Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

वीरगंजमा गर्मी विदा थप, असार १ देखि ६ गतेसम्म विद्यालयहरू बन्द

spot_img
spot_img

वीरगंज । अत्यधिक गर्मीका कारण वीरगंज महानगरपालिकाले विद्यालयहरूमा गर्मी विदा थप गर्ने निर्णय गरेको छ। महानगर क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा असार १ गते आइतबारदेखि असार ६ गते शुक्रबारसम्म पठनपाठन स्थगित गरिने भएको छ।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेले शनिबार एक सूचना जारी गर्दै गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्ने जोखिम देखिएकाले सावधानी स्वरूप विदा थप गरिएको जानकारी दिए। उनका अनुसार उक्त विदा वर्षे सट्टे विदाबाट मिलान गरिनेछ।

यस अवधिमा विद्यालयहरूमा औपचारिक कक्षा सञ्चालन नहुने भए पनि विद्यालय प्रशासन भने सूचारु राख्न आग्रह गरिएको छ। यसअघि महानगरपालिकाले जेठ २९ र ३० गते दुई दिनका लागि गर्मी विदा दिएको थियो।

अत्यधिक गर्मीका कारण दैनिक जीवन प्रभावित भइरहेका बेला यस निर्णयले विद्यार्थी र अभिभावकलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...