिटी गठन गरिएकाे छ ।

जसपाका करैयामाई गाउँपालिका अध्यक्ष शम्भु प्रसाद यादवको प्रमुख आथित्यामा सम्पन्न भेलाले कांग्रेसका काेशलेश चाैधरीकाे संयाेजकत्वमा प्रसार प्रसार समिति तथा बुथ कमिटि गठन गरेको जसपाका युवा नेता सुरेन्द्र साहले बताए ।

भेलामा जसपा नेपालका नेता सोनालाल साह, दीपक पासवान, जोगेन्द्र पंडित, रामविशवास साह, पिंकी कुमाारी लगायतको उपस्थिती रहेको थियो । भेलालाई सम्बोधन गर्दै नेताहरुले उपनिर्वाचनमा गठबन्धनका साझा उमेदवार उपेन्द्र यादवलाई भारी बहुमतका साथ जिताउन एकजुट भएर लाग्ने बताए ।

सोमबार नै करैयामाई गाउँपालिका वडा नंबर ८ नरहीमा पनि कांग्रेस नेता सुकदेव पंडितकाे संयाेजकत्वमा बुथ कमिटी गठन गरिएको छ । बुथ कमिटीको उपसंयोजकमा नेकपा एकिकृत समाजवादी पार्टीका नेता कामेश्वर यादव रहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...

चुनाव नजिकिँदै धोबीनीमा आश्वासनको बाढी, जनताको प्रश्न : विगतको हिसाब खोइ ?

चुनाव नजिकिँदै जाँदा धोबीनी गाउँपालिकाको भलो चाहने, विकास गर्ने र जनताको सेवामा समर्पित हुने भन्दै विभिन्न आश्वासन बाँड्नेहरूको भीड बढ्न थालेको छ । जनताको...

जगरनाथपुरमा छठघाटकाे शिलान्यास

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका–१, छोट्की पिडारीमा व्यवस्थित छठघाट निर्माण कार्य सुरु गरिएको छ। बुधबार गाउँपालिका अध्यक्ष श्रीकान्तप्रसाद यादवले हिन्दु धार्मिक परम्पराअनुसार पूजापाठ गरी छठघाट...