Date
सोम, कार्तिक ३०, २०८३
Mon, November 16, 2026
Home Blog Page 497

विल बिजक संकास्पद देखिएको मालवाहक ट्रक प्रहरीले राअका बझायाे

0

वीरगंज । बिल बिजक भन्दा बढी खुद्रा तथा कस्मेटिका सामानहरू लोड रहेको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

वीरगंजबाट मोरङतर्फ जाँदै गरेको ना.३ ख ३९४९ नम्बरको मालवाहक ट्रक वीरगंज महानगरपालिकाकाे वडा नं.१४ गण्डकबाट नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमार बिक्रम थापाले जानकारी दिए । 

गण्डक स्थित सडकखण्डमा मंगलबार सांझ ९:४० बजेकाे समयमा ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अन्दाजी मुल्य रू ५८ लाख १६ हजार ६ सय २८ बराबरको ट्रक र सो ट्रक भित्र लोड रहेको कस्मेटिक तथा खुद्रा सामानहरू नियन्त्रणमा लिइएकाे डिएसपी थापाले वताए ।

उक्त ट्रकलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको डिएसपि थापाले प्रेस विज्ञप्ती मार्फत जानकारी गराएका छन् ।

सानो पाइला सहकारीका १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी

0

वीरगंज । सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरगंजका पदाधिकारीसहित १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

बचतकर्ताहरूको अर्बौँ रुपैयाँ निक्षेप फिर्ता नगरेपछि वीरगंज महानगरपालिका – १० आदर्शनगरस्थित सानो पाइला सहकारीका संस्थापक, वर्तमान तथा पूर्व सञ्चालक समितिका सदस्य र कर्मचारीसहित १३ जनाविरुद्ध पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अदालतले सानो पाइला सहकारीका संस्थापक गितेन्द्र बाबु राई (जीबी राई), वर्तमान अध्यक्ष अनन्त बाबु राई, उपाध्यक्ष सुनीत श्रेष्ठ, पूर्व उपाध्यक्ष नेहा पौडेल, सचिव देवेन्द्र बाबु राई, पूर्व सचिव तस्विरन मियाँ, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व कोषाध्यक्ष सृष्टि श्रेष्ठ (मानन्धर), सदस्यहरू थान बहादुर बुढा मगर, धिरज कुमार दास, पूर्व सदस्य अशोक यादव, प्रबन्धक असरफ अलि सिद्धिकी र कर्जा अधिकृत राधे चन्द्र यादव विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

पक्राउ पुर्जी जारी भएकामध्ये संस्थापक जीबी राई र अध्यक्ष अनन्त बाबु राई सहोदर दाजुभाइ हुन् भने पूर्व सचिव तस्बिरन मियाँ र प्रबन्धक असरफ अलि सिद्धिकी पति-पत्नी हुन् । वीरगंजमा सहकारीको सम्पूर्ण जिम्मेवारी मियाँ र सिद्धिकीले पाएका थिए । अधिकांसले उनीहरूलाई नै सहकारीको आधिकारिक व्यक्ति बुझ्ने गर्थे ।

प्रहरीका अनुसार हालसम्म कोषाध्यक्ष कुमार रम्तेल र कर्जा अधिकृत राधे चन्द्र यादव मात्र पक्राउ परेका छन् । अन्य भने फरार रहेका छन् ।

रम्तेललाई काठमाडौँस्थित उपत्यका अपराध अनुसन्धान महाशाखा मिनभवनले भदौ २५ गते नै पक्राउ गरेको थियो । पोखरास्थित सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सदस्य समेत रहेका रम्तेलले सहकारी मार्फत झन्डै एक हजार बचतकर्ताहरूको अर्बौँ रकम पनि हिनामिना आरोपमा अपराध अनुसन्धान महाशाखाले उनलाई पक्राउ गरेको थियो ।

यादवलाई भने पर्सा प्रहरीले पक्राउ गरेको छ । उनलाई शुक्रबार वीरगंज पक्राउ गरिएको थियो । यादवलाई पर्सा जिल्ला अदालतमा उपस्थित गराएर म्याद थप गरी अनुसन्धान समेत भइरहेको पर्सा प्रहरीका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) कोमल विक्रम शाहले जानकारी दिए । उनले फरार रहेकाहरूको पनि खोजी कार्य जारी रहेको बताए ।

