Date
बुध, असार ३, २०८३
Wed, June 17, 2026
Home Blog Page 317

डेसिमल कलेजमा “समुदायमा सरकारी वकील संवाद कार्यक्रम” सम्पन्न

वीरगंज । जिल्ला सरकारी वकील कार्यालय पर्साको आयोजनामा वीरगंजकाे पानीटंकी स्थित डेसिमल कलेजमा “समुदायमा सरकारी वकील संवाद कार्यक्रम” सम्पन्न भएको छ ।

जिल्ला सरकारी वकील कार्यालय पर्साको सहायक न्यायधिवक्ता उमेश थारुको अध्यक्षता र डेसिमल कलेजका संस्थापक सन्नी दुबेकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रम सम्पन्न भएकाे हाे । साे कार्यक्रमकाे सहजीकरण सरकारी वकील कार्यालयका नायब सुब्बा कृष्ण बिहारी राय यादवले गरेका थिए ।

कार्यक्रममा जिल्ला सरकारी वकील कार्यालयका अर्का सहायक न्यायधिवक्ता अकक्षि सुवेदी, कलेजका कानुन संकायमा अध्यापन गराउने प्राध्यापकहरू सहित कानुन संकाय अन्तर्गत कक्षा १२ एस ३ समुह तर्फका ५० विद्यार्थीहरुको सहभागिता थियो ।

मधेश प्रदेश कै कानुन संकायको लागि उत्रकृष्ट मानिने यस डेसिमल कलेजमा हरेक वर्ष उच्च अदालत सरकारी वकील कार्यालय जनकपुरधाम अस्थाई ईजलास वीरगंज र जिल्ला अदालत सरकारी वकील कार्यालय पर्साले नियमित रूपमा ” समुदायमा सरकारी वकील” संवाद कार्यक्रम गर्दै आएको छ ।

मधेसमा भ्रष्टाचारको विरोधमा माेर्चाले अभियान शुरु गर्छ : मातृका यादव

वीरगंज । नेकपा माओवादी केन्द्र पार्टीका उपमहासचिव मातृका प्रसाद यादवले मधेसमा भ्रष्टाचार र सुशासन कायम गर्नका लागि नयाँ आन्दोलनको शुरुवात गर्ने बताएका छन् ।

मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपालको वीरगंजमा आयोजना हुने विस्तारित बैठकको विषयमा जानकारी दिन बिहिबार आयोजना गरिएकाे पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले जनयुद्ध, जनआन्दोलन र विभिन्न आन्दोलनहरुबाट व्यावस्था परिवर्तन भएपनि मधेसको अवस्था अझै उस्तै रहेको र दलाल नोकरशाह पुँजीपति वर्गको कब्जामा देश गएको भन्दै त्यसको भण्डाफोर गर्न मधेसमा भ्रष्टाचार विरोधी कार्यक्रम चलाउने उद्घाेष गरे ।

मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपालका इञ्चार्ज समेत रहेका नेता यादवले सामन्तवाद, मधेस कंगालीको अवस्थामा पुगेको भन्दै राष्ट्रिय पूँजीको विकास विना देशको समृद्धि सम्भव नरहेको र विचार शुन्यताको अवस्थामा बोलवालाहरुका कारण उत्पीडित वर्गहरु झन उत्पिडनमा परेको बताए ।

नेता यादवले राजनीतिलाई कमाई खाने साधन बनाएर राजनीति नै फोहोरी खेल हो भन्ने भाष्य सृजना गरी जनतालाई संघीयता र गणतन्त्रको विपक्षमा पार्न भ्रमका जालहरु बुनिरहेको बताए । नेपालमा सबैभन्दा उपेक्षित मधेश र मधेशी नै भएकोले यसको उत्थानका लागि मधेशी राष्ट्रिय मुक्ति मोर्चालाई पुर्नजीवन दिनु आवश्यकता महशुल गरेर यसको अभियान शुरु गर्न लागिको जानकारी दिए ।

उनले अहिले नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व मात्रै गरिरहेको र शान्ति प्रकृयाका कार्यभार पूरा गर्न बाँकी रहेको र केही शान्ति विरोधी तत्वहरुले पूराना मुद्दाहरु उल्टाउने षड्यन्त्र पनि गरिरहेकोले त्यसको लागि पनि अहिलेको सरकारको मोर्चा बनाउनुपर्ने विवसता माओवादीको रहेको बताए ।

