Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

नयाँ वर्षकाे अवसरमा वीरगंजमा ‘न्यु इयर इभ कन्सर्ट’ हुँदै

spot_img
spot_img

वीरगंज । नयाँ वर्ष २०८१ को उपलक्ष्यमा वीरगंजमा ‘न्यु इयर इभ कन्सर्ट’को आयाेजना हुने भएकाे छ । ब्लेन्डिङ इभेन्ट्स नेपाल र परिवर्तन इभेन्ट हाउसको सहकार्यमा २०८१ साल चैत्र ३१ गते कन्सर्टकाे आयाेजना हुन लागेकाे हाे ।

वीरगंजस्थित होटल भिस्वामा आयाेजना हुने कन्सर्टकाे प्रमुख आकर्षणमा चर्चित गायक दीपक बज्राचार्य र उनको ‘रिदम ब्याण्ड’को रहेकाे छ, जसकाे बीरगंजमा पहिलो पटक प्रस्तुत हुन लागेकाे आयाेजकले जनाएकाे छ । आयाेजकले शुक्रबार वीरगंजमा पत्रकार सम्मेलनकाे आयाेजना गरि कन्सर्टकाे सम्पूर्ण तयारी अन्तिम चरणमा रहेकाे जनाएकाे छ ।

यसका अतिरिक्त थारु गायिका अनु चौधरी, मैथिली र्‍यापर मनिया, काठमाडौंकी चर्चित महिला डिजे नाना र वीरगंजका स्थानीय कलाकारहरूको पनि विशेष प्रस्तुति रहनेछ । कार्यक्रममा चार हजारभन्दा बढी दर्शकको सहभागिता रहने अपेक्षा गरिएको छ ।

आयाेजक संस्थाका अभय कर्णका अनुसार कार्यक्रमको लागि विद्यार्थीहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ । कार्यक्रमको कुल खर्च अनुमानित ३८ लाख ४० हजार रुपैयाँ रहेको छ । मुख्य प्रायोजकको रूपमा प्लाटिनम, सिल्भर र सपोर्टेड बाइका अवसरहरू खुला रहेका छन् । प्रायोजकहरूले मञ्च, स्क्रीन, होर्डिङ बोर्ड र डिजिटल मिडियामा ब्रान्ड प्रदर्शनीको फाइदा उठाउन सक्नेछन्।

कार्यक्रमका टिकटहरू विद्यार्थीहरूको लागि ५०० रुपैयाँ, साधारण टिकट १००० रुपैयाँ र प्रिमियम टिकट २५०० रुपैयाँमा उपलब्ध हुनेछ । नयाँ वर्षको अवसरमा आकर्षक छुटको व्यवस्था पनि गरिएको छ । टिकटहरू अनलाइन वालेटमार्फत खरिद गर्न सकिनेछ, साथै वीरगंजका विभिन्न स्थानहरूमा टिकट काउन्टरहरू खोलिनेछन्।

ब्लेन्डिङ इभेन्ट्स नेपालले सम्पूर्ण दर्शक, मिडिया र प्रायोजकहरूलाई कार्यक्रममा सहभागी हुन आह्वान गर्दै कार्यक्रमको सफलता र समर्थनको लागि सबैको साथको अपेक्षा गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...