Date
शुक्र, असार ५, २०८३
Fri, June 19, 2026
Home Blog Page 344

एनएमएसआरए वीरगंजकाे साधारण सभा तथा होली मिलन सम्पन्न

परवानीपुर गोल्डकप : हेटौंडा फुटबल एकेडेमी मकवानपुर विजयी

वीरगंज । तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा हेटौंडा फुटबल एकेडेमी मकवानपुर विजयी भएको छ । शक्ति युवाको आयोजनामा जारी प्रतियोगितामा चिडिया दह स्टार क्लब रौतहटलाई हेटौंडा फुटबल एकेडेमीले ट्राईब्रेकरमा ४ – २ गोल अन्तरले हराएको हो ।

परवानीपुर खेल मैदानमा भएको खेलमा पहिलो हाफको १९ औ मिनेटमा चिडिया दह स्टार क्लब रौतहटका जर्सी नम्बर ७७ का खेलाडी गणेश धामीले पहिलो गोल गरे । सुरु देखिको खेलमा दबाबमा रहेको हेटौंडा फुटबल एकेडेमी मकवानपुरले खेलको २२ औं मिनेटमा आफ्नो गोल गरेको थियो ।

आफ्नो पहिलो गोल हेटौंडा फुटबल एकेडेमी मकवानपुरका जर्सी नम्बर १३ का खेलाडी दाबा लामाले गरेर खेलमा फर्केका थिए । खेलको ५० औं मिनेटमा हेटौंडा फुटबल एकेडेमी मकवानपुरका जर्सी ९ का खेलाडी अन्जन बछारले गोल गरेर टिमलाई अग्रता दिलाए ।

खेलको ६४ औं मिनेटमा चिडिया दह स्टार क्लब रौतहटका जर्सी नम्बर १७ का विवेक बिकले गोल गरेर खेललाई बराबरीमा पुर्याए । आजको खेलको निर्धारित ९० मिनेटको समयमा दुबै टिम २-२ गोल गरेर बराबरीमा खेलपछी खेल ट्राईब्रेकरमा धकेलिएको थियो ।

ट्राईब्रेकरमा चिडिया दह स्टार क्लब रौतहटका खेलाडी मध्ये दुई खेलाडी बल पोस्ट बाहिर हानेका थिए । भने हेटौंडा फुटबल एकेडेमी मकवानपुरका खेलाडी सबै बल पोस्टको जाली चुमाएका थिए । आजको खेलको म्यान अफ दि म्याच हेटौंडा फुटबल एकेडेमी मकवानपुरका गोलकिपर अस्बिर गुम्बा घोषित भए ।

गुम्बालाई परवानीपुर निवासी मनी आलमले २ हजार १ सय नगद सहित र ट्रफी प्रदान गरे । भोलिको खेल वीरगंज युनाइटेड क्लब वीरगंज र नव जन जागृती क्लब सिमरा बीच हुने प्रतियोगिताका प्रेस संयोजक तिवारी यादवले बताए ।

चैत १० गते चल्ने प्रतियोगितामा आयोजक शक्ति युवा क्लब, वीरगंज युनाइटेड एफसी, हनामी भरतपुर फुटबल क्लब चितवन, वीरगंज युथ एकेडेमी, हेटौंडा फुटबल एकेडेमी मकवानपुर, नव जन जागृती युवा क्लब सिमरा, चिडिया दह स्टार क्लब रौतहट र बाग्मती फुटबल क्लब सर्लाही सहभागी हुनेछन ।

प्रतियोगितामा प्रथम हुने क्लबले नगद दुई लाख एक हजार र दोस्रो हुने क्लबले एक लाख एक हजार सहित प्रमाणपत्र र शिल्ड पाउने आयाेजकले जनाएकाे छ । प्रतियोगितामा खेलाडीहरुको लागी विभिन्न विद्यामा विद्यागत पुरस्कार पनि राखिएको छ ।

मधेश प्रदेशको मुख्यमन्त्री पाएपछि काम गर्ने वातावरण बन्छ : डा. राउत

वीरगंज । जनमत पार्टीकाे केन्द्रीय समिति बैठक आइतबार सम्पन्न भएकाे छ । पार्टीका केन्द्रिय अध्यक्ष डा. सिके राउतकाे अध्यक्षतामा वीरगंजमा बसेकाे बैठकले ११ बुंदै निर्णय गर्दै सम्पन्न भएकाे हाे ।

