Date
बिहि, असार ४, २०८३
Thu, June 18, 2026
Home Blog Page 323

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विजयी

वीरगंज । भारतमा भएको लोकसभा निर्वाचन–२०२४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विजयी भएका छन् । उत्तर प्रदेशको वाराणसीबाट उनी मंगलबार तेस्रोपटक लोकसभाका लागि विजयी भएका हुन् ।

यसपटक उनी सबैभन्दा कम मतान्तरले विजयी भएका छन् । उनले प्रतिस्पर्धी राष्ट्रिय भारतीय कांग्रेसका उमेदवार अजय रायलाई डेढ लाख मतको अन्तरले हराएका छन् ।

अघिल्ला दुई निर्वाचनको तुलनामा यसपटक उनको मतान्तर कम देखिएको हो । यसपटक मोदीले अघिल्लो सन् २०१९ मा प्राप्त गरेको मतभन्दा कम मत पाएका छन् ।

सन् २०१९ मा मोदीले ६ लाख ७४ हजार ६६४ मत प्राप्त गरेका थिए । यसपटक उनले ६ लाख ११ हजार ४३९ मत प्राप्त गरेका छन् ।

अघिल्लो निर्वाचनमा कांग्रेसका रायले एक लाख ५२ हजार ५४८ मत प्राप्त गरेका थिए । यसपटकको निर्वाचनमा भने उनले चार लाख ५९ हजार ८४ मत प्राप्त गरेका छन् ।

यसपटकको लोकसभा निर्वाचनमा मोदीले रायलाई एक लाख ५२ हजार ३५५ मतले हराएका छन् ।

राैतहटमा घर बनाई दिन्छु भनि लाखाैं रकम ठगी गर्ने ६ जना पक्राउ

वीरगंज । राैतहटमा जनता आवास कार्यक्रम अन्तर्गत घर बनाई दिन्छु भनि गरिव र विपन्न समुदायको मानिसहरुबाट रकम ठगी गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

प्रहरीले रौतहटकाे माधबनारायण नगरपालीका वडा नं. ७ लौकाहा निवासी ५२ बर्षिय रामनाथ माझी, साेही ठाउँ निवासी ३२ बर्षिय प्रकाश माझी, राैतहट कै गरुडा नगरपालीका वडा नं.-६ पोठियाही निवासी ४० बर्षिय राकेश महरा, गरुडा नगरपालीका कै वडा नं ९ गेडिगुठी निवासी २५ बर्षिय सिकिन्द्र ठाकुर लोहार, गरुडा नगरपालीका कै वडा नं.-५ शिवनगर निवासी ७१ बर्षिय मुगलाल महरा र गरुडा नगरपालीका कै वडा नं.-९ निवासी ४५ बर्षिय रामकली देवीलाई पक्राउ गरेकाे हाे ।

गरिव विपन्न वर्गका मानिसहरुलाई आवास (घर) बनाई दिने भनी रकम ठगी गर्ने गिरोहलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय राैतहटका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक एलिजा गिरीले जानकारी दिइन ।

रौतहट कै माधवनारायण नगरपालिकाकाे वडा नं.०८ रजवडा टोल स्थितका स्थानिय विपन्न वर्गका मानिसहरुलाई मधेश प्रदेशको शहरी बिकास मन्त्रालयले गरिव र विपन्न वर्गका घर परिवारका मानिसहरुलाई आवास वनाई दिने कार्यादेश प्राप्त भएको छ भनी विभिन्न लोभ प्रलोभन देखाई प्रति घर रु. १० हजार देखी ४० हजार सम्म खर्च लाग्छ भनी सयौं मानिसहरुबाट लाखौ रकम असुली गरी ठगी गरेकाे आराेपमा उनीहरुलाई पक्राउ गरिएकाे सूचना अधिकारी गिरीले वताइन ।

स्वास्थ्य मन्त्री यादवद्वारा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको अनुगमन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले आइतबार काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको अनुगमन गरेका छन् । मन्त्रालयका सचिवसहितको टोलीले लिएर प्रसूति गृह पुगेका मन्त्री यादवले अस्पतालको अनुगमन गर्दै त्यहाँ उपचाररत बिरामी तथा कुरुवाहरूसँग समेत छलफल गरेका थिए ।

अस्पतालबाट उपलब्ध सेवादेखि अन्य सुविधाको गुणस्तरको विषयमा प्रत्यक्ष रूपमा जानकारी लिने उद्देश्यले अनुगमन गरिएको मन्त्री यादवले बताए ।

‘देशभरबाट उपचारको आसमा आउनुहुने बिरामीहरूले कस्तो सेवा पाउनुहुँदै छ, उपलब्ध सेवा र सुविधाहरूको गुणस्तर कस्तो छ, चिकित्सक लगायतका स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूले बिरामीसँग गर्ने व्यवहार कस्तो छ, फार्मेसीमा सबै प्रकारका औषधीहरू उपलब्ध छन् की छैनन्, ल्याब, आइसियु, एनआइसीयु लगायतको अवस्थाको बारेमा जानकारी लिन अनुगमन गरेको हुँ,’मन्त्री यादवले भने, ‘अनुगमन उपलब्धिमूलक नै रह्यो ।’

अनुगमनका दौरान मन्त्री यादवले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूसँग पनि कुराकानी गर्दै उनीहरुले भोगिरहेका चुनौतीका बारेमा बुझेका थिए । सो क्रममा कर्मचारीहरूले जनशक्ति, पूर्वाधार र समन्वयको अभावका कारण अपेक्षित ढङ्गबाट सेवा उपलब्ध गराउन नसकिएको बताए ।

अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले नयाँ भवन निर्माण भए पनि भुक्तानी बाँकी रहेकोले सञ्चालनमा ल्याउन नसक्दा पुरानो भवनबाट उपचार गर्न अप्ठ्यारो भइहरेको बताए ।

त्यस्तै नर्स इन्दिरा ढुङ्गेलले ५२ जना बिरामीलाई २ जना नर्सले सेवा दिनु परिरहेको दुखेसो पोखिन । ‘जटिल किसिमका बिरामीहरूको उपचार गर्नका लागि हामीसँग पर्याप्त उपकरण पनि छैन । अन्य अस्पतालमा पठाउँदा पनि उहाँहरूले उपचार गरिदिनु हुँदैन,’ उनले भनिन ।

मन्त्री यादवले अस्पतालले भोगिरहेको जनशक्ति, उपकरण र पूर्वाधार अभावलाई तत्कालै समाधान गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लगायतका कर्मचारीहरूलाई निर्देशन समेत दिए ।

त्यस्तै नवनिर्मित भवनबाट छिटोभन्दा छिटो सेवा सुचारु गराउन र प्रसूति अस्पतालमा उपचार सम्भव नभएका बिरामीहरूको उपचारका लागि अन्य अस्पतालहरूसँग गर्न सकिने समन्वयको विषयमा पनि अध्ययन गर्न पनि मन्त्री यादवले कर्मचारीहरूलाई निर्देशन दिए ।

अनुगमनमा सचिव डा. रोशन पोखरेल लगायतका कर्मचारी र सचिवालयका सदस्यहरूको सहभागिता रहेको थियो ।

जितपुरसिमरा १४ का बिरामीलाई निशुल्क रगत उपलब्ध गराउन सम्झाैता

नेपाली स्पाइनल सर्जनहरुको गोष्ठी वीरगंजमा सम्पन्न

वीरगंज १० स्थित शिवबाबा फुड प्राेडक्टमा सशस्त्र प्रहरीकाे छापा, अवैध चिनी बरामद

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १० स्थित बजरंग टाेलमा रहेकाे शिवबाबा फुड प्राेडक्टमा शनिबार सशस्त्र प्रहरीले छापामारी गरि अवैध रुपमा राखिएकाे चिनी बरामद गरेकाे छ ।

विशेष सुचनाकाे आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजका सशस्त्र प्रहरी नायब उपरिक्षक सुरज रिजालको कमाण्डमा खटिएको सशस्त्र प्रहरी र वीरगंज भन्सार कार्यालय वीरगंजबाट नायव सुब्बा राजन भुजेलसहित भन्सार कर्मचारीकाे संयुक्त टोलीले छापामारी गरि पुजामिश्री २४५ के.जि. र चिनि ६३५ के.जि. बरामद गरेकाे हाे ।

बजरंगटाेलस्थित राधे राधे मन्दिर नजिक रहेकाे रमेश शर्माकाे घरमा भाडा लिई बलिराम साहले संचालन गरि राखेको शिवबाबा फुड प्रोडक्टमा भारतबाट अबैध रुपमा भन्सार छली लुकाई छिपाई गोदाम गरि राखेको अन्दाजि मुल्य ५८ हजार ५० रुपैया बराबरको पुजामिश्री २४५ के.जि. र चिनि ६३५ के.जि. बरामद भएकाे सशस्त्र प्रहरी नायब उपरिक्षक (डिएसपी) सुरज रिजालले वताए ।

बरामद पुजामिश्री र चिनी वीरगंज भन्सार कार्यालयको गोदाममा राखिराखेको र भन्सार बुझाउने प्रकृयामा रहेको डिएसपी रिजालले वताए ।

सशस्त्र प्रहरीकाे टाेली पुग्न अघि उक्त प्राेडक्टमा रहेकाे अरु अवैध चिनीहरु ठेलामा राखेर अन्यत्र सारिएकाे स्थानियहरुले वताएका छन् । स्थानिय प्रत्यक्षदर्शीका अनुसार उक्त प्राेडक्टमा दिनहु साइकलमा भारतबाट अवैध चिनी ल्याएर तस्करहरु भण्डारण गर्ने गरेका थिए । 

नाम मात्रकाे मिश्री बनाउन संचालित कारखानामा तस्करी माध्यमले भारतबाट ल्याइएकाे चिनी नेपालकाे विभिन्न ठाउँमा पठाउने गरिएकाे छ ।

फेरि घट्यो पेट्रोल र डिजेलको मूल्य

वीरगंज । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ ।

शुक्रवार राति १२ बजेदेखि लागु हुने गरी आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको हो ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट शुक्रवार पेट्रोलको मूल्य प्रतिलिटर ४.४२ र डिजेलको मूल्य प्रतिलिटर २.४५ ले घटेर आएको छ ।

तर, नेपाल सरकारले बजेटमार्फत पेट्रोल र डिजेलमा प्रतिलिटर एक रुपैयाँका दरले ‘हरित कर’ लागु गरेकाले त्यसैअनुसार मूल्य समायोजन गरिएको आयल निगमले जनाएको छ ।

सरकारी अस्पतालका समस्या समाधानका लागि मन्त्रीद्वारा विशेष समिति गठन

वीरगंज । देशभरका अस्पतालहरूमा बिरामीहरूले शल्यक्रियाका लागि लामो समयसम्म पालो कुर्नु परेको गुनासो बढ्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले यसको समाधानका लागि एउटा विशेष समिति गठन गरेका छन् ।

स्विजरल्याण्डमा आयोजित ७७ औँ विश्व स्वास्थ्य सम्मेलनमा सहभागी भएर नेपाल फर्केकै दिन मन्त्री यादवले मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. दीपेन्द्र रमण सिंहको संयोजकत्वमा समस्याहरूको अध्ययन गर्दै समाधान र सुझावसहितको प्रतिवेदन प्रस्तुत गर्न तीन सदस्यीय समिति गठन गरेका हुन् ।

महाशाखा प्रमुख डा. मदन कुमार उपाध्याय सदस्य र वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. गुणनिधि शर्मा सदस्य सचिव रहेका समितिलाई दुई साताभित्र विस्तृत विवरणसहितको प्रतिवेदन प्रस्तुत गर्न मन्त्री यादवले निर्देशन समेत दिए ।

मन्त्री यादवका अनुसार सङ्घीय अस्पतालहरूमा शल्यक्रियाका लागि महिनौँ कुर्नुपर्ने, पालो नपाएको र उपचारमा ढिलाइ भएको गुनासाहरू बढ्दै गएपछि गहन अध्ययन गरेर समाधानका उपायहरू पहिल्याउनुपर्ने आवश्यकता देखिएपछि समिति गठन गरिएको जनाइएकाे छ ।

‘धेरै समयदेखि दुर्गम र टाढाबाट आउने बिरामीलाई शल्यक्रियाका लागि पालो नपाएको, उपचारमा ढिलाइ भएको र अस्पतालहरूले अन्य धेरै लापरबाही गरेको गुनासो आइरहेको थियो,’ मन्त्री यादवले भने, ‘उहाँहरूलाई छिटोछरितो तरिकाले सेवा कसरी प्रदान गर्ने र अन्य सेवाहरू चुस्त दुरुस्त बनाउन तत्काल पहल गर्न आवश्यक कार्यहरूको समितिले अध्ययन गर्ने छ ।’

समितिले पहिलो चरणमा काठमाडौँ उपत्यकाभित्रका सङ्घीय अस्पतालहरूको अनुगमन गर्नेछ । अनुगमनका क्रममा बिरामीहरूले शल्यक्रियाका लागि के-के कारणले लामो समयसम्म पालो कुर्नु परेको छ, प्रेषणको अवस्था, सेवाको गुणस्तर र प्रक्रिया, विशेषज्ञ चिकित्सकहरूको सङ्ख्या र उहाँहरूले दिने सेवाको विवरणजस्ता विषयवस्तुहरूको अध्ययन गरिने छ ।

त्यस्तै, समितिले अस्पतालहरूबाट प्रदान गरिने बहिरङ्ग (ओपिडी) सेवाहरूको विस्तृत अध्ययन गर्नेछ । ओपिडी सेवा हेर्ने चिकित्सकहरूको सङ्ख्या, उहाँहरूले दैनिक रूपमा हेर्ने बिरामीहरूको सङ्ख्या, प्रेषणको अवस्था, प्रयोगशाला र रेडियोलोजी सेवाहरूको विस्तृत विवरण तथा सोही सेवाहरूका लागि अन्यत्र रेफर गरिएका बिरामीहरूको विवरण पनि सङ्कलन गर्ने छ ।

मन्त्री यादवले समितिलाई समस्याहरूको प्रभावकारी व्यवस्थापनका लागि अल्पकालीन (तीन महिना भित्र गर्न सकिने), मध्यकालीन (एक वर्ष भित्र गर्न सकिने) र दीर्घकालीन (पाँच वर्ष भित्र गर्नुपर्ने) कार्य योजना तयार पारी पेस गर्न निर्देशन पनि दिएका छन् ।

स्वास्थ्य सेवा पहुँचमा समानता, समयबद्धता, र गुणस्तर सुनिश्चित गर्ने उद्देश्यले गठन गरिएको समितिले स्वास्थ्य सेवामा सुधारका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार पार्ने र आवश्यक सुधारका लागि ठोस कार्य योजनाहरू प्रस्तुत गर्ने मन्त्री यादवले बताए । साथै समितिको प्रतिवेदनले देशभरका अस्पतालहरूमा शल्यक्रिया लगायतका स्वास्थ्य सेवाहरूमा सुधार ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनले विश्वास व्यक्त गरे ।

