Date
बुध, असार ३, २०८३
Wed, June 17, 2026
Home Blog Page 316

खैरो हिरोइन सहित ३ जना पक्राउ

वीरगंज । बारा प्रहरीले लागु औषध खैराे हिराेइन सहित ३ जनालाई प्रकाउ गरेकाे छ । ईलाका प्रहरी कार्यालय सिमरा, बाराबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा, जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.२ स्थित सिमरा चोकबाट आइतबार दिउसाे बस चालक सहित ३ जनालाई पक्राउ गरेकाे हाे ।
 
पक्राउ पर्नेमा वीरगंज महानगरपालिकाकाे वडा नं. ३२ बस्ने वर्ष ३० का मुनि लाल प्रसाद रौनियार, पोखरिया नगरपालिकाकाे वडा नं. ०२ बस्ने वर्ष १९ का दिपेन्द्र शर्मा र  पकहाँ मैनपुर गाउँपालिका वडा नं.४ खेस्राहा बस्ने वर्ष १९ का भिम गिरी रहेका छन् ।
 
वीरगंजबाट नारायणगढतर्फ जादै गरेको ना ६ ख ६०५९ नम्बरकाे यात्रुबाहक बसलाई रोकी चेक जाँच गर्दा चालकको सिटमुनी लुकाई छिपाई राखेको ९ ग्राम, ७६० मिलिग्राम लागू औषध खैरो हिरोइन बरामद भएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानेले जानकारी दिए ।
 
त्यसपछि बस चालक, सह चालक सहित ३ जनालाई नियन्त्रणमा लिई लागू औषध मुद्दा दर्ता गरी जिल्ला अदालत बारा, कलैयाबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको प्रवक्ता न्याैपानेले वताए ।

विट पत्रकारिता तालिम सम्पन्न

वीरगंज । वीरगंज महानगरपालिकाको सहयोग र लुकइ माई मिडिया प्रा.लि.को आयोजनामा सञ्चालित ३ दिने विट पत्रकारिता तालिम सम्पन्न भएको छ । विरगंजको एक होटेलमा आषाढ ८ देखी १० गतेसम्म संचालित तालिममा ३० जना पर्शेली क्रियाशिल पत्रकारलाई बिभिन्न विट बारे पत्रकारीता तालिम दिइएको मिडिया प्रालिका अध्यक्ष प्रणय साहले बताए ।

उनका अनुसार वीरगंज महानगरपालिकाको सहयोगमा सञ्चालित उक्त तालिमको पहिलो दिन आर्थीक पत्रकारीताको बारे प्रशिक्षक ओम प्रकाश खनालले प्रशिक्षण दिएका थिए । त्यस्तै दोश्रो मिडिया कानुन तथा पत्रकार आचारसंहिता लगायत अर्थीक बारे तालिम दिइएकाे थियाे । अन्तिम दिन अनलाइन प्रणालीबाट अर्थीक समाचारको लागी सुचना कसरी जुटाउने बारे तालिम प्रदान गरीएको थियो ।

तालिमकाे उद्घाटन नेपाल पत्रकार महासंघ पर्साका उपाध्याक्ष युवराज खड्काले गरेका थिए । तालिमकाे उद्घाटन गर्दै उपाध्यक्ष खड्काले पत्रकारको व्यवसायीक बिकासबाटै प्रेस स्वतनत्रताको रक्षा गर्न सकिने बताए ।

‘सिकेको कुरा ब्यबहारमा उतार्नु पर्छ , उनले भने ‘जानेको कुरा लेख्नै पर्छ तर पत्रकार तथ्य र सत्यको नजिक रहेर बिश्वशनिए पत्रकारिता गर्नु पर्छ ।’

कार्यक्रममा वीरगंज महानगरपालिकाको प्रकाशन, प्रसारण तथा सूचना शाखा प्रमुख हरि ओम प्रसाद चौधरी, आम सञ्चार प्रवर्द्धन समितिका संयोजक ध्रुब अधिकारी, प्रकाशन, प्रसारण तथा सूचना शाखाका निर्मला पौडेल, पत्रकार अमित साह लगायतको सहभागीता रहेको थियो ।

जगरनाथपुरकाे ११ औं गाउँ सभा सम्पन्न, ४४ कराेड ३४ लाखकाे बजेट प्रस्तुत

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकाकाे ११ औं गाउँ सभाकाे अधिवेशन तथा आ.व. २०८१/०८२ काे निती, कार्यक्रम र बजेट प्रस्तुतीकरण कार्यक्रम साेमबार सम्पन्न भएकाे छ ।

गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवकाे अध्यक्षतामा भएकाे कार्यक्रममा उपाध्यक्ष बबिता सिंहले ४४ कराेड ३४ लाख २३ हजार ५ सय बराबरकाे बजेट प्रस्तुत गरेकी थिइन । उनले आय तर्फ नेपाल सरकारकाे समानिकरण अनुदान १० कराेड ९७ लाख, प्रदेश सरकारकाे समानिकरण ७९ लाख ८२ हजार, नेपाल सरकारकाे राजश्व बाँडफाँड ९ कराेड ३९ लाख, प्रदेश सरकारकाे राजश्व बाँडफाँड ५१ लाख १२ हजार ६ सय ८२, नेपाल सरकारकाे सर्शत चालु १५ कराेड ८४ लाख २३ हजार ५ सय, नेपाल सरकारकाे सर्शत पुजीगत ९० लाख, नेपाल सरकारकाे विशेष अनुदान ९० लाख, प्रदेश सरकारकाे समपुरक अनुदान २० लाख र प्रदेश सरकारकाे विशेष अनुदान ३० लाख रहेकाे बजेट प्रस्तुत गरिन ।

उपाध्यक्ष सिंहले व्यय तर्फ भाैतिक पूर्वाधार तथा विकास कार्यक्रममा ३९ कराेड, कृषि तथा पशुमा ९९ लाख, शिक्षामा २ कराेड ७० लाख, स्वास्थ्यमा ९२ लाख, खानेपानी तथा सिचाईमा एक कराेड ८४ लाख, खेलकुदमा ३७ लाख, लैंगिक समानता समाजिक समावेशीकरण तथा समाजिक सुरक्षा ५८ लाख बजेट छुट्याएकाे वताइन ।

यसैगरी वन तथा विपद व्यवस्थापनमा ३८ लाख, साेलार साैर्य‍वती तथा विजुली वती जडानमा ८५ लाख, मठ मन्दिर मस्जिद तथा संस्कृतिक सम्पदा जगेर्नामा ३ कराेड ९० हजार, राेजगार तथा व्यवसाय प्रवर्धनमा १० लाख, कार्यालय संचालन प्रशासनिक खर्च तथा जनप्रतिनिधिहरुकाे सेवा सुविधा तथा कर्मचारीकाे तलब भत्तामा १० कराेड ८८ लाख, नेपाल सरकारकाे सर्शत चालु १५ कराेड ८४ लाख २३ हजार ५ सय, नेपाल सरकारकाे पुंजिगत खर्च ९० लाख, नेपाल सरकारकाे बिशेष अनुदान ५० लाख, प्रदेश सरकारकाे समपुरक अनुदान २० लाअ र प्रदेश सरकारकाे विशेष अनुदान ३० लाख बजेट छुट्याएकाे उपाध्यक्ष सिंहले वताइन ।

श्री नेरा मावि सन्ठिमा भएकाे गाउँ सभाकाे उद्घाटन नेपाली कांग्रेस पर्साका सभापति एवम् प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्रीले गरेका थिए । साे कार्यक्रममा प्रदेश सभा सदस्य शंकर चाैधरी, प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन राय यादव, नेपाली कांग्रेसका महासमिति सदस्य रामदेव प्रसाद चाैहान, सहरुम राउत गद्दी, नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादव, वडाध्यक्षहरु लक्ष्मी सा तेली, नेपाली प्रसाद कुशवाहा, सुभाष यादव, प्रभु प्रसाद नुनिया, बिहारी महताे नुनिया, राम अयाेध्या पटेल, नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ का सचिव बलिष्टर अहमद, काेषाध्यक्ष विनय द्विवेदी लगायत गाउँ सभा सदस्यहरु र गाउँपालिकाका कर्मचारीहरुकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे संचालन स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्र साहले गरेका थिए ।

जिराभवानीकाे अगामी बर्षकाे नीति तथा कार्यक्रम प्रस्तुत, शिक्षा र कृषीमा जाेड

वीरगंज । पर्साकाे जिराभवानी गाउँपालिकाले आइतबार अगामी आर्थिक बर्ष २०८१/०८२ काे नीति तथा कार्यक्रम प्रस्तुत गरेकाे छ । गाउँपालिका अध्यक्ष अनाेज चाैधरीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा उपाध्यक्ष रेखा चाैधरीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपाध्यक्ष चाैधरीले दिगो नतिजामूलक विकासको लागि आवश्यक गुरुयोजना तयार गरी अगामी वर्ष आवधिक गाँउ विकास योजना, भु-उपयोग योजना एवं प्रकोप व्यवस्थापन योजना निर्माण गरी कार्यान्वयनमा जोड दिईने वताइन ।

उनले सम्भावित प्रकोप, दुर्घटना र आम गाँउवासीको सुरक्षाको लागि शहरी विकास मन्त्रालयबाट जारी राष्ट्रिय भवन सहिता एवं भवन निर्माण मापदण्डबारे सचेतीकरण गरिने पनि वताइन ।

जिराभवानी गाउँपालिकको हरेक वडालाई जोडने रिङ्ग रोडको सम्भाव्यता अध्ययन गरी सोको निर्माण गर्न योजना बनाइने उपाध्यक्ष चाैधरीले वताइन । उनले खानेपानी, विद्युत पोल, ढल र सडकको स्तरोन्नती गरीनुका साथै प्रमुख सडकहरुलाई कम्तमिा ३० फटि फराकलाे गरिने कार्यक्रम प्रस्तुत गरिन ।

यसैगरी उनले ५ लाख भन्दा माथिका आयोजनाहरुमा आयोजना स्थलमा योजना सम्बन्धि जानकारी गराउन अनिवार्य रुपमा विस्तृत विवरण सहित होर्डिङ्ग बोर्ड लगाईने, वढ्दो सार्वजानिक जग्गा तथा सडक अतिक्रमणलाई स्थानिय जनसहभागितामा नियन्त्रण गरी ऐतिहासिक, धार्मिक स्थलहरुका साथै सार्वजानिक जग्गाहरु खोजी संरक्षण गरिने वताइन ।

गाउँपालिका अध्यक्ष चाैधरीले प्रत्येक वर्ष उत्कृष्ट कार्य गर्ने उपभोक्ता समितिलाई पुरस्कृत गर्ने र खराब आचरण भएका उपभोक्ता र सहयोगीहरुलाई दण्ड सजाय गर्ने नीति लिई गुणस्तरीय विकास निमाणर्मा जोड दिईने वताए ।

उनले एक गाँउ एक बहु-उपयोगी पोखरीको अवधारणा अनुसार यस गाँउको सबै पोखरीलाई रमणिय र धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गुरुयोजना वनाई बजेट व्यवस्थापनका लागि सम्बन्धित निकायमा पहल गरिने वताए । 

वडा नं. ३ स्थित जितपुरको सभाहलमा भएकाे कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरी, गाउँ कार्यपालिका सदस्य सराेज चाैरसिया सहित गाउँ सभा सदस्यहरु र गाउँपालिकाका कर्मचारीहरुकाे सहभागिता रहेकाे थियाे ।

विओपी लहावरथकरीका इन्स्पेक्टर साहको संरक्षणमा असई सिंहकाे अवैध असुली

वीरगंज । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय लहावरथकरीका इन्स्पेक्टर जितेन्द्र साहको संरक्षणमा असई सुजय सिंहले अवैध रकम असुली धन्धामा आतँक मच्चाएका छन् । सीमा क्षेत्रमा हुने तस्करीलाई रोक्नुपर्नेमा खुलेयाम रकम असुली गरि तस्करलाई संरक्षण दिईरहेको प्रमाण फेला परेको छ । असई सिंहले दिनदहाडै एक व्यापारीसँग अवैध रकम असुलेको भिडियो नै सार्वजनिक भएको छ ।

त्यहाँ कार्यरत रहेका सशस्त्र प्रहरी नायब उपरीक्षक डि.एस.पी. प्रेमबहादुर कठायत बिदा गएको मौका छोपी त्यहाँ काजमा खटेका सशस्त्र प्रहरी निरीक्षक जितेन्द्र साहको संरक्षणमा असई सिंहले खुलेयाम तस्करी वापतको व्यापारीहरुसँग पैसा असुली रहेका छन् । डि.एस.पी. बिदामा रहेका बेला सशस्त्र प्रहरी बल १३ नं. गुल्मबाट काजमा खटेका सशस्त्र प्रहरी उपरीक्षक (एस.पी.) का विश्वासिलो पात्र मानिने जितेन्द्र साहको संरक्षणमा असई रकम असुलीको आतँक नै मच्चाएका छन् ।