बैठकले केन्द्रीय समितिमा पेश भएको “आखिर नेपालको विकास किन भएन ? रिभर्स इन्जिनियरिङ्ग दृष्टिकोण तथा ‘दोस्रो गणतन्त्र तथा सामाजिक लोकतन्त्र’को लडाइँ ” शीर्षकको राजनैतिक प्रस्तावमाथि छलफल भई प्रस्ताव पारित गरेकाे छ ।

साथै २०८० जेठ १५ गते काठमाडौंमा हुने भनिएको आमसभालाई भव्यताका साथ सम्पन्न गर्न तैयारी गर्ने, आर्थिक मन्दीका कारण थला परेका उद्योग व्यवसायको समस्या तत्काल समाधानका लागि सरकारलाई दबाब दिने, आगामी रोपाईंयामको लागि किसानहरूको लागि मलखाद र बीऊबिजनको समयमै सहज उपलब्धताको लागि सरकारलाई दबाब दिने, मधेशमा गर्मीयाममा हुने गरेको खानेपानीको अभावको समस्यासँग जुध्न पूर्वतैयारी गर्न स्थानीय सरकारलाई आवश्यक बजेट प्रदान गर्न संघीय सरकारलाई दबाब दिने लगायतकाे बैठकले ११ बुंदे निर्णय गरेकाे अध्यक्ष डा. राउतले जानकारी दिए ।

बैठकका निर्णय सार्बजनिक गर्न आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष राउतले भ्रष्टाचार नियन्त्रणमा सरकारले ठोस कारबाही गर्न नसकेको बताए । उनले देशमा ठूला ठूला भ्रष्टाचारका काण्ड सार्बजनिक हुँदा पनि ठोस कारबाही हुन नसकेको बताए । 

भ्रष्टाचारमा अख्तियारले ठूला माछालाई समाउन नसकेको बताउँदै उनले अख्तियार, निर्वाचन आयोग, न्यायधिशसँगै प्रधानमन्त्री जनताबाट प्रत्यक्ष निर्वाचित हुनुपर्ने व्यवस्था गर्न माग गरे । राजनीतिक नियुक्तीका कारण यि निकायले कुनै काम गर्न नसकेको राउतको टिप्पणी छ । 

समाजवादको स्थापनाका लागि पूँजीवादी क्रान्तिको आवश्यक्ता औँल्याउँदै उनले सामाजिक लोकतन्त्रको व्यवस्था गर्नुपर्नेमा जोड दिए । शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यक्ता निशूल्क गर्न सके मात्रै देशको विकास हुने उनको धारणा छ । सिद्धान्त विपरितका दलहरुबीचको एकताले देशमा अस्थिरता उब्जिएको बताउँदै उनले स्वार्थका लागि गठबन्धन गर्ने परिपाटीको अन्त्य गर्न सबै एक हुनुपर्ने बताए । 

सरकारमा जाने अवस्था अहिले नै नभएको हुँदा मागको सम्बोधन नभएसम्म सरकारमा नजाने अडान जनमतको कायमै रहेको उनको बुझाई छ । काम गर्ने वातावरण भएमा मात्रै सरकारमा जाने उनले बताए । मधेश प्रदेशको मुख्यमन्त्री पाएपछि काम गर्ने वातावरण बन्ने उनको तर्क छ । 

पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य बिपि साह, जनमत पार्टीका प्रवक्ता शरदसिंह यादव, जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ लगायत पार्टीका केन्द्रीय सदस्य, पदाधिकारी एवम् नेता कार्यकर्ताको उल्लेख्य उपस्थिती रहेको थियो । 

सई कार्कीकाे लापरवाहीले ड्राईपोटमा चाेरीकाे घटनामा वृद्धि

बीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. २५ श्रीसियास्थित ड्राईपोट प्रहरी चौकी छेउमै आईतवार बिहान चोरी भएको छ । श्रीसिया प्रहरी चौकीका प्रहरी नायब निरिक्षक (सई) टेक बहादुर कार्की सहितको प्रहरी टोली तस्करी र भोज भतेर तिर ध्यान केन्द्रित गरेपछि सो क्षेत्रमा चोरीको घटना बढेको स्थानियहरुको गुनासो छ ।

