Date
शनि, साउन २, २०८३
Sat, July 18, 2026

पर्सामा एक महिला बलत्कृत, आराेपित फरार

spot_img
spot_img

वीरगंज । पर्सामा एक जना महिलामाथि बलात्कार भएको घटना प्रकाशमा आएको छ । बहुदरमाई नगरपालिका वडा नं. ७ मा महिला बलात्कारको घटना भएको हो ।

एकजना विवाहित २५ वर्षीया महिलालाई साेही ठाउँ निवासी ४५ वर्षीय सुशिल राउत कुर्मीले बलात्कार गरेको आरोप लागेको छ । पिडितले दिएकी जाहेरीकाे आधारमा आराेपित कुर्मी बिरुद्ध जबरजस्ती करणी विरुद्धकाे मुद्दा दर्ता गरि थप अनुसन्धान कार्य भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण गरी अनुसन्धान अगाडी बढाइएकाे उनले वताए । आराेपित कुर्मी फरार रहेकाेले उनकाे खाेजी कार्य भइरहेकाे प्रवक्ता थापाले वताए । 

गत भदौ ९ गते राति ८ बजे घरबाटै नियन्त्रणमा लिएर गाउँनजीकैको सरेहमा लागेर आफूमाथि जबरजस्ती गरिएको ती महिलाले आरोप लगाएकी छन् । 

पीडित महिलाका सासू र ससुरा एक महीने तीर्थयात्रामा गएका तथा पीडकले ज्यान लिने धम्की दिएकाले उक्त महिला प्रहरीमा आउन डराएकी थिइन । आरोपितले एक महीना पहिलेदेखि आफूलाई प्रलोभनमा पार्ने प्रयास गर्दै आएको र घरमा सो दिन बच्चा र नन्द मात्रै भएको बेला मुख थुनेर सरेहमा लगेर बलात्कार गरेको पिडितले जाहेरीमा उल्लेख गरेकी छन् ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मनसुनजन्य विपद्को पूर्वतयारीमा वीरगंज महानगर, अनुगमन टोली परिचालन गर्ने निर्णय

वीरगंज । मनसुन सक्रिय भएसँगै आउन सक्ने सम्भावित प्राकृतिक विपद् तथा त्यसबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि वीरगंज महानगरपालिकाले पूर्वतयारीलाई तीव्र बनाएको छ ।...

पर्सा जिल्ला अदालतको वार्षिक प्रगति ५७.६८ प्रतिशत, ७ हजारभन्दा बढी मुद्दा फर्छ्योट

वीरगंज । पर्सा जिल्ला अदालतले आर्थिक वर्ष २०८२/८३ मा कुल १२ हजार ३५० मुद्दामध्ये ७ हजार १२४ मुद्दा फर्छ्योट गर्दै ५७.६८ प्रतिशत प्रगति हासिल...

छपकैया तेक्वान्दो डोजाङमा बेल्ट ग्रेडिङ सम्पन्न, १५ खेलाडी स्तरोन्नत

वीरगंज । छपकैया तेक्वान्दो डोजाङमा शनिबार विभिन्न तहका खेलाडीहरूको बेल्ट ग्रेडिङ (स्तरोन्नति) कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा १५ जना खेलाडीले विभिन्न तहका बेल्ट...