असई सिंहले अवैध रकम असुलीको आतँक मात्रै मच्चाएका छैनन्, आफ्नो निकायको माथिल्लो तहका अधिकृतको आडमा असुली गरि रहेको धाक पनि लगाउने गरेको स्थानीयहरुको आरोप छ । स्थानीयहरु भन्छन् ‘असई सिंहले पैसा नदिई कुनैपनि सामान नेपाल भित्र्याउन दिइँदैन, महिनावारी बुझाउनुस्, म मात्रै होइन हाकिमको भाग पनि दिनुपर्छ, तबमात्रै तस्करीको सामान भित्र्याउन पाइन्छ’ । कसैले यो विषयमा जानकारी पाएपनि केही नहुने फुर्ति लगाउँछन् ।

‘यहाँका इन्स्पेक्टर साहलाई उपल्लो हाकिमले नै तस्करीको लाइन खुलाउन पठाएको हो, ढुक्क भएर पैसा बुझाउनुस्’ जस्ता अभिव्यक्ति दिने गरेको उनीहरुको आरोप छ । ‘एसपी साबको विश्वासिलो पात्र इन्स्पेक्टर साब हुनुहुन्छ, उनको विश्वासिलो पात्र म छु’ भनेर अवैध रकम असुल्ने गरेको बताइएको छ । असई सिंहले त्यस क्षेत्रबाट तस्करी गर्ने व्यापारीहरुसँग १ हजारदेखि १० हजारसम्म उठाउने गरेको बताइएको छ । नेपाल भारत सीमा क्षेत्रमा पर्ने सिक्टा भिस्वा, कठिया मठिया, सबैठवा लगायतका नाकाहरुबाट सिंहको इसारामा व्यापाक तस्करी बढेको छ ।

सशस्त्र प्रहरी नायब उपरीक्षक कठायत कार्यरत रहँदा पूणर् रुपमा तस्करी बन्द भएको अवस्थामा उनी लामै बिदा गएपछि उनको अनुपस्थितिमा त्यहाँ काजमा गएका इन्स्पेक्टर साह र असई सिंहले असुली धन्धालाई तिब्रता दिएका छन् । इन्स्पेक्टर र असईले रकम बुझी तस्करीको लाइन खोलेपछि अहिले सो नाकाहरुबाट दिनदहाडै तस्करीका सामानहरु नेपाल भित्रिने गरेको छ । त्यति मात्रै होइन, असईको रवाफ पनि ठुलै छ । जोसुकै व्यक्तिलाई तस्कर सरह नै व्यवहार गर्ने गरेको सर्वसाधारणहरुको गुनासो छ ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरको विश्वासिलो पात्र मानिने र खुफिया सूचना दिने व्यक्ति हुन् असई सिंह । डिआईजी ठाडा मगर तत्कालीन छिनमस्ता बाहिनी मेधश प्रदेश कार्यालय बर्दिबासमा कार्यरत रहँदा असई सिंह सर्लाही जिल्लामा लामै समयसम्म घुमुवा बसेका थिए । घुमुवा हुँदा तस्कर, व्यापारी, क्रसर व्यवसायी लगायत अवैध गतिविधि गर्नेहरुसँग सेटिङ्ग गर्ने उनको जिम्मा थियो । डिआईजीको नाममा रकम असुलीको आतँक मच्चाएपछि असई सिंह घुमुवाबाट तानिएका थिए ।

त्यस पश्चात असई सिंह पर्साको पोखरियामा आउँदा आउने वित्तिकै तत्कालीन डि.एस.पी. भीम चौधरीसँग ततः ममः भनेर मुख लागेपछि डिएसपीले उनलाई कारवाही गरि फिर्ता पठाएका थिए । यति मात्रै होइन, उनको राजनीति दल नेतासँग पनि राम्रै हिमचिम रहेको बताइएको छ । असई सिंह आफ्नै जिल्लाबासी नेता डा. अमरेश सिंहसँग पनि नजिक रहेकोले उनको धाक पनि लगाउने गरेका छन् । असई सिंह जहाँ गएपनि विवादमा तानिएको उनको रेकर्ड नै छ । उनी पावर र पहुँचको आधारमा लामो समयदेखि पर्सा जिल्लामा कार्यरत रहँदै आएका छन् ।