वीरगंज महानगरपालिकाले यसअघि भदौ ४ गते नै सानो पाइला सहकारीलाई समस्याग्रस्त घोषणा गर्दै सञ्चालकहरूको चल अचल सम्पत्ति रोका गरेर उनीहरूलाई पक्राउ गर्न विभिन्न निकायमा पत्राचार गरेको थियो । सहकारीलाई समस्याग्रस्त संस्था घोषणा गरी सञ्चालकहरूलाई पक्राउ गरी कारबाही गर्न महानगरले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र नेपाल राष्ट्र बैङ्कलाई पत्राचार गरेको थियो ।

समस्याग्रस्त घोषणा

महानगरको सहकारी, रोजगार तथा उद्यम प्रवर्द्धन शाखाका प्रमुख सुनिल कर्णका अनुसार महानगरले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पठाएको पत्रमा लामो समयदेखि बचतकर्ताहरूको निक्षेप फिर्ता गर्न असक्षम सानो पाइला सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको थियो ।

यस्तै नेपाल राष्ट्र बैङ्कलाई लेखिएको पत्रमा सहकारीका संरक्षक, पूर्व सञ्चालक, वर्तमान सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिका सदस्यहरू समेतको बैङ्क खातासँगै चल–अचल सम्पत्ति रोक्का गर्न महानगरले सिफारिस गरेको थियो ।

यस्तै सिआइबीलाई पठाइएको पत्रमा संस्थाका संस्थापक एवम् संरक्षक गितेन्द्रबाबु (जिबी राई), अध्यक्ष अनन्तबाबु राई, उपाध्यक्ष सुनित श्रेष्ठ, सचिव देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सदस्य अशोक यादव, थानबहादुर बुढामगर र धिरज दास, संस्थाका व्यवस्थापक असरफ अली, पूर्व उपाध्यक्ष नेहा पौडेल, पूर्व सचिव तस्बिरन मियाँ, पूर्व कोषाध्यक्ष सृष्टि मानन्धरसहित १५ जनालाई पक्राउ गरेर अनुसन्धान गरी कारबाहीको लागि सिफारिस गरिएको थियो ।

सहकारीले सदस्यहरूले बचत गरेको निक्षेप रकम फिर्ता गर्न नमानेको भन्दै महानगरपालिकाको सहकारी, रोजगार तथा उद्यम प्रवर्द्धन शाखामा एक सय १५ भन्दा बढी लिखित उजुरी दिएका थिए । उजुरीका आधारमा सहकारीले एक अर्ब भन्दा बढी रकम हिनामिना गरी सदस्यहरूलाई फिर्ता नगरेको अनुसन्धानका क्रममा खुलेको कर्णले बताए ।

सदस्यहरूको उजुरी पर्न थालेपछि महानगरपालिकाले संस्थाका संरक्षक जिबी राईसहितका सञ्चालकहरूलाई गत असार २४ गते महानगरपालिकाको कार्यालयमै झिकाएको थियो । बैठकमा सञ्चालक र व्यवस्थापकहरूले समस्या समाधानका लागि १५ दिनको समय माग गर्दै संस्थाको आर्थिक अवस्था बारे प्रस्ट हुने गरी एउटा श्वेत पत्र जारी गर्न भनेका थिए । यद्यपि संस्थाले जारी गरेको श्वेत पत्र चित्तबुझ्दो नभएपछि महानगरपालिकाको टोली सहकारीको कार्यालयमा अनुगमनमा पुगेको थियो । अनुगमनमा पुग्दा सहकारीको कार्यालयमा संरक्षक, सञ्चालक, पदाधिकारी र व्यवस्थापक मध्ये कोही पनि नभेटिएको कर्णले बताए ।

सञ्चालक र व्यवस्थापकहरू नै सम्पर्क विहीन भएपछि महानगरपालिकाले भदौ ४ गते मन्त्रालय, सिआइबी र राष्ट्र बैङ्कलाई कारबाहीका लागि पत्र लेखेको कर्णको भनाई छ ।

