Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

प्याब्सन पर्सामा थपिए दुई नयाँ विद्यालय, आबद्ध संख्या ५३ पुग्यो

spot_img
spot_img

वीरगंज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) पर्साको संगठन विस्तार अभियानअन्तर्गत वीरगंजका दुई निजी विद्यालयहरूलाई नयाँ सदस्यता प्रदान गरिएको छ।

नयाँ सदस्यता प्राप्त गर्ने विद्यालयहरूमा गौतम बुद्ध पब्लिक स्कूल प्रालि, वीरगंज–०१ र ज्ञान वाटिका इङ्गलिस स्कूल प्रालि, वीरगंज–११, पर्सा रहेका छन्।

प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीको अध्यक्षतामा साउन ८ गते बसेको जिल्ला कार्यसमितिको ९ औं बैठकले सर्वसम्मत निर्णय गर्दै दुबै विद्यालयलाई प्याब्सनको सदस्यता प्रदान गरेको हो । प्याब्सन वीरगंजको सिफारिसका आधारमा जिल्ला कार्यसमिति मातहत गठन भएको सदस्यता जाँचबुझ तथा सिफारिस समितिका संयोजक इमामुद्दिन अहमदले उक्त विद्यालयहरूको प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए।

यससँगै प्याब्सन पर्सामा आबद्ध विद्यालयको संख्या ५३ पुगेको प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले जानकारी दिए।

प्याब्सन पर्साले विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि, संस्था स्तरीकरण, र संगठन सुदृढीकरणलाई प्राथमिकता दिँदै संगठन विस्तारको अभियान जारी राखेको जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...