Date
बुध, भदौ १०, २०८३
Wed, August 26, 2026

परिवर्तन सम्भव छ, प्रयास समयमै गर्नु पर्छ : महानिर्देशक साह

spot_img
spot_img

वीरगंज । बीपीएस प्लस टु कलेजमा वार्षिक खेलकुद कार्यक्रम अन्तर्गत भएको खेलकुद सप्ताहका विजेता /उपविजेताहरुलाई मेडल प्रदान गरिएको छ । कलेजले एक कार्यक्रमको आयोजना गरि विभिन्न खेलमा भाग लिई विभिन्न स्थान हासिल गरेका विद्यार्थीलाई मेडल र प्रमाणपत्र प्रदान गरेको हो ।

कलेजका प्रधानाध्यापक प्रभात मेहताको अध्यक्ष्तामा भएको कार्यक्रमको उद्घाटन उधोग विभाग, वीरगंजकी निमित्त महानिर्देशक रिमा साहले गरेकी थिइन् ।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि समेत रहेकी महानिर्देशक साहले लक्ष्य लिएर अगाडि बढ्दा पक्कै पनि सफलता पाउने वताइन । उनले भनिन्, “मैले आफ्नो आमालाई खेतमा काम गरेको हेरेछु अहिले मेरो छोरीहरू मलाई सरकारी अफिसमा काम गरेको हेर्छन् । परिवर्तन सम्भव छ प्रयास समयमै गर्नु पर्छ ।”

सुरुमा रमाउन खोज्दा पछि दुख पाउन सकिने भएकोले समयमा गर्नुपर्ने काम गरेर आमा बुवाको सपना साकार गर्न आग्रह गरिन् ।

कलेजका शैक्षिक निर्देशक दीपक पटेलले कार्यक्रमको महत्त्व बारे चर्चा गर्दै १२ वटा खेलमा सहभागी भई विभिन्न पदमा विजयी भएका १ सय २१ जनालाई मेडल प्रदान गरिएको जानकारी गराए ।

अंगद यादवले सहजीकरण गरेको सो कार्यक्रममा स्वागत मन्तव्य एचआर निर्देशक सन्दीप कुशवाहा दिएका थिए । कलेज परिसर मै भएकाे कार्यक्रममा राजेश्वर पटेल, विशेष दुवेदी, श्याम पण्डित, सुबोध पाण्डे, आकाश पटेल लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सर्लाहीको भूमिगत सिँचाइ प्रमुखसहित दुई जनामाथि भ्रष्टाचारको मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका कार्यालय प्रमुख अनुपमा ढकाल र सोही कार्यालयका मेकानिकल अधिकृत छैठौँ...

नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीलगत्तै नेपाली सेना र निजी क्षेत्रले ११४ जनाको हवाई उद्धार गरेका छन् । नेपाल प्रहरीका अनसार...

रसुवाको बाढीः त्रिशूली र नारायणी नदीमा १८ शव भेटिए

चितवन । तिब्बतबाट आएको बाढीसँगै चितवनका त्रिशूली र नारायणी नदीमा १८ वटा शव भेटिएको छ । कुरिनटारदेखि नारायणगढको लिला चोकसम्म ती शव भेटिएका हुन्...