Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

कृषि औजार कारखाना संचालनको लागि उद्याेगमन्त्रीद्वारा छलफल

spot_img
spot_img

वीरगंज । वीरगंजमा रहेकाे कृषि औजार कारखाना संचालनको निमित्त उद्याेग, वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले मंगलबार राष्ट्रिय अविस्कार केन्द्रका माहाबिर पुनसंग छलफल गरेका छन् ।

छलफलमा कृषि औजार कारखाना चलाउन उद्योग मन्त्रालयको सहयोग संगै, अर्थ, कृषिको पनि सहयोग र सहकार्य हुनु पर्ने उद्योग सचीव डा. तोय नरयण ज्ञवालीले प्रकाशले प्रकाश पारेका थिए ।

त्यसपछि वाेल्दै उद्याेगमन्त्री रिजालले कारखाना संचालन कृषि मन्त्रालय अन्तर्गत रहेकोले त्यो मन्त्रालयसंगकाे सहकार्य गर्ने वताए । उनले साथै अर्थ मन्त्रालयले बजेट बिनयोजको पाटो रहेकोले अर्थ मन्त्रालयसंग पनि सहकार्य गर्ने र कारखाना संचालनकाे लागि पहल गर्ने वताए ।

मन्त्रालयमा भएकाे छलफलमा एक पटकको मात्र बजेटले कारखानालाई मुर्त रुप दिन नसकिने तर पनि बिस्तारै बिस्तारै कारखानाको जिर्णो उद्दार गर्ने बारे सहभागिहरु प्रकश पारेकाे उद्याेगमन्त्रीका स्वकिय सचिव राकेश यादवले वताए ।

कृषि औजार कारखानालाई चलायामान बनाउन के कस्ता कदमहरु चाल्न सकिन्छ भन्ने बारे व्यापक छलफल भएकाे थियाे मन्त्रालयको जिग्यासामा अविस्कार केन्द्रका पुनले अहिलेको मेशिनहरु बलियो र काम लाग्ने भए पनि विश्व बजार संग प्रतिस्पर्धा गर्न नयाँ नयाँ मेशिनहरु पनि थप्नु पर्ने जानकारी गराएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...