Date
शुक्र, असार ५, २०८३
Fri, June 19, 2026
Home Blog Page 343

वीरगंज महानगरले कक्षा ८ को परीक्षा एकिकृत परीक्षा प्रणाली मार्फत लिदै

वीरगंज । वीरगंज महानगरपालिकाले यस वर्षबाट एकिकृत परीक्षा प्रणालीमार्फत आधारभूत तह कक्षा ८ को अन्तिम परीक्षा लिने भएको छ ।

चैत १५ गतेदेखि सुरु हुने कक्षा ८ को महानगरस्तरीय परिक्षाका लागि महानगरको परीक्षा समितिले ११ वटा परीक्षा केन्द्र तोकेको छ । जसमा ६ वटा सामुदायिक विद्यालय र ५ वटा संस्थागत विद्यालयमा परीक्षा केन्द्र निर्धारण गरिएको महानगरका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले जानकारी दिए ।

सामुदायिक विद्यालयतर्फ त्रिजुद्ध मा.वि., नृसिंह मा.वि., श्रीपुर मा.वि., शारदा मा.वि.बहुअरी, माइस्थान विद्यापिठ मावि र ने.रा.मा.वि सोलकपुरमा परिक्षा केन्द्र निर्धारण गरिएको छ भने संस्थागत विद्यालय तर्फ सनलाईट मावि, मिनिल्याण्ड मावि, कादम्बरी एकेडेमी, जी.एच.पी. मावि र ओम नेशनल स्कूललाई परिक्षा केन्द्र निर्धारण गरिएको कर्णले जानकारी दिए।

यस वर्ष कक्षा ८ को महानगरस्तरीय बार्षिक परिक्षामा ३६ वटा सामुदायिक विद्यालयका ३ हजार १४१ जना र ८२ वटा संस्थागत विद्यालयका २ हजार ५२१ जना गरी कूल ५ हजार ६५७ जना विद्यार्थीले सहभागिता जनाउने कर्णले बताए ।

चैत १५ देखि २२ गतेसम्म सञ्चालन हुने परीक्षालाई निष्पक्ष, शान्तिपूर्ण रुपमा सम्पन्न गराउन मंगलबार महानगरको परीक्षा समितिले ११ वटै केन्द्रमा केन्द्राध्यक्ष नियुक्त गर्नुका साथै उनीहरुका काम कर्तव्यका बारेमा जानकारी गराएको छ । परिक्षा सकिएपछि परिक्षा केन्द्रमै उत्तरपुस्तिका जाँच गरि नीतजा तयार पारि चैत २८ गते सार्वजनिक गरिने कर्णले जानकारी दिए ।

आधारभूत तहबाटै अध्ययन अध्यापनलाई प्रभावकारी बनाउन र शैक्षिक गुणस्तर उकास्ने उदेश्यले महानगरमा पहिलो पटक एकिकृत परीक्षा प्रणालीबाट आधारभूत तहको बार्षिक परिक्षा लिन लागेको महानगरका शिक्षा महाशाखा प्रमुख कर्णले बताए ।

 

उनले भने, विगतमा जुन विद्यालयमा अध्ययन गरेको हो सोही विद्यालयले नै परीक्षा लिएर उत्तरपुस्तिका पनि सम्बन्धित विद्यालयले जाँच गर्ने गर्थ्यो, त्यसमा केहि विद्यालय र शिक्षकहरुबाटै चलखेल हुन्थ्यो । ती सबै विकृति अन्त्य गर्न यसपालिदेखि महानगरले एकिकृत माध्यमबाट परीक्षा लिन लागेको हो ।

कर्णका अनुसार, एकिकृत परीक्षा प्रणाली सुरुभएसँगै अब भने अध्ययन अध्यापन सम्बन्धित विद्यालयले गर्ने र त्यसको मूल्यांकन तेस्रो पक्षबाट हुने छ । विद्यार्थीको सिकाई मापन तेस्रो पक्षबाट हुँदा निष्पक्ष र यथार्थपरक हुने भएकाले महानगरले यस वर्षबाट एकिकृत परीक्षा प्रणाली सुरु गरेको महाशाखा प्रमुख कर्णले बताए ।

मंगलबार नवनियुक्त केन्द्राध्यक्षहरुलाई महानगरकान मेयर राजेशमान सिंहले नियुक्तीपत्र प्रदान गर्दै आधारभूत तहको अन्तिम परीक्षा निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन निर्देशन दिए ।