संस्थाको साइनबोर्ड पनि हटाइयाे

काठमाडौँको कालीमाटीमा केन्द्रीय कार्यालय भएको सानो पाइला सहकारीको वीरगंजस्थित शाखा कार्यालयमा यसअघि गत असार १० गते बचतकर्ता सदस्यहरूले प्रदर्शन गर्दै धर्ना पनि दिएका थिए । हाल उक्त कार्यालय बन्द छ । कार्यालय बाहिर लगाइएको संस्थाको साइनबोर्ड पनि हटाइएको छ । कार्यालय रहेको घरधनीका अनुसार सहकारीका प्रबन्धकहरूले थोरै थोरै गरेर कार्यालयबाट कम्प्युटर र फर्निचरहरू लागेका थिए ।

मधेश प्रदेशमा बिहिबार सार्वजनिक विदा

0

वीरगंज । मधेश प्रदेश सरकारले भाेली (बिहिबार) सार्वजनिक विदा दिएकाे छ । मुस्लिम समुदायहरुको विशेष पर्व “पैगम्बर मोहम्मदको जन्म दिनकाे बिहिबार सार्वजनिक विदा दिने निर्णय भएकाे गृह, स‌ंचार तथा कानुन मन्त्रालयलेका निमित्त प्रदेश सचिव उत्तम प्रसाद खरेलले जानकारी दिए ।

उनका अनुसार “पैगम्बर मोहम्मदको जन्म दिन २०८० सालमा मधेश प्रदेशमा सार्वजनिक विदा दिने मिति २०७९/१२/०९ मा मधेश प्रदेश सरकार (मन्त्रिपरिषद) बाट भएकाे निर्णय अनुसार बिहिबार सार्वजनिक विदा हुने भएकाे हाे ।

“पैगम्बर मोहम्मदको जन्म दिन २०८० साल असोज ११ गते बिहिबारका दिन परेकोले उक्त दिन मधेश प्रदेशमा सार्वजनिक विदा दिने माननीय मन्त्रिस्तरबाट मिति २०८०/०६/१० मा निर्णय भएको निमित्त प्रदेश सचिव खरेलद्वारा जारि सार्वजनिक विदाकाे सूचनामा उल्लेख गरिएकाे छ ।

पर्सामा एक महिला बलत्कृत, आराेपित फरार

0
सांकेतिक तस्बिर

वीरगंज । पर्सामा एक जना महिलामाथि बलात्कार भएको घटना प्रकाशमा आएको छ । बहुदरमाई नगरपालिका वडा नं. ७ मा महिला बलात्कारको घटना भएको हो ।

एकजना विवाहित २५ वर्षीया महिलालाई साेही ठाउँ निवासी ४५ वर्षीय सुशिल राउत कुर्मीले बलात्कार गरेको आरोप लागेको छ । पिडितले दिएकी जाहेरीकाे आधारमा आराेपित कुर्मी बिरुद्ध जबरजस्ती करणी विरुद्धकाे मुद्दा दर्ता गरि थप अनुसन्धान कार्य भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण गरी अनुसन्धान अगाडी बढाइएकाे उनले वताए । आराेपित कुर्मी फरार रहेकाेले उनकाे खाेजी कार्य भइरहेकाे प्रवक्ता थापाले वताए । 

गत भदौ ९ गते राति ८ बजे घरबाटै नियन्त्रणमा लिएर गाउँनजीकैको सरेहमा लागेर आफूमाथि जबरजस्ती गरिएको ती महिलाले आरोप लगाएकी छन् । 

पीडित महिलाका सासू र ससुरा एक महीने तीर्थयात्रामा गएका तथा पीडकले ज्यान लिने धम्की दिएकाले उक्त महिला प्रहरीमा आउन डराएकी थिइन । आरोपितले एक महीना पहिलेदेखि आफूलाई प्रलोभनमा पार्ने प्रयास गर्दै आएको र घरमा सो दिन बच्चा र नन्द मात्रै भएको बेला मुख थुनेर सरेहमा लगेर बलात्कार गरेको पिडितले जाहेरीमा उल्लेख गरेकी छन् ।

यौन दुर्व्यवहारकाे कसुरमा बालकलाई सुधार गृहमा राख्ने फैसला

0

वीरगंज । सप्तरीमा नौ वर्षिय बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा १४ वर्षिय बालकलाई १ वर्ष ६ महिना बाल सुधार गृहमा राख्ने फैसला भएको छ ।

जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई १५ हजार रुपियाँ जरिवाना तिर्न र ३० हजार रुपियाँ क्षतिपूर्ति भर्न समेत फैसला गरेको इजलास अधिकृत कुमार सुबेदीले बताए ।

अनुचित प्रभावमा पारी आरोपितले यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा २०७९ मङ्सिर २५ गते उजुरी दिएकी थिइन । पीडितको स्वास्थ्य परीक्षण ०७९ मङ्सिर २५ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भएको थियो । इलाका प्रहरी कार्यालय कञ्चनरुपले ०७९ मङ्सिर २५ गते उजुरी दर्ता गरेको थियो । आरोपित मङ्सिर २८ गते गिरफ्तार भएका थिए ।

सप्तरी जिल्ला अदालतमा ०७९ पुस १७ गते अभियोग पत्र दायर भएकोमा जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले पुस १८ गते बालकलाई संरक्षकको जिम्मा लगाउने आदेश गरेको थियो ।

बाख्रा चराउन २०७९ मङ्सिर १६ गते दिउँसो घरदेखि एक किलोमिटर उत्तर स्थित फुलबारी जङ्गल गएका बेला छुरा देखाई आँखा बाँधी आरोपितले यौन दुर्व्यवहार गरेको पीडितले बताए ।

महानगरले शिलबन्दी गरेका ९ कलेजलाई १/१ लाख जरिबाना

0

वीरगंज । वीरगंज महानगरले अनुमति नै नलिई विभिन्न कलेजको नाममा अबैध रुपमा संचालित ९ वटा शैक्षिक संस्थालाई १/१ लाख रुपैया जरिबाना गर्ने निर्णय गरेको छ ।

महानगर शिक्षा समितिको सोमबार बसेको बैठकले संस्थागत विद्यालय नियमन समितिले अनुगमनका क्रममा शिलबन्दी गरेका शैक्षिक संस्थालाई जरिबाना गर्नुका साथै ती संस्थालाई कुनै पनि शैक्षिक कार्यक्रम संचालन गर्न रोक लगाउने र उनीहरुले व्यवसाय दर्ता गरेको भए त्यो समेत खारेज गर्ने निर्णय गरेको हो ।

शिक्षा समितिद्वारा गठित संस्थागत विद्यालय नियमन समितिले गएको भदौ १३ गतेदेखि गरेको अनुगमनका क्रममा कुनै पनि अनुमति नलिई ती शैक्षिक संस्था अबैध रुपमा संचालनमा रहेको भेटेपछि शिलबन्दी गरेको थियो ।

शिक्षा समितिको सोमबारको बैठकमा नियमन समितिका संयोजक समेत रहेका ईश्वरचन्द्र यादबले अनुमति नलिइ संचालनमा रहेको ९ वटा कलेज र एक प्रि स्कुल तथा कलेज संचालनका लागि आफ्नो अनुमति दुरुपयोग गर्न दिने ९ वटा स्कुललाई कारबाहीको दायरामा ल्याउनु पर्ने राय सहितको अनुगमन प्रतिबेदन पेश गर्नु गरेका थिए ।

संयोजक यादबले पेश गरेकाे प्रतिबेदनलाई शिक्षा समितिले पास गर्दै अनुगमनका क्रममा भेटिएका ती सबै शैक्षिक संस्थालाई जरिबाना तथा बन्द समेतको कारबाही गर्ने निर्णय भएको शिक्षा महाशाका प्रमुख अरबिन्दलाल कर्णले जानकारी दिए ।

समितिले संघीय शिक्षा ऐन २०२८ को दफा १७ (१) क तथा महानगर शिक्षा ऐनको दफा ४१ अनुसार दण्ड, सजाय एवं जरिबाना गर्ने निर्णय गरेको पनि उनले बताए ।

जस अनुसार अबैध रुपमा संचालित वीरगंज स्कुल अफ ल, युनिभर्सल कलेज, इम्पेरियल कलेज, अन्नपूर्ण पब्लिक कलेज, प्रिन्सटन कलेज, युनिभर्सल +२ कलेज, सत्यम पब्लिक कलेज, पर्सा म्यानेजमेन्ट कलेज, नेशनल कलेज १/१ लाख रुपैयाँ जरिबानामा परेका छन् । बिजी बिज किड्स प्री स्कुल पनि ५० हजार रुपैयाँ जरिबानामा परेको छ ।