अहिले पनि पर्सा जिल्लामा कार्यरत रहेपनि असई सिंहले डिआईजी ठाडामगरलाई सूचना दिने गरेको बताइएको छ । हाल बागमती प्रदेश गढीमाई बाहिनीमा कार्यरत रहेका डिआईजि ठाडामगरलाई असई सिंहले वीरगंजबाट जाने ट्रान्सपोर्टका सामानहरुको सूचना दिने गरेको बताइएको छ । जसले गर्दा रातोमाटो स्थित अवैध रुपमा संचालन गरिएको सशस्त्र प्रहरीको चेकप्वाइन्टले व्यापारीहरुलाई अनावश्यक दुःख दिने, सेटिङ्ग मिलाउने जस्ता कामहरु गरि रहेको समाचार श्रोतले जनाएको छ ।

आफ्नो कमाण्डर प्रहरी उपरीक्षक (एसपी) लाई जानकारी नदिई असई सिंहले डिआईजी मगरको सुराकीको रुपमा काम गर्ने गरेका छन् । पहुँच र पावरको दम्भ देखाई जहाँ गएपछि पैसाको लागि मरिहत्ते गर्ने असई सिंहको रवैयाले त्यहाँका स्थानीय त्रसित बनेका छन् । त्यस क्षेत्रका सर्वसाधारणहरु सीमा क्षेत्रमा ओहर दोहर गर्दा लाठीले हिर्काउने, जो सँग पनि पैसा नै माग्ने असई सिंहको बानी भइसकेको छ । असई सिंहले तस्कर एवं व्यापारीसँग रकम असुल्दा जिल्लाको हाकिमको मात्र नभई प्रदेशको हाकिमको पनि नाम लिने गरेका छन् । मधेश प्रदेशका डिआईजीलाई पनि लाखौं रकम बुझाउनुपर्छ भनेर ठूलै रकम असुल्ने गरेको बताइएको छ ।

वीरगंजमा समाजवाद र प्रेस स्वतन्त्रता बिषयक अन्तरक्रिया

वीगंज । सामाजवादी प्रेस संगठन नेपाल, पर्साको आयोजनामा आईतवार वीरगंजमा समाजवाद र प्रेस स्वतन्त्रता बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

समाजवादी प्रेस संगठन नेपाल, पर्साका अध्यक्ष शम्भु कुमार सुमनकाे अध्यक्षतामा भएकाे कार्यक्रमका सहभागिहरुले पत्रकारिता पेसामाथि राजनैतिक दलहरुको हस्तक्षेप बढ्दै गएको र राज्यको तर्फबाट बिभिन्न बहानामा प्रेसमाथी अंकुश लगाउने काम हुँदै गएकाे भन्दै चिन्ता ब्यक्त गरेका हुन् ।

कार्यक्रममा बाेल्ने वक्ताहरु प्रेस स्वतन्त्रमाथि विभिन्न बहानामा भइरहेकाे हस्तक्षेपकाे चर्चा गर्दै सबै प्रेस जगत एकजुट भएर अगाडी बढनु पर्ने बिचार व्यक्त गरेका थिए । देश समाजवादी क्रान्तिको दिशामा अगाडी वढी रहेको अवस्थामा पत्रकारितालाई झनै स्वतन्त्र र जनतामाथी उतरदायी बनाउँनु पर्ने कुरामा वक्ताहरुकाे जोड थियाे । 

कार्यक्रमका प्रमुख अतिथी नेकपा एकिकृत समाजवादीका प्रचार विभाग उप प्रमुख दामोदर अर्यालले प्रेस स्वतन्त्रतालाई राज्यले मात्र हाेइन संचारगृहले पनि हनन् गरिरहेकाे वताए । उनले संचारगृह र संचार गृहका मालिकहरुले आफ्नाे इच्छा र चाहना अनुसार समाचार सम्प्रेसण गर्दा पनि प्रेस स्वतन्त्रता हनन् हुने गरेकाे वताए ।

नेकपा एस कै स्कुल विभागका सचिव असेस घिमिरेले सुशासनकाे बारेमा पत्रकारहरुले कलम चलाईदिनु पर्ने वताए । पुंजिवादहरुकाे चेपुवामा सुशासन परेकाे वताउँदै उनले चारैतिर पुंजिपति बर्ग कै ब्रचश्व भएकाे वताए । पुंजिवादकाे अन्त्य नभए सम्म देशमा समृद्ध र सुशासन सम्भव नरहेकाे वताउँदै त्यसकाे अन्त्यकाे लागि समाजवाद जरुरी रहेकाे वताए ।

