Date
बिहि, असार ४, २०८३
Thu, June 18, 2026
Home Blog Page 324

फुटबलका खेलाडीहरुलाई जर्सी वितरण

 वीरगंज । वीरगंजमा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा सहभागी हुन लागेको लक्ष्मणवा युवा क्लबका खेलाडीहरुलाई जर्सी सहितको समाग्री वितरण गरिएको छ ।

बुधबार एक कार्यक्रमका बिच उनीहरूलाई खेल मैदानमा प्रवेश गर्नु अगाडि लक्ष्मणवा युवा क्लबका अध्यक्ष मानदेव हजाराको पहलमा जर्सी सहितको समाग्री वितरण गरिएको हो । नेकपा एमालेका नेता समेत रहेका हजाराले खेलकुद बिकास गर्नका लागि खेलाडीलाई सहयोग स्वरुप समाग्री वितरण गरिएको बताए ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य समेत रहेका उनले जिल्लामा १२ बर्षपछी भएको जिल्ला लिग प्रतियोगितामा सहभागी हुन लागेको टिमले राम्रो नतिजा ल्याउने वताए । जर्सी वितरण कार्यक्रममा नेपाल खेलकुद महासंघ पर्साका सचिव सन्दीप बस्नेत र नेपाल खेलकुद पत्रकार मञ्च पर्साका अध्यक्ष तिवारी यादवले पनि सहभागी थिए ।

पर्सा जिल्ला फुटबल संघ पर्साको आयोजनामा गएको जेठ १२ गतेदेखि सुरु भएको जिल्ला लिग फुटबल प्रतियोगिता अगामी जेठ २६ गते सम्म सञ्चालन हुनेछ ।

चुनौतीका बाबजुद पनि नेपालले स्वास्थ्य क्षेत्रमा प्रगति गरेको छ : स्वास्थ्य मन्त्री यादव

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले जेनेभामा भइरहेको ७७ औँ विश्व स्वास्थ्य सम्मेलनमा सम्बोधन गर्नुभएको छ । 

मङ्गलवार युरोपेली देश स्विजरल्याण्डस्थित जेनेभामा आयोजना गरिएको कार्यक्रमलाई नेपाल सरकारको प्रतिनिधिका रूपमा सम्बोधन गर्नुहुँदै मन्त्री यादवले नेपालको स्वास्थ्य प्रणालीलाई बलियो बनाउँदै नागरिकको स्वास्थ्यका क्षेत्रमा काम गरिरहेको जानकारी दिए ।

उनले भने ‘धेरै चुनौतीका बाबजुद पनि नेपालले स्वास्थ्य क्षेत्रमा प्रगति गरेको छ । कोभिड महामारीले सिकाएको पाठपछि हामी नेपालको स्वास्थ्य प्रणालीलाई बलियो बनाउन विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय एजेन्सीहरू र संस्थाहरूसँग मिलेर काम गर्न प्रतिबद्ध छौँ,’ ।

डब्ल्यूएचओको केन्द्रीय कार्यालयले आयोजना गरेको स्वास्थ्य सम्मेलनमा मन्त्री यादवले डब्ल्यूएचओले विगत सात दशकदेखि विश्वभरका करोडौँ मानिसहरूको जीवन बचाउन गरिरहेको सेवाका लागि धन्यवाद दिनुहुँदै नेपालको स्वास्थ्यका विषयमा बोल्नु भएको हो ।

‘म विश्व स्वास्थ्य सङ्गठन, डाक्टर टेड्रोस र कर्मचारी सदस्यहरूलाई विगत ७६ वर्षदेखि विश्वभरका मानिसहरूको जीवन बचाउन समर्पित सेवाको लागि धन्यवाद दिन चाहन्छु, सम्बोधनका क्रममा मन्त्री यादवले भने ।

सम्मेलनमा मन्त्री यादवले कोभिड महामारीबाट धेरै पाठ सिकेको भन्दै नेपालमा थप बलियो स्वास्थ्य सेवा सुविधाहरू राख्न र स्वास्थ्य आपत्कालीन र भविष्यको महामारीको सामना गर्न राम्रोसँग काम अगाडि बढाइरहेको पनि जानकारी दिए ।