आईतवार बिहान बीरगंज २५ निवासी राजु कुमार साहको श्रीसिया ड्राईपोट चौकमा रहेको रिधिका किराना पसल चोरी भएको हो । किराना पसलमा चोरी भएको घटना बारे पटक पटक प्रहरीलाई खबर गर्दा समेत प्रहरीलाई रोड पारी पुग्न घण्टौ लागेको थियो ।

पसल धनी साहका अनुसार चोरले पसलको गेट छेउमै तोडफोड गरी चाँदीको सिक्का १० थान, नगद १० हजार एवं किराना सामग्री गरी झण्डै ६० हजार बराबरको धनमाल चोरी गरेको छ । रातीभरी गाडी ओहाेर दोहाेर गर्ने सो क्षेत्रमा रहेका नेपाल प्रहरीका युनिट एवं सशस्त्र प्रहरीका युनिटहरुकाे रातीको गस्ती बोडर छेवछावमा पुग्ने गरेको एवं तस्करी गराउँन सक्रिए रहने गरेको कारण पटक पटक चोरीको घटना हुँदै आएको छ ।

स्थानियहरुका अनुसार श्रीसिया प्रहरी चौकीका सई टेकबहादुर कार्कीकै रवैया कारण सो क्षेत्रमा लागु औषध सेवन कर्ताहरुको बिगबिगी रहेको छ । पक्राउ परेका चोर तथा लागु औषध दुर्व्यसनीहरुलाई समेत स्थानिय प्रहरीले पैसा लिएर उन्मुक्ती दिने गरेको कारण ड्राईपोटको सटरहरु चोरी हुने गरेको छ । ड्राईपोट क्षेत्रमा प्रहरीको काम खाली तस्करी गराउँने एवं तस्कर समुहसँग पैसा असुल गर्ने रहेको समेत स्थानियहरुको गुनासो छ । रातीको समयमा सबै प्रहरीहरु सिमा क्षेत्रमै सकृय हुने गरेपछि चौकमा प्रहरीको उपस्थिती न्युन हुने गरेको छ । त्यसको फाईदा उठाउँदै चोरहरु सटर काटन सक्रिय हुने गरेका छन् ।

भिस्वाबाट महिलाकाे अश्लिल भिडियाे बनाउने अमहद पक्राउ, स्थानियद्वार विराेध प्रदर्शन

वीरगंज । महिलाहरुकाे अश्लिल भिडियाे बनाएकाे आराेपमा प्रहरीले एक जना युवालाई पक्राउ गरेकाे छ । इलाका प्रहरी कार्यालय पाेखरियाबाट खटिएकाे प्रहरी टाेलीले छिपहरमाई गाउँपालिका वडा नं. ५ भिस्वा निवासी ३० बर्षिय सज्जाद अमदलाई पक्राउ गरेकाे हाे । 

केही दिन पहिला मात्र साउदी अरबबाट आएका अहमदले स्कुलले बालिका र महिलाहरुकाे तस्बिर र भिडियाे माेबाइलबाट घिचेर अश्लिल भिडियाे बनाइरहेकाे आराेपमा स्थानियहरु उनलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् । स्थानियहरुले उनीमाथि कडा कारवाहीकाे माग गर्दै भिस्वामा टायर बालेर विराेध प्रदर्शन गर्नुकाे साथै केही बेर भिस्वा बजार मसते बन्द गराएका थिए । साे क्रममा केही बेर प्रहरी र स्थानिय बिच तनाव समेत सृजना भएकाे थियाे ।

अहमदले स्कुले बालिका र महिलाहरुकाे अश्लिल भिडियाे बनाउन गरेकाे गुनासाेकाे आधारमा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक माेहन बिक्रम केसीले जानकारी दिए । आराेपित अहमदकाे साथबाट दुईवटा माेबाइल समेत बरामद भएकाे उनले वताए । साे माेबाइलमा केही अश्लिल भिडियाे समेत फेला परेकाेले थप अनुसन्धान भइरहेकाे प्रहरी निरिक्षक केसीले वताए ।

