Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

धार्मिक सहिष्णुता कायम गर्न वीरगंजमा सामाजिक सद्भाव र्‍याली

spot_img
spot_img

वीरगंज । पर्साकाे सदरमुकाम वीरगंजमा साेमबार बृहत सद्भाव र्‍याली निकालिएको छ । सदियौँदेखि एकताबद्ध भएर बसेका वीरगंजबासीलाई विभाजित गर्ने मनसायका साथ केही तत्वहरु सक्रिय भएको भन्दै वीरगंजमा सद्भाव र्‍याली निकालिएको हो ।

वीरगंज महानगरपालिकाको आयोजनामा वीरगंजकाे आदर्शनगरस्थित स्विमीङ् पुलबाट सुरु भएको र्‍यालीले वीरगंज बजारको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधि सभा सदस्य प्रदीप यादवले सामाजिक सद्भावलाई कायम गरेर समाजलाई विद्रोह हुनुबाट बचाउनुपर्नेमा जोड दिए । धार्मिक सहिष्णुताको भाव जागृत गरेर जात, धर्म र अन्य कारणले समाजलाई भाँड्ने काम नगर्न उनले सुझाव दिए ।

आफु यहाँकै जनताको मतबाट दुई पटक सांसदमा निर्वाचित हुँदासम्म कहिलै पनि धार्मिक विभेद नभएको बताउँदै उनले पछिल्लो समयमा सामाजिक सञ्जालमार्फत भइरहेका उच्छृंख गतिविधिको भत्सर्ना गरे ।

धर्मकै नाममा विभेद गरेर समाजमा कलह र हिंसा पैदा गर्न खोज्नेहरुदेखि वीरगंज सचेत छन् भन्ने सन्देश प्रवाहका लागि सद्भाव र्‍याली निकालिएको वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताए ।

उनले भने, ‘हामी वीरगंजबासी एकदम सचेत छौँ र हामी एकआपसमा मिलेर बसेका छौँ भन्ने सन्देश हामीले यस र्यालीबाट दिन खोजेका हौँ ।’ पछिल्लो समयमा धार्मिक गतिविधि बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै प्रमुख सिंहले समाजलाई भाँड्ने तत्वहरुको पहिचान गरेर कारवाहीको दायरामा ल्याउनुपर्ने बताए ।

हिन्दु, मुस्लिमबीच द्वन्द गराउने खालका गतिविधिप्रति सचेत रहन आग्रह गर्दै उनले सबै धर्मको लक्ष्य भनेकै समाजमा शान्ती कायम गर्ने भएको धारणा राखे ।

नेकपा एमाले पर्साका संयोजक डा. बिशम्भर शर्माले आपसी भाइचारा बिथोल्ने गरी बढ्दै गएका गतिविधिप्रति चिन्ता व्यक्त गरे । समुदायलाई उक्साहटमा ल्याएर सद्भाव बिगार्ने र शान्ती प्रक्रियामा खलल गर्नेहरुलाई कानुनको दायराभित्र ल्याई कारवाही गर्न उनले ध्यानाकर्षण पनि गराए ।

सोही अवसरमा जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालमार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र पनि बुझाइएको छ ।

ज्ञापन पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले धर्म निरपेक्ष राष्ट्रमा कसैले पनि कसैलाई जबरजस्ती गर्न नहुने बताउँदै सद्भाव बिगार्ने तत्वलाई कारवाही गर्नुपर्ने जिकिर गरे । साथै उनले गृहमन्त्रालयमा विज्ञप्ती पठाएर सुरक्षा निकायलाई परिपत्र गर्ने आश्वासन पनि दिए ।

र्‍यालीमा जसपाका प्रमुख सचेतकसमेत रहेका सांसद यादव, मेयर सिंहसँगै उपमेयर इम्तियाज आलम, जिल्ला समन्वय समिति पर्साका प्रमुख निरन्जन साह सोनार, नेकपा एकीकृत समाजवादी पार्टी पर्साका अध्यक्ष बालगोपाल थापा, नेकपा एमालेका नेता जालिम मियाँ, जनमत पार्टीका नेता शशीकपुर मियाँ, जसपाका नेता प्रेमबाबु पटेल, जसपा वीरगंज महानगरका अध्यक्ष ईश्वरचन्द्र यादव, नेकपा एकीकृत समाजवादीका वीरगंज महानगरका अध्यक्ष मनोज चौधरी, विभिन्न राजनीतिक दलका नेता एवम् कार्यकर्ता, कर्मचारी, मानवअधिकारकर्मी लगायत वीरगंजबासीकाे सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा

चितवन । चितवनका ग्यास व्यवसायीले भरिएका सिलिन्डर धमाधम काठमाडौँ पठाइरहेका छन् । चितवन, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मकवानपुर, बारा, पर्सा र धनुषामा रहेका उद्योगले राजधानीमा एलपी ग्यास...

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...