प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज नीरज पिठाकोटेको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज विजय महतो, मोर्चाका संयोजक तथा सांसद जगत यादव, सहसंयोजक नन्दकिशोर यादव र विश्वदिप यादव, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जगत राई लगायतको उपस्थिती रहेकाे थियो । पत्रकार सम्मेलनकाे संचालन प्रेस सेन्टरका सचिव शिवनाथ यादवले गरेका थिए ।

पत्रकारिताको जग बलियो बनाउन महानगर सहयोग गर्न तयार छ : मेयर सिंह

वीरगंज । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले पर्सेली पत्रकारिताको जग बलियो बनाउन महानगर जहिल्यै पनि सहयोग गर्न तयार रहेको बताएका छन् । शुक्रबार देखि सुरु भएको ३ दिने आम संचारकर्मीलाई क्षमता अभिवृद्धि तालिमको उद्घाटन गर्दै उनले पत्रकारको क्षमताबृद्धिका लागि सहयोग गर्न आफूहरु जहिल्यै तयार रहेको बताए ।

मर्यादित पत्रकारिता आजको आवश्यकता रहेको भन्दै उनले वीरगंजको पहिचान बृद्धि गर्ने गरि समाचार सामग्री पस्कन पनि सबैसँग आग्रह गरे । कसैको व्यक्तिगत जीवनमा पसेर उसको चियो चर्चो गर्नुभन्दा समाज र सामाजिक समस्यालाई उठान गर्न पत्रकारहरु लागि पर्नु पर्नेमा पनि उनले जोड दिए ।

काम गर्दा त्रुटी भए सुधार गर्न आफू जहिल्यै पनि तयार रहेको भन्दै उनले गरेका काममा खोँचे थाप्नु भन्दा त्रुटी औंल्याएर सच्चिने बनाउन पत्रकारहरुले कलम चलाउनु उचित हुने बताए । कार्यक्रममा वरिष्ठ पत्रकार चन्द्र किशोर झाले अहिले राम्रा र मेहनती पत्रकारको खाँचो रहेको बताए ।

संचारकर्मीको काम सही बाटो देखाउने रहेको भन्दै उनले कहिल्यै पनि बिरोधी जसरी प्रस्तुत हुन नहुने बताए । उनले भने, ‘संचारकर्मीको काम बाटो देखाउने हो, बिरोधीको रुपमा प्रस्तुत हुने होइन, बरु समालोचक बन्ने हो ।’ कार्यक्रममा पत्रकार महासंघ पर्साका सभापति अनुप तिवारीले पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि महानगरले गरेको सहयोगको प्रशंसा गरे ।

कार्यक्रममा महानगरपालिकाको आम संचार प्रर्वधन समितिका संयोजक ध्रुब अधिकारीले पर्सेली पत्रकारितालाई मजबुत बनाउन महानगरपालिकाले ठूलो लगानी गरिरहेको बताए । पत्रकारको क्षमता अभिबृद्धि, ज्येष्ठ पत्रकार पेन्सन योजना, पत्रकार विपत्त कोष, लोककल्याणकारी विज्ञापन वितरण तथा अन्य विभिन्न कार्यक्रम संचालन गरेर यहाँका पत्रकारहरुलाई मजबुत बनाउने काम महानगरले गरिरहेको उनले बताए ।

मधेसखबरका संचालक क्रान्ति साहको अध्यक्षतामा सुरु भएको कार्यक्रमको संचालन श्याम सर्राफले गर्नुभएको थियो भने स्वागत संचारकर्मी माधुरी महतोले गरेकी थिइन । मधेसखबर मल्टिमिडिया प्रा.लि. वीरगंजको आयोजनामा सुरु भएको प्रशिक्षण कार्यक्रममा यहाँका विभिन्न संचारमाध्यममा कार्यरत २५ जना संचारकर्मीको सहभागिता रहेको छ ।

वीरगंजस्थित संकल्प लाेक सेवामा आगलागी, ५० लाखकाे क्षति

वीरगंज । वीरगंज महानगरपालिकाे वडा नं. ८ स्थित जिल्ला प्रहरी कार्यालय पर्सा नजिक रहेकाे संकल्प लाेक सेवा इन्सच्युटमा बुधबार राति आगलागी भएकाे छ । मध्य रातिमा भएकाे आगलागीमा इन्सच्युट भित्र रहेकाे फर्निचर, कागजात लगायतका सम्पूर्ण सामग्रीहरु जलेर नष्ट भएका छन् ।

