Date
बिहि, असार ४, २०८३
Thu, June 18, 2026

सई यादवको टिमद्वारा ठुलो परिमाणको सामान नियन्त्रण

spot_img
spot_img

सर्लाही । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बागमती नगरपालिका–१२ मा प्रहरीले ठूलो मात्रामा राजश्व छलीको सामान नियन्त्रणमा लिएको छ। बुटवलबाट मोरङतर्फ गइरहेको प्र. ३–०१–००५ ख ९४६० नम्बरको ट्रकलाई रोकेर जाँच गर्दा त्यसमा लोड गरिएको सामानको बिल शंकास्पद देखिएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।

प्रवक्ता राईका अनुसार नियन्त्रणमा लिइएको सामानमा करिब रु ४७ लाख ९७ हजार पाँच सय १ बराबरको जिरा पाउडर, कस्मेटिक सामग्री, टायर, हेलमेट, मोटर पार्ट्स, ब्याट्री, औषधि, मेसिन, हार्डवेयरका सामग्री, किचेन सिंक लगायतका विभिन्न खुद्रा सामग्री छन्। नियन्त्रणमा लिइएको ट्रक तथा सामानलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको छ।

यसअघि पनि ईलाका प्रहरी कार्यालय कर्मैयाको कमाण्ड प्रहरी नायब निरीक्षक (सई) सुभाष यादव सम्हालेदेखि हालसम्म करिब रु चार करोड बराबरको राजश्व छलीको सामान नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। सई यादवको नेतृत्वमा प्रहरीले विभिन्न सवारी साधनमार्फत ल्याइएका सामानहरू नियन्त्रणमा लिएका हुन्।

पुस ६ गतेदेखि हालसम्म प्रहरीले निम्न सवारी साधन र त्यसमा रहेका सामानहरू नियन्त्रणमा लिएको जनाएको छः

ना ६ ख ४८९५ नम्बरको ट्रकबाट रु ७० लाख १९ हजार ८२९

ना ७ ख १५८४ नम्बरको ट्रकबाट रु २७ लाख ४५ हजार ९००

ना ८ ख १००१ नम्बरको ट्रकबाट रु १ करोड ४६ लाख ५३ हजार ३००

ना ५ ख ५८३ नम्बरको बसबाट रु १ लाख ८० हजार

प्र. ३–०१–००५ ख ९५२२ नम्बरको ट्रकबाट रु ७४ लाख ८६ हजार ४२५

बागमती प्रदेश ०३००१ ख ९४१ नम्बरको ट्रकबाट रु ६२ लाख ३० हजार २१७

ना ३ ख ९८७५ नम्बरको ट्रकबाट रु १२ लाख ७४ हजार ६९६

लु २ ख ६८०० नम्बरको बसबाट रु १ लाख ११ हजार

प्र. ३–०१–००५ ख ९४६० नम्बरको ट्रकबाट रु ४७ लाख ९७ हजार ५०१

यसरी हालसम्म करिब रु चार करोड बराबरको राजश्व छलीको विभिन्न सामग्री नियन्त्रणमा लिइएको छ।

प्रहरी स्रोतका अनुसार प्रहरी नायब निरीक्षक यादवले ईलाका प्रहरी कार्यालय कर्मैयाको कमाण्ड सम्हालेदेखि चोरी, लागुऔषध कारोबार, अपहरण लगायतका अपराध नियन्त्रणमा समेत उल्लेखनीय सफलता हासिल गरेका छन्। उनको टिमले तीन जना मानिससहित लागुऔषध समेत नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय कर्मैयाले राजश्व छली नियन्त्रण मात्र नभई यस क्षेत्रमा हुने चोरी र आपराधिक गतिविधि नियन्त्रणमा समेत सक्रिय भूमिका खेलिरहेको प्रहरी स्रोतले जनाएको छ ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

इप्रका पोखरियाद्वारा ३७० केजी गाँजा बरामद, संलग्न व्यक्तिको खोजी तीव्र

वीरगंज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ । विशेष सूचनाको आधारमा खटिएको संयुक्त प्रहरी टोलीले छिपहरमाई गाउँपालिकाबाट ३७० केजी गाँजा...

अत्यधिक गर्मीका कारण वीरगंजका विद्यालय ९:३० बजेसम्म मात्र सञ्चालन गर्न निर्देशन

वीरगंज । अत्यधिक गर्मी बढ्दै गएपछि वीरगंज महानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन समयावधि परिवर्तन गरेको छ । महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले बुधबार सूचना जारी...

ट्राफिक प्रहरी कार्यालय पर्सामा प्रहरी निरीक्षक कटवालको बिदाइ, श्रेष्ठको स्वागत

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, वीरगंज, पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवालको बिदाइ तथा नयाँ प्रमुख प्रहरी निरीक्षक दीपेन्द्र श्रेष्ठको स्वागत कार्यक्रम सम्पन्न...