Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

ड्राइपाेर्टमा सवारी दुर्घटना: दुईजनाको मृत्यु, एक गम्भीर घाइते

मृत्यु हुनेमा पर्सा जिल्ला छिपहरमाई गाउँपालिका–०३, झलमैया टोल निवासी राम सरण यादवका २३ वर्षीय छोरा रामाकान्त यादव र स्थानीय सुसराम यादवका छोरा २३ वर्षीय विजय यादव रहेका छन् ।

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २२ स्थित ड्राईपोट सडकखण्डको सिताराम चौकमा सवारी दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे छ भने एक जना गम्भिर घाइते भएका छन् ।

प्राप्त जानकारी अनुसार, भुसा लोड गरी बिग्रिएर रोकी राखिएको भारतीय नम्बर प्लेट एचआर ५५ के ३९७१ भएको ट्रकमा वीरगञ्जबाट डाईपोट तर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००४ प ८६१२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार तीनजना पुरुष घाइते भएका थिए ।

घाइतेहरुलाई तत्काल नारायणी अस्पताल वीरगञ्जमा उपचारका लागि पठाइएकोमा दुईजनाको मृत्यु भएको छ भने एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा पर्सा जिल्ला छिपहरमाई गाउँपालिका–०३, झलमैया टोल निवासी राम सरण यादवका २३ वर्षीय छोरा रामाकान्त यादव र स्थानीय सुसराम यादवका छोरा २३ वर्षीय विजय यादव रहेका छन् ।

दुवै जनाको उपचारको क्रममा बिहान ८:०० बजे मृत्यु भएको हो । यस्तै, मनिका राउत अहिरका छोरा २२ वर्षीय विजय कुमार यादव गम्भीर अवस्थामा उपचाररत छन् । दुर्घटनास्थलमा दुबै सवारी साधन फेला परेको र ट्रक चालक भने फरार रहेकोले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।  हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको उनले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...