Date
बुध, असार ३, २०८३
Wed, June 17, 2026
Home Blog Page 322

पर्साका प्रमाेद जयसवाल फेरी बने मन्त्री

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको नेतृत्वकाे मन्त्रीपरिषदका नवनियुक्त १० जना मन्त्री र ३ जना राज्य मन्त्रीहरूले शुक्रबार पद तथा गाेपनीयताकाे शपथ ग्रहरण गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले र राज्यमन्त्रीहरुलाई मुख्यमन्त्री सिंहले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

मधेश भवनको कवर्ड हलमा भएको शपथ ग्रहण कार्यक्रममा भौतिक पूर्वाधार विकासमा सरोज कुमार यादव, अर्थमा भरत प्रसाद साह, भूमि व्यवस्था, कृषि तथा सहकारीमा गोविन्द बहादुर न्यौपाने, उद्योग वाणिज्य तथा पर्यटनमा युवराज भट्टराई, शिक्षा तथा संस्कृतिमा राज कुमार लेखीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।

यसैगरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधन प्रसाद सिंह, ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री बेची लूगेली, खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद कुमार जयसवाल, गृह, सञ्चार तथा कानून मन्त्री विमला अन्सारी र श्रम तथा यातायातमन्त्री उर्मिला चौधरीले शपथ लिएका हुन् ।

खेलकुद तथा समाज कल्याण मन्त्री बनेका जयवाल पर्साका हुन् । उनी पर्साकाे क्षेत्र नं. ३ काे (१) बाट स्वतन्त्र निर्वाचित सांसद हुन् । यस अघि उनी जसपा नेपालका सराेज कुमार यादव नेतृत्वकाे मन्त्रीमण्डलमा नेकपा एमाले प्रबेश गरी शिक्षा तथा संस्कृति मन्त्री बनेका थिए ।  

शपथ ग्रहण गर्ने राज्यमन्त्रीहरूमा केशव राय स्वास्थ्य तथा जनसङ्ख्या, शारदा देवी थापा शिक्षा तथा संस्कृति र विना विभागियमा रञ्जु कुमारी मण्डल खङ्ग रहेका छन् । विस्तारित मन्त्री मण्डलमा मधेश प्रदेशमा प्रतिनिधित्व गर्ने ६ दल सहभागी छन् ।

कुन दलका कुन मन्त्री हुन् ?

नवनियुक्त मन्त्रीहरूमा नेकपा एमालेका भौतिक पूर्वाधार विकास, स्वास्थ्य तथा जनसङ्ख्या, शिक्षा तथा संस्कृति, खेलकुद तथा समाज कल्याण गरेर ४ मन्त्रालय, नेकपा माओवादी केन्द्रमा अर्थ र उद्योग वाणिज्य तथा पर्यटन, नेकपा एसमा भूमि व्यवस्था, कृषि तथा सहकारी र ऊर्जा, सिँचाइ तथा खानेपानी र एक–एक प्रदेश सभा सदस्य भएका नेपाल संघीय समाजवादी पार्टीलाई गृह, सञ्चार तथा कानून र नागरिक उन्मुक्तिलाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

मुख्यमन्त्री सिंहले आफूसँग मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र वन तथा वातावरण मन्त्रालय राखेका छन् । आजै मन्त्रीहरूले मन्त्रालय पुगेर पदभार ग्रहण समेत गरेका छन् ।

आजपाकाे महाेतरीमा जिल्ला भेला सम्पन्न, विभिन्न कमिटीहरु गठन

वीरगंज । आम जनता पार्टी (आजपा) काे शुक्रबार महोतरीमा जिल्ला भेला सम्पन्न भएकाे छ । बिधार्थीको अनुपातमा शिक्षक दरबन्दीको माग सहित आजपाले महोतरीकाे जलेश्वरमा आयाेजना गरेकाे बृहत भेला सम्पन्न भएकाे हाे ।
 