नेपालले स्वास्थ्यलाई संविधानबाट नै मौलिक हकका रूपमा सुनिश्चित गरेको जानकारी दिँदै नेपाली जनतालाई राम्रो स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको पनि उनले वताए । नेपालले पछिल्लो दुई दशकमा मातृ र बालबालिकाको स्वास्थ्यसँगै औसत आयुको क्षेत्रमा उल्लेख्य प्रगति गरेको जानकारी दिदै मन्त्री यादवले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै काम अगाडि बढाइरहेको बताए । 

कार्यक्रममा मन्त्री यादवले स्वास्थ्यको समग्र नतिजामा सामान्य रूपमा प्रगति भएता पनि समाजका सबै क्षेत्रहरूमा एकरूपता नभएकाले त्यसतर्फ सचेत रहँदै काम गर्नुपर्ने जानकारी दिए । ‘स्वास्थ्यका क्षेत्रमा सामान्य रूपमा प्रगति भएका छन् । तर समाजका सबै क्षेत्रमा भने एकरूपता छैन । त्यहाँ खाडल र चुनौतीहरू छन्,’ सम्बोधनका क्रममा मन्त्री यादवले भने, ‘विशेष गरी सहभागितामूलक खाडलहरू र खोप लगायत स्वास्थ्यको पहुँचका क्षेत्रमा चुनौतीहरू अझै छन् । तर हामी सहभागितालाई केन्द्रमा राखेर गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहसँगै पहुँच बढाउन काम जारी राख्छौँ ।’

उहाँले जलवायु परिवर्तन, कोभिड-१९ महामारी र द्रुत सहरीकरणका प्रभावहरूले जनस्वास्थ्यप्रतिको दृष्टिकोणलाई पुनः अवलोकन गर्न बाध्य बनाएको पनि जिकिर गर्नुभयो ।

त्यस्तै उहाँले नेपालको स्वास्थ्य प्रणालीलाई बलियो बनाउन र महामारी रोकथाम, तयारी र प्रतिक्रियाको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको कुरामा पनि जोड दिनुभयो । ‘हामीलाई बलियो र समतामूलक स्वास्थ्य प्रणाली निर्माणका लागि अन्तर्राष्ट्रिय स्वास्थ्य नियमहरू आवश्यक छ । यसका साथै महामारी रोकथाम, तयारी र प्रतिक्रियाका लागि पनि अन्तर्राष्ट्रिय उपकरण लगायतका अन्य साथ र सहयोगहरू चाहिन्छ ।’

मन्त्री यादवले स्वास्थ्य क्षेत्रमा सर्वव्यापी पहुँच प्राप्त गर्न र दिगो विकास लक्ष्यहरू पूरा गर्न स्थानीय आवश्यकताहरूलाई सम्बोधन गर्न आवश्यक रहेको कुरामा पनि जोड दिनुभयो । ‘नेपालमा “स्वास्थ्यका लागि सबै, सबैका लागि स्वास्थ्य”लाई वास्तविकता बनाउन हामीलाई विश्व स्वास्थ्य सङ्गठन र अन्य अन्तर्राष्ट्रिय साझेदारहरू चाहिन्छ,“ मन्त्री यादवले भन्नुभयो ।

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले जेनेभामा भइरहेको ७७ औँ विश्व स्वास्थ्य सम्मेलनमा सम्बोधन गर्नुभएको छ । 

मङ्गलवार युरोपेली देश स्विजरल्याण्डस्थित जेनेभामा आयोजना गरिएको कार्यक्रमलाई नेपाल सरकारको प्रतिनिधिका रूपमा सम्बोधन गर्नुहुँदै मन्त्री यादवले नेपालको स्वास्थ्य प्रणालीलाई बलियो बनाउँदै नागरिकको स्वास्थ्यका क्षेत्रमा काम गरिरहेको जानकारी दिनुभयो ।

‘धेरै चुनौतीका बाबजुद पनि नेपालले स्वास्थ्य क्षेत्रमा प्रगति गरेको छ । कोभिड महामारीले सिकाएको पाठपछि हामी नेपालको स्वास्थ्य प्रणालीलाई बलियो बनाउन विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय एजेन्सीहरू र संस्थाहरूसँग मिलेर काम गर्न प्रतिबद्ध छौँ,’ मन्त्री यादवले भन्नुभयो ।

डब्ल्यूएचओको केन्द्रीय कार्यालयले आयोजना गरेको स्वास्थ्य सम्मेलनमा मन्त्री यादवले डब्ल्यूएचओले विगत सात दशकदेखि विश्वभरका करोडौँ मानिसहरूको जीवन बचाउन गरिरहेको सेवाका लागि धन्यवाद दिनुहुँदै नेपालको स्वास्थ्यका विषयमा बोल्नु भएको हो ।