अन्दाजी १२ बजे राति भएकाे आगलागीमा इन्सच्युट भित्र रहेका स्मार्ट बाेर्ड ३ वटा, डेस्क बेन्च ७० सेट, ४३ इन्चकाे टिभि १ वटा, कम्प्युटर ६ वटा, ल्यापटप ३ वटा, प्रिन्टर ४ वटा, प्राेजेक्टर २ वटा, प्रिज १ वटा, जरनेटर १ वटा, अफिस टेबल ३ वटा, पंखा ४५ वटा, धराज, कुर्सी लगायतका सामग्री जलेर नष्ट भएकाे इन्सच्युटका संचालक अशाेक साहले जानकारी दिए । आगलागीमा रु ५० लाख भन्दा बढी क्षति भएकाे पिडित साहले वताए ।

आगलागीकाे कारण हाल सम्म खुल्न नसकेकाे पिडित साहले वताए । राति १२:३० मा स्थानियबाट आगलागी बारे आफु थाहा पाए लगतै इन्सच्युट पुगेकाे साहले वताए । उनले भने “आफु आगलागी स्थल पुग्दा इन्सच्युटमा पुरै आगाे बली रहेकाे थियाे । जिल्ला प्रहरी कार्यालय र विपद व्यवस्थापन कार्यालय नजिक भएपनि प्रहरी वा दमकल पुगेकाे थिएन । त्यसपछि आफुले फाेन गर्दा आधा घण्टापछि मात्र वीरगंज महानगरपालिकाकाे दमकल पुग्याे र त्यसपछि मात्र प्रहरी र नजिकै रहेकाे विपद ब्यवस्थापन कार्यालयकाे दमकल पुग्याे ।”

समयमै प्रहरी र दमकल पुगेकाे भए त्यती बढी क्षति हुने थिएन साहले दु;खेसाे समेत पाेखे । समयमै आगाे निभाउन नसक्दा संकलप नजिक रहेकाे मधेस लोक सेवा तयारी केन्द्रमा समेत क्षति पुगेकाे पिडित साहले वताए । आगलगाीकाे कसरी भयाे भने बारे अनुसन्धान र छानविन हुनु पर्ने उनले माग समेत गरे ।

आगलागीका कारण बिहिबार विहानकाे सम्पूर्ण कक्षाहरु स्थगित भएकाे थियाे । विहान पढन इन्सच्युट पुगेका सयाैं विद्यार्थीहरु कक्षा काेठा आगलागीले खरानी भएकाे देखेर दुखित भएर घर फर्केका थिए । अरु ठाउँमा कक्षा संचालनकाे लागि व्यस्था नहुन्जेलकाे लागि सम्पूर्ण कक्षा स्थगित गरिएकाे संचालक साहले वताए । तत्कालकाे लागि एक/दुई दिन भित्र नै अरु ठाउँमा कक्षा काेठाकाे व्यस्थापन गरि पुन: नियमित रुपमा कक्षा संचालन गरिने संचालक साहले जानकारी गराए ।

आगलागी बारे बुझ्न जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक भारतीसंग फाेनमा सम्पर्क गर्दा फाेन नउठेका कारण सम्पर्क हुन सकेन ।

प्रतिबन्धित लागु औषधसहित ३ जना पक्राउ

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिबन्धित लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । वीरगंज महानगरपालिकाकाे वडा नम्बर १६ शंकराचार्य गेटस्थित सडकखण्डबाट पक्राउ परेका अभियुक्तहरू भारतबाट संकाष्पद रूपमा पैदल हिँड्दै नेपाल आएका थिए । 

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको संयुक्त प्रहरी चेकिङ टोलीले नियमित चेकजाँच गर्ने क्रममा ३ जनालाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए ।

उनकाअनुसार कास्कीको पोखरा महानगरपालिका २ निवासी २० वर्षीय अनुप थापा क्षेत्री, सोही ठाउँका २० वर्षीय सरोज राना मगर र बाराको जितपुर सिमरा उपमहानगरपालिका १६ निवासी २० वर्षीय कुशल मगर पक्राउ परेका हुन् । 

तीनै जनालाई रोकि खानतलासी गर्दा, अनुप थापा क्षेत्रीले बोकेको रातो झोलाभित्र लुकाईछिपाई राखिएको प्रतिबन्धित लागुऔषध डाईजेपाम, फेनारगन र नुरफिन ४०/४० एम्पुल बरामद भएको प्रहरी नायब उपरीक्षक भारतीले बताए । 

