Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

श्री जिल्ला उचांगल पोखरियाकाे समस्या समाधान गर्न माग

spot_img
spot_img

पाेखरिया । पर्साको पोखरिया नगरपालिका वडा नम्बर ४ मा रहेको श्री जिल्ला उचांगल रामदेव कलवार माद्यमिक विद्यालय पोखरियामा  विद्यमान विभिन्न समस्या समाधानको माग गरेका छन् ।

कक्षा ११ र १२ मा अध्ययनरत विधार्थीहरुले विद्यालयमा भइरहेकाे बिबिन्न गतिविधि र समस्या समाधानको लागी साेमबार नगरपालिकाका मेयर प्रधुम चाैहानलाई ज्ञापन पत्र बुझाएका हुन् ।  

विद्यालयमा विद्यार्थीहरुसंग अनाधिकृत भर्ना र मासिक शुल्क लिने गरिएको, शिक्षकहरु नियमित रुपमा नआउने गरेको, विद्यार्थीहरुसंग शिक्षकहरुले असल व्यवहार नगरेको, विद्यालयमा व्यवस्थित शौचालय नभएको, शौचालयमा छात्राहरुका लागि सेनेटरी प्याड नरााखिएको, छात्राहरुका छुट्टै शौचालय नभएको उनीहरुले जनाएका छन् ।

यसका साथै विद्यालयमा पार्किंगकाे व्यवस्था, विद्यालय समय तालिका अनुसार शिक्षकहरुको उपस्थिति हुनु पर्ने, विद्यालय आचारसंहिता पालना हुनु पर्ने, शैक्षिक भ्रमण हुनु पर्ने लगायतका माग राख्दै विद्यार्थीहरुले मेयर चाैहानलाई ज्ञापन पत्र बुझाएका हुन् ।

नगरपालिकाकाे कार्यालय पाेखरियामा मेयर चाैहानलाई ज्ञापन पत्र बुझाउन सागर कुमार, रोहित कुमार, विजय कुमार, अजय कुमार, हिरदेश कुमार, आलोक कुमार, मनोहर कुमार, नीरज कुमार लगायतका विद्यार्थीहरु पुगेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा २२५ पोका रगत सङ्कलन

जनकपुरधाम । बाढीपहिरोबाट घाइते तथा प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन धनुषाको ढल्केबरमा २२५ पोका रगत सङ्कलन गरिएको छ । बाढी प्रभावित क्षेत्रमा रगतको आवश्यकता...

राष्ट्रपतिद्वारा बाढी प्रभावित क्षेत्र नुवाकोटको अवलोकन

नुवाकोट ।  राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको अवस्थाबारे जानकारी लिनुभएको छ । उहाँले जिल्ला विपद् व्यवस्थापन समितिबाट बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज...

धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

जनकपुरधाम । धनुषामा प्रहरीले १९७ ग्राम लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी...