परवानीपुर । बाराको फेटा गाउँपालिका वडा नं १ त्रिवेणी टोलमा बाँध निर्माण कार्य शुरु भएको छ । त्रिवेणी टोल स्थित झुलुङ्गे पुलदेखि अकवानियासम्म निर्माण हुने बाँधकाे आइतबार एक कार्यक्रमकाे बिच फेटा गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले शिलान्यास गरेका हुन् ।
हरेक वर्ष अविरल वर्षाका कारण आएको बाढीले गर्दा यस क्षेत्रमा जन धनको क्षति हुँदै गएपछि बाँध निर्माण कार्य सुरु भएकाे हाे । गाउँपालिका स्तरीय योजना अन्तर्गत बाँध निर्माण कार्य सुरु भएकाे अध्यक्ष अन्सारीले वताए । साथै उनले अब बाँध निर्माणको काम सकेपछि यहाँको स्थानीयलाई बाढीबाट छुटकारा मिल्ने र जनधनको क्षतिपनि नहुने विश्वास व्यक्त गरे ।
सो अवसरमा गाउँपालिकाकी उपाध्यक्ष निलम साह, प्रमुख प्रशासकीय अधिकृत पूर्ण प्रसाद तिवारी, वडा नं १ त्रिवेणी टोलका वडा अध्यक्ष बिगन दास तत्मा, गाउँपालिका कर्मचारी, स्थानिय नेता, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।