आजपाका राष्ट्रिय अध्यक्ष प्रभु साहको प्रमुख आतिथ्यमा भएको जिल्ला भेलालाले अरविन्द साहकाे अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी गठन गरेकाे आजपाका मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहाले जानकारी दिए । नवगठित कमिटीकाे उपाध्यक्षमा धनपत साह, सदिक नदाफ, सचिवमा रमेश भण्डारी, स-सचिवमा पंकज सिंह, रामहित राउत, रन्जन साह र कोषाध्यक्ष बबिता देवि रहेकाे प्रदेश अध्यक्ष कुशवाहाले जानकारी गराए ।
 
यसैगरी जिल्ला भेलाले बबिता देवीकाे अध्यक्षतामा ५१ सदस्यीय आम महिला मोर्चाकाे जिल्ला कमिटि पनि गठन गरेकाे छ । जुन कमिटीकाे उपाध्यक्ष मिना साह, सचिवमा रंगिना देवी, कोषाध्यक्षमा सावित्री देवी लगायतका रहेका छन् ।
 
यसैगरी सुबाेध ठाकुरकाे अध्यक्षतामा १०१ सदस्यीय आई टी आर्मीकाे जिल्ला कमिटि पनि गठन भएकाे छ । जुन कमिटीकाे उपाध्यक्ष सुनिल ठाकुर, सचिवमा नितेश साह, कोषाध्यक्षमा राकेश भाण्डारी लगाएत चयन भएका छन् ।
 
बिजय साहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको आजपाकी उपाध्यक्ष रिता साह, महासचिव त्रीभुवन साह, मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहा, नेता अरबिन्द साह, श्रीलाल महासेठ, श्रीचन मुखिया, धनपत साह लगायतकाे उपस्थिती रहेकाे थियाे भने कार्यक्रमकाे संचालन ममता शर्माले गरेकी थिइन ।

पर्साकाे विभिन्न स्थानमा हवाहुरीले लाखाैंकाे क्षति, विधुत लाइन समेत अवरुद्ध

वीरगंज । पर्सामा हावाहुरीले लाखाैकाे क्षति भएकाे छ । बुधबार राति आएकाे हावाहुरीले पर्साकाे सखुवा प्रसौनी गाउँपालिका र बहुदरमाई नगरपालिकामा लाखौको क्षती भएको छ ।  

हावाहुरीले पर्सामा करिब ४ सय घर, गोठ, पोल्टीफर्महरुमा क्षति पुर्याकाे छ । साथै विभिन्न ठाउँमा रुख, बिरुवाहरुलाई ढालेर नष्ट गरेको छ । यसका साथै बिधुतको लाईन ११ हजार भोल्ट देखी पोल र टा्रन्सर्फरममा पनि क्षती पर्याएकाे सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवले बताए ।

सखुवाप्रसौनी गाउँपालिकाको वडानम्बर १ देखी ४ सम्म धेरै क्षती भएको पिडीतहरु बताएका छन । वडा नम्बर ३ निवासी बिजय प्रसाद कुर्मी, महेन्द्र राउत कुर्मी र नागीन्द्र राउत कुर्मीको संजना पोल्टी फर्मको घर ढलेर नष्ट हुनुका साथै घरमा रहेको दाना, भाडाबर्तन र कुखुराको चल्ला ४५ पैतालिस सय नष्ट भएको छ । अन्दाजी रु १३ लाख बराबरकाे क्षती भएको सोही वडा निवासी समाजसेवी रामबाबु प्रसाद कुर्मीले जानकारी दिए ।

यसैगरी वडा नम्बर २ निवासी सैदर अंसारीको कुखुरा फर्मको घर, भाडाबर्तन, दाना र १२ सय चल्ला गरी ४ लाख बराबरको क्षती भएको पिडीतले बताएका छन । सयौ

