Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

जानकीटोला नाकाबाट १६ जना लागूऔषध दुर्व्यसनी पक्राउ, अधिकांश पुराना अपराधी

spot_img
spot_img

वीरगंज । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नम्बर २ जानकीटोलस्थित नेपाल–भारत सीमावर्ती क्षेत्रबाट १६ जना लागूऔषध दुर्व्यसनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेहरुमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १७ का २५ वर्षीय सुजित पटेल र ३० वर्षीय राहुल यादव, वडा नम्बर २३ का २७ वर्षीय श्यामसुन्दर यादव र २४ वर्षीय ऐजे दास, वडा नम्बर २१ का २५ वर्षीय फिरोज अन्सारी र २३ वर्षीय देवनारायण राम, वडा नम्बर १३ का २६ वर्षीय सुमित कुशवाहा, वडा नम्बर १४ का २९ वर्षीय दीनानाथ पटेल, वडा नम्बर १४ का २५ वर्षीय दिपेन्द्र पासवान रहेका छन् ।

यस्तै पर्साकै विन्दवासिनी गाउँपालिका वडा नम्बर २ का २७ वर्षीय नितेश मुखिया, ठोरी गाउँपालिका वडा नम्बर ४ का २७ वर्षाीय रोहन बुढाथोकी र धोबिनी गाउँपालिका वडा नम्बर ३ का २९ वर्षीय रिजवान हवारी, बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का २८ वर्षीय मनुप अछामी र २६ वर्षीय टलक बहादुर के.सी.,सिरहाको धनगढीमाई नगरपालिका–१० का २८ वर्षीय दिनेश कुमार श्रेष्ठ,धनुषाको छिरेश्वर नगरपालिका–१ का ३५ वर्षीय जितेन्द्र कुमार यादवलाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्सालले जानकारी दिए ।

धेरैजसो पक्राउ परेका युवाहरु यसअघि पनि लागूऔषध सम्बन्धी मुद्दामा पक्राउ परेका र कैद भुक्तान गरिसकेका व्यक्तिहरू भएको डीएसपी लम्सालले बताए ।

प्रहरी नायब उपरीक्षक लम्सालका अनुसार भारतबाट लागूऔषध सेवन गरेर नेपाल प्रवेश गर्ने तथा सार्वजनिक स्थानमा होहल्ला, झैझगडा र अपराधजन्य गतिविधिमा संलग्न हुने समूहलाई लक्षित गर्दै प्रहरीको विशेष अभियान सञ्चालन गरिएको हो।

स्थानीयवासीहरूका अनुसार, भारततर्फका बजारहरूमा लागूऔषध सेवन गरी नेपाल फर्कने युवा समूह जानकीटोला चोकमा नियमित रूपमा सवारी दुर्घटना गराउने, अभद्र व्यवहार गर्ने र सामाजिक शान्तिमा खलल पुर्‍याउने गतिविधिमा संलग्न रहँदै आएका थिए।

यसै समस्यालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय पर्सा र ईलाका प्रहरी कार्यालय जानकीटोलाको संयुक्त टोलीले बुधबार उक्त क्षेत्रमा निगरानी र चेकजाँच अभियान चलाएको थियो। सोही क्रममा भारतबाट लागूऔषध सेवन गरेर आएका र प्रहरीसँग अभद्र व्यवहार गर्ने १६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उनका अनुसार हाल इनर्वा नाकामा कडाइ भएपछि लागूऔषध दुव्र्यसनीहरूको गतिविधि ग्रामीण सीमावर्ती नाकाहरूमा सरेको छ। त्यही कारण जानकीटोला नाकामा प्रहरीको निगरानी बढाइएको हो।

हाल पक्राउ परेकालाई सार्वजनिक शान्ति विरुद्धको कसूरमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय पर्साबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाए

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...