वीरगंजबाट लागु औषध खैरो हिरोइनसहित ४ जना पक्राउ

वीरगंज । प्रहरीले वीरगंजबाट लागु औषध खैराे हिराेइनसहित ४ जनालाई पक्राउ गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएकाे चेकिङ टाेलीले रौतहटकाे चन्द्रनगर नगरपालिका वडा नं.५ निवासी २४ बर्षिय सेजल श्रेष्ठ र पर्साकाे जिराभवानी गाउँपालिका वडा नं.२ निवासी १९ बर्षिय बिजय साहलाई पक्राउ गरेकाे हाे ।  

वीरगंज महानगरपालिकाकाे वडा नं.१५ स्थित चालीस फिट्टे सडकखण्डमा मिति साेमबार सांझ ६:०० बजेको समयमा खटिएको चेकिङ टोलीले बा.९५ प २३०३ नम्बरको स्कुटीमा सवार दुबै जनालाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

संकाष्पदरूपमा हिडिरहेकोमा उक्त स्कुटी रोकी खानतलासी गर्दा सेजलले लगाएको पाइन्टमा लुकाई छिपाई राखिएको लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ प्लाष्टिक वाहेक १ ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता कुमार बिक्रम थापाले जानकारी दिए ।

त्यसपछि दुबै जनालाई उल्लेखित लागु औषध र स्कुटीसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याइ निजहरू विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको प्रवक्ता थापाले वताए ।

यसैगरी प्रहरीले लागु औषधसहित नै वीरगंज महानगरपालिकाकाे वडा नं.१६ रजतजयन्ती चोकस्थित सडकखण्डबाट थप दुई जनालाई पक्राउ गरेकाे छ । 

प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले चितवनकाे भरतपुर महानगरपालिका वडा नं.१७ शारदानगर निवासी २४ बर्षिय अमित गुरुङ र साेही ठाउँ निवासी २४ बर्षिय सुनिता वि.क.लाई पक्राउ गरेकाे हाे ।

भारतबाट नेपालतर्फ आवत जावत गर्ने सवारी साधन तथा यात्रीहरूलाई चेकजाँच गर्ने क्रममा संकाष्पदरूपमा भारतबाट नेपालतर्फ आउँदै गरेका निजहरुकाे साथबाट खैरो हिरोइन जस्तो देखिने पदार्थ प्लाष्टिक वाहेक १ ग्राम फेला परेको प्रहरीले जनाएकाे छ ।

त्यसपछि दुबै जनालाई उल्लेखित लागु औषध सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याइ निजहरू विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको प्रवक्ता थापाले जानकारी दिए ।

तेस्रो परवानीपुर गोल्डकप : वीरगंज युनाइटेड क्लब सेमिफाइनलमा

साउथजोन स्कुलद्वारा अभिभावकहरुलाई अभिमुखिकरण

वीरगंज । साउथजोन माद्यमिक विद्यालयकाे आयाेजनामा साेमबार अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ ।

वीरगंजस्थित क्लासिक ब्यांकेटमा भएकाे कार्यक्रममा डाक्टर तारा प्रसाद गिरिले विद्यालयका कक्षा १ देखि कक्षा ५ सम्मका करिब चार सय अभिभावकहरुलाई अभिमुखिकरण दिएका थिए । डाक्टर गिरिले अभिभावहरुले आफ्नो नानीहरू राम्रो होस् भनेर राम्रो विद्यालयका अध्यापन गराउनेकाे साथ साथै ध्यान दिन पनि जरुरी रहेको बताए ।

त्यसैगरी साउथजाेन माद्यमिक विद्यालय कै आयाेजनामा आत्मविश्वास वृद्धि शिखर सम्मेलन सम्पन्न भएकाे छ । साे कार्यक्रममा कक्षा १० मा अध्यापन गरिरहेका अर्थात यो वर्ष एसइइ परिक्षा दिन लागेका १०९ जना विद्यार्थीहरुलाई आगामी आफ्नो लक्ष्य र उदेश्य कसरी प्राप्ति हुन सक्छ भन्ने बारे जानकारी गराएकाे थियाे ।