पक्राउ परेका व्यक्तिहरूलाई नियन्त्रणमा लिएर लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले प्रेस विज्ञप्ती मार्फत जनाएकाे छ ।

गोल्डेन एथलेटिकस मिटमा अध्यक्ष दुबे सहित जिल्ला समिति सम्मानित

वीरगंज । एथलेटिकस परिवार नेपालको आयोजनामा ” गोल्डेन एथलेटिकस मिट” २०२४ काठमाण्डौको त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भव्यताका साथ सम्पन्न भएकाे छ ।

खेलको उद्घाटन सत्रमा  एथलेटिकस परिवार नेपाल पर्सा जिल्ला अध्यक्ष सन्नी कुमार दुबेसहित जिल्ला कार्य समिति पर्साका विभिन्न पदाधिकारीहरुलाई सम्मान गरिएकाे छ । सोही कार्यक्रममा खादा लगाई एथलेटिकस परिवार नेपालका राष्ट्रिय अध्यक्ष राजन खत्रीले सम्मान गरेका थिए ।

नेपाली एथलेटिक्स जगतमा सबै भन्दा बढि ५२ ईभेन्टमा देशैभरबाट करिव ५५० खेलाडीको सहभागीता रहको थियाे । 

साथै पर्सा जिल्ला अध्यक्ष दुबेले यस्ता राष्ट्रिय स्तरका कार्यक्रमहरु पर्सा जिल्लामा सञ्चालन गर्न पाऊँ भनी राखेका अवधारणालाई राष्ट्रिय समय अध्यक्षले स्वीकारेका थिए । साथै सो कर्यको लागि आवश्यक पर्ने साधन व्यवस्थापन कार्यमा समेत केन्द्रीय कार्यालय सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेकाे पर्सा अध्यक्ष दुबेले वताए ।

अन्तर्राष्ट्रिय स्तरमा खेलजगतमा राष्ट्रिय ध्वजा कृतिमान कायम गरेका खेलाडी वैकुण्ठ मानन्धरको सभापतित्वमा भएकाे कार्यक्रमको उद्घाटन सत्रमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, राखेपका कार्यकारी सदस्य उकेन्द्र कुँवर, राखेपका बोर्ड सदस्य बिना श्रेष्ठ लगायतकाे उपस्थिती रहेकाे थियाे । एथलेटिकस परिवार नेपालका राष्ट्रिय अध्यक्ष राजन खत्रीले स्वागत मन्तव्य राखेका थिए ।

९ औं वार्षिकोत्सवमा ‘लिभिङ विथ इनभाइरोन्मेन्ट’ले ५ हजार बिरुवा रोप्ने, सदस्यता खुला

वीरगंज । लिभिङ विथ इनभाइरोन्मेन्ट संस्थाले आगामी ६ असारदेखि १५ असार २०८१ सम्म आफ्नो आधिकारिक फेसबुक पेजमा सदस्यता आवेदन खुला गर्ने घोषणा गरेको छ । सदस्यताका लागि कक्षा ८ देखि १२ तथा स्नातक स्तरका सम्मका विद्यार्थीहरूले आवेदन दिन सक्नेछन् । वीरगंजकाे लागि मात्र सदस्यता खुल्ला गरिएकाे संस्थाले जनाएकाे छ ।

चयन भएका सदस्यहरूले विभिन्न प्रतिष्ठित व्यक्तित्वहरूसँग घुलमिल हुने अवसर, नेतृत्व विकास, देशको प्रतिनिधित्व गर्ने मौका र हाम्रो एनजीओको सिफारिस पत्रद्वारा विदेशमा छात्रवृत्तिका लागि आवेदन दिने सुविधा रहेकाे संस्थाका राष्ट्रिय अध्यक्ष आकाश चाैहानले वताए । यसका साथै, सदस्यहरुले मुख्य रूपमा आमा पृथ्वी र नेपालको माटोको संरक्षणमा योगदान पुर्याउने अवसर पाउने उनले जानकारी दिए ।