‘म विश्व स्वास्थ्य सङ्गठन, डाक्टर टेड्रोस र कर्मचारी सदस्यहरूलाई विगत ७६ वर्षदेखि विश्वभरका मानिसहरूको जीवन बचाउन समर्पित सेवाको लागि धन्यवाद दिन चाहन्छु, सम्बोधनका क्रममा मन्त्री यादवले भन्नुभयो ।

सम्मेलनमा मन्त्री यादवले कोभिड महामारीबाट धेरै पाठ सिकेको भन्दै नेपालमा थप बलियो स्वास्थ्य सेवा सुविधाहरू राख्न र स्वास्थ्य आपत्कालीन र भविष्यको महामारीको सामना गर्न राम्रोसँग काम अगाडि बढाइरहेको पनि जानकारी दिनुभयो ।

नेपालले स्वास्थ्यलाई संविधानबाट नै मौलिक हकका रूपमा सुनिश्चित गरेको जानकारी दिँदै नेपाली जनतालाई राम्रो स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको पनि उहाँले बताउनुभयो । नेपालले पछिल्लो दुई दशकमा मातृ र बालबालिकाको स्वास्थ्यसँगै औसत आयुको क्षेत्रमा उल्लेख्य प्रगति गरेको जानकारी दिनुहुँदै मन्त्री यादवले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै काम अगाडि बढाइरहेको बताउनुभयो । 

कार्यक्रममा मन्त्री यादवले स्वास्थ्यको समग्र नतिजामा सामान्य रूपमा प्रगति भएता पनि समाजका सबै क्षेत्रहरूमा एकरूपता नभएकाले त्यसतर्फ सचेत रहँदै काम गर्नुपर्ने जानकारी दिनुभयो । ‘स्वास्थ्यका क्षेत्रमा सामान्य रूपमा प्रगति भएका छन् । तर समाजका सबै क्षेत्रमा भने एकरूपता छैन । त्यहाँ खाडल र चुनौतीहरू छन्,’ सम्बोधनका क्रममा मन्त्री यादवले भन्नुभयो, ‘विशेष गरी सहभागितामूलक खाडलहरू र खोप लगायत स्वास्थ्यको पहुँचका क्षेत्रमा चुनौतीहरू अझै छन् । तर हामी सहभागितालाई केन्द्रमा राखेर गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहसँगै पहुँच बढाउन काम जारी राख्छौँ ।’

उहाँले जलवायु परिवर्तन, कोभिड-१९ महामारी र द्रुत सहरीकरणका प्रभावहरूले जनस्वास्थ्यप्रतिको दृष्टिकोणलाई पुनः अवलोकन गर्न बाध्य बनाएको पनि जिकिर गर्नुभयो ।

त्यस्तै उहाँले नेपालको स्वास्थ्य प्रणालीलाई बलियो बनाउन र महामारी रोकथाम, तयारी र प्रतिक्रियाको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको कुरामा पनि जोड दिनुभयो । ‘हामीलाई बलियो र समतामूलक स्वास्थ्य प्रणाली निर्माणका लागि अन्तर्राष्ट्रिय स्वास्थ्य नियमहरू आवश्यक छ । यसका साथै महामारी रोकथाम, तयारी र प्रतिक्रियाका लागि पनि अन्तर्राष्ट्रिय उपकरण लगायतका अन्य साथ र सहयोगहरू चाहिन्छ ।’

मन्त्री यादवले स्वास्थ्य क्षेत्रमा सर्वव्यापी पहुँच प्राप्त गर्न र दिगो विकास लक्ष्यहरू पूरा गर्न स्थानीय आवश्यकताहरूलाई सम्बोधन गर्न आवश्यक रहेको कुरामा पनि जोड दिए । ‘नेपालमा “स्वास्थ्यका लागि सबै, सबैका लागि स्वास्थ्य”लाई वास्तविकता बनाउन हामीलाई विश्व स्वास्थ्य सङ्गठन र अन्य अन्तर्राष्ट्रिय साझेदारहरू चाहिन्छ,“ मन्त्री यादवले भने ।

बजेटमा वीरगंजसंग पुन: विभेद भयाे : मेयर सिंह

वीरगंज । अगामी आर्थिक बर्ष २०८१/०८२ बजेटमा वीरगंजसंग विभेद भएकाे वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले वताएका छन् । 

