Date
शनि, साउन २, २०८३
Sat, July 18, 2026

जिराभवानीबाट लागु औषध चरेशसहित ठाेरीका श्रेष्ठ पक्राउ

spot_img
spot_img

वीरगंज । प्रहरीले लागु औषध चरेश सहित पर्साकाे जिराभवानी गाउँपालिका वडा नं. १ गम्हरियाबाट एक जनालाई पक्राउ गरेकाे छ ।

लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंज तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले जिल्ला पर्सा ठोरी गाउँपालिका वडा नं.४ विजयबस्ती बस्ने वर्ष ३४ को क्षेत्र बहादुर श्रेष्ठलाई पक्राउ गरेकाे हाे ।

विशेष सूचनाको आधारमा आइतबार दिउसाे २:४५ बजेको समयमा खटिएको प्रहरी टोलीले सुवर्णपुरबाट वीरगंज तर्फ आउदै गरेकाे श्रेष्ठले चलाएकाे ना.६१ प ९७०० नम्बरको निलो साईन मोटरसाईकललाई रोकी कानूनी रीतपुर्‍याई खानतलासी गर्दा लागु औषध चरेश फेला परेकाेले नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

श्रेष्ठ सवार मोटरसाईकलको पछाडी सिटमा एउटा सेतो बोराभित्र टेपले र्‍यापिङ गरी राखिएकाे ५०० ग्रामकाे  ६४ प्याकेटमा रहेकाे ३२ के.जी.लागु औषध चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

 मोटरसाइक र लागु औषध सहित निज श्रेष्ठलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालयमा ल्याइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले प्रेस विज्ञप्ती मार्फत जनाएकाे छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मनसुनजन्य विपद्को पूर्वतयारीमा वीरगंज महानगर, अनुगमन टोली परिचालन गर्ने निर्णय

वीरगंज । मनसुन सक्रिय भएसँगै आउन सक्ने सम्भावित प्राकृतिक विपद् तथा त्यसबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि वीरगंज महानगरपालिकाले पूर्वतयारीलाई तीव्र बनाएको छ ।...

पर्सा जिल्ला अदालतको वार्षिक प्रगति ५७.६८ प्रतिशत, ७ हजारभन्दा बढी मुद्दा फर्छ्योट

वीरगंज । पर्सा जिल्ला अदालतले आर्थिक वर्ष २०८२/८३ मा कुल १२ हजार ३५० मुद्दामध्ये ७ हजार १२४ मुद्दा फर्छ्योट गर्दै ५७.६८ प्रतिशत प्रगति हासिल...

छपकैया तेक्वान्दो डोजाङमा बेल्ट ग्रेडिङ सम्पन्न, १५ खेलाडी स्तरोन्नत

वीरगंज । छपकैया तेक्वान्दो डोजाङमा शनिबार विभिन्न तहका खेलाडीहरूको बेल्ट ग्रेडिङ (स्तरोन्नति) कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा १५ जना खेलाडीले विभिन्न तहका बेल्ट...