Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

अनेरास्ववियुको केन्द्रिय सदस्यमा वीरगंजका अहमद र चौधरी निर्वाचित

spot_img
spot_img

वीरगंज । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)को केन्द्रिय सदस्यमा वीरगंज नर्सिङ क्याम्पसकी पुर्व स्ववियु सभापति मनिषा चौधरी निर्वाचित भएकी छन् ।

अनेरास्ववियुको २४औ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि काठमाडौंमा बिहीबार भएको निर्वाचनमा चौधरी केन्द्रिय सदस्य (मधेसी खुल्ला) मा ४८ मतका साथ निर्वाचित भएका हुन् ।

यस्तै अनेरास्ववियुको केन्द्रिय सदस्यमा वीरगंजका आसिफ अहमद निर्वाचित भएका छन् । अहमद केन्द्रिय सदस्य (मधेसी खुल्ला) मा ५२ मतका साथ निर्वाचित भएका हुन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २ का स्थायीबासिन्दा आसिफ अनेरास्ववियुको वीरगंज महानगर कमिटी अध्यक्ष पनि हुन् ।

अनेरास्ववियुको केन्द्रिय अध्यक्षमा भने रामेछापका डा. सुजन कडरिया निर्वाचित भएका छन् । म्याग्दीका प्रकाश पौडेललाई ७ मतको झिनो अन्तरले पराजित गर्दै कडेरिया अध्यक्षमा निर्वाचित भएका हुन् ।

त्यसैगरी खुल्ला उपाध्यक्षमा रामेछापकै ई. विकास श्रेष्ठ भारी मतान्तरले विजयी भएका छन् । श्रेष्ठले ७०८ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी राजकुमार ढकालले ४२९ मत प्राप्त गरे ।

त्यसैगरी महिला उपाध्यक्षमा अञ्जना सिवाकोटीले ७७५ मत ल्याउँदै निर्वाचित भएकी छन् । महासचिवमा दीपक धामी र उपमहासचिवमा कमल जोशी विजयी भएका छन् । धामीले ७८५ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी आरके रोमसले ५५४ मत प्राप्त गरे ।

त्यसैगरी सचिवमा आकाश घर्ती, ई. रचना सापकोटा, ससीम बाबु खान र अधिवक्ता गोपाल नेपाल विजयी भएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...