बजेट भाषणपछि संचारकर्मीहरुसंग कुरा गर्दै मेयर सिंहले संघिय सरकारले ल्याएकाे अगामी बर्षकाे बजेटमा वीरगंजसंग विभेद गरिएकाे आराेप लगाएका हुन् । उनले बजेट भाषणमा वीरगंजकाे नारायणी अस्पतालाई ५ सय सैयाकाे बनाइने वाहेक केही नसुनिएकाे वताए ।

उनले बन्द रहेकाे कारखाना संचालनकाे विषयमा वीरगंजकाे चिनि कारखाना, कृषि औजार कारखानाकाे बारैमा कतै नसुनिएकाे वताए । मेयर सिंहले त्यती मात्र हाेइन जिर्ण बनेकाे वीरगंजकाे नारायणी रंगशाला निर्माणकाे लागि पनि सरकारले बजेट नछुट्याएकाे वताउँदै दुख ब्यक्त गर्दै विगतकाे बर्ष झै अगामी बर्षकाे बजेटमा पनि वीरगंजसंग विभेद गरिएकाे वताए ।

वीरगंज कै स्वास्थ्य तथा जनसंख्या मन्त्रीले अगामी बर्षकाे बजेटमा नारायणी अस्पतालकाे लागि एक अर्बकाे बजेट आउने वताएपनि सरकारले बजेट नछुट्याएकाे प्रश्नकाे जवाफमा मेयर सिंहले त्याे मन्त्री जीकाे व्यक्तिगत बिषय भएकाेले उहाँले मन्त्रालयकाे बजेटबाट छुट्याउने भने विश्वा व्यक्त गरे ।

परवानीपुरमा प्रथम अध्यक्ष कप क्रिकेट प्रतियाेगिता सुरु

जगरनाथपुरका अध्यक्ष यदावले अतिक्रमण गरिएका डेढ बिघा विद्यालयकाे जग्गा खाली गराए

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ३ खलुचडीमा स्थानियहरुले अतिक्रमण गरेकाे विद्यालयकाे जग्गा गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले खाली गराएका छन् । 

गाउँपालिका अध्यक्ष यादवले श्री नेरा आधारभुत विद्यालयकाे अतिक्रमण गरिएका एक विघा १० कठा जग्गा खाली गाराएका हुन् । मंगलबार दिउसाे आफै स्काभेटरसहित विद्यालयमा पुगेका ‍गाउँपालिका अध्यक्ष यादवले विभिन्न बाधा, अवराेधकाे वाहजुद पनि अतिक्रमण खाली गराउन सफल भएका हुन् ।

उनले भने “राम्राे काम गर्न धेरै चुनाैती खेप्नु पर्दाे रहेछ । बर्षाैदेखि अतिक्रमण गरिएकाे जग्गा खाली गराउन जाँदा स्थानियहरुकाे विभिन्न बाधा, अवराेध खेप्नु पर्याे । तर पनि सफल भइयाे ।” खाली गाराईएकाे जग्गालाई पनि समेटेर यस बर्ष नै पर्खाल निर्माण गर्ने याेजना रहेकाे अध्यक्ष यादवले जानकारी गराए ।

अध्यक्ष यादवले विद्यालयलाई ब्यवस्थित बनाई गुणस्तरीय शिक्षाको ब्यवस्थापन गर्न सोचको साथ आफु निर्वाचित भएदेखि अगाडी बढी रहेकाे वताए । लथालिङ अवस्थामा रहेकाे गाउँपालिका अन्तर्गतकाे सामुदायिक विद्यालयहरु अवस्था सुधार गर्न आफु प्रयासरत रहेकाे उनले वताए ।

विद्यालयकाे जग्गा अतिक्रमण मुक्त गराईएपछि विद्यालयकाे फिल्ड पर्याप्त भएकाे वडाध्यक्ष सुभाष यादवले वताए । लामाे समयदेखि स्थानियकाे अक्रमणमा रहेकाे विद्यालय जग्गा खाली हुँदा विद्यालयलाई व्यस्थित गर्न पनि सहज हुने उनले वताए ।   

वीरगंजलाई आर्थिक राजधानी बनाउन आजपाले भेला गर्दै

वीरगंज । वीरगंजलाई आर्थिक राजधानी घोषणा गर्न प्रभु साह नेतृत्वको आम  जनता पार्टी (आजपा) ले माग गरेको छ । सरकारलाई दबाब दिने उद्देश्यले वीरगंजमा पर्सा जिल्ला भेला गर्ने आजपाले तयारी गरेको छ । 

