Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

मन्दिरमा सरसफाइ सामग्री हस्तान्तरण तथा जनचेतना अभियान

spot_img
spot_img

वीरगंज । लायन्स क्लब अफ वीरगंज परिवारको संयोजनमा मंगलबार वीरगंजस्थित पशुपतिनाथ मन्दिर परिसरमा सरसफाइ सामग्री हस्तान्तरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

उक्त कार्यक्रम लायन्स क्लब अफ वीरगंज कुटुम्ब, एक्सिलेन्स, फ्रेन्डजोन, सर्वोत्तम र सहयोगी क्लबहरूको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।

लायन्स डिस्ट्रीक 325 S अन्तर्गत वार्षिक कार्ययोजनाअनुसार आयोजना गरिएको कार्यक्रममा “प्लास्टिक झोला प्रयोग नगरौं” र “म मन्दिर फोहर गर्दिन” भन्ने नारासहित प्लास्टिक मुक्त तथा सफा वातावरणको सन्देश फैलाउने उद्देश्य राखिएको थियो।

कार्यक्रमका अध्यक्ष लायन नरोत्तम पाण्डेले धार्मिक तथा सार्वजनिक स्थलहरूको स्वच्छता केवल कर्तव्य नभई संस्कार भएको उल्लेख गर्दै भने, “हामीले सरसफाइका सामग्री मात्र होइन, सफा र सचेत समाजको सन्देश पनि सुम्पिएका छौं।”

कार्यक्रममा लायन बासु तिमल्सिना, कविता खड्का, श्याम गुप्ता लगायत विभिन्न क्लबका सदस्यहरूको सक्रिय उपस्थिति थियो।

मन्दिर व्यवस्थापन समितिलाई सरसफाइ सामग्री हस्तान्तरण गरिनुका साथै सहभागीहरूले मन्दिर परिसर सधैं सफा राख्ने प्रतिज्ञा पनि गरेका थिए । आयोजकहरूले आशा गरेका छन् कि यस्ता अभियानले धार्मिक स्थलहरूको सरसफाइ मात्र होइन, पर्यावरणीय चेतना र सामाजिक उत्तरदायित्वप्रतिको जनमानसमा सकारात्मक प्रभाव पार्नेछ।

कार्यक्रमले स्थानीय श्रद्धालुहरूमा उत्साह र प्रेरणा भरेको छ भने वीरगंजलाई सफा, हराभरा र स्वस्थ बनाउने अभियानमा थप ऊर्जा थपेको आयोजकले जनाएका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेकाले नेपालको जलवायु न्यायको मागलाई गम्भीर रुपमा...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय...

तिहार र छठका लागि माटाका भाँडा बनाउन कुम्हाललाई भ्याइनभ्याइ

पर्सा । तिहार तथा छठ पर्व नजिकिएसँगै माटाका दियो, पाला, घैँटा र अन्य पूजासामग्रीको माग बढेपछि पर्साका कुम्हाल समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याइ भएको...