Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

पर्साबाट एसईई परिक्षामा १२ हजार ६ सय ३७ विद्यार्थी सहभागि हुँदै

spot_img
spot_img

वीरगंज । पर्सामा पनि एसईई परिक्षाकाे सम्पूर्ण तयारी पुरा भएकाे छ । भाेली बिहिबारदेखि संचालन हुने एसईई परिक्षाकाे सम्पूर्ण तयारी पुरा भएकाे शिक्षा विकास तथा समन्व ईकाइ पर्साले जनाएकाे छ ।

शिक्षा विकास तथा समन्व ईकाइका अनुसार पर्सामा यस बर्षकाे एसईई परिक्षामा १२ हजार ६ सय ३७ विद्यार्थी सहभागि हुन लागेका छन् । जिल्लाका १४८ सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरु एसईई परिक्षामा सहभागि हुन लागेका हुन् ।

जिल्लाका २९ वटा सामुदायिक विद्यालयहरुमा एसईई परिक्षाकाे परिक्षा केन्द्र ताेकिएकाे छ । ति सबै परिक्षा केन्द्रहरुमा केन्द्राध्यक्ष समेत खटाइसकिएकाे शिक्षा विकास तथा समन्वय ईकाइ कार्यालय पर्साले जनाएकाे छ ।

जिल्लामा एसईई परिक्षा संचालनकाे लागि ६९ सहायक केन्द्राध्यक्ष, ६२९ निरिक्षक, ११४ परिक्षा सहायक, २४० कार्यालय सहयाेगी र ४३५ सुरक्षाकर्मी खटाइएका छन् । यस बर्षकाे एसईई परिक्षा फरक ढंगले संचालन हुने पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालयले दाबी गरेका छन् ।

परिक्षा समन्वय समितिका अध्यक्ष समेत रहेका सिडिओ अर्यालले परिक्षा मर्यादित र व्यवस्थित बनाउन केन्द्राध्यक्षहरु निर्देशन समेत दिइसकेका छन् । १० वटा अनुगमन टाेली बनाएर परिक्षाकाे सुक्ष्म तरिकाले अनुगन गर्न तयारी रहेकाे उनले जानकारी दिए ।

उनले सुक्षम अनुगमनकाे क्रममा सबै भन्दा राम्राे देखिने परिक्षा केन्द्रकाे केन्द्राध्यक्षलाई रु १० हजार नगद सहित पुरस्कृति र सबै भन्दा बढी बिकृति भएका केन्द्रकाे नाम हामी सार्वजनिक निर्देशनकाे क्रममा घाेषण समेत गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका अशर्फी शाहको पनि उम्मेदवारी

वीरगंज । नेपाली कांग्रेसका नेता अशर्फी शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेश तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । पर्साको पटेर्वासुगौली गाउँपालिका–५ निवासी...

पर्सामा कर्मचारीकाे मिलोमतोमा नक्कली श्रेस्ताबाट ३ करोडको जग्गा नामसारी गर्ने प्रयास

वीरगंज । वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित सौबासी करिब दुई कठ्ठा जग्गाको नक्कली श्रेस्ताको आधारमा हालसाबिक गरी लालपुर्जा बनाउने प्रक्रिया अघि बढाइएको पाइएको छ । नापी...

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम । पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै गएको छ । विद्युत् चुहावट नियन्त्रण अभियान, हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि...