Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

वीरगंजमा केराको मूल्य आकासियो, उपभोक्ता आक्रोशित – स्थानीय प्रशासनको मौनता

spot_img
spot_img

वीरगंज । वीरगंजमा केराको मूल्य आकाशिएको छ। मधेश प्रदेशमा विशेष धार्मिक पर्व वट सावित्रीलाई लक्षित गर्दै व्यवसायीहरूले केराको मूल्य मनोमानी रूपमा बढाएको स्थानीय उपभोक्ताहरूको आरोप छ।

शनिवारसम्म बढीमा १२० रुपैयाँ प्रति दर्जनमा बिक्री भइरहेको केरा आइतबार ३०० रुपैयाँ र सोमवार बिहान २५० रुपैयाँमा बिक्री भएको छ। उपभोक्ताहरूको भनाइमा तीन दिनभित्र नै केराको मूल्य दोब्बर भन्दा बढीले वृद्धि भएको छ, जसले बजारमा आक्रोश फैलिएको छ।

सिमावर्ती भारतीय बजार रक्सौलमा भने केरा थोकमा ५५ देखि ६० रुपैयाँ भारुमा र खुद्रामा ७० रुपैयाँसम्म बिक्री भइरहेको छ, जसले वीरगंज र रक्सौल बजारबीचको मूल्य अन्तर झनै प्रष्ट पारेको छ।

स्थानीय व्यापारीहरूका अनुसार केही व्यवसायीहरूले बजारमा कृत्रिम रूपमा अभाव सिर्जना गरी मूल्य बढाइरहेका छन्। शम्भु गुप्ता नामका व्यापारीले वीरगंजमा भारतीय केराको ठूलो परिमाणमा आयात गर्दै बजार नियन्त्रणमा लिएको र स्थानीय प्रशासनको मिलोमतोको आशंका समेत जनाइएको छ।

नेपाल फलफूल तथा तरकारी थोक व्यवसायी संघ पर्साका अध्यक्ष जगु साहका अनुसार धार्मिक पर्व र मागको चापसँगै नेपालमा केराको आपूर्ति कम भएकाले मूल्य वृद्धि भएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्सालले केराको मूल्य कृत्रिम रूपमा बढाउने व्यक्तिहरूलाई कारबाही गरिने बताए।

काठमाडौंको कालिमाटी फलफूल बजारमा केरा प्रति दर्जन १५० रुपैयाँ मूल्य निर्धारण गरिएको छ भने वीरगंजमा दोब्बर मूल्यमा केरा बिक्री भइरहेको छ। स्थानीय प्रशासनको कमजोर अनुगमन र व्यवसायीको मनोपोलीका कारण उपभोक्ताहरू मारमा परेका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...