रुखबिरुवा, घर, पोल नष्ट हुँदा सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष यादवले बिहानै वडा नम्बर १ देखी ६ सम्म आमजनताको घरमै पुगी क्षतीको अवलाेकन गरेका थिए । अध्यक्ष यादवले अवलाेकनकाे क्रममा हवाहुरीबाट क्षती भएका पिडीत परिवारहरुलाई क्षतीपुर्ती स्वरुप राहत केही दिने आश्वासन पनि दिएकाे पिडितले जनाएकाे छ ।

यसैगरी बहुदरमाई नगरपालिकाको डौकैला बहुअरी गण्डक नहरचौकमा रहेको बजार एरियाको पसल र घरमा पनि ठुल्ले मात्रामा क्षती भएको नगर प्रमुख सिंहासन साह तेलीले बताए । लाखौको क्षती भएको गरीब तथा ब्यापारीहरुलाई राहत स्वरुप स्थानिय सरकार, प्रदेश सरकार र केन्द्रिय सरकारले लगानी गर्न प्रमुख साहले मांग गर्नु भएको छ ।

साहका अनुसार पोल तार तथा टा्रन्सफर्मरमा क्षती भएकोले बिधुत लाईन अवरुध हुदा जनजीवन प्रभावित बनेको छ । बिधुत कार्यालयले अबिलम्ब बिधुत लाईन शुचारु गरी आमजनमानसमा राहत दिन समेत आग्रह गर्नु भएको छ । यसैगरी पर्साका अन्य पालिकाहरुमा पनि समान्य रुपमा क्षती भएको स्थानियहरु बताएका छन ।

वीरगंज २१ मा जनमत पार्टीकाे पार्टी प्रबेश कार्यक्रम सम्पन्न

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर -२१ ताजपुरमा जनमत पार्टीकाे पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएकाे छ । वडा एकाई समितिद्वारा आयोजित कार्यक्रममा एक जना भन्दा बढीले प्रबेश गरेकाे जनमत पार्टी पर्साले जनाएकाे छ ।

स्थानीय प्रभावसाली युवा नेता प्रदिप गुप्ता (कलवार) को नेतृत्वमा दरोगा साह, सिपिन साह, रामबाबु यादव लगायत एक सय भन्दा बढीले जनमत पार्टी प्रवेश गरेका जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले वताए । वडा एकाई कमिटीका अध्यक्ष बिष्णु कुशवाहाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथि पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ र महिला नेत्री सिमा गुप्ताले नव प्रवेसीहरुलाई टीका लगाई पार्टी प्रवेश गराएका थिए ।

कार्यक्रममा युवा दस्ताका जिल्ला संयोजक मनोज साह, युवा महानगर अध्यक्ष सन्जय सिह, उपाध्यक्ष संजय साह, सचीव लोकेष कर्ण, कोषाध्यक्ष सिकेन्द्र राम, युवा नेताहरू महादेव शर्मा, राहुल सरार्फ लगायतको उपस्तिथि रहेको थियो ।

वीरगंजबाट हुण्डीकाे रकम सहित भारतिय नागरिक पक्राउ

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डीको रकमसहित एक जनालाई पक्राउ गरेको छ । भारत बिहानर राज्य पुर्वी चम्पारण रक्सौल वडा नम्बर २० कुम्हरिया टोल बस्ने २९ वर्षीय बबलु राज रौनियारलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।

वीरगंज महानगरपालिकाकाे वडा नम्बर १५ बाईपास सडकखण्डबाट उनलाई पैदल हिँड्दै गरेको अवस्थामा पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । 

वीरगंजकाे बसपार्कबाट प्रतिमा चोकतर्फ जाँदै गरेको पैदल यात्रुलाई शंकास्पद अवस्थामा देखेपछि चेकजाँच गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए । 

बबलुले बोकेको कालो झोलाभित्र एक हजार दरको नेपाली नोट ४१५ थान (४ लाख १५ हजार),  नेपाली ५ सय दरको नोट ३४० थान (एक लाख ७० हजार) र नेपाली ५० दरको नोट १ सय थान (५० हजार) गरी जम्मा ५ लाख ९० हजार रकम फेला परेको प्रहरी नायब उपरीक्षक भारतीले बताए ।