संस्थाको वार्षिक वजेट र खर्चको बारेमा अभिमुखिकरण

वीरगंज । दिव्य विकास स्रोत केन्द्र, पर्साले अन्तर्राष्ट्रिय आन्तरिक लेखापरिक्षण सचेतिकरण महिना एक कार्यक्रम आयोजना गरि मनाएको छ । दिव्य विकास स्रोत केन्द्रले यो कार्यक्रम प्रत्येक वर्ष मे महिनामा मनाउने गरको छ ।

अन्तर्राष्ट्रिय आन्तरिक लेखापरिक्षण सचेतिकरण महिनाको मनाउने क्रममा संस्थाको वार्षिक वजेट र खर्चको बारेमा संस्थाका पदाधिकारी एंव कर्मचारीहरुलाई अभिमुखिकरण गरिएको थियो । पारदर्शिता र जवाफदेहितालाई संस्थागत रुपमा स्थापित गर्नको लागी यो कार्यक्रम संचालन गर्ने अभ्यास गरिएको दिव्य विकास स्रोत केन्द्रका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीले जानकारी दिए ।

कार्यक्रममा वित्त व्यवस्थापन सम्बन्धि भएका अभ्यास, आम्दानी, खर्च, चुनौतिको बारेमा संस्थाका वित्त संयोजक श्यामकिशोर प्रसाद चौहानले प्रस्तुतिकरण गरेका थिए । संस्थामा कार्यरत कर्मचारीहरुले कार्यक्रम संचालन एंव कार्यान्वयन गर्ने शिलशिलामा आएका समस्या तथा चुनौतिको बारेमा आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा दिव्य विकास स्रोत केन्द्रका कार्यक्रम प्रबन्धक गणेश ठकुरीले संस्थाको वार्षिक बजेट र खर्चको अवस्था सबै कर्मचारीहरुलाई जानकारी नहुने भएको हुनाले यस्ता कार्यक्रमले कर्मचारीहरुको मनोवल बृद्धीहुने र सामाजिक उत्तरदायित्व बढ्ने वताए ।

कार्यक्रममा दिव्य विकास स्रोत केन्द्रका पदाधिकारी एंव कर्मचारी गरि २० जनाको सहभागीता रहेको थियो ।

बारामा १३ लाख भन्दा बढी नेपाली नक्कली नाेटसहित ४ जना पक्राउ

वीरगंज । जिल्ला प्रहरी कार्यालय बाराले नक्कली नोटसहित ४ जनालाई नियन्त्रणमा लिएको छ । बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ कचोर्वा सानो बसवरीया र ठूलो बसवरीयाबाट प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको हो । 

बाराको कोल्हवी नगरपालिका वडा नम्बर ६ बस्ने २५ वर्षीय राजन चौधरी, वडा नम्बर ५ का १९ वर्षीय आकाश चौधरी, रौतहटको राजपुर नगरपालिका वडा नम्बर १ बस्ने १९ वर्षीय मोहन कुमार साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

उनीहरुको साथबाट एक हजार दरको ७०७ थान गरेर सात लाख सात हजार नेपाली नक्कली नोट बरामद गरिएको उनले बताए । उनीहरुले प्रयोग गरेको बिआर ०६ ए डब्लु २७५८ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको सुचना अधिकारी न्याैपानेले वताए । 

त्यस्तै भारत बिहारको मोतिहारी थाना झौखर पञ्चायत कबैया ग्राम खरसलवा वडा नम्बर ७ बस्ने ४० वर्षीय महमद आलमलाई पनि बारा प्रहरीले पक्राउ गरेको छ । बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ ठूलो बसवरीयामा साइकलमा आउँदै गरेको अवस्थामा आलमलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए । उनकाअनुसार आलमको साथबाट एक हजार दरकोे ६०९ थान गरेर ६ लाख ९ हजार नेपाली नक्कली रकम बरामद भएको छ ।

बाराका विभिन्न स्थानबाट १३ लाख १६ हजार नेपाली नक्कली रकमसहित तीन जना नेपाली र एक जना भारतीय नागरिक पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।