यस्तै आफूले लिएको अनुमति पत्र दोस्रो पक्षलाई दिएर दुरुपयोग गर्ने ९ वटा विद्यालयलाई समेत दण्ड जरिबाना गरि नसिहत दिइएको छ ।

पिस जोन एकेडेमी, ओसिस मा.वि., ग्रिनल्याण्ड मा.वी., गोल्डेन बाटिका स्कुल, ज्ञान निकेतन मा.वी., न्यू वेभ एकाडेमी, एन्जल इन्टरनेशनल बोर्डिङ स्कुल, मुनलाइट इङ्लिस बोर्डिङ स्कुल र वीरगंज सेन्ट्रल स्कुलले आफूले लिएको अनुमति अरुलाई प्रयोग गर्न दिएर अनुमति दुरुपयोग गरेकाले ५०/५० हजार रुपैयाँ जरिबानामा परेका छन् ।

यस्तै बैठकले अनुमति नलिएका शैक्षिक संस्थालाई भवन/कोठा भाडामा दिने घर धनीलाई घर बहाल कर दाखिला गर्न लगाउने र अब उप्रान्त अनुमति नलिएका शैक्षिक संस्थालाई घर/कोठा भाडामा नदिन पनि सचेत गराउने निर्णय गरेको छ ।

बैठकले शिलबन्दी भएका शैक्षिक संस्थाले तत्काल विधि प्रकृया पुर्याई अनुमति माग गर्न आएमा नियमानुसार ती शैक्षिक संस्थालाई अनुमति प्रदान गर्न प्रकृया थालनी गर्ने निर्णय गरेको शिक्षा महाशाखा प्रमुख कर्णले जानकारि दिए ।

शैक्षिक क्षेत्र सुधारका लागि निरन्तर अनुगमन हुनु पर्ने भन्दै बैठकले संस्थागत विद्यालय नियमन समितिले गरेको अनुगमन सह्रानीय रहेकाले त्यसलाई निरन्तरता दिन पनि निर्देशन दिएको छ ।

श्री जिल्ला उचांगल पोखरियाकाे समस्या समाधान गर्न माग

0

पाेखरिया । पर्साको पोखरिया नगरपालिका वडा नम्बर ४ मा रहेको श्री जिल्ला उचांगल रामदेव कलवार माद्यमिक विद्यालय पोखरियामा  विद्यमान विभिन्न समस्या समाधानको माग गरेका छन् ।

कक्षा ११ र १२ मा अध्ययनरत विधार्थीहरुले विद्यालयमा भइरहेकाे बिबिन्न गतिविधि र समस्या समाधानको लागी साेमबार नगरपालिकाका मेयर प्रधुम चाैहानलाई ज्ञापन पत्र बुझाएका हुन् ।  

विद्यालयमा विद्यार्थीहरुसंग अनाधिकृत भर्ना र मासिक शुल्क लिने गरिएको, शिक्षकहरु नियमित रुपमा नआउने गरेको, विद्यार्थीहरुसंग शिक्षकहरुले असल व्यवहार नगरेको, विद्यालयमा व्यवस्थित शौचालय नभएको, शौचालयमा छात्राहरुका लागि सेनेटरी प्याड नरााखिएको, छात्राहरुका छुट्टै शौचालय नभएको उनीहरुले जनाएका छन् ।

यसका साथै विद्यालयमा पार्किंगकाे व्यवस्था, विद्यालय समय तालिका अनुसार शिक्षकहरुको उपस्थिति हुनु पर्ने, विद्यालय आचारसंहिता पालना हुनु पर्ने, शैक्षिक भ्रमण हुनु पर्ने लगायतका माग राख्दै विद्यार्थीहरुले मेयर चाैहानलाई ज्ञापन पत्र बुझाएका हुन् ।

नगरपालिकाकाे कार्यालय पाेखरियामा मेयर चाैहानलाई ज्ञापन पत्र बुझाउन सागर कुमार, रोहित कुमार, विजय कुमार, अजय कुमार, हिरदेश कुमार, आलोक कुमार, मनोहर कुमार, नीरज कुमार लगायतका विद्यार्थीहरु पुगेका थिए ।

