Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

आफताब आलमलाई सफाई दिने न्यायाधीश थारुमाथि माेसाे प्रहार, ३ जना पक्राउ

spot_img
spot_img

वीरगंज । अफताब आलमलाई सफाई दिने उच्च अदालत वीरगंज, अस्थायी इजलासका न्यायाधीश खुसीराम थारुमाथि सोमबार इजलासमै मोसो प्रहार भएको छ । धमेन्द्र बासतोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताहरू अदालतभित्रै प्रवेश गरी न्यायाधीश थारुमाथि मोसो प्रहार गरेका हुन् ।

प्रत्यक्षदर्शीहरूका अनुसार उनीहरूले ‘जनताको विरुद्धमा फैसला गर्न पाइँदैन’ भन्दै नाराबाजी गर्दै इजलासमै अवरोध गरेका थिए । घटनापछि अदालत परिसरमा केहीबेर तनावको स्थिति उत्पन्न भएको थियो।

घटनासँग सम्बन्धित तीन जनालाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको छ । प्रहरी स्रोतका अनुसार पक्राउ परेकाहरूमा गमु महतो, पदमबहादुर मगर, र अभिनाष भनिने किशोर कुम्हाल रहेका छन् ।

गत जेठ १४ गते उच्च अदालत वीरगंजका न्यायाधीश खुसीराम थारु र अर्जुन महर्जनको संयुक्त इजलासले नेपाली कांग्रेसका पूर्वसांसद आफताब आलमलाई सफाइ दिएको थियो। यसअघि जिल्ला अदालत रौतहटले आलमलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो।

उच्च अदालतको फैसलाले जिल्ला अदालतको निर्णय उल्ट्याउँदै बम विस्फोट र व्यक्ति हत्याका आराेपित आलम निर्दोष रहेको ठहर गरेको थियो, जसले गर्दा विभिन्न राजनीतिक दल र सर्वसाधारणबीच व्यापक असन्तुष्टि चुलिएको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...