Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

यौन दुर्व्यवहारकाे कसुरमा बालकलाई सुधार गृहमा राख्ने फैसला

spot_img
spot_img

वीरगंज । सप्तरीमा नौ वर्षिय बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा १४ वर्षिय बालकलाई १ वर्ष ६ महिना बाल सुधार गृहमा राख्ने फैसला भएको छ ।

जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई १५ हजार रुपियाँ जरिवाना तिर्न र ३० हजार रुपियाँ क्षतिपूर्ति भर्न समेत फैसला गरेको इजलास अधिकृत कुमार सुबेदीले बताए ।

अनुचित प्रभावमा पारी आरोपितले यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा २०७९ मङ्सिर २५ गते उजुरी दिएकी थिइन । पीडितको स्वास्थ्य परीक्षण ०७९ मङ्सिर २५ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भएको थियो । इलाका प्रहरी कार्यालय कञ्चनरुपले ०७९ मङ्सिर २५ गते उजुरी दर्ता गरेको थियो । आरोपित मङ्सिर २८ गते गिरफ्तार भएका थिए ।

सप्तरी जिल्ला अदालतमा ०७९ पुस १७ गते अभियोग पत्र दायर भएकोमा जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले पुस १८ गते बालकलाई संरक्षकको जिम्मा लगाउने आदेश गरेको थियो ।

बाख्रा चराउन २०७९ मङ्सिर १६ गते दिउँसो घरदेखि एक किलोमिटर उत्तर स्थित फुलबारी जङ्गल गएका बेला छुरा देखाई आँखा बाँधी आरोपितले यौन दुर्व्यवहार गरेको पीडितले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

स्थानीयको विरोधपछि चार वर्षदेखि थुनिएको पानीको निकास खुलाइयो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १७, २५ र २६ अन्तर्गतका अठराहा, सुगौली, बहुअरी, अलौललगायत क्षेत्रको चार वर्षदेखि अवरुद्ध पानी निकास खुलाइएको छ। स्थानीयवासीले विरोध...

मुआब्जा नपाएको भन्दै श्रीसियाका स्थानीयले बुझाए ज्ञापनपत्र

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ श्रीसियाका स्थानीयवासीले ड्राइपोर्ट निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गा तथा त्यसमा रहेका भौतिक संरचनाको बाँकी मुआब्जा र क्षतिपूर्ति तत्काल उपलब्ध गराउन...

सिम्रौनगढबाट दुईथान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक पक्राउ

बारा । बाराको सिम्रौनगढबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका अन्दाजी...