जिराभवानीबाट लागु औषध चरेशसहित ठाेरीका श्रेष्ठ पक्राउ

0

वीरगंज । प्रहरीले लागु औषध चरेश सहित पर्साकाे जिराभवानी गाउँपालिका वडा नं. १ गम्हरियाबाट एक जनालाई पक्राउ गरेकाे छ ।

लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंज तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले जिल्ला पर्सा ठोरी गाउँपालिका वडा नं.४ विजयबस्ती बस्ने वर्ष ३४ को क्षेत्र बहादुर श्रेष्ठलाई पक्राउ गरेकाे हाे ।

विशेष सूचनाको आधारमा आइतबार दिउसाे २:४५ बजेको समयमा खटिएको प्रहरी टोलीले सुवर्णपुरबाट वीरगंज तर्फ आउदै गरेकाे श्रेष्ठले चलाएकाे ना.६१ प ९७०० नम्बरको निलो साईन मोटरसाईकललाई रोकी कानूनी रीतपुर्‍याई खानतलासी गर्दा लागु औषध चरेश फेला परेकाेले नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

श्रेष्ठ सवार मोटरसाईकलको पछाडी सिटमा एउटा सेतो बोराभित्र टेपले र्‍यापिङ गरी राखिएकाे ५०० ग्रामकाे  ६४ प्याकेटमा रहेकाे ३२ के.जी.लागु औषध चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

 मोटरसाइक र लागु औषध सहित निज श्रेष्ठलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालयमा ल्याइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले प्रेस विज्ञप्ती मार्फत जनाएकाे छ ।

धार्मिक सहिष्णुता कायम गर्न वीरगंजमा सामाजिक सद्भाव र्‍याली

0

वीरगंज । पर्साकाे सदरमुकाम वीरगंजमा साेमबार बृहत सद्भाव र्‍याली निकालिएको छ । सदियौँदेखि एकताबद्ध भएर बसेका वीरगंजबासीलाई विभाजित गर्ने मनसायका साथ केही तत्वहरु सक्रिय भएको भन्दै वीरगंजमा सद्भाव र्‍याली निकालिएको हो ।

वीरगंज महानगरपालिकाको आयोजनामा वीरगंजकाे आदर्शनगरस्थित स्विमीङ् पुलबाट सुरु भएको र्‍यालीले वीरगंज बजारको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधि सभा सदस्य प्रदीप यादवले सामाजिक सद्भावलाई कायम गरेर समाजलाई विद्रोह हुनुबाट बचाउनुपर्नेमा जोड दिए । धार्मिक सहिष्णुताको भाव जागृत गरेर जात, धर्म र अन्य कारणले समाजलाई भाँड्ने काम नगर्न उनले सुझाव दिए ।

आफु यहाँकै जनताको मतबाट दुई पटक सांसदमा निर्वाचित हुँदासम्म कहिलै पनि धार्मिक विभेद नभएको बताउँदै उनले पछिल्लो समयमा सामाजिक सञ्जालमार्फत भइरहेका उच्छृंख गतिविधिको भत्सर्ना गरे ।

धर्मकै नाममा विभेद गरेर समाजमा कलह र हिंसा पैदा गर्न खोज्नेहरुदेखि वीरगंज सचेत छन् भन्ने सन्देश प्रवाहका लागि सद्भाव र्‍याली निकालिएको वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताए ।

उनले भने, ‘हामी वीरगंजबासी एकदम सचेत छौँ र हामी एकआपसमा मिलेर बसेका छौँ भन्ने सन्देश हामीले यस र्यालीबाट दिन खोजेका हौँ ।’ पछिल्लो समयमा धार्मिक गतिविधि बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै प्रमुख सिंहले समाजलाई भाँड्ने तत्वहरुको पहिचान गरेर कारवाहीको दायरामा ल्याउनुपर्ने बताए ।

हिन्दु, मुस्लिमबीच द्वन्द गराउने खालका गतिविधिप्रति सचेत रहन आग्रह गर्दै उनले सबै धर्मको लक्ष्य भनेकै समाजमा शान्ती कायम गर्ने भएको धारणा राखे ।