बबलुलाई नियन्त्रणमा लिएर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ विरुद्धको कसूरमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । 

धोबिनी गाउँपालिकामा कृषी र व्युटिसियन सम्बन्धि तालिम शुरु

वीरगंज । पर्साको धोविनी गाउँपालिका वडा नं १ घोडदौड पिप्रारामा बुधबारदेखि १५ दिने कृषि सम्बन्धी जनचेतना मुलक तालिम र सोही वडामा १५ दिने व्युटिसियन सम्बन्धी तालिम शुरु भएको छ ।

श्रेया स्टील एण्ड क्षमता विकास प्रा. ली. धोबिनी २ पर्साको आयोजनामा कृषि सम्बन्धी जनचेतना मुलक तालिमको आयोजना भएको हो भने स्वरोजगार व्यवसायिक तालिम केन्द्र वीरगन्ज ११ को आयोजनामा ब्यूटीसियन तालिमको सुरु भएकाे हाे ।

दुवै तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहान र वडा नं १ का वडा अध्यक्ष बन्धू साह तेलीले संयुक्त रूपमा गरेका हुन् । कार्यक्रममा आफ्ना मन्तब्य राख्दै पालिका अध्यक्ष चौहानले यो १५ दिनको कृषि र व्युटिसियन तालिमले सहभागीहरूलाई राम्रैसंग सिक्ने अवसर प्रदान गरेकोले तालिमको लाभ लिन सहभागीहरूलाई आग्रह गरे ।

उनले तालिममा सिकेका कुराहरू कृषि र महिलाहरुले व्युटिसियनमा समय दिने र दुई पैसा कमाउनेमा आफू विश्वस्त रहेको बताए ।

यसैगरी वडा नं १ का वडा अध्यक्ष बन्धु साह तेलीले दुवै तालिमले सहभागीहरूलाई फाइदा पुग्नेमा आफू विश्वस्त रहेको बताए । साथै उनले तालिममा सिकेका कुराहरू आफ्ना व्यवसायिक जीवनमा लागू गर्न आग्रह गरे ।

सो अवसरमा वडा नं ४ का वडाध्यक्ष अब्बास मिया चुरिहर, सामाजिक विकास शाखा प्रमुख जितेन्द्र प्रसाद चौहान, कृषि प्रशिक्षक अमित कुमार यादव, पुनम कुमारी पटेल, व्युटिसियन प्रशिक्षक मिना कुमारी पटेल, सञ्जना पटेल, स्वरोजगार व्यवसायिक तालिम केन्द्रकी प्रतिनिधि सविता शर्मा, श्रेया स्टील एण्ड क्षमता विकास प्रा.ली का प्रतिनिधि रामानन्द ठाकुर, कार्यपालिका सदस्यहरू धुर्ब साह, सरोज पटेल, नन्द किशोर प्रसाद, जग पासवान र वडा नं १ का वडा सचिव अशोक राउत कुर्मी, समाज सेवी शिवशंकर राउत कुर्मी, नेपाली कांग्रेसका वडा सभापती गणेश साह लगायतहरुको उपस्थिति रहेको थियो ।

जनमत पार्टीमा एकै दिन सय जना भन्दा बढी प्रवेश

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर -२१ ताजपुरमा जनमत पार्टीकाे पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएकाे छ । वडा एकाई समितिद्वारा आयोजित कार्यक्रममा एक जना भन्दा बढीले प्रबेश गरेकाे जनमत पार्टी पर्साले जनाएकाे छ ।

स्थानीय प्रभावसाली युवा नेता प्रदिप गुप्ता (कलवार) को नेतृत्वमा दरोगा साह, सिपिन साह, रामबाबु यादव लगायत एक सय भन्दा बढीले जनमत पार्टी प्रवेश गरेका जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले वताए ।

