Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

वीरगंजमा ३ दिने रात्रि बजार लाग्दै, चौबिसै घण्टा नाका खुल्ने

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाको आयोजना गर्न लागेको रात्रि बजारको तयारी अन्तिम चरणमा पुगेको छ । नयाँ वर्षको अवसर पारेर यही चैत ३० गते देखि बैशाख २ गतेसम्म आयोजना गर्न लागिएको रात्रि बजारको आवश्यक सजावटदेखि स्टल बुकिङको काम अन्तिम चरणमा पुगेको सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

महानगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा मेयर राजेशमान सिंहले रात्रि बजारले वीरगंजकाे अर्थतन्त्र चलायमान बनाउने विश्वास व्यक्त गरे । रात्रि बजार अवधिभर नेपाल भारत मुख्य सीमा चौबिसै घण्टा खुल्ने व्यवस्था मिलाइएको भन्दै उनले यसले सीमापारका पर्यटकको आगमन बढ्ने र बजार चलायमान हुने पनि बताए ।

यहाँका उद्योगी, व्यवसायीसँगको सहकार्यमा उनीहरुकै व्यवस्थापनमा हुन लागेको रात्रि बजारको महानगरपालिकाले ७५ प्रतिशत आर्थिक लगानी गर्ने पनि उनले बताए । ‘यहाँका निजी क्षेत्रको २५ प्रतिशत र महानगरको ७५ प्रतिशत लगानीमा बजार लगाउन लागेका हौँ,’ उनले भने, ‘यसले यहाँका व्यवसायी तथा आम नगरवासिले रात्रि बजारबाट लाभ लिन सक्ने विश्वास लिएका छौँ ।’

 रात्रि बजार नाफा कमाउन नभई यहाँको आर्थीक अवस्था चलायमान बनाउन आयोजना गर्न लागिएकाले तीन दिनको स्टलको शुल्क १ हजार रुपैयाँ मात्रै लिइएको बजार व्यवस्थापन समितिका संयोजक जयप्रकाश खेतानले बताए ।

आदर्शनगर चोकदेखि कैलास चोक हुँदै पुरानो बसपार्क, चिल्ड्रेनपार्कसम्म लाग्ने रात्रीबजारमा १०० भन्दा बढी थरिथरिका स्टलहरु रहने उनले जानकारी दिए । शिक्षा, स्वास्थ्य सम्बन्धि जानकारी मुलक स्टलका साथै विभिन्न खानाका परिकार, लत्ताकपडा, जुत्ताचप्पल तथा अन्य विविध किसिमका स्टलहरु रहने छन् । रात्रि बजारमा झाँकी तथा विभिन्न सांस्कृतिक प्रस्तुती समेत रहेन उनले बताए ।

 रात्रि बजार सुरक्षित रुपमा लगाउन स्थानीय प्रशासनसँगको सहकार्यमा आवश्यक व्यवस्था मिलाइएको भन्दै ढुक्क भएर रात्रि बजारको लाभ उठाउन पनि मेयर सिंहले सबैलाई आग्रह गरे ।

पत्रकार सम्मेलनमा महानगरका उपमेयर इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल,
आमसन्चार प्रबर्धन समितिका संयोजक ध्रुब अधिकारी, मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरे, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, रात्रि बजार व्यवस्थापन समितिका जयप्रकास खेतान, नुतन सरावगी, संजय अग्रवाल लगायतको सहभागिता रहेको थियो भने पत्रकार सम्मेलनको सहजिकरण महानगर प्रमुखका प्रेस सल्लाहकार महेस दासले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...