यसै क्रममा, जूनियर स्तरका विद्यार्थीहरूका लागि (कक्षा ५ देखि १० सम्म) इको च्याम्प कार्यक्रम पनि सञ्चालन गर्न लागिएको छ । यो क्याम्पमा विद्यार्थीहरूले नेतृत्व कौशल, क्षेत्र प्रशिक्षण, वातावरण सम्बन्धी ज्ञान र जैव विविधताको अन्वेषणजस्ता गतिविधिहरू सिक्नेछन् । यस क्याम्पले विद्यार्थीहरूको आन्तरिक गुणस्तर र आत्मविश्वास बढाउन मद्दत पुर्याउने संस्थाले जनाएकाे छ ।

संस्थाले ९ औं वार्षिकोत्सवको अवसरमा नेपालमा पहिलो पटक विभिन्न स्तरका गतिविधिहरू र नेपाल तथा भारतका विभिन्न वक्ताहरूको सहभागितामा कन्क्लेभ २.० आयोजना गर्ने योजना बनाएको छ । यस अवसरमा बिरगंजको हावा गुणस्तर सुधार गर्न र सडकको अप्रिय आवाजलाई अवशोषित गर्न ५ हजार भन्दा बढी बिरुवाहरू रोप्ने योजना रहेको संस्थाले प्रेस विज्ञप्ती मार्फत जनाएकाे छ ।

पशु उपशाखा संचालन रहेकाे भवन भत्काउँदा २० लाखकाे क्षति, गाउँपालिकाकाे आपत्ति

वीरगंज । कालिकामाई गाउँपालिकाको वडा नं. २ गदियानीस्थित गाउँपालिकाको कृषि तथा पशु उपशाखाको कार्यालय संचालन रहेको भवन भत्काउने कार्य प्रति गाउँपालिका कार्यालयले आपत्ति जनाएकाे छ ।

गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताले प्रेस विज्ञप्ती जारी गर्दै गाउँपालिकाको समन्वय विना प्रमुख जिल्ला अधिकारीज्युको निर्देशन भन्दै प्रहरीले बल प्रयोग गर्दै डोजरबाट सो भवन भत्काएकोमा गाउँपालिकाको आपति रहेको जनाएका हुन् ।

मुलुकी देवानी संहिता २०७४ ले सरकारी सार्वजनिक सम्पतीको संरक्षण गर्ने दायित्व जिल्ला स्थित प्रशासन कार्यालय र स्थानिय तहको हुने कानुनी व्यवस्था गरेको हुदाँ पनि स्थानिय तहको समन्वय बेगर विना लिखित सूचना बिदाको दिन एक्कासी ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी पुगी सो भवन डोजरले भत्काउने कार्यले जिल्ला प्रशासनबाट स्थानिय तहको अधिकार कुण्ठित भएको गाउँपालिकाकाे ठहर रहेकाे अध्यक्ष गुप्ताद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

साेही विज्ञप्ती मार्फत गाउँपालिकाले भवन भत्काउने क्रममा स्थानिय गाउँबासीहरुले विरोध गर्दा पनि गाउँबासीहरुको कुरा समेत नसुनि प्रहरीले बल प्रयोग गर्दै स्थानिय गाउँबासीहरु माथी गरेको ज्यादतीको घोर भत्र्सना गरेकाे छ । गाउँपालिकाको स्वामित्वमा आईसकेको सो भवन एक्कासी विना सूचना भत्काउँदा भवनको साथसाथै भवनभित्र रहेको फर्निचर, दराज, फ्रिज लगायत कार्यालयको विभिन्न सामग्रीहरु गरी करिब रु २० लाख बराबरको क्षति भएको गाउँपालिकाले जनाएकाे छ ।

भवन नजिक बाटो छेउमा रहेको चापाकल समेत उखेलेर फालिएको छ । भवन भत्काउँदा त्यसको इँटा लगायतको सामग्रीहरु कहाँ राखिएको बारे पनि गाउँपालिकालाई जानकारी नगराइएकाे गाउँपालिका अध्यक्ष गुप्ताले विज्ञप्ती मार्फत जनाएका छन् ।

सो क्रममा बिरोध गर्ने स्थानिय सर्वसाधारण माथि ज्यादती गर्नुको साथै धरपकड गरिएको थियो । त्यसपछि पनि निरन्तर रुपमा स्थानिय सर्वसाधारणलाई प्रहरी प्रशासनबाट झुठो मुदा चलाउने, फसाउने भनि तर्साउने काम अझै पनि भइरहेको भन्दै अध्यक्ष गुप्ताले प्रहरी प्रशासनलाई त्यस्ता कार्य नगरी निष्पक्ष भई जिम्मेवार रुपमा अगामी दिनमा प्रस्तुत हुन आग्रह समेत गरेका छन् ।

