Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

श्री जिल्ला उचांगल पोखरियाकाे समस्या समाधान गर्न माग

spot_img
spot_img

पाेखरिया । पर्साको पोखरिया नगरपालिका वडा नम्बर ४ मा रहेको श्री जिल्ला उचांगल रामदेव कलवार माद्यमिक विद्यालय पोखरियामा  विद्यमान विभिन्न समस्या समाधानको माग गरेका छन् ।

कक्षा ११ र १२ मा अध्ययनरत विधार्थीहरुले विद्यालयमा भइरहेकाे बिबिन्न गतिविधि र समस्या समाधानको लागी साेमबार नगरपालिकाका मेयर प्रधुम चाैहानलाई ज्ञापन पत्र बुझाएका हुन् ।  

विद्यालयमा विद्यार्थीहरुसंग अनाधिकृत भर्ना र मासिक शुल्क लिने गरिएको, शिक्षकहरु नियमित रुपमा नआउने गरेको, विद्यार्थीहरुसंग शिक्षकहरुले असल व्यवहार नगरेको, विद्यालयमा व्यवस्थित शौचालय नभएको, शौचालयमा छात्राहरुका लागि सेनेटरी प्याड नरााखिएको, छात्राहरुका छुट्टै शौचालय नभएको उनीहरुले जनाएका छन् ।

यसका साथै विद्यालयमा पार्किंगकाे व्यवस्था, विद्यालय समय तालिका अनुसार शिक्षकहरुको उपस्थिति हुनु पर्ने, विद्यालय आचारसंहिता पालना हुनु पर्ने, शैक्षिक भ्रमण हुनु पर्ने लगायतका माग राख्दै विद्यार्थीहरुले मेयर चाैहानलाई ज्ञापन पत्र बुझाएका हुन् ।

नगरपालिकाकाे कार्यालय पाेखरियामा मेयर चाैहानलाई ज्ञापन पत्र बुझाउन सागर कुमार, रोहित कुमार, विजय कुमार, अजय कुमार, हिरदेश कुमार, आलोक कुमार, मनोहर कुमार, नीरज कुमार लगायतका विद्यार्थीहरु पुगेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...