नेकपा एमाले पर्साका संयोजक डा. बिशम्भर शर्माले आपसी भाइचारा बिथोल्ने गरी बढ्दै गएका गतिविधिप्रति चिन्ता व्यक्त गरे । समुदायलाई उक्साहटमा ल्याएर सद्भाव बिगार्ने र शान्ती प्रक्रियामा खलल गर्नेहरुलाई कानुनको दायराभित्र ल्याई कारवाही गर्न उनले ध्यानाकर्षण पनि गराए ।

सोही अवसरमा जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालमार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र पनि बुझाइएको छ ।

ज्ञापन पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले धर्म निरपेक्ष राष्ट्रमा कसैले पनि कसैलाई जबरजस्ती गर्न नहुने बताउँदै सद्भाव बिगार्ने तत्वलाई कारवाही गर्नुपर्ने जिकिर गरे । साथै उनले गृहमन्त्रालयमा विज्ञप्ती पठाएर सुरक्षा निकायलाई परिपत्र गर्ने आश्वासन पनि दिए ।

र्‍यालीमा जसपाका प्रमुख सचेतकसमेत रहेका सांसद यादव, मेयर सिंहसँगै उपमेयर इम्तियाज आलम, जिल्ला समन्वय समिति पर्साका प्रमुख निरन्जन साह सोनार, नेकपा एकीकृत समाजवादी पार्टी पर्साका अध्यक्ष बालगोपाल थापा, नेकपा एमालेका नेता जालिम मियाँ, जनमत पार्टीका नेता शशीकपुर मियाँ, जसपाका नेता प्रेमबाबु पटेल, जसपा वीरगंज महानगरका अध्यक्ष ईश्वरचन्द्र यादव, नेकपा एकीकृत समाजवादीका वीरगंज महानगरका अध्यक्ष मनोज चौधरी, विभिन्न राजनीतिक दलका नेता एवम् कार्यकर्ता, कर्मचारी, मानवअधिकारकर्मी लगायत वीरगंजबासीकाे सहभागिता रहेको थियो ।

पर्साकाे ट्राफिकलाई थप व्यवस्थित बनाउन छलफल

0

वीरगंज । पर्साकाे ट्राफिकलाई थप व्यवस्थित बनाउन साेमबार छलफल भएकाे छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा भएकाे छलफलमा जिल्लाको ट्राफिकलाई थप व्यवस्थित बनाउन निर्णय भएकाे हाे ।

जिल्लाको सम्पूर्ण ट्राफिक सम्बन्धी गतिविधिलाई थप व्यवस्थित बनाउन छलफलमा सहभागि प्रहरी र स्थानीय सङ्घसंस्थाहरूले हातेमालो गरेर अगाडि बढ्न सहमत भएका हुन् ।

वीरगंजकाे विभिन्न संघ/सस्थाहरुको सहयोगमा घन्टाघरको ट्राफिक लाईट प्रभावकारी गर्न, फूट्पाथ निर्माण, रेल्लिङ निर्माण, जेब्रा क्रसिङ पेन्टिङ, पार्किङको व्यवस्थापन गर्ने, बसपार्क रोड, व्यवस्थापन गर्ने, गण्डक चोक सालिक निर ट्राफिक प्रहरी पोष्ट राख्ने, विद्यालयहरुको प्राङ्गणमा ट्राफिक चिन्ह भएको बोड लगाउने विषयमा छलफल भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरिक्षक भाष्कर खतिवडाले वताए ।

छलफलकाे क्रममा आउँदै गरेको दसैं चाडपर्वलाई लक्ष्यित गरि ट्राफिक व्यवस्थापन गर्ने लगायतको कुरामा वीरगंजका संघ/संस्था महानगरपालिका, ट्राफिक प्रहरी पर्साको सहाकार्य र सहभागितामा जनाउने प्रतिबद्धता जाहेर गरेकाे उनले वताए ।

कार्यक्रममा व्यवस्थित वीरगंज अभियान, स्प्रीट क्लब, एलाइड युथ सोसाइटी, स्टार युथ क्लब, पहिलो पाइला, परिवर्तन नेपाल, समृद्धि नेपाल, युवा वचन संस्था, राइनो युवा क्लब सहित संघ/संस्थाकाे अध्यक्ष एवम् प्रतिनिधिहरुकाे सहभागिता रहेको थियो ।