वडा एकाई कमिटीका अध्यक्ष बिष्णु कुशवाहाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथि पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ र महिला नेत्री सिमा गुप्ताले नव प्रवेसीहरुलाई टीका लगाई पार्टी प्रवेश गराएका थिए ।

कार्यक्रममा युवा दस्ताका जिल्ला संयोजक मनोज साह, युवा महानगर अध्यक्ष सन्जय सिह, उपाध्यक्ष संजय साह, सचीव लोकेष कर्ण, कोषाध्यक्ष सिकेन्द्र राम, युवा नेताहरू महादेव शर्मा, राहुल सरार्फ लगायतको उपस्तिथि रहेको थियो ।

कालिकामाईकाे वडा नं. १ मा वडा कार्यालय र विद्यालय भवनकाे शिलान्यास

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. १ मुडलीमा निर्माण हुने वडा कार्यालय भवनकाे शिलान्यास गरिएकाे छ । एक कार्यक्रमकाे बिच गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ता र वडाध्यक्ष लालबाबु राउत बरै संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

वडा कार्यालय भवनकाे शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष गुप्ताले वडा कार्यालयकाे आफ्नै भवन निर्माण भएपछि सेवा प्रवाह गर्न सहज हुने वताए । उनले समय मै निर्माण कार्य सम्पन्न गर्न ठेक्दारलाई निर्देशन समेत दिए ।

जिल्ला समन्वय समिति पर्सा र गाउँपालिकाकाे रु ६० लाखकाे लागतमा वडा कार्यालय भवन निर्माण हुने प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरीले जानकारी दिए ।

वडाध्यक्ष बरैकाे अध्यक्षता र गाउँपापालिका अध्यक्ष गुप्ताकाे प्रमुख आतिथ्यतामा भएकाे शिलान्यास कार्यक्रममा वडा सदस्यहरु, वडा कार्यालयका कर्मचारी र स्थानियहरुकाे उपस्थिती रहेकाे थियाे ।

यसैगरी कालिकामाई गाउँपालिकाकाे वडा नं. १ मै रहेकाे श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा पनि विद्यालय भवनकाे शिलान्यास गरिएकाे छ । एक कार्यक्रमकाे बिच गाउँपालिका अध्यक्ष गुप्ताले विद्यालय भवनकाे शिलान्यास गरेकाे स्थानिय कृष्ण पटेलले वताए ।

वडाध्यक्ष बरैकाे अध्यक्षतामा भएकाे विद्यालय भवन शिलान्यास कार्यक्रममा स्थानिय नेता माेतिलाल प्रसाद पटेल, रामप्रबेश पटेल, राजबली पटेल, अमिका पासवान, सुरेन्द्र साह, टिनडाेबिया युवा क्लबका अध्यक्ष कृष्ण पटेल लगायतकाे उपस्थिती रहेकाे थियाे ।

पत्रकार महासंघकाे सदस्यता नामावली सच्याउन पर्साका चार संगठनकाे माग

वीरगंज । नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले सार्वजनिक गरेको सदस्यता नामावलीमा प्रति पर्साका ४ पत्रकार संगठनले आपत्ति जनाएका छन् ।
 
प्रेस चौतारी पर्सा,  प्रेस युनियन पर्सा, समाजवादी प्रेस संगठन पर्सा र प्रेस मंञ्च नेपालले मंगलबार संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै चाेर बाटाेबाट सार्वजनिक गरिएकाे नामावली प्रति ध्यानाकर्षण भएको जनाउँदै सदस्यता नमावली सच्याउँन माग गरेको हो ।
 
जिल्ला शाखाले सर्वसम्मत रुपमा प्रदेश समिति मार्फत केन्द्रलाई सिफारिस गरेको नामावली विपरित चोर बाटोबाट पटक–पटक सार्वजनिक गरिएका सदस्यता नामावली प्रति आपती जनाउँदै जिल्ला शाखाको सिफारिस विपरित केन्द्रीय समितिले सार्वजनिक गरेको नामावलीमा गैर पत्रकार समेत समावेश गरी ल्याइएको चार संगठनहरुकाे ठहर रहेकाे जनाएका छन् ।
 