वीरगंजमा पत्रकार सम्मेलनको आयोजना गर्दै आजपाले यही जेठ १६ गते पर्सा जिल्ला भेला आयोजना गर्ने जानकारी गराएको हो । लामो समयदेखि वीरगंजलाई अघोषित आर्थिक राजधानी बनाइएको प्रति आपत्ती जनाउँदै आजपा पर्साका इन्जार्ज कदम रसुलले राजधानी घोषणा गर्नुपर्ने माग गरे । 

देशको समग्र अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिँदै आएपनि वीरगंज सँधै अपेक्षामा पर्ने गरेकोमा उनको आपत्ती छ ।

देशकै प्रमुख प्रवेशद्वार समेत रहेको वीरगंजलाई आर्थिक राजधानी घोषणा गर्नुपर्ने आजपाका केन्द्रीय सचिव बाबुराम कौशिकको अडान छ । उनकाअनुसार घोषणा नगरिएसम्म आजपाले सरकार विरुद्ध आन्दोलन र विरोध गरीरहनेछ ।

पर्साबाट निर्वाचित भएर सांसददेखि मन्त्रीसम्म बनेकाहरुले यहाँको विकासका लागि केही काम गर्न नसकेको उनको आरोप छ । 
आजपाका मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहले जेठ १६ गते हुने जिल्ला भेलालाई भब्य रुपमा सफल बनाउन आग्रह गरे । 

श्री सुकई साह मावि भेडिहारीमा चाेरी

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर २ स्थित रहेकाे श्री सुकई साह माद्यमिक विद्यालय भेडिहारीमा आइतबार राति चोरी भएको छ । अज्ञात चोरहरुले विद्यालय भवनको भिता फोडी पानी खाने हैण्ड पाईपको मुडा, ३० वटा पाईप र पानी टयांकीको पलम्बरको सरसमान चोरेर लग्नुका हुन् ।

साथै चाेरहरुले तारवार र खानेपानी टयांकीमा तोडफोड गरी क्षती पुर्याएकाे विद्यालयका प्रधानाध्यापक शुबोध चौरसियाले बताए । उनका अनुसार चाेरहरुले लगभग ४० हजार बराबरको सरसमानहरु चोरेर लगेका छन भने हजारौको सरसमानमा क्षती पर्याएका छन ।

केही सरसमानहरु विद्यालयकाे पश्चिमपटि र पुर्बपटि तोफोड गरेर फालिएको पनि प्रध्यानाध्यापक चौरसियाले बताए । बिगत केही दिन देखी वडा नम्बर २ को भेडिहारी र टोल गदियानीमा चोरहरको बिगिबिगी बढेको छ । चाेरहरुले घरको अगाडी राखिएको साईकल देखी कृषकहरुले गाडेको चापाकलका मुडाहरु चोरेर लग्ने गरेका पिडीतहरु बताएका छन् ।

केही दिन अगाडी गदियानी निवासी रामबाबु साहको घर अगाडीबाट दिउसो १२ बजेकै समयमा साईकल चोरी भएको थियो । यता १ महिना अगाडी गदियानी निवासी रामनाथ महतो कोईरी र मंशी साहको चापाकलको मुडा चोरी भएकाे थियाे ।

रातिकाे समयमा प्रहरी गस्तीमा कमी आएका कारण चाेरीकाे घटनामा बृद्धि भएकाे स्थानियहरु वताउँन्छन । नजिकै रहेको ईलाका प्रहरी कार्यालय कालिकामाई, सबैठवा प्रहरी चौकी र प्रस्तावित शशस्त्र प्रहरी गुलम लहावरथकरी भए पनि चोरीको घटना बढनु दुखद भएको प्रधानाध्यापक चौरसियाले बताए ।  

समाजवादी प्रेस संगठनद्वारा पत्रकार महासंघ पर्सा शाखा पनि तालाबन्दी

वीरगंज । समाजवादी प्रेस संगठन नेपाल, पर्साले सोमबार नेपाल पत्रकार महासंघकाे जिल्ला शाखा पर्सामा तालाबन्दी गरेको छ ।