कार्यक्रममा विद्यार्थीहरुले राम्रो अंक ल्याउन नसक्ने वा ल्याउन समस्या हुने वा पुरा गर्न सक्दिन भन्ने जस्ता बिषयमा जिज्ञासा राखेका थिए । साेही कार्यक्रममा कक्षा ९ का विद्यार्थीहरुले कक्षा १० का विद्यार्थीहरुलाई बिदाई समेत गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक सरोज प्रसाद चौधरीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वीरगंज महानगरपालिकाका शिक्षा शाखा प्रमुख अरविन्दलाल कर्ण, मानव सेवा आश्रमका दिवेश गुप्ता, वीरगंज युवा समाजका कमल चाैलागाई, प्रेस सेन्टर नेपालका जगत राई, प्रण्य साह, समाजवादी प्रेस संगठनका दिपु बर्णवाल लगायतकाे उपस्थिती रहेकाे थियाे भने कार्यक्रमकाे संचालन विद्यालयका सहायक प्रधानाध्यापक अशोक संग्रोलाले गरेका थिए ।

कार्यसम्पादन मुल्यांकनमा परवानीपुर गाउँपालिका मधेस प्रदेशकै उत्कृष्ट

वीरगंज । बाराको परवानीपुर गाउँपालिका कार्यसम्पादन मुल्यांकनको अधारमा प्रदेश मै उत्कृष्ट पालिका भएको छ ।

प्रदेश नम्बर २ को ५९ गाउँपालिका, ७३ नगरपालिका, ३ उपमहानगरपालिका र एक महानगरपालिका गरी १ सय ३६ वटा पालिका रहेकाे छ । जस मध्ये परवानीपुर गाउँपालिका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मुल्यांकन अनुसार कुल ६६.४७ अंक ल्याएर मधेश प्रदश मै उत्कृष्ट पालिका भएको हो । 

स्थानीय तह स्रोत परिचालन र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले निर्धारण गरेको मुल्यांकन अनुसार स्तरीय कार्यगरी नतिजा दिन सकेकाले प्रदेशमा उत्कृष्ट भएको परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले बताए । उनका अनुसार आयोगले निर्धारण गरेको सुचकमा मात्र केन्द्रित नभई जनताको आवश्यक्ता र समग्रमा बजेट बाडफाड, कार्यन्वयन, शिक्षा, स्वास्थ्य लगायतमा विशेष प्राथमिकता दिएकाले नतिजा आएको हो । कतिपय विषयवस्तुमा काम भइरहेकै अवस्थामा समेत मुल्यांकन गरिएकाले प्रतिशत बढ्न सकेन तरपनि प्रदेश मै राम्रो ग¥यो सबैका लागी खुशीको कुरा हो । 

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग हरेक वर्ष स्थानीय तहले गरेको कार्यको मुल्यांकन गर्दै त्यसका अधारमा विभिन्न १७ वटा सुचकको अधारमा मुल्यांकन गर्दै आएको छ । मधेश प्रदेशको १ सय ३६ पालिकाको नतिजा अनुसार उत्कृष्ट पाँचमा बारा र सप्तरी जिल्लाको २/२ वटा पालिका र पर्साको एउटा पालिका परेका छन् ।

जसमध्ये बाराको परवानीपुर गाउँपालिका ६६.४७ अंकले पहिलो, सप्तरीको सुरुङ्गा नगरपालिका ६६.०२ ले दोस्रो, बारा कै कलैया उपमहानगरपालिका ६४.९३ अंकले तेस्रो भएकाे छ । त्यस्तै पर्साको ठोरी गाउँपालिका ६४.१४ अंकले चौथो र सप्तरीको सप्तकोशी नगरपालिका ५८.८४ अंक ल्याएर पाँचौ उत्कृष्ट पालिका भित्र परेका छन् । 

मधेश प्रदेशको उत्कृष्ट पाँच पालिका मध्येले प्रायले बजेट विनयोजन, खर्च व्यवस्थापन, बेरुजु फर्छौट शिक्षा र स्वास्थ्यको मापदण्डलाई प्राथमिकतामा राखेको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्राण मेहताले बताए । 