पत्रकार छठु साहलाई दुर्ब्यवहार गर्ने प्रहरीमाथि कारवाहीकाे माग

वीरगंज । पत्रकार छठु साहलाई दुर्व्यवहार गर्ने प्रहरीमाथि पत्रकारका विभिन्न संगठनहरुले माग गरेका छन् । नेपाल प्रेस युनियन, पर्सा र समाजवादी प्रेस संगठन नेपाल, पर्साले छुट्टा छुटै विज्ञप्ती निकालेर दाेषी प्रहरी उपर कारवाहीकाे माग गरेका हुन् ।

दुबै संगठनले कालिकामाई गाउँपालिका वडा नं. २ गदियानी स्थित कालिकामाई गाउँपालिकाको कृषि तथा पशु उपशाखा संचालनमा रहेको भवन भत्काउने क्रममा शनिबार नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा पत्रकार साहमाथि भएकाे दुर्व्यवहारकाे घटनाकाे घोर भत्र्सना गरेका छन् ।

वीरगंजवाट प्रकाशित कालिका टाइम्स दैनिक पत्रिका र अनलाइनका प्रवन्ध निर्देशक एवं रेडियो पोखरियाका अध्यक्ष समेत रहेका पत्रकार साहमाथि प्रहरीले महिलामाथि गरेको ज्यादतीको भिडियो बनाउने क्रममा शनिवारका दिन उहाँको आफ्‌नै गाउँमा दुर्व्यवहार गर्नुको साथै अमानवीय तरिकाले लछारपछार गर्दै पक्राउ गरि दिन भरी नियन्त्रणमा लिएर छाड्नु घटना प्रति दुबै संगठनले आपत्ति समेत जनाएका छन् ।

समाचार प्रयोजनको लागि भिडियो खिच्ने सञ्चारकर्मीको अधिकार भएपनि प्रेस स्वतन्त्रतालाई समेत कुण्ठित गर्ने मनोवृत्तिमा देखा परेको पर्साका सुरक्षाकर्मीले सञ्चारकर्मी साहमाथि आक्रमण गरि उनलाई अपमानित गरि प्रेस स्वतन्त्रतामाथि नै आक्रमण गरेको हाम्रो दुबै संगठनकाे ठहर छ ।

प्रेस युनियन पर्साका अध्यक्ष विजय कुमार महताे (चाैहान) र समाजवादी प्रेस संगठन नेपाल पर्साका सचिव विनाेद पटेलद्वारा हस्ताक्षरित विज्ञप्ती मार्फत दुबै संगठनले दोषी प्रहरीलाई कारवाही गरि सञ्चारकर्मी साहको मोवाइल समेत क्षतिपूर्ति समेत दोषीवाट असुल उपर गराउन माग गरेका छन् । कारवाही नगरिए प्रहरीको ज्यादती विरुद्ध दुबै संगठन संघर्षमा उत्रिने चेतावनी समेत दिएका छन् ।

प्रहरी ज्यादतीकाे क्रममा पत्रकार साहको मोवाइल फुटेको छ भने उहाँको हाथको घुँडामा चोट समेत लागि घाइते हुनु भएको छ । प्रहरीको ज्यादतीवाट सञ्चारकर्मी साहको हातमा चोट लागि घाइते भएपनि उपचार समेत नगराई दिनभरि प्रहरी हिरासतमा राख्नु मानव अधिकारको ठाडो उल्लंघन हुनु र कानुनी राज्यको धज्जी उडाउनु भएकाे समाजवादी प्रेस संगठन पर्साका सचिव पटेलले वताए । 

समाचार संकलनका क्रममा सञ्चारकर्मीमाथि विभिन्न निहुँमा आक्रमण गर्ने प्रवृत्तिले समग्र प्रहरी संगठनको गरिमालाई घटाउँदै लैजाने भएकाले दोषी प्रहरीलाई कारवाही गरि सञ्चारकर्मी साहको मोवाइल समेत क्षति दोषीवाट असुल उपर हुनु पर्ने प्रेस युनियन पर्साका अध्यक्ष चाैहानले वताए ।

इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक राजन ढकालकाे निर्देशनमा शनिबार गुण्डागर्दी शैलीमा पत्रकार साहमाथि दुर्ब्यवहार भएकाे थियाे । 