जालझेल र नियतबस नेपाल पत्रकार महासंघको सदस्यता सूचीबाट केही क्रियाशिल पत्रकारलाई हटाइएको र मापदण्ड पूरा गरेपनि केही क्रियाशिल पत्रकारलाई सदस्यता नदिएको प्रति समाजवादी प्रेस संगठनले आपत्ती जनाउँदै तालाबन्दी गरेकाे हाे । 

नेपाल पत्रकार महासंघले गैर पत्रकारहरुलाई समेटेर पत्रकारहरुको सदस्यताको अन्तिम नामावली प्रकाशित गरेको र कृयाशिल पत्रकारहरुलाई विभेदपूर्ण ढंगवाट हटाएको आरोप सहीत उक्त नामावली खारेजीको माग गर्दै महासंघमा तालाबन्दी गरिएकाे संगठनका केन्द्रिय सदस्य मनाेज पटेलले वताए ।

संगठनकाे केन्द्रिय किमिटीले महासंघकाे केन्द्रिय कार्यालयमा पनि आजै तालबन्दी गरेकाे उनले जानकारी दिए ।

महासंघले गैर पत्रकारहरुलाई समेटेर महासंघको आगामी जेठ २६ गते हुने निर्वाचनलाई प्रभावित गर्नेगरी सो सदस्यता नामावली छापामार शैलीमा ल्याइएकोले त्यसको खारेजीको माग गर्दै केन्द्रिय कार्यालयसहित जिल्ला शाखामा पनि तालाबन्दी गरिएकाे संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमनले वताए ।

उनले सो सदस्यता न्यायोचित नहुँदासम्म आफूहरुले महासंघको आगामी निर्वाचनको काममा अवरोध ल्याउने खालको गतिविधिलाई अघि बढाउने चेतावनी पनि दिए ।

नेपाल पत्रकार महासंघको केन्द्रीय समितिले आईतवार राति सार्वजनिक गरेको सूचीमा पर्साका समाजवादी प्रेस संगठनका केन्द्रीय सचिव बृजलाल पासवानको सदस्यता हटाएको र संगठन पर्साका सहसचिव श्याम सर्राफको सबै प्रक्रिया पूरा भएपनि सदस्यता नदिएको प्रति संगठनको आपत्ती रहेकाे छ । 

जिल्ला विपद् व्यवस्थापन समिति पर्साकाे बैठक सम्पन्न, पूर्व तयारी गर्ने निर्णय

छठु साह/
वीरगंज । जिल्ला विपद् ब्यवस्थापन समिती पर्साको बैठकले आइतबार बिभिन्न ४ वटा महत्वपुर्ण निर्णय गरी सम्पन भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साको सभाहालमा बसेको बैठकले जिल्ला विपद् ब्यवस्थापन कोषको खर्च भएको ४ लाख ३५ हजार रकम र एक जना ग्यास पडकेर मृत्यु भएकाको क्षतीपुर्ती समर्थन गर्ने निर्णय गरेको हो ।

ग्यास पडकेर मृत्यु भएका रकम रु २ लाख र बाकी २८ जनाको ५ हजार देखी १० हजारको खर्च रहेको निर्णयमा उल्लेख सहित बैठकले निर्णय गरेको छ । २ महिनामा विपदमा परेका २९ जना आगलगी पिडीतहरुलाई क्षतीपुर्तीको रकम रहेको छ । यस बर्षको लागी विवरण अधावधीक गरी तयार गरिएका मनसुन पुर्ब तयारी तथा प्रतिकार्य योजना २०८१ लाई अनुमोदन गर्ने निर्णय गरेको छ ।

यस बर्ष सबै निकायले मनसुन जन्य विपद् डुबान, बाढी जस्ता बिषयमा खोज तथा उदार र राहत लगायतका कार्यहरु गर्ने, प्रतिकार्य योजना किटान गरी सबै सुरक्षा निकाय लगायत सम्बद्ध निकायहरुले आआफ्नो जिम्मेवारी निर्वाह गर्ने गरी जनशक्ति, उपकरण एवम् स्राेतसाधन ब्यवस्थापन गरी तयारी रहने, प्रत्येक स्थानिय तहले उच्च जोखिम रहेका बस्ती पहिचन गरी सुरक्षित स्थानमा स्थान्तरण गर्ने सहजीकरण गर्नुका साथै अत्यवश्क सामग्रीहरु खानेकुरा, कपडा, औषधी, पानी आवश्यक भण्डारण गर्ने समेत निर्णय गरेकाे छ ।

