Date
शुक्र, जेष्ठ ८, २०८३
Fri, May 22, 2026

‘भविष्य मेला’ मा सहभागी विद्यार्थीको प्रोग्रेसिभ फाइनान्सले नि:शुल्क बैंक खाता खोल्ने

वीरगंज । वीरगंजमा आयोजना हुने ‘भविष्य मेला’ मा सहभागी माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका विद्यार्थीहरूका लागि प्रोग्रेसिभ फाइनान्स लिमिटेडले निःशुल्क बैंक खाता खोल्ने सुविधा प्रदान गर्ने भएको छ ।

भोली शुक्रवार आयोजना हुन लागेको मेलामा नि:शुल्क बैंक खाता खोल्ने सुविधाले विद्यार्थीहरूलाई वित्तीय व्यवस्थापनको आधारभूत ज्ञान प्रदान गर्दै आत्मनिर्भर बनाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

निःशुल्क बैंक खाता खोल्ने सम्झौतामा प्रोग्रेसिभ फाइनान्स लिमिटेडका अपरेसन इन्चार्ज रोशन शर्मा र भविष्य मेलाका निर्देशक नवीन कार्कीबिच बिहीबार हस्ताक्षर भएको छ ।

बैंक खाता खोल्न विद्यार्थीले नागरिकताको फोटोकपी, राष्ट्रिय परिचय पत्रको फोटोकपी र पासपोर्ट साइजको फोटो ल्याउनुपर्नेछ । नागरिकता नभएका विद्यार्थीका लागि अभिभावकको नागरिकताको फोटोकपी, आफ्नो जन्म दर्ताको फोटोकपी, एसइईको एड्मिट कार्डको फोटोकपी र पासपोर्ट साइजको फोटो ल्याउन अनुरोध गरिएको छ ।

बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने एक दिने शैक्षिक तथा करियर मेलाले पर्सा, बारा, रौतहट र आसपासका क्षेत्रका तीन हजारभन्दा बढी विद्यार्थी र अभिभावकलाई जोड्ने अपेक्षा गरिएको छ । मेलाले विज्ञान, व्यवस्थापन, कानुन, पत्रकारिता, इन्जिनियरिङ, चिकित्सा, व्यावसायिक तथा प्राविधिक शिक्षालगायत विभिन्न क्षेत्रबारे जानकारी प्रदान गर्दै विद्यार्थीहरूलाई उनीहरूको रुचि र क्षमताअनुसार शैक्षिक संस्था छनोट गर्न मार्गदर्शन गर्नेछ ।

मेलामा एबीसी सक्युरीटीज प्रालिले पनि निःशुल्क डिम्याट खाता खोल्ने सुविधा प्रदान गर्नेछ । यस सम्बन्धमा एबीसी सक्युरीटीजका वीरगञ्ज शाखा प्रमुख दीपल खन्ना र निर्देशक कार्कीबिच बुधवार सम्झौता भएको छ । “यो पहलले विद्यार्थीहरूलाई वित्तीय साक्षरता र शेयर कारोबारको अवसर प्रदान गर्नेछ,” खन्नाले भने ।

निर्देशक नवीन कार्कीले सहकार्यलाई शैक्षिक र वित्तीय जागरूकताको संयोजनको रूपमा व्याख्या गरे । “हामी विद्यार्थीहरूलाई शैक्षिक अवसरसँगै वित्तीय साक्षरताको महत्त्व बुझाउन प्रतिबद्ध छौँ । प्रोग्रेसिभ फाइनान्स र एबीसी सक्युरीटीजसँगको सम्झौताले हाम्रो लक्ष्यलाई सशक्त बनाएको छ,” उनले भने ।

मेलामा निःशुल्क बैंक खाता र डिम्याट खातासहित आँखा जाँच शिविर, निःशुल्क नेपाली टेलिकमको सिम कार्ड, मेरिट र आवश्यकतामा आधारित छात्रवृत्ति, स्टेशनरी किट, शैक्षिक किताब र टेक ग्याजेटहरू उपलब्ध हुनेछन् । “भविष्य मेला विद्यार्थीहरूका लागि अवसरको ढोका हो । यी सुविधाहरूले मेलालाई थप प्रभावकारी बनाउनेछ,” कार्कीले थपे ।

मेलाले पर्सा, बारा, र रौतहटमा उच्च माध्यमिक शिक्षाबारे जानकारीको कमी रहेको समस्यालाई सम्बोधन गर्नेछ । “धेरै विद्यार्थी र अभिभावक शैक्षिक विकल्प र करियर सम्भावनाबारे अनभिज्ञ छन् । मेलाले उनीहरूको अन्योल हटाउनेछ,” कार्कीले भने । मेलाले विद्यार्थीहरूलाई उनीहरूको रुचि र आर्थिक अवस्थासँग मेल खाने संस्था छनोट गर्न सहयोग गर्नेछ भने शैक्षिक संस्थाहरूलाई योग्य विद्यार्थीहरूसँग जोड्ने पुल बन्नेछ ।

स्थानीय युवा नेता राकेश यादवले मेलाको महत्त्वबारे भने, “मेलाले हाम्रा विद्यार्थीलाई आफ्नै सहरमा अवसरको संसार देखाउने छ । वीरगञ्जलाई शैक्षिक हब बनाउने यो ठूलो कदम हो ।” अभिभावक सुनिता कुमारीले पनि मेलाको स्वागत गर्दै भनिन्, “हाम्रा छोराछोरीले आफ्नै सहरमा गुणस्तरीय शिक्षा र करियर अवसरबारे जानकारी पाउनेछन् । यो हाम्रो समुदायका लागि गर्वको कुरा हो ।”

वीरगञ्ज र आसपासका विद्यार्थी, अभिभावक, शैक्षिक संस्था र स्थानीय व्यवसायलाई मेलामा सहभागी हुन आयोजकले निमन्त्रणा गरेको छ । “मेला केवल एक कार्यक्रम होइन, यो हाम्रा युवाहरूको सपनालाई उडान दिने आन्दोलन हो,” कार्कीले उत्साहका साथ भने । मेलाले वीरगञ्जलाई क्षेत्रीय शैक्षिक हबको रूपमा स्थापित गर्न र स्थानीय युवाहरूलाई सशक्त बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कुनै छानबिन नगरी रास्वपाले मेरो सदस्यता खारेज गर्‍यो : चन्दन स्वर्णकार

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराका सभापति चन्दन कुमार स्वर्णकारले पार्टीले आफ्नो सदस्यता खारेज गरेपछि कडा असन्तुष्टि व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया...

माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन पत्रकार महासंघ पर्साको लिखित आग्रह

वीरगंज । नेपाल पत्रकार महासंघ पर्सा शाखाले निर्वतमान अध्यक्ष अनुप तिवारीसँग माइनुटलगायतका संस्थागत कागजात तीन दिनभित्र उपलब्ध गराउन लिखित आग्रह गरेको छ । महासंघ पर्साका...

सिद्धार्थ माविमा सिलिङ पंखा खस्दा दुई विद्यार्थी घाइते, महानगरद्वारा छानबिन समिति गठन

वीरगंज । वीरगंज चिनीमिलस्थित श्री सिद्धार्थ माध्यमिक विद्यालयमा कक्षाकोठाभित्र सिलिङ पंखा चुँडिएर खस्दा दुई जना विद्यार्थी घाइते भएका छन् । विहीबार बिहान करिब ६ः३० बजे...