Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

पटेर्वा सुगौली–५ मा विवाह गर्नुअघि वडा कार्यालयबाट अनुमति अनिवार्य

spot_img
spot_img

वीरगंज । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ५ मा अबदेखि विवाह गर्नुअघि वडा कार्यालयबाट अनिवार्य अनुमति लिनुपर्ने भएको छ । मंगलबार वडाध्यक्ष विपिन मुखियाको अध्यक्षतामा सम्पन्न वडा कार्यपालिकाको बैठकले बालविवाह नियन्त्रणका लागि यस्तो कडा निर्णय गरेको हो ।

वडाध्यक्ष मुखियाका अनुसार, अब वडा नम्बर ५ मा विवाह गर्न चाहने जो–कोहीले पहिले वडा कार्यालयमा निवेदन दिई स्वीकृति लिनुपर्नेछ । साथै, विवाह गर्ने केटा र केटी दुवैले २० वर्ष उमेर पूरा गरेको प्रमाणित गर्नु पर्नेछ ।

बैठकले वडाबाट अनुमति नलिई गरिने विवाह तथा उमेर नपुगी गरिने विवाहलाई गैरकानुनी मानिने र दोषीमाथि आवश्यक कानुनी कारबाही गरिने निर्णयसमेत गरेको छ ।

बालविवाह अन्त्यको लक्ष्यसहित बैठकले वडाभरिका घरघरमा पुगेर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ । बैठकमा वडाध्यक्ष विपिन मुखियासँगै वडा सदस्यहरू मदन मिश्र, पारस साह कानु, रजमतिया देवी दुसाद र नूरबानो मियाइनले निर्णयपत्रमा हस्ताक्षर गरेका छन् ।

स्थानीयस्तरमै कडा कदम चालेर बालविवाह न्यूनीकरणको अभियानलाई सशक्त बनाउने वडा कार्यालयको यो निर्णय उदाहरणीय मानिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

आन्दोलनरत चिकित्सकसँग शिक्षा मन्त्रालयको छलफल

काठमाडौँ । वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट चिकित्सकहरूले आफूहरूले भोग्दै आएका समस्या समाधानका लागि सरकारसँग विशेष पहल गर्न आग्रह गरेका छन् । विगत २४...

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका अशर्फी शाहको पनि उम्मेदवारी

वीरगंज । नेपाली कांग्रेसका नेता अशर्फी शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेश तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । पर्साको पटेर्वासुगौली गाउँपालिका–५ निवासी...

पर्सामा कर्मचारीकाे मिलोमतोमा नक्कली श्रेस्ताबाट ३ करोडको जग्गा नामसारी गर्ने प्रयास

वीरगंज । वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित सौबासी करिब दुई कठ्ठा जग्गाको नक्कली श्रेस्ताको आधारमा हालसाबिक गरी लालपुर्जा बनाउने प्रक्रिया अघि बढाइएको पाइएको छ । नापी...