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बजेट बाडफाड कार्यन्वयन, शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिकाको अवस्था लगायतको मुल्यांकन गर्ने गर्दछ । जसमा राजश्व र व्यायको अनुमान, समयसिमा भित्रै गाऊँसभाबाट पारित, प्रक्षेपण गरेअनुसार अर्थमन्त्रालयमा पेश गरे नगरेको, त्यस्तै विनियोजित रकम अनुसार खर्चको व्यवस्थापन, लेखापरिक्षणबाट औल्याएको बेरुजुको अवस्था, विद्यार्थी भर्ना, टिकाउ दर, स्तरवृद्धि, गर्भजाँच तथा महिलाको अनुपात तथा बालबालिकाको खोप लगायतको सुचक मुल्यांकन गर्ने गर्दछ । सभार : नेपाली पब्लिक

वीरगंजबाट हुण्डी काराेबारमा सलंग्न कलवार पक्राउ

वीरगंज । पर्सा प्रहरी हुण्डी कारोबारमा संलग्न एक जनालाई वीरगंजबाट पक्राउ गरेको छ ।

प्रहरीले धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ६ घर भई हाल वीरगंज महानगरपालिका वडा नम्बर १६ बस्ने ५० वर्षीय रामबाबु साह कलवारलाई पक्राउ गरेकाे हाे । 

वीरगंज महानगरपालिका वडा नम्बर १६ दुर्गाहल पछाडीको गल्लीबाट शंकास्पद रुपमा हिँडीरहेको अवस्थामा प्रहरीले कलावरलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

प्रवक्ता थापाका अनुसार कलवारले वाेकेकाे झोलबाट स्रोत नखुलेको नेपाली १ हजार दरको ३३५ थान, ५ सय दरको ५६ थान गरी ६ लाख ८२ हजार नेपाली रुपैयाँ र २८ हजार भारतीय रुपैयाँ बरामद भएको छ ।

कलवारको साथबाट कृषी विकास बैंकको २ थान चेकबुक, सानीमा बैंकको चेकबुक ५ थान, माछापुच्छ्रे बैंकको चेकबुक २ थान, एनआईएमबी बैंकको चेकबुक २ थान, मुक्तिनाथ विकास बैंकको चेकबुक २ थान, ग्लोबल बैंकको चेकबुक ३ थान, प्राइम बैंकको चेकबुक २ थान र मेघा बैंकको १ थान गरी १९ थान चेकबुक पनि बरामद भएको थापाले वताए ।

वान प्लस र रेडमीको १/१ थान मोबाईल पनि बरामद भएको उनले जानकारी दिए । कलवारलाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ विरुद्धको कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले प्रेस विज्ञप्ती मार्फत जनाएकाे छ ।

दुर्गाभागवतीकाे पंचरुखिमा जनप्रतिनिधिद्वारा पावरकाे दुरुपयाेग

वीरगंज । राैतहटकाे दुर्गाभागवती गाउँपालिका वडा नं. ४ पंचरुखिमा जनप्रतिनिधिहरुले पावरकाे दुरुपयाेग गरेकाे स्थानियले आराेप लगाएका छन् ।

गाउँपालिका अध्यक्ष शम्भु सिंह र वडाध्यक्ष रामानन्द यादवकाे निर्देशनमा सडक अतिक्रमण हटाउने नाउमा ब्यक्तिगत रिस्बी साध्ने काम भएकाे उनीहरुकाे आराेप छ । स्थानियका अनुसार पचरुखिमा २० फिट सडक हुनु पर्ने ठाउँमा प्रयाप्त खाली सडक हुँदा पनि व्यक्तिगत रिस्बीले पक्की घर भत्काउने काम गरिएकाे छ । 

आफ्नाे घर अगाडी चाहिने जति २० फिट खाली सडक हुँदा पनि पक्की घर भत्काएर जनप्रतिनिधिले आफुमाथि अन्याय गरेकाे स्थानिय धिरेन्द्र मिश्रले वताए । उनले गाउँ कार्यपालिकाकाे निर्णय अनुसार २० फिट सडक चाहिएकाेमा आफ्नाे घर अगाडी ३७ फिट जति सरकारी स्वामित्वकाे खाली सडक हुँदा पनि पक्की घर भत्काइएकाे वताए । 