पशु कार्यालय संचालन रहेकाे भवन भत्काउन नदिने स्थानियमाथि प्रहरी ज्यादती

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका-२ गदियानी स्थित संचालनमा रहेको पशु उपशाखाको भवन प्रहरीले डोजर लगाएर भत्काएको छ । शनिबार एकाविहानै इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक राजन ढकाल नेतृत्वको टोली भवन भत्काउने क्रममा स्थानीयले प्रतिकार गर्दा झडप भएको थियो ।

स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीले त्यहाँ स्थित घरघरमा प्रवेश गरेर महिला, वृद्धवृद्धाहरुलाई अन्धाधुन्ध लाठी प्रहार गरेको स्थानीयहरुको आरोप छ । प्रहरीले डोजर लगाएर भवन भत्काउने क्रममा स्थानीय गाउँबासीहरुले रोक्न खोज्दा प्रहरीसँग झडप भएको थियो । झडपको क्रममा प्रहरीले स्थानीयबासीमाथि लाठी चार्ज गर्दा २ जना घाइते समेत भएका थिए ।

गाउँपालिका कार्यालयसंग समन्वय नगरी शनिबार बिहान अचानक डोजर लिएर आएको प्रहरीले गुण्डागर्दी शैलीमा भवन भत्काइदिएको क्लबका सचिव उमाशंकर साहले वताए । उनका अनुसार भवन भत्काउन डोजरसहित आएको प्रहरीलाई गाउँका स्थानीय महिला, पुरुष, बृद्धबृद्धाले प्रतिकार गर्न खोज्दा प्रहरीले अन्धाधुन्द लाठी प्रहार गर्नुको साथै घरघरमै पसेर प्रहरीले महिलालाई कुटपिट गरेको थियो ।

पुरुष प्रहरीले घरघरमै पसेर महिलाहरुलाई कुटपिट गरेको जानकारी पाउनासाथ कालिका टाइम्सका प्रबन्ध निर्देशक एवं रेडियो पोखरियाका अध्यक्ष छठु साह घटनास्थल पुगेर भिडियो बनाउन खोज्दा प्रहरी उनीमाथि नै जाइलागेको थियो । प्रहरीले गुण्डागर्दी शैलीमा सञ्चारकर्मी साहलाई पक्राउ गर्नु साथै दुर्ब्यवहार समेत गरेकाे थियाे ।

त्यतिमात्रै नभई इन्सपेक्टर ढकाल कै निर्देशनमा प्रहरीले सञ्चारकर्मी साहलाई अमानवीय तरिकाबाट लक्षारपक्षार गर्दै पक्राउ गर्नुकाे साथै दिनभरी नियन्त्रणमा लिएर छाडेकाे थियाे । साे क्रममा पत्रकार साहकाे माेबाइल समेत फुटेकाे छ भने उहाँकाे हाथ चाेट लागेर घाइते हुनु भएकाे छ । प्रहरीले पत्रकार साहमाथि गरेकाे दुर्ब्यवहारकाे भिडियाे अहिले समाजिक संजालमा भाइरल बनाइएकाे छ ।

इन्स्पेक्टर ढकालले वडाध्यक्ष एवं विपक्षी दलका नेताहरुको प्रभावमा परि साहमाथि निर्मम तरिकाले रिसिबी साधेको स्थानीयहरुको भनाई छ । १५ बर्ष अघि गदीयानीस्थित सार्वजनिक पोखरीको डिलमा तत्कालीन सात दलको निणर्यमा स्थानिय गैर सरकारी संस्था ब्रिलिएन्ट युवा क्लबले आफ्नाे कार्यालय संचालनका लागि एक तल्ले भवन बनाएको थियो ।

भवन निर्माण भएलगत्तै स्थानीय राजुल सहनीले सार्वजनिक जग्गामा भवन निर्माण गर्ने ब्रिलिएन्ट युवा क्लबविरुद्ध पर्सा जिल्ल अदालतमा मुद्दा दिएका थिए । उक्त मुद्दामा जिल्ला अदालतले क्लबको पक्षमा फैसला गरेपछि फैसला विरुद्ध सहनीले तत्कालीन पुननरावेदन अदालत हेटौंडामा पुनरावेदन गरेका थिए । पुनरावेदन अदालतले भने जिल्ला अदालतको फैसला उल्ट्याँउदै सहनीको पक्षमा फैसला गरेपछि क्लब सर्वोच्च अदालतमा पुगेको थियो । तर सर्वोच्च अदालतले भने पुनरावेदन अदालतको फैसलालाई सदर गर्दै सार्वजनिक पोखरीको जग्गामा बनाइएको उक्त भवन भत्काएर सार्वजनिक कायम गर्न फैसला गरेको थियो ।