विधानतः शाखा र प्रदेशबाट सिफारिस नै नभएका व्यक्तिको नाम समेत आश्चर्य चकित रुपमा केन्द्रले थपेर महासंघको गरीमा समेत घटाएको तथा पर्सामा सिफारिस विपरित कुनै पनि नाम उल्लेख गरी आएमा सो नामावली स्वीकार्य नहुने जानकारी प्रकाशित गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
 
संगठनहरुले महासंघ विधि विधानसम्मत चल्दै आएको संस्थाका रुपमा स्थापित रहेको हुँदा कुनै व्यक्ति वा संस्थाको प्रभावमा प्रकृया मिचेर नाम थपघट गर्ने कार्यको छानविन गरी उचित कार्वाहीको माग समेत गरेको छ ।
 
नेपाल पत्रकार महासंघको सुर्खेतमा सम्पन्न केन्द्रिय साधारण सभाबाट पारित सदस्यता शुद्धिकरण अभियानमा हामी पूर्ण प्रतिवद्ध रहेका भन्दै संगठनहरुले विधि विपरितको नामावली नसच्चिएसम्म पर्सामा निर्वाचनको कुनै प्रकृया अगाडी नबढाउने साथै निर्वाचन नहुँदा सृजित हरेक अवस्थाको जिम्मेवार स्वयम् केन्द्रिय समिति नै हुने विज्ञप्ती उल्लेख गरिएको छ ।
 
प्रकाशित विज्ञप्तीमा नेपाल प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहान, प्रेस चौतारी पर्साका अध्यक्ष  विजय भण्डारी, समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष शम्भु कुमार सुमन र प्रेस मञ्च नेपालका केन्द्रिय उपाध्यक्ष बिरेन्द्र साह हिटलरले हस्ताक्षर गरेका छन् ।
 
यसअघि नै समाजवादी प्रेस संगठ नेपाल पर्साले नेपाल पत्रकार महासंघ पर्सा शाखामा गरेकाे तालावन्दी यथावत रहेकाे छ । 

साईकल दिवसको उपलक्ष्यमा साइकल र्‍याली सम्पन्न

वीरगंज । भारतिय महावाणिज्य दूतावास, वीरगंजकाे आयाेजना र वीरगंज साइक्लिङ क्लबको सह आयोजनामा “विश्व साईकल दिवस” को उपलक्ष्यमा साइकल र्‍याली सम्पन्न भएकाे छ ।

साइकल एक सरल, सर्वोत्कृष्ट, विश्वसनीय, स्वच्छ र पर्यावरणीय अनुकूल यातायातका लागि उपयुक्त साधनको रूपमा प्रबर्धन गर्ने उद्देश्यले साइकल र्‍याली सम्पन्न भएकाे आयाेजकले जनाएकाे छ । साथै मानिसहरूलाई पर्यावरण र स्वास्थ्य अनुकूल जीवन शैली अपनाउनका लागि प्रेरित गर्नु पनि साइकल र्‍याली उद्देश्य रहेकाे जनाइएकाे छ  ।

साइकल रैलीमा उत्साहपूर्वक भाग लिएका आयु वर्गका मानिसहरुले स्वास्थ्य र पर्यावरण अनुकूल यातायातको साधनले अपनाउन संकल्प लिएका हुन् ।

साइकल रैलीलाई महावाणिज्य दूत श्री देवी सहाय मीनाले भारतीय महावाणिज्य दूतावासबाट झंडा दिखाई रवाना उदघाटन गरेका थिए । त्यसपश्चात घंण्टाघर, लिंक रोड एवं भानुचौक हुँदै शंकराचार्यद्वार पुगी पुन: बिर्ता चौक, घडिअर्वा पोखरी हुँदै भारतीय महावाणिज्य दूतावास परिसरमा पुगि सम्पन्न भएको थियो ।