प्रचार प्रचार विभागका सचिव प्रकाश खतिवडाले नेपालकाे संविधानले हाम्राे मुलुकलाई समाजवाद उन्मुख व्यवस्था गरेपनि कुनै पनि दलले समाजवाद कार्यक्रम नल्याएकाे वताए ।

उनले नेपाली राजनीतिकाे इतिहासमा पहिलाे पटक नेकपा एसले नेपाली विशेषताकाे समाजवाद कार्यक्रम अघि सारेकाे वताए । उनले असार १६ देखि २० गते सम्म काठमाडाैंमा हुने पार्टीकाे महाधिवेशनले पारित गर्ने विश्वास व्यक्त गरे ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चाैहानले कुनै पनि समाचारलाई अहिले लुकाउन नसकिने वताए । अहिलेकाे जवानामा पुंजिपतिहरुले पइसाकाे बलमा समाचार लुकाउन नसक्ने उनकाे भनाई थियाे । मुलुकमा संघियता ल्याउनुमा पत्रकार अहम भुमिका भएकाे वताउँदै सचिव चाैहानले अहिले सत्ताकाे आडमा पत्रकार महासंघकाे गरिमा खसाउने काम भइरहेकाे भन्दै चिन्ता ब्यक्त गरे ।

पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जाराले एकता बान्धने सुत्र समाजवाद भएकाे वताए । उनले अहिले पनि एक पक्षाले अर्काे पक्षलाई स्विकार गर्न नसक्ने समाजिक बनावट र संरचना रहेकाे वताउँदै त्याे समाजिक बनावट र संरचनालाई एकता बान्धने भुमिकका प्रेसले खेल्नु पर्ने धारणा राखेका थिए ।

वीरगंज स्थित होटल बृदावनमा भएको कार्यक्रममा नेकपा एस पर्साका कार्यवाहक अध्यक्ष गंगा खड्का, वीरगंज महानगर अध्यक्ष मनोज चौधरी, बिशेष प्रदेश कमिटि सदस्य दिपक दवाडी, समाजवादी प्रेस संगठनका केन्द्रीय सचिव बृजलाल पासवान, केन्द्रीय सदस्य रेबिन्द्र कार्की, रेडियो वीरगंज, टिभि वीरगंज एवम् मधेशदृष्टिका कार्यकारी अध्यक्ष ध्रुव साह, प्रेस सेण्टरका केन्द्रीय सदस्य निरज पिठाकोटे, नेपाल प्रेस युनियन पर्सा अध्यक्ष बिजय चौहान, प्रेस चौतारी पर्साका अध्यक्ष बिजय भण्डारी, प्रेस सेण्टर पर्साका अध्यक्ष दिपक गौतम लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सहजीकरण समाजवादी प्रेस संगठन नेपाल पर्साका सह सचिव श्याम सर्राफले गरेका थिए भने स्वागत मन्तव्य समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सदस्य मनोज पटेलले राखेका थिए ।

नेकपा एसले अगामी अधिबेशनको क्रममा नेपाली पत्रकारीताको वर्तमान अवस्था र अगाडीको कार्यदिशाको बिषयमा समेत वहस र छलफलको बिषय बनाउँने कार्यलाई कार्यक्रममा सहभागी पत्रकारका नेताहरुले प्रसंसा गरेका थिए ।

राष्ट्रिय दलित पत्रकार संघ पर्साको अध्यक्षमा पुन: पासवान र सचिवमा विक

वीरगंज । राष्ट्रिय दलित पत्रकार संघ पर्साको अध्यक्षमा पुनः श्याम पासवान दोहोरिएका छन् । शनिवार वीरगञ्ज गेटवे होटलमा सम्पन्न संघको दोस्रो अधिवेशनपछिको बनदसत्रले पासवानलाई नै अध्यक्षमा सर्वसंवत चयन गरेको हो ।

पासवान नवहिमालयन टाइम्सका प्रकाशक हुन् । उपाध्यक्षमा सुरेश बादल र सचिवमा सूर्यनारायण वि.क. पनि दोहोरिएका छन् । बादल तराई न्युजमा आवद्ध छन् भने सूर्य यात्रा डेलीका सहसम्पादक हुन् ।

सहसचिवमा सुशिल हजरा चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा निला राम, सदस्यहरुमा संगीता दास, धर्मेन्द्र राम, बिपिन महरा, सिद्धार्थ बादल, सुजिता कुमारी, आशिका कुमारी, रामबाबु राम चयन भएका छन् ।

