Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

पर्साकाे ट्राफिकलाई थप व्यवस्थित बनाउन छलफल

spot_img
spot_img

वीरगंज । पर्साकाे ट्राफिकलाई थप व्यवस्थित बनाउन साेमबार छलफल भएकाे छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा भएकाे छलफलमा जिल्लाको ट्राफिकलाई थप व्यवस्थित बनाउन निर्णय भएकाे हाे ।

जिल्लाको सम्पूर्ण ट्राफिक सम्बन्धी गतिविधिलाई थप व्यवस्थित बनाउन छलफलमा सहभागि प्रहरी र स्थानीय सङ्घसंस्थाहरूले हातेमालो गरेर अगाडि बढ्न सहमत भएका हुन् ।

वीरगंजकाे विभिन्न संघ/सस्थाहरुको सहयोगमा घन्टाघरको ट्राफिक लाईट प्रभावकारी गर्न, फूट्पाथ निर्माण, रेल्लिङ निर्माण, जेब्रा क्रसिङ पेन्टिङ, पार्किङको व्यवस्थापन गर्ने, बसपार्क रोड, व्यवस्थापन गर्ने, गण्डक चोक सालिक निर ट्राफिक प्रहरी पोष्ट राख्ने, विद्यालयहरुको प्राङ्गणमा ट्राफिक चिन्ह भएको बोड लगाउने विषयमा छलफल भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरिक्षक भाष्कर खतिवडाले वताए ।

छलफलकाे क्रममा आउँदै गरेको दसैं चाडपर्वलाई लक्ष्यित गरि ट्राफिक व्यवस्थापन गर्ने लगायतको कुरामा वीरगंजका संघ/संस्था महानगरपालिका, ट्राफिक प्रहरी पर्साको सहाकार्य र सहभागितामा जनाउने प्रतिबद्धता जाहेर गरेकाे उनले वताए ।

कार्यक्रममा व्यवस्थित वीरगंज अभियान, स्प्रीट क्लब, एलाइड युथ सोसाइटी, स्टार युथ क्लब, पहिलो पाइला, परिवर्तन नेपाल, समृद्धि नेपाल, युवा वचन संस्था, राइनो युवा क्लब सहित संघ/संस्थाकाे अध्यक्ष एवम् प्रतिनिधिहरुकाे सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...