यसैगरी राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा ब्यवस्थापन प्राधिकरणकाे च.न. १४३५ मिती २०८१।२।०८ गतेको पत्र साथ संलग्न तातो हावाको लहर, लु बाट बच्ने उपाय सम्बन्धी जोखिम न्युनिकरण तथा प्रतिकार्य योजना किटानी गरे बमोजिम सम्बद्ध निकायहरुले आआफनो जिम्मेवारी क्षेत्रको कार्य गर्ने गराउने बैठककाे निर्णय छ ।

वीरगंज महानगरपालिका र पर्सागढी सिंगाही खोला र भेडाहा खोलाबाट ढुंगा, गिटी, उठाउन एकसाभेटर प्रयोग गरी उठाउन पाउनु पर्ने मांग बमोजिम वातावरणीय अध्ययन प्रतिवेदनमा उल्लेखित शर्तहरु सिमा भित्र रही संबेदनशिल क्षेत्र हो, हौईन प्राविधिक मुल्यांकन प्रतिबेदन लिएर स्थानिय तह, अनुगमन समितीले नियमित अनुगमन गर्ने, नियमित प्रतिबेदन गरेर मात्र ढुंगाा, गिटी, बालुवा, ग्रेभल उतखन्न बिक्री बितरण तथा ब्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ को दफा ४ को उपदाफा, ४ को प्रबिन्धात्मक वाक्यांशका प्रावधान अनुसार स्वीकृत प्रतिवेदनका आधारमा प्राविधिक टोलीको स्पष्ट सिफरिस प्राप्त हुन आएमा मात्र एकसाभेटर प्रयोग गर्न सक्ने अनुमती दिने निर्णय गरिएको प्रमुख जिल्ला अिधकारी दिनेश सागर भुसाले बताउनु भयाे ।

जिल्ला विपद् ब्यवस्थापन समिती पर्साका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी भुसालको अध्यक्षतामा बसेको बैठकमा पोखरिया नगरपालिकाका प्रमुख प्रधुमन चौहानले बिगंजमा पानीको अभाव भए पोखरीया नगपालिकाले वीरगंजमा दमकलको माध्यमबाट पानी बाडने सक्षम रहेको र सहयाेग गर्ने प्रतिबद्धता जनाए ।

उनले पोखरीया नगरपालिकाका दमकल पर्सा, बारा लगायत भारतको केही भागमा पनि आगलगी निभाउन जाने गरेको बताए । पोखरीया नगरपालिकाले एकलो रुपमा दकमलको प्रति बर्ष ३५ लाख रकम खर्च गरेको पनि खुलासा गरे । अर्काे प्रसंगमा छिटै अब पोखरियामा ईलाका प्रशासन कार्यालय, मालपोत कार्यलय, नापी कार्यालय जस्ता कार्यालयहरु स्थापना हुने र सो बाट ६ वटा पालिका लाभान्वीत हुने उनले जानकारी गराए ।

बैठकमा जिल्ला समन्वय समिती पर्साका सभापति निरन्ज कुमार सर्राफ, श्री जंग पर्साका प्रमुख डायमन्ड कार्की, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक केशर कुमार न्यौपाने, ठोरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राज कुश्वाहा, गैरसरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह, वीरगंज उधोग बाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल लगायत बिभिन्न कार्यालयका प्रमुख, प्रतिनिधि एवम् बिभिन्न राजनिती दलका प्रतिनिधि लागायतकाे सहभागीता रहेको थियो ।

स्वास्थ्य मन्त्री यादवद्वारा कान्ति बाल अस्पतालमा छड्के अनुगमन

वीरगंज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले आइतबार काठमाडौँस्थित कान्ति बाल अस्पतालमा छड्के अनुगमन गर्नुभएको छ ।

मन्त्रालयका सचिवसहितको टोली लिएर अस्पताल पुग्नु भएका मन्त्री यादवले आकस्मिक, फार्मेसी, बहिरङ्ग सेवा कक्ष (ओपिडी), शल्यक्रिया कक्ष, आइसियु, एनआइसीयु, क्यान्टिनलगायतका कक्ष र शाखाहरूको अनुगमन गर्नुभयो ।