बन्द सत्रबाट बृजलाल पासवान, बिनोद परियार र सुभाष रामलाई सल्लाहकारमा मनोनित गरेको छ ।

राष्ट्रिय दलित पत्रकार संघ पर्साको दोस्रो अधिवेशन सम्पन्न

वीरगंज । राष्ट्रिय दलित पत्रकार संघ पर्साको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै राष्ट्रिय सभा सदस्य राधेश्याम पासवानले दलित शब्द आफैमा सम्मानजनक शब्द भएको बताए । शब्द समस्या नभएको बताउँदै उनले पहिचान र गौरव गर्ने विषयमाथि टिप्पणी नगर्न सचेत गराए ।

संविधानले नै स्विकार गरीसकेको शब्दमाथि गलत विश्लेषण गर्न नहुने उनको बुझाई छ । संविधानले उल्लेख गरेका दलित अधिकारका सवाललाई अझै सशक्त ढंगले कार्यन्वयनका लागि खबरदारी र ध्यानाकर्षण गराउनुपर्नेमा उनले जोड दिए ।

दलित पत्रकार संघ नेपाल पर्सा शाखाका अध्यक्ष श्याम पासवानको अध्यक्षतामा भएको अधिवेशनका अवसरमा उनले दलित समुदायका व्यक्तिलाई अघि बढेको यो समाजलाई नपच्ने गरेको धारणा राखे । दलित समुदायका क्रियाशिल पत्रकारको नाम पनि नेपाल पत्रकार महासंघको केन्द्रीय समितिले सदस्यता हटाउने षड्यन्त्रप्रति उनले आपत्ती जनाए ।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले दलित पत्रकार संघ पर्साका सल्लाहकार बृजलाल पासवानको नाम नथपेसम्म महासंघको अधिवेशन नगर्ने अडान राखे । उनले भने, ‘हामी दलित समुदायको प्रतिनिधित्व गराउने सवालमा सकारात्मक छौँ, जसलाई हामीले गोपाल गिरी क्रियाशिल पत्रकारिता पुरस्कार समेत प्रदान गरेका थियौँ, उहाँकै नाम सदस्यताबाट केन्द्रीय समितिले हटाएको छ । उहाँको नाम नथपेसम्म हामी पर्सामा अधिवेशन नै गर्नै छैनौँ ।’ उनले संख्यात्मक हिसाबले कम भएपनि थोरैबाटै सुरुवात गरेर बलियो उपस्थिती बनाउनुपर्नेमा जोड दिए ।

राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय सचिव सिकेन्द्र पासवानले दलितका मुद्दा उठान मात्रै नभएर समस्याका सम्बोधनका लागि पनि काम गर्दै आएको स्मरण गराए । महासंघले जारी गरेको अन्तिम नामावलीमा पर्सासँगै रौतहट, धनुषा, सप्तरी लगायतका क्षेत्रका दलित पत्रकारको नाम हटाएकोमा उनले आपत्ती जनाए । संघको केन्द्रीय समितिले महासंघको विरुद्धमा विज्ञप्ती जारी गरीसकेको बताउँदै उनले अन्तिम सूची नसच्याएमा आन्दोलनमा उत्रिने चेतावनी पनि दिए ।

दलित पत्रकार संघ पर्साका सल्लाहकार बृजलाल पासवानले पत्रकारितामा दलित समुदायको प्रतिनिधीत्व बनाउनका लागि संघले काम गरीरहेको जानकारी गराए । भएका दलित पत्रकारको क्षमता अभिवृद्धि एवम् नयाँलाई प्रवेश गराएर पत्रकारितामा दलितको उपस्थिती बढाउने योजना रहेको उनले सुनाए ।

नेपाल प्रेस युनियन मधेश प्रदेशका अध्यक्ष सत्य प्रकाश श्रेष्ठ, प्रेस सेन्टर पर्साका अध्यक्ष दिपक गौतम, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भु सुमन, राष्ट्रिय दलित पत्रकार संघ बाराका अध्यक्ष निखिल पासवान लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

कार्यक्रममा समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य मनोज पटेल, नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष राकेश पाण्डेय, समाजवादी प्रेस संगठन मधेश प्रदेशका सचिव रमेश सुवेदी, वीरगंज महानगरपालिकाका अधिकृत शम्भु पासवान, नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य राजकुमार पासवान, महासंघ पर्साका सदस्यका सुभाष राम लगायतको उपस्थिती रहेको थियो ।

