Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

रातोमाटी ट्राफिक प्रहरीले यात्रुसँग दुर्व्यवहार गरेको आरोप

spot_img
spot_img

वीरगंज । वीरगंजबाट हेटौंडातर्फ जाँदै गर्दा हेटौंडाको रातोमाटी ट्राफिक प्रहरीको व्यवहारले यात्रु अपमानित भएको गुनासो आएको छ । वीरगंजका विशेष साहले मोटरसाइकल चालकसँग सवारी चालक अनुमति पत्र हुँदा पनि ट्राफिक प्रहरीले चेकजाँचको नाममा दुर्व्यवहार गर्दै चिट काटेको आरोप लगाएका हुन् ।

साहका अनुसार उनी वीरगंजबाट हेटौंडा जाने क्रममा राजेश कुमार गुप्ताले चलाइरहेको मोटरसाइकलमा पछाडि सवार थिए। ट्राफिक प्रहरी चिरञ्जीवी पाण्डेले चालकसँग सवारी चालक अनुमति पत्र देखाइसकेपछि पनि अनावश्यक रुपमा जरिवाना काटेको साहको भनाइ छ ।

“चालकसँग अनुमति पत्र थियो, तर पनि उहाँले चिट काट्नुभयो। यात्रुलाई सहयोग गर्नु पर्ने ट्राफिक प्रहरी दादागिरी शैलीमा प्रस्तुत हुनु दुःखद छ,” परिवर्तन नेपाल फाउन्डेशनका अध्यक्ष समेत रहेका साहले बताए ।

यात्रुहरूलाई ट्राफिक प्रहरीले सहयोगको सट्टा अन्यायपूर्ण व्यवहार देखाउनु सडक सुरक्षाको नाममा गलत सन्देश दिन्छ भन्ने गुनासो पनि आएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...