अनुगमनका क्रममा मन्त्री यादवले उपचारका लागि आफ्नो बालबालिका लिएर आउनुभएका अभिभावक लगायतका सेवाग्राहीसँग पनि कुराकानी गर्नुभयो । सेवाग्राहीहरूले अस्पतालको फोहर व्यवस्थापनमा समस्या रहेको, शौचालय धेरै दुर्गन्धित रहेको, आकस्मिक कक्षको एउटै शय्यामा तिन जनासम्मको उपचार भइरहेको, औषधी लिन फार्मेसीमा लामो समय कुर्नुपरेको, रगत सङ्कलन लगायतमा ढिलाइ हुने गरेको, ह्विलचियरको व्यवस्था नरहेको र कर्मचारीहरूले राम्रो व्यवहार नगर्ने गरेको गुनासो गर्नुभयो ।

त्यस्तै अनुगमनका क्रममा मन्त्री यादवले अस्पतालस्थित एमआरआई मेसिन आंशिक रूपमा सञ्चालनमा रहेको र तथ्याङ्क पुस्तिका च्यातिएको भेटाउनुभयो भने फार्मेसीमा औषधी दिँदा खुल्ला रूपमा दिइरहेको भेटिएको थियो । मन्त्री यादवले फार्मेसीबाट स्वास्थ्य बिमा मार्फत उपलब्ध हुने औषधीको विषयमा जानकारी लिनुका साथै अस्पतालस्थित क्यान्टिनको अनुगमन गर्दै खानाको गुणस्तर बारे पनि जानकारी लिनुभयो ।

मन्त्री यादवले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूसँग पनि कुराकानी गर्नुभयो । सो क्रममा उहाँहरूले जनशक्ति अभावका करण उपचारमा कठिनाइ हुने गरेको र तलब, भत्तालगायतका सुविधा अत्यन्तै कम रहेको बताउनुभयो । अस्पतालका प्रमुख डा. पङ्कज रायले पनि जनशक्ति र बजेट अभावका कारण अपेक्षित ढङ्गले काम नगर्न नसकिएको दुखेसो पोख्नुभयो । 

अनुगमन पश्चात् सञ्चारकर्मीहरूसँग बोल्दै मन्त्री यादवले अस्पतालमा निकै कमजोरी भेटिएको र तत्काल सुधारको काम अगाडि बढाउने आफूले अस्पताल प्रमुख र सम्बन्धित निकायलाई निर्देशन दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अस्पतालमा हामीले ठूलो समस्याहरू भेटाएका छौँ । यद्यपि ती समस्याहरू यहीँबाट समाधान हुने किसिमका छन् । सानोतिनो विषयमा पनि सेवाग्राहीहरू असन्तुष्ट हुनुहुन्छ । शौचालय फोहर छ, फार्मेसीबाट खुल्ला रूपमा औषधी वितरण हुँदै छ । जसको व्यवस्थापन अस्पतालले गर्न सक्छ तर गरेको देखिएन ।’

यादवले अस्पतालमा नयाँ एमआरआई मेसिन हुँदाहुँदै सञ्चालनमा नरहेको बताउनुभयो । उनले एमआरआई मेसिनलाई तत्काल सञ्चालनमा ल्याउन निर्देशन पनि दिनुभयो ।

उहाँले अनुगमनको एउटा विस्तृत प्रतिवेदन तयार पारेर अस्पतालमा देखिएका कमजोरीहरूलाई सुधार गर्ने र आवश्यक जनशक्ति र पूर्वाधार विकासका लागि बजेट व्यवस्थापन मन्त्रालयले गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । उहाँले अगामी दिनहरूमा पनि अनुगमनलाई निरन्तर जारी राख्ने बताउनुभयो ।

यस अघि मन्त्री यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यालयमै अनुगमन गर्नुभएको थियाे । मन्त्री यादवले आइतबार सवा १० बजे तिर कार्यालयअन्तर्गत रहेका विभिन्न महाशाखा, शाखा र फाँटहरूको छड्के अनुगमन गर्दै कर्मचारीहरूको समयमा उपस्थित भएर काम गरे नगरेको विषयमा जानकारी लिनुभएको थियाे ।

अनुगमनका क्रममा मन्त्री यादवले कर्मचारीहरूसँग छलफल पनि गर्नुभयो । कर्मचारीहरूले गर्ने काम कारबाही लगायतका गतिविधिसँगै योजनाहरूको प्रगतिको विवरण लिनुका साथै कार्यान्वयनका क्रममा आएका समस्याको बारेमा समेत जानकारी लिनुभएकाे उहाँकाे सचिवालयले जनाएकाे छ ।