त्यसपछि क्लबले उक्त भवन गाउँपालिकालाई जिम्मा लगाएको थियो । क्लबले जिम्मा लगाएपछि गाउँपालिकाले पालिकास्तरीय निणर्य गरेर उक्त भवनमा कृषि तथा पशु उपशाखाकाे कार्यालय संचालनमा ल्याएकाे थियो । यसका साथै गाउँपालिका अध्यक्ष वशिष्ठ गुप्ताले भवन पालिकाको स्वामित्वमा आइसकेकाले पालिकाले आफ्नो संरक्षणमा राखेर पशु तथा कृषि उपशाखा कार्यालय संचालनमा ल्याएको जानकारी सहितको निवेदन पर्सा जिल्ला अदालतमा दिएका थिए । तर शनिबार ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक ढकाल नेतृत्वको टोलीले डोजर लगाएर भवन भत्काउने क्रममा स्थानीयले प्रतिवाद गरेपछि प्रहरीसँग झडप भएको हो । 

प्रहरीले सिडियाे कार्यालयकाे निर्देशन भन्दै भवन भत्काउन आफुहरु पुगेकाे वताएकाे थियाे । प्रहरीसंग भवन भत्काउन अदालत वा सिडियाे कार्यालयकाे पत्र माग्दा देखाउन मानेकाे थियाे । पर्सा जिल्ला अदालतले स्थानिय तहकाे समन्वयमा साे भवन बारे निर्णय लिन जिल्ला प्रशासन कार्यालयलाई पत्रचार गरेपनि पर्साका सिडियाे दिनेश सागर भुषालकाे एकल निर्देशनमा भवन भत्काउन खाेज्दा विवाद भएकाे हाे ।

गाउँपालिका अध्यक्ष बशिष्ठ गुप्ताले भने पालिकासँग कुनै समन्वय नै नगरी जिल्ला प्रशासन कार्यालयले प्रहरी पठाएर जबरजस्ती भवन भत्काएको बताए । उनले गाउँपालिकाको स्वामित्वमा रहेको भवन भत्काउनु पूर्व पालिकामा कुनै पनि निकायबाट पत्रसमेत नआएको र आधिकारीक रुपमा खबर पनि नगरिएको बताए ।

पशु कार्यालय संचालनमै रहेको अवस्थमा प्रहरीले डोजर लगाएर भवन भत्काउँदा भवनभित्र रहेका फर्निचर, उकरण, औषधी लगायतका गरि करिब १० लाख रुपैयाँको क्षति भएको छ । शुक्रबार प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले आफूलाई बोलाएर छलफल गर्ने क्रममा आफूले उक्त भवन नभत्काउन आग्रह पनि गरेको भन्दै गुप्ताले छलफलमा सिडिओ साबले अदालतको फैसला कार्यान्वयन गर्नपर्छ भनेपछि पालिकासँग समन्वय गरेर मात्रै अगाडि बढ्न आग्रह गर्दा पनि शनिबार बिहान आफूलाई जानकारी नै नदिई अचानक प्रहरी र डोजर पठाएर भवन भत्काउन लगाएको बताए ।

यता प्रमुख जिल्ला अधिकारी भुसालले भने आफूले अदालतको फैसला कार्यान्वयन गर्न मात्रै लगाएको बताए । सार्वजनिक पोखरीको जग्गा पूर्ववत् अवस्थामै कायम गराउनु भन्ने सर्वोच्च अदालतको फैसला आएको र सर्वोच्चको उक्त फैसला कार्यान्वयन गराउन शनिबार प्रहरी र डोजर पठाएर भवन भत्काइएको बताए । उनका अनुसार पालिका अध्यक्षलाई बोलाएर छलफल गरि सर्वोच्च अदालतको निणर्यमा बाधक नबन्नु भन्दा पुनरविचार गर्नुहोला भनेर गएको बताए । तर प्राप्त जानकारी अनुसार सिडियाे भुषालले राजनीतिक दबावमा आएर एकल निर्णय लिएकाे बुझिएकाे छ । उनले गृह मन्त्रालयकाे निर्देशन अनुसार भवन भत्काउनु परेकाे वताएका छन् ।