Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

नेकपा एस पर्सा जिल्ला कमिटीकाे बैठक सम्पन्न, साह र पटेल निलम्बित

spot_img
spot_img

वीरगंज । नेकपा (एकीकृत समाजवादी) पर्साकाे प्रथम जिल्ला कमिटी बैठक शनिबार सम्पन्न भएकाे छ । पार्टीका जिल्ला अध्यक्ष बालगाेपाल थापाकाे अध्यक्षतामा बसेकाे बैठकले  १९ सदस्यीय सचिवालय गठन गरेकाे छ ।

सचिवालय समितिमा जिल्ला पदाधिकारी अध्यक्ष बालगाेपाल थापा, उपाध्यक्ष बिक्रम चाैरसिया, सचिव गंगा खड्का, उप सचिव मंजुर आलम, टेकनारायण महताे, याेगमाया तामाङ, क्षेत्र नं.  १ बाट शान्ता देवी महर्जन, राधेश्याम सिंह, मनाेज पटेल, क्षेत्र न‌ं. २ बाट रमेश चाैधरी, विनयलाल साह, नेपाल इन्दु साह, रेविन्द्र बहादुर कार्की, क्षेत्र न‌ं. ३ बाट राजेन्द्र चाैधरी, विनाेद कुमार जयसवाल, वृजेश चाैहान, क्षेत्र नं. ४ बाट भाेला महताे र शुशिल हजारा चयन भएका छन् । 

यसैगरी बैठकले पार्टीका अनुशासन विपरित काम गर्ने दुई जनालाई कारवाही समेत गरेकाे छ । बैठकले पार्टीकाे अनुशासन विपरित काम गर्ने जिल्ला सदस्य राघव साह र अनिल पटेललाई पार्टीबाट निलम्बन गर्न निर्णय गरेकाे जिल्ला सचिव गंगा खड्काले जानकारी दिए ।   

जिल्ला समन्वय समितिमा पर्साकाे सभाहलमा बसेकाे बैठककाे उद्घाटन पार्टीका स्थायी कमिटी सदस्य नागेन्द्र चाैधरीले गरेका थिए । बैठकलाई सम्बाेधन गर्दै नेता चाैधरीले राेजगारी र सुशासनकाे लागि समाजवादी क्रान्तिकाे तयारी पार्टी लागेकाे वताए । उनले कुशासन र भ्रष्टाचारका कारण बेराेजगारी सृजना भएकाे वताउँदै अब  त्यसकाे अन्त्यकाे लागि समाजवादी क्रान्तिकाे जरुरी रहेकाे वताए ।

पार्टीका केन्द्रिय सदस्य मनाेज चाैधरीले पार्टीमा एक ढिका भएर सबै आ आफ्नाे ठाउँबाट पार्टीकाे काम गर्नु पर्ने वताए । पार्टी अनुशासन विपरित काम गर्ने जाेकाेईलाई पार्टीले नछाेडने उनले चेतावनी समेत दिए । 

बैठकमा पार्टीका केन्द्रिय लेखा समिति सदस्य किशाेरी कुशवाहा, प्रदेश समिति सदस्य सुभदार यादव, वृज यादव, रामेश्वर धानुक, प्रभु कुर्मी लगायतकाे उपस्थिती रहेकाे थियाे । बैठक मै गत चैत १३ गते भएकाे जिल्ला अधिवेशनबाट निर्वाचित वाकी जिल्ला सदस्यहरु सपथ ग्रहण समेत गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...

जितियामा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

बारा । बाराको देवताल गाउँपालिका–६ मा जितिया पर्वको अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। स्थानीय पोखरीमा नुहाउन पुगेका राजेश पटेलकी १५...