पिडितकाे जाहेरी आएपछि साेही अनुसार कारवाही पक्रिया अगाडी बढाइने केसीले जानकारी गराए । पक्राउ परेकाे अहमदले सयाैं स्थानिय महिलाहरुकाे अश्लिल भिडियाे बनाएकाे स्थानियहरुकाे भनाई छ ।

लहावरथकरीका अ.ह.वे. सिन्हाकाे ब्रेन हेमरेजले निधन

वीरगंज । पर्साको पकहाँ मैनपुर गाउँपालिकामा कार्यरत अ.हे.व. अशोक कुमार सिन्हाको अल्पायु मै निधन भएको छ ।

पकहाँ मैनपुर गाउँपालिका वडा नम्बर  ४ लहावरथकरी निवासी ३८ बर्षिय सिन्हाकाे शनिबार राति ९ बजेकाे समयमा बाराकाे परवानीपुर गाउँपालिका वडा नं. ५ स्थित एलएस न्युराे अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे पकहाँ मैनपुर गाउँपालिकाले जनाएकाे छ ।

उच्च रक्तचापका कारण ब्रेन हेमरेज भएकाे सिन्हाकाे ४ दिनदेखि अस्पताल भर्ना भएका थिए । पकहाँ मैनपुर गाउँपालिकाकाे वडा नं. ४ स्थित लहावरथकरी स्वास्थ्य चाैकीमा कार्यरत सिन्हाकाे असमायिक निधन भएकाे शाेकमा पकहाँ मैनपुर गाउँपालिकाले आइतबार शोक बिदा पनि दिईएको छ । 

तेस्रो परवानीपुर गोल्डकपको उद्घाटन खेलमा वीरगंज युथ एकेडमी विजयी

वीरगंज । तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगीताको उद्घाटन खेलमा वीरगन्ज युथ एकेडमी विजयी भएको छ । शक्ति युवा क्लबको आयोजनामा शनिबारदेखि सुरु भएको प्रतियोगीतामा आयोजक शक्ति युवा क्लबलाई वीरगंज युथ एकेडमीले ट्राईब्रेकरमा ४ –२ गोल अन्तरले हराएको हो ।

परवानीपुर खेल मैदानमा सुरु भएको खेलमा पहिलो हाफमा शक्ति युवा क्लबले २ गोल अन्तरले अग्रता बनाएको थियो । पहिलो हाफको १४ औ मिनेटमा शक्ति युवा क्लबका जर्सी नम्बर १४ का खेलाडी अजय कुमारले पहिलो गोल गरे । खेल सुरु भएको समय देखि दबादमा रहेको वीरगंज युथ एकेडमीले खेलको १९ औ मिनेटमा एक खेलाडी परिवर्तन गरेको थियो ।

दबाबमा रहेका वीरगंज युथ एकेडमीमाथी हाबि बनेको शक्ति युवा क्लब २४ औ मिनेटमा पुन दोस्रो गोल गर्यो । दोस्रो गोल ट्राईबे्रकरमा जर्सी नम्बर ९ का खेलाडी संघर्ष मगरले गोल गरेका थिए । खेलको दोस्रो हाफको सुरु मै ५० औ मिनेटमा वीरगंज युथ एकेडमीका जर्सी नम्बर २० का खेलाडी आकाश पासवानले आफ्नो टिमको पहिलो गोल गरे ।

दोस्रो हाफमा शक्ति युवा क्लब माथी वीरगंज युथ एकेडमी दबाद बनाउदै लगेको थियो । खेलको ५५ औ मिनेटमा जर्सी नम्बर ११ का खेलाडी कृष्णा शाक्यले गोल गर्दै खेल बराबरीमा फर्कोए । निर्धारित ९० मिनेटको खेलमा दुबै टिम २–२ गोल गर्दै बराबरी खेलेपछि खेल ट्राईबे्रकरमा धकेलिएको थियो ।

ट्राईबे्रकरमा शक्ति युवा क्लबका पाँच जना खेलाडी मध्ये तीन खेलाडी पोष्ट बाहिर बल हानेपछि पराजित हुन पुगेको हो । ट्राईबे्रकरमा वीरगंज युथ एकेडमीका पाँच जना खेलाडी मध्ये चार खेलाडी गोल जालीमा हानेका थिए । भोलीको खेल हेटौंडा फुटबल एकेडेमी मकवानपुर र चिडिया दह स्टार क्लब रौतहट बिच हुने प्रतियोगिताका प्रेस संयोजक तिवारी यादवले बताए ।

