Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

सहकारी क्षेत्रका समसामयिक समस्या तथा समाधान विषयक अन्तक्रिया

spot_img
spot_img

वीरगंज । सहकारी क्षेत्रका वर्तमान चुनौती र समाधानका उपायबारे छलफल गर्न आयोजित “सहकारीको समसामयिक समस्या तथा समाधान सम्बन्धी अन्तक्रिया कार्यक्रम” शुक्रबार वीरगंजस्थित गृह लक्ष्मी साकोसको सभाहलमा सम्पन्न भएको छ । 

को-अपरेटिभ म्यानेजर्स क्लब, पर्साकाे आयाेजनामा भएकाे कार्यक्रमको उद्घाटन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफस्कृन) का अध्यक्ष चन्द्र प्रसाद ढकालले गरेका थिए ।

क्लबका सभापति रवि भुषण श्रीवास्तवकाे अध्यक्षतामा भएकाे कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष जिष्णु बराल तथा निवर्तमान अध्यक्ष चन्देश्वर प्रसाद चौरसिया लगायतकाे उपस्थिती रहेकाे थियाे । कार्यक्रमकाे सञ्चालन क्लबका सचिव प्रदीप कुमार लोहारले गरेका थिए ।

कार्यक्रममा क्लबका सञ्चालक समिति र विभिन्न संघसंस्था बाट ४० जना प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । छलफलमा सहकारी क्षेत्रको वर्तमान समस्याहरू, नीति निर्माण, पारदर्शिता, र व्यवस्थापन सुधारका उपायहरूबारे गम्भीर बहस भएको जनाइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...