Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

कृषि औजार कारखाना संचालनको लागि उद्याेगमन्त्रीद्वारा छलफल

spot_img
spot_img

वीरगंज । वीरगंजमा रहेकाे कृषि औजार कारखाना संचालनको निमित्त उद्याेग, वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले मंगलबार राष्ट्रिय अविस्कार केन्द्रका माहाबिर पुनसंग छलफल गरेका छन् ।

छलफलमा कृषि औजार कारखाना चलाउन उद्योग मन्त्रालयको सहयोग संगै, अर्थ, कृषिको पनि सहयोग र सहकार्य हुनु पर्ने उद्योग सचीव डा. तोय नरयण ज्ञवालीले प्रकाशले प्रकाश पारेका थिए ।

त्यसपछि वाेल्दै उद्याेगमन्त्री रिजालले कारखाना संचालन कृषि मन्त्रालय अन्तर्गत रहेकोले त्यो मन्त्रालयसंगकाे सहकार्य गर्ने वताए । उनले साथै अर्थ मन्त्रालयले बजेट बिनयोजको पाटो रहेकोले अर्थ मन्त्रालयसंग पनि सहकार्य गर्ने र कारखाना संचालनकाे लागि पहल गर्ने वताए ।

मन्त्रालयमा भएकाे छलफलमा एक पटकको मात्र बजेटले कारखानालाई मुर्त रुप दिन नसकिने तर पनि बिस्तारै बिस्तारै कारखानाको जिर्णो उद्दार गर्ने बारे सहभागिहरु प्रकश पारेकाे उद्याेगमन्त्रीका स्वकिय सचिव राकेश यादवले वताए ।

कृषि औजार कारखानालाई चलायामान बनाउन के कस्ता कदमहरु चाल्न सकिन्छ भन्ने बारे व्यापक छलफल भएकाे थियाे मन्त्रालयको जिग्यासामा अविस्कार केन्द्रका पुनले अहिलेको मेशिनहरु बलियो र काम लाग्ने भए पनि विश्व बजार संग प्रतिस्पर्धा गर्न नयाँ नयाँ मेशिनहरु पनि थप्नु पर्ने जानकारी गराएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...