चैत १० गते सम्म चल्ने प्रतियोगितामा आयोजक शक्ति युवा क्लब ,वीरगंज युनाइटेड एफसी , वीरगंज युथ एकेडेमी, नव जन जागृती युवा क्लब सिमरा, चिडिया दह स्टार क्लब रौतहट र बाग्मती फुटबल क्लब सर्लाही सहभागी हुनेछन ।

यस्तै बाग्मति प्रदेशको हनामी भरतपुर फुटबल क्लब चितवन ,हेटौंडा फुटबल एकेडेमी मकवानपुर भाग लिनेछन । यस्तै प्रतियोगितामा प्रथम हुने क्लबले नगद दुई लाख एक हजार र दोस्रो हुने क्लबले एक लाख एक हजार सहित प्रमाणपत्र र शिल्ड पाउने उनले बताए ।

त्यस्तै प्रतियोगितामा खेलाडीहरुको लागी विभिन्न विद्यामा विद्यागत पुरस्कार पनि राखिएको प्रतियोगिता सहसंयोजक दिपक यादवले बताए । तेस्रो परवानीपुर गोल्डकप फुटबल उद्घाटन परवानीपुर गाँउपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले गरेका थिए ।

प्रतियोगीताका संयोजक सुबोध श्रीवास्तवको अध्यक्ष्तामा भएको कार्यक्रममा नेकपा एमालेका नेता रामपाल यादव , मोबिन आलम , सोचन यादव, राजेन्द्र यादव, नेपाली कांग्रेसका नेता विजय गुप्ता, हबिब मियाँ लगायतका विभिन्न वडाका वडाअध्यक्ष, स्थानीय नेता तथा समाजसेवीहरु सहभागी थिए ।

कार्यसम्पादनमा पर्सामा ठाेरी गाउँपालिका उत्कृष्ट

वीरगंज । कार्यसम्पादन मूल्यांङ्कनमा पर्साकाे स्थानिय तहहरु मध्ये ठाेरी गाउँपालिका उत्कृष्ट भएकाे छ । जिल्लाका पालिकाहरु मध्ये सबै भन्दा बढी ६४.१४ अंक प्राप्त गरि प्रथम भएकाे छ ।  

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्यसम्पादन सूचक वापत प्राप्त गरेको अंङ्कको प्रकाशित नतिजा जिल्लामा सबै भन्दा कम अंक कालिकामाई गाउँपालिका प्राप्त गरेकाे छ । कार्य सम्पादन नतिजामा कालिकामाईले जिल्ला मै सब भन्दा कम ३२.५४ अंक प्राप्त गरेकाे छ ।

यसैगरी जिराभवानी गाउँपालिका ३७.०४, जगरनाथपुर गाउँपालिका ५०.०५, पटेर्वा सुगाैली ४८.५८, सखुवा प्रसाैनी गाउँपालिका ४२.७०, पर्सागढी नगरपालिका ४७.९८, वीरगंज महानगरपालिका ५७.४९, बहुदरमाई नगरपालिका ४५.२६, पाेखरिया नगरपालिका ४७.४६, धाेबिनी गाउँपालिका ४२.८२, छिपहरमाई गाउँपालिका ५३.४४, पकहाँ मैनपुर गाउँपालिका ४२.१८, बिन्दवासिनी गाउँपालिका ४४.९१ अंक प्राप्त गरेकाे छ ।

कार्यसम्पादन नतिजा अनुसार जिल्लामा वीरगंज महानगरपालिका दाेस्राे र छिपहरमाई गाउँपालिका तेस्राे स्थान हासिल गरेकाे छ ।

कार्यसम्पादन मूल्याङ्कनमा जिल्लामा परवानीपुर गाउँपालिका उत्कृष्ट

वीरगंज । कार्यसम्पादन मूल्यांङ्कनमा बाराकाे स्थानिय तहहरु मध्ये परवानीपुर गाउँपालिका प्रथम भएकाे छ । 

