Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

सहकारी क्षेत्रका समसामयिक समस्या तथा समाधान विषयक अन्तक्रिया

spot_img
spot_img

वीरगंज । सहकारी क्षेत्रका वर्तमान चुनौती र समाधानका उपायबारे छलफल गर्न आयोजित “सहकारीको समसामयिक समस्या तथा समाधान सम्बन्धी अन्तक्रिया कार्यक्रम” शुक्रबार वीरगंजस्थित गृह लक्ष्मी साकोसको सभाहलमा सम्पन्न भएको छ । 

को-अपरेटिभ म्यानेजर्स क्लब, पर्साकाे आयाेजनामा भएकाे कार्यक्रमको उद्घाटन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफस्कृन) का अध्यक्ष चन्द्र प्रसाद ढकालले गरेका थिए ।

क्लबका सभापति रवि भुषण श्रीवास्तवकाे अध्यक्षतामा भएकाे कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष जिष्णु बराल तथा निवर्तमान अध्यक्ष चन्देश्वर प्रसाद चौरसिया लगायतकाे उपस्थिती रहेकाे थियाे । कार्यक्रमकाे सञ्चालन क्लबका सचिव प्रदीप कुमार लोहारले गरेका थिए ।

कार्यक्रममा क्लबका सञ्चालक समिति र विभिन्न संघसंस्था बाट ४० जना प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । छलफलमा सहकारी क्षेत्रको वर्तमान समस्याहरू, नीति निर्माण, पारदर्शिता, र व्यवस्थापन सुधारका उपायहरूबारे गम्भीर बहस भएको जनाइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...