उनले भने “चाहिए जति खालि सडक हुँदा पनि अतिक्रमण हटाउने नाउमा आफ्नाे घर भत्काएर जनप्रतिनिधिले अन्याय गरेका छन् । त्यसमा पनि पुरुष मानिस काेई घरमा नभएकाे बेला एक्कासी आएर घर भत्काउने कार्य गरियाे । महिलाहरु घर खाली गर्न केही समय दिन भनिरहँदा पनि सुनिएन । त्यसैले हामी माथि अन्याय भएकाे छ । याे जनप्रतिनिधिकाे कार्यशैली ठिक भएन ।”

प‍ेशाले शिक्षक समेत रहेका मिश्रले जातिगत र राजनीतिक रिस्बी साध्ने काम भएकाे आराेप लगाए । मुख हेरी हेरी सडक अतिक्रमण हटाउने काम भएकाे उनकाे भनाई छ ।

प्रहरीले पक्राउ गर्ने सूचनापछि कम्बल वाला बाबा फरार

वीरगंज । प्यारालाइसीस् लगायतका राेग निकाे पारिदिने भन्दै वीरगंजमा निशुल्क धार्मिक शिविर चलाउँदै आएका भारत गुजरातका काली कम्बलवाला बाबा आइतबार अचानक शिविर छाडेर गायब भएका छन् ।

वीरगंज महानगरपालिकाकाे वडा नम्बर १४ पिपरास्थित चिनी मिलकाे जग्गामा काली कम्बलवाला बाबाले फाल्गुन ३० गतेदेखि ११ दिनका लागि शिविर लगाएका थिए । शिविरमा उनले पक्षघात भएका, हातगाेडा नचल्ने, ढाड कम्मर दुख्ने, क्यान्सर, सुगर, रक्तचाप, पत्थरीलगायतका दीर्घ बिरामीलाई आफ्नाे कालाे कम्बलले टकटकाएर निकाे पारिदिने दाबी गर्दै आएका थिए । ती बाबाकाे अन्धविश्वासमा परेर शिविरमा उनिबाट उपचार गराउनका लागि मधेसका जिल्लाका साथै छिमेकी मुलुक भारतबाटसमेत दिनहुँ हजाराैंकाे संख्यामा आउने बिरामीहरुकाे घुंइचाे लाग्ने गरेकाे थियाे ।

तर आइतबार दिउँसो १२ बजेतिर ती बाबा अचानक शिविर छाडेर गायब भएपछि शिविरमा उपचारका लागि आएकाहरुले प्रदर्शन गरेकाे र त्यसक्रममा प्रहरीले बल प्रयाेग गर्दा स्थिति तनावग्रस्त बनेकाे थियाे ।

प्रदर्शनमा उत्रिएकाहरुले प्रहरी प्रशासनले काली कम्बल वाला बाबालाई पक्राउ गरेर लगेकाे भन्दै सडकमै बसेर धर्ना दिएका थिए ।धर्नामा कारण अवरुद्ध सडक खुलाउन प्रहरीले प्रयास गर्दा झडपपनि भएकाे थियाे । प्रहरीको लाठीचार्जबाट केहि प्रदर्शनकारी घाइतेपनि भएका छन्।

तर प्रहरीले भने ती बाबा आँफै गायब भएकाे बताएको छ । पर्साका प्रहरी उपरीक्षक कुमाेध ढुंगेलले विभिन्न रोगको निशुल्क उपचार गर्ने भनी सर्वसाधारणलाई ठगी गर्दै आएका बाबाको पोल खुलेपछि उनि आँफै फरार भएकाे बताए । धर्मको आडमा बिरामीलाई निको बनाउने बहानामा ठगी गर्दै गरेको खबरपश्चात प्रहरीले पक्राउ गर्ने पूर्व सूचना पाएपछि ती बाबा फरार भएको हुन सक्ने प्रहरीको आशंका छ ।

नागरिकको शान्ती सुरक्षामा कुनै सम्झौता नगर्न डिआईजी पोखरेलकाे निर्देशन

वीरगंज । मधेश प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) यज्ञबिनोद पोखरेलले जिल्ला प्रहरी कार्यालय पर्साको अनुगमन गरेका छन् । पर्साकाे वीरगंज पुगेका मधेश प्रदेश प्रमुख डिआईजी पोखरेलले जिल्ला प्रहरी कार्यालय पर्सा र मातहतका कार्यालयहरुबाट प्रवाह हुने सेवासँगै शान्ती सुरक्षाका बारेमा जानकारी लिएका हुन् ।