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्यसम्पादन सूचक वापत प्राप्त गरेको अंङ्कको प्रकाशित नतिजा परवानीपुर गाउँपालिकाले सबै भन्दा बढी अंक प्राप्त गरेकाे हाे । 

नेपाल सरकारबाट आ.व. २०८१/८२ मा यस आयोगको सिफारिशमा उपलब्ध गराइने वित्तीय समानीकरण अनुदान अन्तर्गत कार्यसम्पादन मूल्याङ्कन वापत प्रदान गरिने अनुदानका लागि प्रदेश र स्थानीय तहले कार्यसम्पादन सूचक वापत प्राप्त गरेको अंङ्कको नतिजा सार्वजनिक गरेकाे हाे ।

जस नतिजा अनुसार सबभन्दा बढी परवानीपुर गाउँपालिकाकाले ६६.४७ र सबै भन्दा कम सिम्राैगढ नगरपालिकाले ३४.०१ अंक प्राप्ता गरेकाे छ ।

यसैगरी दाेस्राे स्थानमा कलैया उपमहानगरपालिका ६४.९३, तेस्राे जितपुर सिमरा उपमहानगरपालिकाले ५५, चाैथाे महागढीमाई नगरपालिका ४८.९१, पांचाै करैयामाई गाउँपालिका ४७.१२, छैठाै प्रसाैनी गाउँपालिका ४४.८६ र साताै स्थान बिश्रामपुर गाउँपालिका ४४.५१ प्राप्त गरेकाे छ ।

त्यसैगरी निजगढ नगरपालिकाले ४२.४६, काेल्भी नगरपालिका ४१.०६, आदर्शकाेत्वाल गाउँपालिका ४०.५६, देवताल गाउँपालिका ३९.७७, पचराैता नगरपालिका ३९.६४, सुवर्ण गाउँपालिका ३९.४७, फेटा गाउँपालिका ३९.०८ र बारागढी गाउँपालिका ३९ अंक प्राप्त गरेकाे छ ।

जनमत पार्टीको केन्द्रीय समितिको बैठक वीरगंजमा सुरु

वीरगंज । जनमत पार्टीको केन्द्रीय समितिको बैठक शनिबारदेखि वीरगंजमा सुरु भएको छ । वीरगंजस्थित क्लासिक ब्यांकेटमा सुरु भएकाे बैठककाे उद्घाटन पार्टीका केन्द्रिय अध्यक्ष डा. सिके राउतले गरेका थिए । 

बैठकमा आगामी आन्दोलन, संगठन विस्तार, संगठन सुदृढीकरण, वडा अधिवेशन लगायतका विषयमा छलफल हुने जनमत पार्टीका केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादवले बताए । शनिबार विहानदेखि सुरु भएकाे बैठक आइतबार दिउसाे सम्पन्न हुने उनले वताए ।

जनमत पार्टीले सुरु गरेको नौलो गणतन्त्रका लागि आन्दोलनको बारेमा पनि बैठकमा छलफल हुने प्रवक्ता यादवले बताए । नौलो गणतन्त्रको बारेमा सो पार्टीका अध्यक्ष डा.सिके राउतले राजनीति प्रतिवेदन प्रस्तुत गर्ने छन् र सोही प्रतिवेदनमाथि छलफल गरी निष्कर्षमा पुग्ने वताइएकाे छ ।

‘नौलो गणतन्त्र किन ?’ भन्ने शीर्षक राखेर जनमत पार्टीले पर्चा समेत बनाएको छ । सो पर्चाका बारेमा छलफल गरी भोलि वीरगंजमा वितरण गर्ने कार्यक्रम पनि राखिएको छ । साथै बैठकमा अहिलेको वर्तमान सरकार तथा गठबन्धनको बारेमा पनि समीक्षा गर्ने बताइएको छ ।

जनमत पार्टी वर्तमान गठबन्धन र सरकारमा सहभागी छैन । जनमत पार्टीले देशभर वडा समितिको अधिवेशन सम्पन्न गरिसकेको छ । त्यसको प्रतिवेदन पनि प्राप्त भइसकेको छ । बैठकले त्यस बारेमा पनि छलफल गर्ने केन्द्रीय प्रवक्ता यादवले बताए ।