Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

पत्रकारहरूका लागि साइबर सुरक्षा तथा एआई सम्बन्धि अभिमुखीकरण

spot_img
spot_img

वीरगंज । प्रदेश सभा सदस्य श्याम पटेलले डिजिटल मिडियामा बढ्दो छाडापनप्रति गम्भीर चिन्ता व्यक्त गर्दै पत्रकारहरूलाई जिम्मेवार र सकारात्मक पत्रकारिता गर्न आह्वान गरेका छन् ।

आइतवार वीरगंजस्थित वृन्दावन होटलमा सम्पन्न साइबर सुरक्षा तथा कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रमकाे उद्घाटन गर्दै प्रदेश सांसद पटेलले युट्युब लगायत डिजिटल प्लेटफर्महरूमा देखिएको गैरजिम्मेवार व्यवहारले पत्रकारिताको गरिमा घटाएको बताए ।

कार्यक्रममा आमसंचार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्गाले पत्रकारहरूको व्यावसायिक उत्थानका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराउँदै ४०० भन्दा बढी पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना बीमा गरिसकिएको उल्लेख गरे ।

अध्यक्ष खड्काकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, पूर्व केन्द्रीय सचिव दीपेन्द्र चौहान, पर्सा अध्यक्ष ओमप्रकाश खनाल, फोनिज मधेश प्रदेश उपाध्यक्ष प्रिया सिंह थारु लगायतले आ आफ्नाे धारणा व्यक्त गरेका थिए ।

आमसञ्चार प्राधिकरण मधेश प्रदेशका आयोजनामा र नेपाल पत्रकार महासंघ पर्साको समन्वयमा भएकाे अभिमुखिकरण कार्यक्रममा पर्साका ६२ जना पत्रकारहरूको सहभागिता रहेको थियाे । कार्यक्रममा जीवन भण्डारी र प्रकाश मैनालीले कृत्रिम बौद्धिकता (AI) सम्बन्धी प्रशिक्षण दिएका थिए भने कार्यक्रमकाे सहजीकरण महासंघ पर्साका सचिव विजय चौहानले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...