राष्ट्रिय दलित पत्रकार संघ पर्साका उपाध्यक्ष सुरेश बादलले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण सचिव सूर्यनारायण वि.क.ले गरेका थिए ।

रास्वपाको मधेस प्रदेश प्रचार प्रसार विभागको प्रमुखमा वीरगंजका पत्रकार सर्राफ नियुक्त

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेस प्रदेश स्तरीय अभियान तथा प्रचार प्रसार विभागको प्रमुखमा वीरगंजका पत्रकार राम कुमार सर्राफ नियुक्त भएका छन् ।

पर्साको मिर्जापुरस्थित एक विशेष कार्यक्रमका बीच रास्वपाका केन्द्रीय संगठन विभागका प्रमुख शंकर श्रेष्ठले सर्राफलाई पार्टीको मधेस प्रदेश स्तरीय अभियान तथा प्रचार प्रसार विभागको प्रमुखमा नियक्त गरिएको पत्र हस्तान्तरण गरेका हुन् ।

नियुक्ति पत्रमा सर्राफलाई मधेस प्रदेश स्तरीय अभियान तथा प्रचार प्रसारको विभागीय प्रमुखको जिम्मेवारी सुम्पिएको उल्लेख गरिएको छ । पत्रमा पार्टीको विधान, नीति, सिद्धान्त तथा विभागका नियमावली एवम् कार्यविधि पालना गर्दै आफ्नो पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सदस्यहरूको कार्यक्षमतामा विश्वास राख्दै विभिन्न विभागहरूमा नेतृत्वको जिम्मेवारी दिनेक्रममा सर्राफलाई विभागको प्रमुखमा नियुक्त गरिएको रास्वपा पर्सा जिल्लाका संयोजक हरि पन्तले बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शंकर श्रेष्ठले सर्राफलाई नियुक्ति पत्र हस्तान्तरण गर्दै उनलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । सर्राफले पनि आफूलाई दिइएको जिम्मेवारी कुशलतापूर्वक निभाउने प्रतिवद्धता व्यक्त गरे । नियुक्तिसँगै सर्राफले अब पार्टीका संगठनात्मक गतिविधिहरूमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने वताए ।

सर्राफ वीरगंजबाट सञ्चालित यात्राडेली डटकमका अध्यक्ष हुन् भने राष्ट्रिय फोटो पत्रकार महासङ्घका पूर्व मधेस प्रदेश प्रमुख पनि हुन् । विभिन्न सामाजिक गतिविधिमा समेत आबद्ध रहने सर्राफ सामुदायिक प्रहरी केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर-मुर्लीका अध्यक्ष पनि हुन् ।

ठाेरीबाट हातीको दारासहित ३ जना पक्राउ

वीरगंज । जंगली हातीको दुई वटा दारासहित ३ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पर्साको ठोरी गाउँपालिका वडा नम्बर ४ गोरखपुर टालबाट प्रहरीले तीनै जनालाई पक्राउ गरेको हो । 

पर्साको ठोरी गाउँपालिका वडा नम्बर ४ बिजयबस्ती गुम्बालाइन बस्ने ४१ वर्षीय कुइसंग लामा, वीरगंज महानगरपालिका वडा नम्बर १४ पिप्रा बस्ने ४० वर्षीय प्रेम शर्मा र वीरगंज महानगरपालिका वडा नम्बर ३१ बस्ने ३१ वर्षीय अमिरीलाल महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए । 

ठोरी गाउँपालिका वडा नम्बर ४ का चन्द्र परियारको खेतमा खाल्डो खनी अनुमानित २१/२१ किलोग्रा मतौल भएको दुई वटा हातीको दारा फेला परेको प्रवक्ता भारतीले वताए । हातीको दारा विक्रि गर्नका लागि ग्राहक खोजी भइरहेको सूचनाको आधारमा प्रहरीले अनुसन्धान तिव्र बनाएको प्रहरी नायब उपरीक्षक भारतीले बताए । 

अनुसन्धानको क्रममा नेपाली ५० रुपैयाँको नोटमा सूचना स्वरुप मिति उल्लेख भएको तस्बिर र भिडियो, २१/२१ किलोग्राम वजन भएको हातीका दारा दुई थान र मोबाईल एक थान बरामद भएको डिएसपी भारतीले बताए । 

तीनै जना विरुद्ध डिभिजन वन कार्यालयसँगको समन्वयमा थप अनुसन्धान र कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले प्रेस विज्ञप्ती मार्फत जनाएकाे छ ।