अनुगमनकाे क्रममा नागरिकको शान्ती सुरक्षामा कुनै पनि किसिमको सम्झौता नगर्न आग्रह गर्दै उनले ईमान्दारीपूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले डिआईजी पोखरेललाई पुष्पगुच्छा प्रदान गरी स्वागत गरेका थिए ।

स्वागत पश्चात डिआईजी पोखरेललाई एसपी ढुंगेलले सुरक्षा अवस्था र कार्य प्रगतीका बारेमा जानकारी गराएका थिए । साथै उनले कन्ट्रोल तथा मोनिटरीङ् रुमबाट वीरगंज शहरमा भएका सिसिटीभि क्यामरामार्फत शहरको पनि निरीक्षण गरेका छन् । डिआईजी पोखरेललाई पिर्के सलामी पनि गरिएको थियो ।

चिनिया कम्पनी विरुद्ध वीरगंजमा प्रदर्शन

वीरगंज । चुरे तथा वन जंगल संरक्षण अभियानले नेपालमा चीनकाे हस्तक्षेप बढेकाे भन्दै आइचबार वीरगंजमा विराेध प्रदर्शन गरेको छ । चिनियाँ कम्पनीले विकासको नाममा मधेसको लाईफ लाईन मानिने सिरहा र सप्तरी जिल्लाको महेन्द्र राजमार्ग बनाउने बहानामा चुरे पहाडको विनाश गर्दै आईरहेको भन्दै अभियानले विरोध प्रदर्शन गरेको हो ।

‘चिनियाँ हस्तक्षेप बन्द गर, बिआरआई परियोजना खारेज गर, राष्ट्रिय स्वधिनता कायम गर’ लगायतका नारा लगाउँदै अभियानमा आबद्धहरुले प्रदर्शन गरेका हुन् । वीरगंजकाे घण्टाघरबाट सुरु भएको विराेध जुलुश नगर परिक्रमा गरी पुनः घण्टाघरमै पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बाधन गर्दै चुरे तथा वन जंगल संरक्षण अभियानका संयोजक सुनिल यादवले चुरेलाई उत्खन्न गरी विनाश गर्ने कार्य कदापी सह्य नहुने बताए । चिनिया ऋणमा पोखरा अन्तराष्ट्रिय विमानस्थल बनाई प्रत्येक नेपालीमाथि जबरजस्ती ऋण थुपारेको, चिनियाँ राणनितिक तथा विकासको नाममा भुमरीको जालोमा फसाउँदै आएको उनको आरोप थियाे ।

केही दिन अगाडि सिराहा भिडिजन वन कार्यालयले अवैध रुपमा उत्खन्न गर्दै आएका चिनियाँ कम्पनी (श्री चाईना रेल वे नं. २ इन्जिनियरिङ्ग ग्रुप कम्पनी लि. काठमाण्डौ) का स्काभेटर, टिपर तथा चिनियाँ नागरिक पक्राउ गरेको थियो । त्ही विषयमा जिल्ला अदालत सिराहाले मुद्दापन चलाइसकेको छ । तराई मधेसमा चिनियाँ विस्तारवादी विरुद्ध सदैव अभियान जारी राख्ने र मधेसलाई मरुभुमिकरण हुनबाट जोगाउनुपर्नेमा उनले जोड दिए ।

अभियानका अभियान्ता चन्द्र प्रकाश सुवेदीले चिनियाँ विस्तारवाद र चिनले विभिन्न चरणमा नेपाली भूमि मिच्दै आएको भन्दै आक्रोश पोखे । चिनियाँ कम्पनीले देशको विभिन्न ठाउँमा विकासको नाममा विनाश गर्दै आएको उनको भनाई छ । नारायणगढ–बुटवल सडक खण्ड, पोखरा अन्तराष्ट्रिय विमान स्थल, महेन्द्र राजमार्ग लगायतका क्षेत्रको विकासको नाममा चुरे दोहन भइरहेको भन्दै उनले आपत्ती जनाए ।

कार्यक्रममा अभियानका अभियान्ताहरु पुनदेव चौधरी, सुनिल भान्जा, चित्रलेखा चौधरी, सुनिल कुशवाहा, सुभाष यादव र पार्वती नेपाल लगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ता, विद्यार्थी, समाजसेवी लगायतको सहभागीता रहेको थियो ।